मिति २०८३।०१।०३ गते ०५:०० बजे देखि २०८३।०१।०४ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८३-०१-०४
- A
- A-
- A+
ज.ज.क./बाल
यौन दुर्व्यवहार,
मकवानपुर, मिति
२०८३।०१।०१ गते अं.१९:३० बजे जि.मकवानपुर थाहा न.पा.२ चुनिवन बस्ने अं.वर्ष १७ की
बालिकाले घरमा कोही कसैलाई नसोधी आफूखुसी निस्की हिडेकोमा छरछिमेकमा खो.त.गर्दा
समेत फेला नपरेकोले खो.त.गरीपाउँ भनि बालिकाको बुवाले इ.प्र.का.पालुङमा ऐ.०२ गते
१०:०० बजे निवेदन दिएकोमा ऐ.०३ गते ऐ.मकवानपुर थाहा न.पा.०२ इन्द्रायणी बस्ती
बस्ने अं.वर्ष २६ को सन्तोष देउलासँग गएको भन्ने जानकारी इ.प्र.का.पालुङमा प्राप्त
हुनासाथ प्र.ना.नि.को कमाण्डमा टोली गई दुबै जनालाई नियन्त्रणमा लिई
इ.प्र.का.पालुङमा ल्याई बालिकालाई आफन्त समेतको उपस्थितमा सोधपुछ गर्दा शारीरिक
सम्पर्क भएको भनि बालिकाबाट बुझिन आएकोले ऐ.१७:०० बजे निजको बुवाले करणी सम्बन्धी
कसुरमा जाहेरी दिएकोले दुबै जनालाई इ.प्र.का.पालुङमा राखि थप अनुसन्धान भईरहेको ।
अर्घाखाँची, छत्रदेव
गा.पा.५ म्यालपानी वस्ने वर्ष ४६ को नारायण थापाले ऐ.बस्ने आमा परिवर्तित नाम
सन्धिखर्क (१६) कि छोरी वर्ष १३ कि सन्धिखर्क १६ (क) लाई पीडकले घरमा कोही नभएको
समयमा आफ्नो घरको सुत्ने कोठामा लगि ज.ज.क.प्रयास गरेको भन्ने जानकारी मिति
२०८३।०१।०३ गते अं.२३:३० बजे जानकारी प्राप्त हुनसाथ प्र.स.नि.को कमाण्डमा टोली
खटिगई ऐ.०४ गते ०१:०० बजे निज पीडकलाई जि.अर्घाखाँची सन्धिखर्क न.पा. ६ जौरी
स्थितबाट नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।
हातहतियार
बरामद,
रौतहट, बौधिमाई
न.पा.०७ स्थित बंकुल माँ ईट्टा उद्योग नजिक नहरको बाटोमा विशेष सूचनाको आधारमा
जि.प्र.का.रौतहटबाट प्र.ब.ना.नि.को कमाण्डमा खटी गएको टोलीले नहरको बाटोबाट हनुमान
चोक तर्फ पैदल आउँदै गरेको देश भारत
पूर्वी चम्पारण जिल्ला मौवाह पंचायत टोल चरमा बस्ने सनिचर दासको छोरा अं.वर्ष २०
को सुर्य कुमार दासलाई चेकजाँच गर्दा निजले आफुसँग लुकाई छिपाई राखेको नलकटुवा
बन्दुक थान-१ फेला परेकोले निजलाई बन्दुक सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य
भईरहेको ।
कैदीबन्दी
मृत्यु,
झापा, हल्दीबारी
गा.पा.४ झापा घर भई कारागार कार्यालय भद्रपुर झापामा चोरी मुद्दामा पुर्पक्षको
लागि राखिएको बन्दी वर्ष ४८ को कुमार
राउतको खुट्टा सुनिएर बिरामी भएको हुँदा उपचारको लागि मेची प्रादेशिक अस्पताल
भद्रपुर झापा लगिएकोमा डाक्टरको सल्लाह अनुसार सोही अस्पतालको ईमरजेन्सीमा भर्ना
गरी उपचार भईरहेकोमा ऐ.१८:०५ बजे निज बन्दीको उपचारको क्रममा मृत्यु भएको, शव सोही
अस्पतालको शव गृहमा रहेको ।
डुङ्गा
पल्टी मानिस बेपत्ता,
अछाम, तुर्माखाँद
गा.पा.३ बल्दे बस्ने अं.वर्ष ३५ को पहल सिंह बुढाले चलाएको डुङ्गामा सुर्खेत
पञ्चकुरी न.पा.७ बनबाट घाँस काटी ल्याउने क्रममा कर्णाली नदीमा एक्कासी पल्टिन
जाँदा डुङ्गामा सवार निजको छोरा अं.वर्ष ११ को नरी बुढा र चालक पहल सिंह बुढा हराई
बेपत्ता भएको भनि स्थानीयले जानकारी गराउना साथ प्र.ब.ह.को कमाण्डमा टोली र
स्थानीयहरुको संयुक्त टोलीद्वारा खो.त.कार्य भईरहेको, हालसम्म फेला
नपरेको ।
ला.औ.,
काठमाडौं, चन्द्रागिरी
न.पा.२ नागढुङ्गा स्थित चेक प्वाइन्टमा धादिङ देखि काठमाडौंतर्फ आउँदै गरेको बा ४
ख ५९९५ नं.को कारलाई प्रहरी टोली तथा लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय
नागढुङ्गा सहितको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार जि.धादिङ
थाक्रे गा.पा.१ बस्ने अं.वर्ष १९ को सुमन तामाङलाई शंका लागी चेकजाँच गर्दा लागू
औषध गाँजा २ किलो ८०० ग्राम ल्याएको अवस्थामा फेला पारी पक्राउ गरी पुन: सवारी
साधनलाई चेकजाँच गर्दा बसको पछाडिको डिक्कीमा प्लाष्टिकमा बेरी लुकाई राखेको
अवस्थामा २ किलो ९०० ग्राम गरी जम्मा ५ किलो ७०० ग्राम पक्राउ गरी थप अनुसन्धानको
लागि प्रहरी वृत्त थानकोट काठमाण्डौ पठाईएको ।
मोरङ, ला.औ.व्युरो
विराटनगरबाट प्र.ना.नि.को कमाण्डमा खटी गएको टोलीले जि.मोरङ विराटनगर म.न.पा.११
स्थित पारस अस्पताल गेट अगाडी शंकास्पद तरिकाले उभिई एक आपसमा गफ गरिरहेको देश
भारत,राज्य बिहार,जिल्ला अररिया,सिक्टि,अमरगाछी,मजरख बस्ने
वर्ष ४४ को मो.सरिफ र जि.मोरङ जहदा गा.पा.७ बस्ने वर्ष ४० की लालमन मुखियाको
साथबाट ला.औ.खैरो हिरोईन जस्तो देखिने पदार्थ १०० ग्राम १८० मिलिग्राम सहित फेला
पारी निजहरु दुवै जनालाई नियन्त्रणमा लिई जि.प्र.का.मोरङमा ल्याई थप अनुसन्धान
कार्य भईरहेको ।
काठमाडौं, टोखा न.पा.८
बाँनियाटार स्थित सडक खण्डमा ला.औ.सहितको मानिसहरु रहेको भन्ने विशेष सूचनाको
आधारमा प्रभाग गोंगबु, नयाँ बसपार्कका
सादा पोशाकमा प्र.स.ह.सहितको टोली खटी गई उक्त स्थानमा शंकास्पद रुपमा हिड्डुल
गरिरहेका जि.दाङ घोराही उ.म.न.पा.१५ स्थायी घरवतन भई का.जि.नयाँ बसपार्क बस्ने
वर्ष २५ को रोहित महराको साथबाट ला.औ.खैरो हिरोईन ७.७३ ग्राम फेला पारी स्थानीय
मानिसहरुको रोहवरमा कानून बमोजिम बरामद गरेको र सोही स्थानबाट निज रोहित महरासँगै
फेला परेका ला.औ. सेवनकर्ता जस्तो देखिने शंकास्पद मानिस जि.लमजुङ बेशीसहर न.पा.३
घर भई का.जि.तार्केश्वर बस्ने वर्ष २६ को अशोक अधिकारीलाई समेत नियन्त्रणमा लिई थप
अनुसन्धान कार्य भईरहेको ।