मिति २०८३।०१।०४ गते ०५:०० बजे देखि २०८३।०१/०५ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८३-०१-०५
- A
- A-
- A+
ज.ज.क./बाल
यौन दुर्व्यवहार
कैलाली
मिति २०८२।१२।१० गते राती २०:०० बजे जि.कैलाली भजनी न.पा.३ ढुसी बस्ने वर्ष १६ की
बालिकालाई ऐ.८ खैरा बस्ने वर्ष ३० को मोहमद दिलदार अलिले निज पीडितकै घर बाहिर
बोलाई जबरजस्ती समाई घर भन्दा केही टाढा लगी एक्कासी मेरो शंम्वेदनशिल अंग(स्तन)मा
समाति ज.ज.क. गर्ने प्रयास गरेको भनी पीडितले मिति २०८३।०१।०३ गते १७:०० बजे
इ.प्र.का.भजनी कैलालीमा आई मौखिक रुपमा जानकारी दिनासाथ प्र.स.नि.को कमाण्डमा टोली
खटी गई निज पीडकलाई पक्राउ गरी सोधपुछको लागी इ.प्र.का.भजनी कैलालीमा ल्याई
स्वास्थ्य परिक्षण गरी हिरासत कक्षमा राखिएकोमा ऐ.०१।०४ गते १३:०० बजे पीडितले
ज.ज.क.उद्योग मुद्दामा जाहेरी दरखास्त दिई निज पीडक मोहमद दिलदार अलिलाई इ.प्र.का.
भजनीबाट प्र.नि.को कमाण्डमा टोलीले म्याद थपको लागी सम्मानित कैलाली जिल्ला अदालत
धनगढीको लागी लगि गएको,
कञ्चनपुर लालझाडी
गा.पा.४ डाडाजाई बस्ने वर्ष अं.५० की महिलालाई घरमा सुतिरहेको अवस्थामा ऐ.बस्ने
अं.३२ को राज कुमार रानाले ज.ज.क.गरेको भनी ऐ.४ गते १७:०० बजे पीडितका आफन्तले
इ.प्र.का.बेलौरीमा जाहेरी दिएको हुँदा प्र.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई
नियन्त्रणमा लिई पीडित समेतलाई यौनजन्य स्वास्थ्य परीक्षणको लागि सेती प्रादेशिक
अस्पताल धनगढी पठाइएको,
ला.औ.
झापा कनकाई
न.पा.५ तल्लो चाप्रामारी स्थितमा ला.औ.व्युरो बिराटनगरबाट प्र.ना.नि.र
इ.प्र.का.सुरूङगाबाट प्र.ना.नि.को कमाण्डमा खटी गएको संयुक्त टोलीले गोप्य सुचनाको
आधारमा चेकिङ गर्ने क्रममा झापाबाट सुरुङ्गा तर्फ आउँदै गरेको BR 37R 1866 नं.को
मो.सा.लाई रोकी चेकजाँच गर्दा जि.झापा झापा गा.पा.६ बस्ने वर्ष २२ को साफिक उल
मिया सहित २ जना मानिसहरुले बोकेको हाते झोलाभित्र रहेको खानाको बाटामा लुकाई
छिपाई ल्याएको पोका ६(छ) ५६३ ग्राम ६२० मिलिग्राम ला.औ.ब्राउन सुगर जस्तो देखिने
खैरो पदार्थ, VIVO मोबाईल थान-३ र मो.सा. सहित नियन्त्रणमा लिई
इ.प्र.का.सुरुङगामा ल्याई ऐ.१५:०० बजे इ.प्र.का.अनारमनीबाट प्र.नि.को कमाण्डमा
टोली खटी गई उक्त बरामद भएको ला.औ. मान्यता प्राप्त तराजुमा तौल गर्दा प्लास्टिक
बाहेक ५६३ ग्राम ६२० मिलि ग्राम रहेको तथा थप अनुसन्धान भईरहेको