प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मिति २०८३।०१।०७ गते ०५:०० बजे देखि २०८३।०१।०८ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।

२०८३-०१-०८

  • A
  • A-
  • A+
Share

कर्तब्य ज्यान

कञ्चनपुर,  पुनर्वास न.पा.५ भानुबस्ती स्थित ऐ.ऐ. बस्ने वर्ष अं.१८ को उज्जल सायरलाई निजको आफन्त दाईको बिहेमा नाम थर नखुलेको ब्यक्ती आई धारिलो हतियार (चक्कुले) छातिमा प्रहार गरि घाइते बनाई भागि फरार रहेका र निज घाईते लाई उपचारको लागि मायामेट्रो अस्पताल धनगढी पठाएको भनी इ.प्र.का.त्रिभुबन बस्तीमा जानकारी गराउनासाथ प्र.स.नि.को कमाण्डमा प्रहरी टोली खटी गएको, ऐ.०२:०० बजे मायामेट्रो अस्पताल धनगढीमा लगि  उपचार भईरहेकोमा ऐ.०२:२४ बजे उपचारको क्रममा डाक्टरले मृत्यु भएको घोषणा गरेको, शव पो.मा.को लागि सेती प्रादेशिक अस्पतालको लास घरमा राखेको , ऐ.०२;५० बजे थप अनुसन्धानको लागि इ.प्र.का.त्रिभुवनबस्तीबाट प्र.नि.को कमाण्डमा  प्रहरी टोली खटि गएको, धारिलो हतियार प्रहार गर्ने व्यक्तिको खोजतलास भईरहेको ।


ज.ज.क./ बालयौन दुर्व्यवहार

सोलुखुम्बु,  मिति २०८२।१२।३० गतेका अं.०९:०० बजे सोलुदुधकुण्ड न.पा.५ सल्लेरी स्थित डेरा गरी बस्ने वर्ष ११ की बालिकालाई ऐ.माप्यदुधकोशी गा.पा.६ खानीगाउँ स्थायी घर भई ऐ.सोलुदुधकुण्ड न.पा.५ सल्लेरी बस्ने वर्ष ४० को बसन्त बुढाथोकी मगरले पीडितको डेरा कोठाको भित्रबाट चुक्कुल लगाई पीडितलाई खाटमा सुताई कपडा खोली संवेदनशील अंगहरुमा समाती बालयौन दुर्व्यवहार गरी फरार भएको भनि पीडित पक्षले मिति २०८२।१२।३० गते अं.१७:३० बजे जि.प्र.का. सोलुखुम्बुमा जाहेरी दिएको हुँदा प्र.नि.को कमाण्डमा टोलीले निज प्रतिवादीलाई खो.त.गर्दै जाने क्रममा मिति २०८३।०१।०७ गते अं.१०:०० बजे ऐ.सोलुदुधकुण्ड न.पा.५ सल्लेरी स्थितमा लुकीछिपी हिडडुल गरिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।


सर्लाही,  लालबन्दी न.पा. १५ चिसापानी बस्ने दिनेश घलानको छोरी अं. बर्ष ८ की बालिकालाई ऐ.ऐ. बस्ने भिम बहादुर थोकरको छोरा अं.बबर्ष १५ को साजन थोकरले आफ्नै घरमा बोलाई ललाई फकाई जबरजस्ति करणी गरेको भनि निज बालिकाले बुवालाई जानकरी गराए पश्चात उपचारको लागि नगर अस्पताल लालबन्दी ल्याएको भनि सोही अस्पताल मार्फत ऐ. १८:४५ बजे इ.प्र.का.लालबन्दीमा खबर प्राप्त हुनासाथ प्र.स.नि.को कमाण्डमा प्रहरी टोली खटी गई निज साजन थोकरलाई नियन्त्रणमा लिई थप अनुसन्धान  भईरहेको ।

 

आगलागीमा परी मृत्यु ( फुटकरज्यान)

कैलाली,  मिति २०८३।०१।०६ गते अं.१७:०० बजे मोहन्याल गा.पा.७ कुइने स्थित बण्डाली सामुदायिक वनमा बाख्रा चराउन गएका ६ जना मध्ये जंगलमा लागेको आगोमा पर्न गई ऐ.कुइने बस्ने अं.वर्ष ४० को कमल बहादुर बडुवाल घाईते भई घर तर्फ ल्याउने क्रममा मृत्यु भएको, ऐ.बस्ने वर्ष ३५ को चन्द्र बहादुर बोहरा घाइते भई शितल मेडिकल हल लम्कीमा उपचार भईरहेको, शरिरको विभिन्न भागमा जलेको, अवस्था गम्भिर, अन्य ४ जना सकुशल घरमा आएका भनि ऐ.७ गते ०९:४० बजे स्थानीयले जानकारी गराए पश्चात प्र.नि.को कमाण्डमा टोली खटी गई शवको कानूनी प्रकृया पुरा गरी पो.मा.को लागी टीकापुर अस्पताल पठाईएको, घाईते चन्द्र बहादुर बोहरालाई रिफर गरी थप उपचारको लागी लम्कीचुहा न.पा.को एम्बुलेन्सद्धारा काठमाडौंस्थित वर्न हस्पिटल लगिएको साथमा निजजो बुवा तिर्थ बहादुर बोहरा रहेको ।


उदयपुर,  चौदण्डिगढी न.पा. वडा नं.०७ बेल्टार बजारमा रहेको बौव साह र पपु खड्काको पुर्व फर्किएको काठको घरमा के-कुन कारण अचानक आगोलाग भएको भन्ने खवर ऐ ०३;२५ बजे प्राप्त हुनासाथ इ.प्र.का.बेल्टार उदयपुरबाट प्र.नि.को कमाण्डमा २० जना, जि.प्र.का.उदयपुरबाट प्र.ना.उ.को कमाण्डमा १९ जना र सशस्त्र बेस क्याम्प बेल्टार बाट स. प्र.नि.को कमाण्डमा १५ जनाको प्रहरी टोली खटी गएको र चौदण्डिगढी न.पा.को, त्रियुगा न.पा. को रौतामाई गा.पा.र जि. सप्तरी कन्चनरुप न.पा.को गरी ४ वटा दमकल, नेपाल प्रहरी,शसस्त्र प्रहरी वल र स्थानियको सहयोगमा आगो निभाउने कार्य भई रहेको, आगो ऐ ०५; ३५ बजे पुर्ण रुपमा नियन्त्रणमा आएको , घटना सम्वन्धमा उल्लेखित बौव साह भनेकोमा बौव साह नभई ऐ बस्ने बर्ष अ. ४२ को रबिन कुमार दास रहेको र रबिन कुमार दासको ५ जना परिवार सवै सकुसल रहेको  र पपु भन्ने पदम खड्काको ५ जना परिवारमा ३ जना सकुसल रहेको र पदम खड्का को बुबा अ. बर्ष ७० को लक्ष्मि नारायण खड्का र छोरिको छोरा अ. बर्ष ३० को पवन खड्का बेपत्ता भएकोमा  पदम खड्काको आगो लागी भएको घरबाट जलि मृत भएको अवस्थामा दुई वटा कंकाल लाश फेला परेको ,अन्य मानवीय,  चौपाय क्षति नभएको थप क्षतिको बिवरण आउन बाँकी ।


मानिस मृत अवस्थामा  फेला परेको

बारा,  जितपुरसिमरा उ.प.न.पा.९  भगवती स्टिल प्रा.लि.को गेट भन्दा १५ मिटर पुर्व साईडको बिरगंज पथलैया सडक खण्डको सर्भिस लेनको छेउमा  नामथर वतन नखुलेको उतानो अवस्थामा अं. बर्ष ३५ को पुरुष ब्यक्ति  मृत  अवस्थामा रहेको भन्ने खबर (९८५५०२४४९७) नं.बाट प्राप्त हुन साथ उक्त स्थानमा इ.प्र.का.जितपुर बारा बाट प्र.ब.ना.नि. कमाण्डमा टोली खटिगई घटना स्थल सुरक्षित राखिएको, इ.प्र.का.सिमरा बारा बाट प्र.नि.दिवाकर गणेशको कमाण्डमा टोलि खटिगएको, ऐ. १२;२२ बजेको समयमा उक्त लासको घटनास्थल मुचुल्का कार्य सम्पन्न पश्चात पो.मा. को लागि प्रादेशिक अस्पताल कलैया बारा पठाईएको । उक्त घटना स्थल नजिकै जडान रहेको CCTVफुटेज संकल गरि हेर्दा मृतक लासलाई नितनपुर तर्फ बाट जितपुर बजार तर्फ आउने सर्भिसलेन नजिक बा.३ च.१४४३ नं.को निलो रंग भएको र पछडी चक्क देखी अगाडीको चक्का सम्म साईडमा रातो धर्सा भइको कारबाट ऐ.ऐ.बिहाना ०६:१० बजे दुई जना मानिसले के-कहाँ बाट ल्याई ऐ.घट्ना स्थलमा निज मृतक लासलाई राखी कारसहित फरार भएको CCTVफुटेज बाट देखिन आएको हुदाँ खो.त.कार्य तथा अन्य अनुसंधान कार्य भईरहेको ।


ला.औ. (हवाई फायर)

मोरङ,  रतुवामाई न.पा.१ हटिया डाडा स्थित इप्रका सिजुवाबाट प्र.नि.को कमाण्डमा खटिएको प्रहरी टोलिले भारतबाट नेपाल तर्फ आउदै गरेको भारतिय BR 38 AD5390 न.को मो.सा.लाई रोक्न खोज्दा प्रहरी टोलीलाई देख्नसाथ मो.सा.चालक ऐ.१ सोनापुर बस्ने बर्ष अं.२१ को मो. आविद मिया मो.सा.सहित भागेकोले शंका लागि प्र.नि. कैलाश लिम्बुले बोकेको TYP54 न.को पेस्तोलबाट २ राउड हवाई फायर गरी निजलाई नियन्त्रणंमा लिई चेकजाँच गर्दा ब्राउन सुगर जस्तो देखिने पदार्थ कालो रङको प्लाष्टिक भित्र प्लाष्टिक सहित ४७५ ग्राम ८२० मिलिग्राम फेला पारी मो.सा.,मानिस सहित नियन्त्रणमा लिई इ.प्र.का. सिजुवामा ल्याई थप अनुसन्धान भईरहेको ।


सुनसरी, धरान उ.म.न.पा.१६ जोरसखुवा पुण्य मार्ग स्थितमा लागु औषधको कारोबार भईरहेको भन्ने गोप्य सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट  खटिएको टोलीले ऐ.बस्ने राम प्रसाद आचार्यको छोरा वर्ष २० को राहुल आचार्यको घर अगाडीको कोठामा चेकजाँच गर्दा प्रतिबन्धित औषधी ट्रामाडोल ३,१०० क्याप्सुल र स्पास्पेन १४,०५० ट्याब्लेट गरी जम्मा १७,१५० ट्याब्लेट फेला पारी निज राहुल आचार्य सहित निजको साथमा रहेका ऐ.११ गोदावरी चौक बस्ने हेमन्त रिजालको छोरा वर्ष १९ को रोहित रिजाललाई नियन्त्रणमा लिई इ.प्र.का.धरान सुनसरीमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।


दाङ , घोराही उ.म.न.पा.१८ खर्कट्टी टोल स्थित वर्ष ४१ की अनिता रोका मगरको घरमा ला.औ.(ब्राउन सुगर) कारोबार गरी रहेको भन्ने गोप्य सूचनाको आधारमा प्र.नि.को कमाण्डमा टोली खटी गई अनिता रोका मगरको घरको पछाडी पट्टी रहेको भान्सा र घरको बिच भागमा रहेको खाली भागमा बसी रहेका अनिता रोका मगर, निजको श्रीमान वर्ष ४४ को नविन कुमार रोका मगर, ऐ.नयाँबस्ती टोल बस्ने वर्ष ५० को खड्क बहादुर पुन र ऐ.१४ बस्ने वर्ष ४३ की कविता घर्तीलाई फेला पारी निजहरुलाई नियन्त्रणमा लिई निजहरुको शरिर तथा उक्त घरको खानतलासी गर्दा निज अनिता रोका मगरको घरको सुत्ने कोठाको भित्तामा ठोकेको प्लाईको मन्दिर बनाएको पुजा गर्ने मन्दिरमा हरियो रङको प्लाष्टिकमा पुडिया बनाई राखेको ४ (चार) पुडिया ला.औ. (ब्राउन सुगर) जस्तो देखिने पदार्थ फेला पारी प्लाष्टिक हटाई शुद्ध तौल २ ग्राम ८८० मिलिग्राम ला.औ.(ब्राउन सुगर) फेला परेको , घरको अगाडी पार्किङ गरी राखेको खड्क बहादुर पुनको लु.प्र.०२-००२ प २३७१ नं.को मो.सा.को भाईजरमा पहेलो रङको फाईबर व्याग (झोला)भित्र निलो रङको प्लाष्टिकमा २२ वटा पुडिया बनाई राखेको ला.औ. (ब्राउन सुगर) जस्तो देखिने पदार्थ फेला पारी १ वटा ठुलो प्लाष्टिक पुडियाको प्लाष्टिक हटाई शुद्ध तौल गर्दा ३८ ग्राम २१० मिलिग्राम र साना २१ वटा पुडियाको प्लाष्टिक हटाई शुद्ध तौल गर्दा १५ ग्राम ७१० मिलिग्राम ला.औ. (ब्राउन सुगर) जस्तो देखिने खैरो पदार्थ गरी जम्मा शुद्ध तौल ५६ ग्राम ८०० मिलिग्राम ला.औ. (ब्राउन सुगर) जस्तो देखिने खैरो पदार्थ र मो.सा.थान-१ बरामद गरी निज ४ जनालाई पक्राउ गरी व.प्र.का.घोराही दाङमा राखी अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार
मिति २०८३।०५।१५ गते ०५:०० बजे देखि २०८३।०५।१६ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१६

ज.ज.क./बाल यौन दुर्व्यवहार,सिन्धुली, कमलामाई न.पा.४ गणपती होटल पछाडि रहेको झोलुङ्गे पुलमुनि ग्वाङ् खोलामा वर्ष १० की बालिका र निजको साथी वर्ष ९ की बालिका समेत नुहाईरहेको अवस्थामा ऐ.दुधौली न.पा.३ बस्ने वर्ष २३ को भक्त बहादुर कार्कीले आफ्नो कपडा खोली खोला भित्रै पानीमा वर्ष १० की बालिकालाई जबरजस्ती करणी गरेकोमा निज बालिका रोई कराई गरेको अवस्थामा सोही ठाउँमा माछा मार्ने मानिसहरुले देखी निजलाई नियन्त्रणमा लिई प्र.चौ.ढुङ्ग्रेबासमा टे.फो.मार्फत जानकारी गराउनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज भक्त बहादुर कार्कीलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई ऐ.०५/१५ गते दिन ५ म्याद थप गरी अनुसन्धान कार्य भईरहेको,। संखुवासभा, भोटखोला गा.पा.०४ घर भई हाल जि.संखुवासभा मकालु गा.पा.०५ बस्ने अ.वर्ष ४३ को किरण तामाङले वर्ष २७ की महिलालाई ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.नुम संखुवासभाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई  पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको । उदयपुर, न.पा.वडा न.६ शिखरटोल बस्ने वर्ष १५ की  बालिकालाई जिल्ला उदयपुर बेलका न.पा. वडा न.०६ कात्तिके बस्ने वर्ष २१ को लाक्पा तामाङले ज.ज.क गरेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. रामपुरठोक्सिला  उदयपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको,बालिकाको अवस्था सामान्य रहेको । धरिलो हारहतियार प्रहार,बाँके, बैजनाथ गा.पा.८, गुरदयालपुर बस्ने वर्ष ४० की ठगनी थरुनीले निजको श्रीमान वर्ष ४३ को जंग बहादुर थारुलाई घरायसी विवाद हुँदा धारिलो हतियार (बन्चरो) ले टाउकोमा प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.रनियापुरबाट प्र.ह.को कमाण्डमा टोली खटी गई निज घाईतेलाई उपचारको लागी संजिवनी कलेज अफ मेडिकल साईन्सेज प्रा.लि. नेपालगंज, बाँकेमा पठाईएको, अवस्था गम्भीर, निज ठगनी थारू र निजले प्रयोग गरेको हतियार नियन्त्रणमा लिई इ.प्र.का.घनौलीमा पठाईएको,। मुस्ताङ, घरपझोङ गा.पा. वडा नं. २ मार्फा स्थितमा ऐ.बस्ने बर्ष अं. २८ को रोशन मगरले ऐ.ऐ. बस्ने बर्ष अं. २८ को राजेन्द्र परियारलाई धारिलो हतियार खुकुरीले टाउकोमा प्रहार गरी गम्भिर घाईते भएको छ भन्ने जानकारी प्राप्त हुनासाथ जि.प्र.का. मुस्ताङ बाट प्र.नि. ईश्वर महतको ( ९८५६०९१००६ ) कमाण्डमा ७ जनाको टोलि खटिई गई घाईतेलाई मार्फा स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात थप उपचारको लागि प्रदेश अस्पताल जोमसोम मुस्ताङ पठाईएको, धारिलो हतियार खुकुरी प्रहार गर्नुको कारण नखुलेको,दुवै जनाले मा.प.से. गरेको,उपचारमा घाईतेको आफन्त संलग्न, धारिलो हतियार खुकुरी प्रहार गर्ने व्यक्ति,खुकुरी जि.प्र.का. मुस्ताङको नियन्त्रणमा रहेको । ऐ.०३:४३ बजेको समयमा घाईते थप उपचारको लागि पोखरा रिफर भएको, उपचारमा श्रीमती निरमाया परियार (९७६३२७०१५४) संलग्न । हाम फाली बेपत्ता,सोलुखुम्बु, महाकुलुङ गा.पा.-५ चाचालुङ बस्ने सुमित कुलुङकी श्रीमती वर्ष अ.१८ की सम्झना नाछिरीङ राई श्रीमान-श्रीमतीबीच घरायासी विवाद भई श्रीमती ऐ. सोताङ गापा-४, नाम्लुङ माईती घर गएकोले श्रीमान पनि सँगै जाँदै गर्दा ऐ. महाकुलुङ गा.पा.५ र सोताङ गा.पा.४ को सिमाना स्थित गुदुङ खोलाको पुलबाट निज श्रीमती सम्झना नाछिरीङ राईले खोलामा हाम फाली बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. सोताङबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, । लागु औषध,उदयपुर, कटारी न.पा.६ बाँकेटार शान्तिवन स्थित वनभित्र ला.औ. गाँजा ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा इ.प्र.का. कटारीबाट प्र.नि.को कमाण्डमा २० जनाको टोली खटी गई उक्त वनभित्र खो.त.गर्दा बा १६ च ५२६९ नं.को बोलेरो गाडी र गाडी नजिकै जंगलमा विभिन्न स्थानमा लुकाई छिपाई राखेको ला.औ. गाँजा ५२ बोरा शुद्ध तौल ११२२ के.जि. ६७ ग्राम गाँजा र सोही स्थानमा ऐ. ताप्ली गा.पा. १ डाँडागाउँ बस्ने वर्ष ५५ को राम बहादुर मगर सहित ३ जनालाई फेला पारी ला.औ., गाडी सहित  तीनै जनालाई इ.प्र.का. कटारी ल्याई अनुसन्धान भइरहेको, ।  न.प.पश्चिम, नवलपरासी (ब.सु.प.) रामग्राम न.पा.०१ निलोगेट स्थितमा ला.औ.कारोबार भईरहेको भन्ने खबर प्राप्त हुनासाथ ला.औ.नियन्त्रण ब्युरो शाखा कार्यलय भैरहवा रुपन्देहीबाट प्र.ना.नि.को कमाण्डमा २ जना र जि.प्र.का.नवलपरासी (व.सु.प) बाट प्र.ना.नि.को कमाण्डमा ५ जनाको टोली खटी गई परासी देखि सुनवल तर्फ जादै गरेको भारतिय UP 56 AH 6189 न.को मो.सा.लाई रोक्न खोज्दा उक्त मो.सा.नरोकी भाग्ने क्रममा मो.सा.छाडी मो.सा.चालक देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज सेखली बस्ने वर्ष अं. ३३ को गिरिजेस श्रीवास्तव र सोही मो.सा. पछाडी सावर देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज निचलौल बस्ने वर्ष अं. २७ को दिपक भन्ने मिधलेस श्रीवास्तव भाग्दै गर्दा ब्यारेट पेस्तोलबाट ४ राउण्ड हवाई फाएर गरी निजहरुलाई रितपुर्वक नियन्त्रणमा लिई चेकजाँच गर्दा  ब्राउन सुगर जस्तो देखीने खैरो गिलो पदार्थ प्लाष्टिक रहितको तौल १५८ ग्राम नियन्त्रणमा लिई जि.प्र.का. नवलपरासीमा ल्याई राखिएको,चोटपटक कसैलाई केही नभएको ।

मिति २०८३।०५।१४ गते ०५:०० बजे देखि २०८३।०५।१५ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१५

ज.ज.क./बाल यौन दुर्व्यवहार,दाङ, मिति २०८२।११।०४ गते बिहान अं. ०४:०० बजेको समयमा जि. दाङ, राजपुर गा.पा.७ मनोहरा स्थित भैसाहीदेखि भौवानाका जाने बाटोमा पर्ने पुर्णबहादुर रोकाले घर बनाएको पुरानो स्थान नजिकैको जंगलमा ऐ. राजपुर गा.पा.७, भौवानाका बस्ने वर्ष ३७ की महिलालाई ऐ. राजपुर गा.पा.७ भित्री सिक्टा बस्ने वर्ष ३२ को जनक कुमालले ज.ज.क. गरेको भनि आज मिति २०८३।०५।१४ गते १७:३० बजे निज पीडितले आफैं इ.प्र.का. गढवामा लिखित जाहेरी दरखास्त दिएपश्चात् प्र.नि.को कमाण्डमा प्रहरी टोलि खटि गई पिडक जनक कुमाललाई ऐ. गढवा गा.पा.६ गढवा बजारमा हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई आ.अ.कार्य भईरहेको, पीडितको अवस्था सामान्य रहेको र निज पीडित गर्भवती रहेको, पीडित पीडक दुवैको मेडिकल परीक्षण हुन बाँकी रहेको । सिन्धुपाल्चोक, लिसंखुपाखर गा.पा.७ धामीटोल बस्ने वर्ष ३६ को पुरुषले कान्छी श्रीमतीको छोरी वर्ष १७ की बालिकालाई बाल यौन दुर्व्यवहार गर्ने प्रयास गरेको भनि ऐ.१९:०० बजे खबर प्राप्त पश्चात प्र.चौ.ठुलोपाखरबाट प्र.स.नि.को कमाण्डमा टोलि खटि गई पिडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । सुन बरामद,काठमाण्डौं , हिमालयन एयरलाईन्सको उडान द्धारा कतारको हुदै काठमाडौं आएका जिल्ला सर्लाही मलंगवा न.पा.३ बस्ने मोहम्मद जसिम फकिरले  सुनजस्तो देखिने पहेलो धातुको जस्तो देखिने सिक्री थान १ (अं.२५ ग्राम) ल्याएकोमा निजलाई संका लागी सोधपुछ गर्दा निजले भरियाको रुपमा उक्त सुन ल्याएको भनि मुखसावित वताएकोले निजलाई आवश्यक  अनुसन्धानको लागी नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएको कारण दिन एक सुरक्षित साथ राख्नका लागि प्रहरी वृत्त गौशला पठाएको । काठमाण्डौं, का.म.न.पा.९ एयरपोर्ट स्थित हिमालयन एयरलाईन्सको उडान द्धारा कतार हुदै काठमाण्डौ आएका यात्रुहरुलाई प्रयोग गरी नेपालमा सुन ओसारपसार गरी कारोबार गर्ने सिरहा जिल्ला सिरहा न.पा.७ घर भई बस्ने वर्ष ३४ को सन्तोष कुमार यादवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन तर्फको पार्किङ क्षेत्रमा बाह्‍य मुलुकबाट आगमन भएका यात्रुहरुले भन्सार छली गरी ल्याएको सुन जस्तो देखिने पहेँलो धातुको सिक्रि थान १ अं.तौल २५ ग्राम रिसिभ(संकलन) गरी अवैध रूपमा लैजान लागेको अवस्थामा नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएकोले ऐ.१९:३० बजे प्रहरी वृत्त गौशला पठाएको । कैदी मृत्यु,चितवन, चितवन कारागार ल्याएको कर्तव्य ज्यान केसको कैदि वन्दि क्यान्सर विरामी जि.पर्वत फलेवास गा.पा.२ वतन भएको वर्ष ४२ को बिनोद विक्रम कुवर मिति २०८३/०३/२२ गते देखि बि.पि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भई रहेकोमा ऐ.१४ गते उपचारको क्रममा मृत्यु भएको,शव सोहि अस्पतालमा रहेको,आफन्तहरु सगै रहेको । हतकडी सहित मानिस फरार,झापा, बिर्तामोड न.पा.८ स्थित देउनिया नजिकबाट चोरीमा संलग्न ऐ.भद्रपुर न.पा.१० बस्ने बर्ष २४ को सन्देश हस्दालाई अ.प्र.चौ.गरामनीबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलिले नियन्त्रण लिने क्रममा हतकडी सहित फरार भएको हुँदा इ.प्र.का.अनारमनीबाट प्र.ना.उ.को कमाण्डमा, जि.प्र.का.झापाबाट प्र.ना.उ.को कमाण्डमा र मातहत समेतबाट प्रहरी परिचालित गरी चेकिङ सहितको डिउटी निकाली खोजतलास भईरहेको । अस्पतालबाट बच्चा चोरी भएको,पर्सा, जि. सर्लाही  रामनगर गा.पा.३ बहुअर्वा बस्ने रन्जय दासको श्रीमती अं.वर्ष २७ की  रिन्कु देवीले  मिति २०८३/०५/१३ गते अं.२३:०० बजे जि.पर्सा विरगंज म.न.पा.०४ स्थित नारायणी अस्पतालमा शल्यक्रियाबाट नवजात शिशु (छोरा) जन्मिएकोमा ऐ.०५।१४ गते अं.१५:०० बजे अपरिचित अं.वर्ष ३५ की महिलाले बच्चा खेलाउछु भनि शिशुको हजुरआमासँग मागी बच्चा लिई गएकोमा हालसम्म सम्पर्कमा नआएकोले चोरी भएको भनि ऐ.१६:४५ बजे ऐ. अस्पतालमा खटिएको प्र.क.लाई जानकारी गराउनासाथ व.प्र.का.बिर्ताबाट  प्र.नि.को कमाण्डमा टोलि खटि गई बुझ्ने तथा खोजतलास कार्य भईरहेको । लागु औषध,कञ्चनपुर, भि.न.पा.११ होल्डिङ्ग सेन्टर (७ नं.पिल्लर) स्थित इ.प्र.का.गड्डाचौकीबाट प्र.ब.ना.नि.को कमान्डमा खटिएको प्रहरी टोलिले भारतबाट नेपाल आँउदै गरेको से. ६ प १५४९ नं.को मो.सा.चालक जि. कैलाली गोदावारी न.पा.०४ बस्ने अं.वर्ष २६ को प्रभाष मल्ल र सोही मो.सा.मा पछाडी सवार जि. डोटी जोरायल गा.पा.०१ बस्ने अं.बर्ष २६ को बिक्रम पातलीलाई शंका लागी चेकजाँच गर्दा शुद्ध तौल ६.५७ ग्राम खैरो हिरोइन जस्तो देखिने लागुऔषध सहित बरामद गरी आवश्यक कार्बाहीको लागि जि.प्र.का. पठाईएकोमा,  ऐ. १९:३०बजे सोधपुछको क्रममा निज वर्ष २७ को प्रभास मल्ल कम्प्युटर कोड नं.६३६४२ को स.प्र.बल नेपाल नं.३५ गण हे.क्वा. शैलेश्वरी झलारी कञ्चनपुर दरबन्दी भई नं.५२ गुल्म हे.क्वा. डडेल्धुरामा कार्यरत स.प्र.ज. रहेको भन्ने बुझिएको ।  पर्सा, वीरगञ्ज म.न.पा.१६ माईधिया पोखरी अगाडि सडक-खण्डमा बसपार्क तर्फ पैदल आउँदै गरेको देश भारत विहार राज्य जिल्ला पूर्णिया थाना सदर ग्राम हाजिरगञ्ज वडा नं.४५ बस्ने वर्ष १९ को कृष्णा कुजुँर लगायत ३ जना  व्यक्तिहरू माथि शंका लागि जि.प्र.का.बाट खटिएको प्र.नि.को विशेष टोलिले रोकी चेकजाँच गर्दा निजहरूको साथबाट ला.औ.ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ १०० ग्राम फेला पारी बरामद गरी ला.औ. सहित ३ जनालाई  नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।