प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मिति २०८३।०१।०६ गते ०५:०० बजे देखि २०८३।०१।०७ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।

२०८३-०१-०७

  • A
  • A-
  • A+
Share

कर्तव्य ज्यान,

उदयपुर, चौदण्डीगढी न.पा. ७ सिता पाईला टोल बस्ने अं.वर्ष ७३ को राम प्रसाद राईले ऐ. बस्ने अ.वर्ष ६४ को माहाशेर राईलाई  बिवादको कारण रिसको आवेगमा आई धारिलो हतियार(तरकारी काट्ने चक्कु) प्रहार गरी छातीको दाँयातर्फ माथिल्लो भागमा गहिरो चोट लागी घाइते भएकोले उपचारको लागि नगर अस्पताल बेल्टार ल्याएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.बेल्टारबाट प्र.नि.को कमाण्डमा टोली खटी गई धारिलो हतियार प्रहार गर्ने राम प्रसाद राईलाई नियन्त्रणमा लिई आ.अ.भइरहेको, घाइतेलाई नगर अस्पताल बेल्टारको डाक्टरले चेकजाँच गर्दा बाटैमा मृत्यु भएको भनी जानकारी गराएको, शव सोही अस्पतालमा रहेको,

         

ज.ज.क./बाल यौन दुर्व्यवहार,

पाल्पा, रैनादेवी छहरा गा.पा.८ ढुङ्ग्रेखोला स्थित रहेको झोलुङ्गे पुलको ढलानमा जिल्ला पाल्पा रैनादेवी छहरा गा.पा.६ चहला बस्ने बर्ष २२ को कमल सोमरेले पाल्पा जिल्ला अन्तर्गत बस्ने बर्ष १४ की नाबालिकालाई जबरजस्ति करणी गरेको भनि मिति २०८३।०१।०६ गते अं. १४:०० बजेको समयमा निज नाबालिकाको हजुरबुबाले जि.प्र.का.पाल्पामा लिखित जाहेरी दरखास्त दिनसाथ उक्त स्थानमा जि.प्र.का.पाल्पाबाट प्र.नि.को कमाण्डमा ५ जनाको टोली खटिगई निज प्रतिवादीलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी जि.प्र.का.पाल्पामा ल्याई राखिएको साथै निज पीडित बालिकालाई स्वास्थ्य परीक्षण गरी आफन्तको जिम्मा लगाईएको,

         

कञ्चनपुर, लालझाडी गा.पा.१ नौरङगा बाइसिबिचवा स्वास्थ्य चौकी स्थित सोही स्वास्थ्य चौकीमा कार्यरत कार्यालय सहयोगी ऐ.लालझाडी गा.पा.१ नौरङगा बस्ने वर्ष ४१ की महिलालाई  ऐ. बस्ने वर्ष ४० को महेश रानाले सोही स्थानमा आई ज.ज.क.उद्योग गर्न खोजेको भनी निज पीडितले ऐ.६ गते अं.०९:०० बजे प्र.चौ.परासनमा जानकारी गराउनासाथ प्र.व.ना.नि.को कमाण्डमा टोली खटी महेश रानालाई नियन्त्रणमा लिई इ.प्र.का.त्रिभुवनबस्तीमा ल्याई थप अनुसन्धान कार्य भईरहेको,

         

शंकास्पद मृत्यु,

रुपन्देही, स्याङजा बिरुवा गा.पा. ६ घर भई हाल  जिल्ला रुपन्देही तिलोत्तमा नगरपालिका वडा नं ४  बिपिमार्ग स्थित चन्द्रकान्त बगालेको घरमा  ३ महिना देखि भाडामा बस्दै आएको वर्ष अ. ३१।३२ को   सोम ब. भुजेलको श्रीमती वर्ष  अ. २८।२९ की ज्योति भुजेल आफ्नै बिस्तारामा   मृत अवस्थामा   फेला परेको छ भन्ने  जानकारी छिमेकी मार्फत  प्राप्त हुन साथ  उक्त स्थानमा यस व.प्र.का.बुटवलबाट प्र.नि. ईश्वरदेव गिरीको कमाण्डमा ७ जनाको टोली  र तालुक ई.प्र.का.बुटवलबाट प्र.ना.उ.निशान्त श्रीवास्तव सहित SOCO को टोलि खटि गएको  मृत लास हेर्दा   अनुहारमा सबै तिर  चोट  देखिएको  ,नाकबाट रगत बगेको  मृत सव शंकास्पद रहेको  ( निजको कोठामा श्रीमान,श्रीमती र  ३ महिनाको एउटा छोरी संगै बस्दै आएको मृत्तक महिलाको माइती घर खुल्न नसकेको ) मृतकको श्रीमान प्रहरीको नियन्त्रणमा,   अन्य अनुसन्धान कार्य भई रहेको,

 

हा.ह.बरामद,

काठमाडौं, विशेष सूचनाको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट प्र.ना.उ.को कमाण्डमा खटिएको टोलीले का.म.न.पा.१५ शोभा भगवती स्थित बिष्णुमती खोला किनारमा खो.त. गर्दै जाँदा कालो कलरको झोला भित्र बेवारिसे अवस्थामा  Types-54 पेस्तोल ४ थान, ऐ.को  म्याग्जिन ७ थान, ९ M M बेरेटाको  गोली ५८ राउण्ड फेला पारी वृत्त स्वयम्भूमा ल्याई राखिएको,

स्याङजा, वालिङ न.पा.३ सुरडाँडा बस्ने वर्ष ७१ को सम्मर बहादुर खड्का क्षत्रीको घरमा अवैध भरुवा बन्दुक लुकाई-छिपाई राखेको भन्ने बिशेष सुचनाको आधारमा जि.प्र.का.बाट प्र.ह.र व.प्र.का.वालिङबाट प्र.स.ह.को कमाण्डमा  खटिएको टोलीले निज सुत्ने खाट मुनि लुकाई छिपाई राखेको अवस्थामा एक नाले भरुवा बन्दुक थान १ (एक), छर्रा ६० वटा र बारुद अं.२० ग्राम फेला पारी मानिस सहित नियन्त्रणमा लिई व.प्र.का.वालिङमा ल्याई आ.अ.भईरहेको,

         

धारिलो हतियार प्रहार,

धनुषा, जनकपुर उ.म.न.पा.१७ कनकपट्टी बस्ने अधुनी रामको छोरा अं.वर्ष १४ को विवेक रामलाई क्रिकेट खेल खेल्ने क्रममा विवाद भई झै-झगडा तथा कुटपिट हुँदा ऐ.बस्ने अं.वर्ष १८ को शिवा रामले निज विवेक रामलाई चक्कुले प्रहार गर्दा निजको टाउकोमा चोट, प्रादेशिक अस्पताल जनकपुरमा उपचार भईरहेको,अवस्था गम्भीर रहेको, उक्त स्थानमा प्र.चौ.कपिलेश्वरबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई चक्कु प्रहार गर्ने शिवा रामलाई नियन्त्रणमा लिई जि.प्र.का.पठाईएको,

 

चट्याङ लागी मृत्यु,

रामेछाप, उमाकुण्ड गा.पा.४ हुगां बस्ने सोम बहादुर तामाङको छोरी वर्ष अं.९ की बालिका सुनमाया तामाङ आफ्नै घर नजिकै खेलिरहेको अवस्थामा अचानक चट्याङ पर्न गई निजको घटनास्थलमै मृत्य भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.उमाकुण्ड र जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, शव घटनास्थलमा रहेको,

 

लागू औषध,

सुनसरी, कोशी गा.पा.२ सरदार टोल बस्ने लक्ष्मी सरदार र निजको बुहारी देवकी सरदारको घरमा लागु औषध गाँजा भण्डार गरेको भन्ने गोप्य सुचनाको आधारमा इ.प्र.का. लौकहीबाट प्र.ब.ना.नि.को कमाण्डमा टोली खटी गई सोधपुछ तथा खोजतलास गर्दा निज देवकी सरदारको घरमा संचालन गर्दै आएको किरान पसलमा लुकाई छिपाई राखेको ७५.३३० किलोग्राम लागु औषध गाँजा जस्तो देखिने पदार्थ सहित निज लक्ष्मी सरदार समेत ३ जनालाई नियन्त्रणमा लिई आ.अ.भइरहेको,

 

सिन्धुली, कमलामाई न.पा.९ भिमान स्थित चेकपोष्टमा विशेष सुचनाको आधारमा इ.प्र.का. भिमानबाट प्र.नि.को कमाण्डमा खटिएको ट्राफिक प्रहरी सहितको टोली र ला.औ. नियन्त्रण व्युरो शाखा कार्यालय बर्दिबासको संयुक्त  टोलीले चेकजाँच गर्दा  विराटनगरबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा ४ ख ६३५६ नं. को हाईसमा सवार सिपोल जिल्ला बिहार राज्य राधोपुरग्राम पञ्चायत भारत बस्ने वर्ष ४५ को शंकर जैसवालको साथबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने गिलो पदार्थ २५.३८० ग्राम (प्लास्टिक बाहेक) फेला पारी निजलाई नियन्त्रणमा लिई इ.प्र.का.भिमानमा ल्याई अनुसन्धान कार्य भईरहेको,

 

धादिङ, गल्छि गा.पा७ गल्छि बजार स्थित ऐ.बस्ने बर्ष अ.३२ को संगम श्रेष्ठको घरमा शंकास्पद रुपमा निम्न मानिसहरु बसिरहेको अबस्थामा देखी प्र.चौ.बैरेनीबाट प्र.ना.नि.को कमाण्डमा र प्र.चौ.गल्छीबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई निजहरुलाई शंका लागी नियन्त्रणमा लिई चेकजाँज तथा खानतलासी गर्दा खरानी कलरको सुटकेश भित्र रातो प्लाष्टिकले बेरेको ८ पोका र खैरो कलरको सुटकेस भित्र रातो कलरको प्लाष्टिकले बेरेको ४ पोकामा खैरो कलरको ला.औ.गाजाँ जस्तो देखिने वस्तु, कालो कलरको भिर्ने झोला भित्र खैरो कलरको टेपले बेरेको लागु औषध जस्तो देखिने अं.२ के.जी.चरेस जस्तो देखिने वस्तु, र घरवेटी संगम श्रेष्ठको भान्छा घर भित्र लुकाई छिपाई राखेको निलो रातो कलरको जेब्रा झोला भित्र ५ वटा रातो कलरको प्लाष्टिकको पोकामा खैरो कलरको गाँजा जस्तो देखिने चिजबस्तु (जम्मा अं.१८ किलो) फेला परेकोले तिनै जनालाई उक्त ला.औ.हरूसहित नियन्त्रणमा लिई प्र.चौ.गल्छीमा राखी आ.अ.भइरहेको,थप अनुसन्धानको लागि उक्त चिजबस्तुहरु सहित तिनै जनालाई इ.प्र.का.गजुरी पठाईएको,

 

रौतहट, गौर न.पा. ४ दशगजा स्थित जि.प्र.का.रौतहटबाट प्र.ब.ना.नि.को कमाण्डमा सिमावरती क्षेत्रमा खटिएको गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा प्रहरी टोलीलाई देखि नेपालबाट भारत तर्फ पैदल यात्रीहरुले ल्याउँदै गरेको ला.औ.गाँजा जस्तो देखिने पदार्थ फालेर मानिसहरू भारत तर्फ फरार भएको, उक्त ला.औ.(अं.२५० के.जी) नियन्त्रणमा लिई जि.प्र.का.रौतहटमा ल्याई राखिएको, फरार मानिसहरुको खो.त.भइरहेको,

         

कन्चनपुर, शुक्लाफाँटा न.पा.५ खजुवा स्थित ला.औ.नियन्त्रण व्युरो शाखा धनगढी र इ.प्र.का.झलारीबाट खटिएको संयुक्त प्रहरी टोलीले भित्री खडक खण्डमा दक्षिणबाट उत्तर तर्फ आउदै गरेको चालक जिल्ला कञ्चनपुर बेलडाँडी गा.पा.२ बस्ने बर्ष अं.२८ को सुवाश पाण्डेयले चलाएको सु प प्र ०२००४ प १०४२ नं.को मो.सा.लाई शंका लागि चेकजाँच गर्दा चालकको साथबाट शुद्ध तौल गर्दा ४९ ग्राम ३३० मिलिग्राम लागु औषध(खैरो हिरोइन)जस्तो देखिने धुलो पदार्थ फेला पारेकोले उक्त ला.औ.र मो.सा.सहित निज चालक र मो.सा.पछाडि सवार ऐ.१ बस्ने बर्ष अं.२२ को गोबिन्द जोशी समेतलाई नियन्त्रणमा लिई इ.प्र.का. झलारीमा राखी आ.अ.भइरहेको,                                                                                 

                                                                                                                                         

 

सम्बन्धित समाचार
मिति २०८३।०५।१५ गते ०५:०० बजे देखि २०८३।०५।१६ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१६

ज.ज.क./बाल यौन दुर्व्यवहार,सिन्धुली, कमलामाई न.पा.४ गणपती होटल पछाडि रहेको झोलुङ्गे पुलमुनि ग्वाङ् खोलामा वर्ष १० की बालिका र निजको साथी वर्ष ९ की बालिका समेत नुहाईरहेको अवस्थामा ऐ.दुधौली न.पा.३ बस्ने वर्ष २३ को भक्त बहादुर कार्कीले आफ्नो कपडा खोली खोला भित्रै पानीमा वर्ष १० की बालिकालाई जबरजस्ती करणी गरेकोमा निज बालिका रोई कराई गरेको अवस्थामा सोही ठाउँमा माछा मार्ने मानिसहरुले देखी निजलाई नियन्त्रणमा लिई प्र.चौ.ढुङ्ग्रेबासमा टे.फो.मार्फत जानकारी गराउनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज भक्त बहादुर कार्कीलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई ऐ.०५/१५ गते दिन ५ म्याद थप गरी अनुसन्धान कार्य भईरहेको,। संखुवासभा, भोटखोला गा.पा.०४ घर भई हाल जि.संखुवासभा मकालु गा.पा.०५ बस्ने अ.वर्ष ४३ को किरण तामाङले वर्ष २७ की महिलालाई ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.नुम संखुवासभाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई  पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको । उदयपुर, न.पा.वडा न.६ शिखरटोल बस्ने वर्ष १५ की  बालिकालाई जिल्ला उदयपुर बेलका न.पा. वडा न.०६ कात्तिके बस्ने वर्ष २१ को लाक्पा तामाङले ज.ज.क गरेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. रामपुरठोक्सिला  उदयपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको,बालिकाको अवस्था सामान्य रहेको । धरिलो हारहतियार प्रहार,बाँके, बैजनाथ गा.पा.८, गुरदयालपुर बस्ने वर्ष ४० की ठगनी थरुनीले निजको श्रीमान वर्ष ४३ को जंग बहादुर थारुलाई घरायसी विवाद हुँदा धारिलो हतियार (बन्चरो) ले टाउकोमा प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.रनियापुरबाट प्र.ह.को कमाण्डमा टोली खटी गई निज घाईतेलाई उपचारको लागी संजिवनी कलेज अफ मेडिकल साईन्सेज प्रा.लि. नेपालगंज, बाँकेमा पठाईएको, अवस्था गम्भीर, निज ठगनी थारू र निजले प्रयोग गरेको हतियार नियन्त्रणमा लिई इ.प्र.का.घनौलीमा पठाईएको,। मुस्ताङ, घरपझोङ गा.पा. वडा नं. २ मार्फा स्थितमा ऐ.बस्ने बर्ष अं. २८ को रोशन मगरले ऐ.ऐ. बस्ने बर्ष अं. २८ को राजेन्द्र परियारलाई धारिलो हतियार खुकुरीले टाउकोमा प्रहार गरी गम्भिर घाईते भएको छ भन्ने जानकारी प्राप्त हुनासाथ जि.प्र.का. मुस्ताङ बाट प्र.नि. ईश्वर महतको ( ९८५६०९१००६ ) कमाण्डमा ७ जनाको टोलि खटिई गई घाईतेलाई मार्फा स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात थप उपचारको लागि प्रदेश अस्पताल जोमसोम मुस्ताङ पठाईएको, धारिलो हतियार खुकुरी प्रहार गर्नुको कारण नखुलेको,दुवै जनाले मा.प.से. गरेको,उपचारमा घाईतेको आफन्त संलग्न, धारिलो हतियार खुकुरी प्रहार गर्ने व्यक्ति,खुकुरी जि.प्र.का. मुस्ताङको नियन्त्रणमा रहेको । ऐ.०३:४३ बजेको समयमा घाईते थप उपचारको लागि पोखरा रिफर भएको, उपचारमा श्रीमती निरमाया परियार (९७६३२७०१५४) संलग्न । हाम फाली बेपत्ता,सोलुखुम्बु, महाकुलुङ गा.पा.-५ चाचालुङ बस्ने सुमित कुलुङकी श्रीमती वर्ष अ.१८ की सम्झना नाछिरीङ राई श्रीमान-श्रीमतीबीच घरायासी विवाद भई श्रीमती ऐ. सोताङ गापा-४, नाम्लुङ माईती घर गएकोले श्रीमान पनि सँगै जाँदै गर्दा ऐ. महाकुलुङ गा.पा.५ र सोताङ गा.पा.४ को सिमाना स्थित गुदुङ खोलाको पुलबाट निज श्रीमती सम्झना नाछिरीङ राईले खोलामा हाम फाली बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. सोताङबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, । लागु औषध,उदयपुर, कटारी न.पा.६ बाँकेटार शान्तिवन स्थित वनभित्र ला.औ. गाँजा ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा इ.प्र.का. कटारीबाट प्र.नि.को कमाण्डमा २० जनाको टोली खटी गई उक्त वनभित्र खो.त.गर्दा बा १६ च ५२६९ नं.को बोलेरो गाडी र गाडी नजिकै जंगलमा विभिन्न स्थानमा लुकाई छिपाई राखेको ला.औ. गाँजा ५२ बोरा शुद्ध तौल ११२२ के.जि. ६७ ग्राम गाँजा र सोही स्थानमा ऐ. ताप्ली गा.पा. १ डाँडागाउँ बस्ने वर्ष ५५ को राम बहादुर मगर सहित ३ जनालाई फेला पारी ला.औ., गाडी सहित  तीनै जनालाई इ.प्र.का. कटारी ल्याई अनुसन्धान भइरहेको, ।  न.प.पश्चिम, नवलपरासी (ब.सु.प.) रामग्राम न.पा.०१ निलोगेट स्थितमा ला.औ.कारोबार भईरहेको भन्ने खबर प्राप्त हुनासाथ ला.औ.नियन्त्रण ब्युरो शाखा कार्यलय भैरहवा रुपन्देहीबाट प्र.ना.नि.को कमाण्डमा २ जना र जि.प्र.का.नवलपरासी (व.सु.प) बाट प्र.ना.नि.को कमाण्डमा ५ जनाको टोली खटी गई परासी देखि सुनवल तर्फ जादै गरेको भारतिय UP 56 AH 6189 न.को मो.सा.लाई रोक्न खोज्दा उक्त मो.सा.नरोकी भाग्ने क्रममा मो.सा.छाडी मो.सा.चालक देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज सेखली बस्ने वर्ष अं. ३३ को गिरिजेस श्रीवास्तव र सोही मो.सा. पछाडी सावर देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज निचलौल बस्ने वर्ष अं. २७ को दिपक भन्ने मिधलेस श्रीवास्तव भाग्दै गर्दा ब्यारेट पेस्तोलबाट ४ राउण्ड हवाई फाएर गरी निजहरुलाई रितपुर्वक नियन्त्रणमा लिई चेकजाँच गर्दा  ब्राउन सुगर जस्तो देखीने खैरो गिलो पदार्थ प्लाष्टिक रहितको तौल १५८ ग्राम नियन्त्रणमा लिई जि.प्र.का. नवलपरासीमा ल्याई राखिएको,चोटपटक कसैलाई केही नभएको ।

मिति २०८३।०५।१४ गते ०५:०० बजे देखि २०८३।०५।१५ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१५

ज.ज.क./बाल यौन दुर्व्यवहार,दाङ, मिति २०८२।११।०४ गते बिहान अं. ०४:०० बजेको समयमा जि. दाङ, राजपुर गा.पा.७ मनोहरा स्थित भैसाहीदेखि भौवानाका जाने बाटोमा पर्ने पुर्णबहादुर रोकाले घर बनाएको पुरानो स्थान नजिकैको जंगलमा ऐ. राजपुर गा.पा.७, भौवानाका बस्ने वर्ष ३७ की महिलालाई ऐ. राजपुर गा.पा.७ भित्री सिक्टा बस्ने वर्ष ३२ को जनक कुमालले ज.ज.क. गरेको भनि आज मिति २०८३।०५।१४ गते १७:३० बजे निज पीडितले आफैं इ.प्र.का. गढवामा लिखित जाहेरी दरखास्त दिएपश्चात् प्र.नि.को कमाण्डमा प्रहरी टोलि खटि गई पिडक जनक कुमाललाई ऐ. गढवा गा.पा.६ गढवा बजारमा हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई आ.अ.कार्य भईरहेको, पीडितको अवस्था सामान्य रहेको र निज पीडित गर्भवती रहेको, पीडित पीडक दुवैको मेडिकल परीक्षण हुन बाँकी रहेको । सिन्धुपाल्चोक, लिसंखुपाखर गा.पा.७ धामीटोल बस्ने वर्ष ३६ को पुरुषले कान्छी श्रीमतीको छोरी वर्ष १७ की बालिकालाई बाल यौन दुर्व्यवहार गर्ने प्रयास गरेको भनि ऐ.१९:०० बजे खबर प्राप्त पश्चात प्र.चौ.ठुलोपाखरबाट प्र.स.नि.को कमाण्डमा टोलि खटि गई पिडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । सुन बरामद,काठमाण्डौं , हिमालयन एयरलाईन्सको उडान द्धारा कतारको हुदै काठमाडौं आएका जिल्ला सर्लाही मलंगवा न.पा.३ बस्ने मोहम्मद जसिम फकिरले  सुनजस्तो देखिने पहेलो धातुको जस्तो देखिने सिक्री थान १ (अं.२५ ग्राम) ल्याएकोमा निजलाई संका लागी सोधपुछ गर्दा निजले भरियाको रुपमा उक्त सुन ल्याएको भनि मुखसावित वताएकोले निजलाई आवश्यक  अनुसन्धानको लागी नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएको कारण दिन एक सुरक्षित साथ राख्नका लागि प्रहरी वृत्त गौशला पठाएको । काठमाण्डौं, का.म.न.पा.९ एयरपोर्ट स्थित हिमालयन एयरलाईन्सको उडान द्धारा कतार हुदै काठमाण्डौ आएका यात्रुहरुलाई प्रयोग गरी नेपालमा सुन ओसारपसार गरी कारोबार गर्ने सिरहा जिल्ला सिरहा न.पा.७ घर भई बस्ने वर्ष ३४ को सन्तोष कुमार यादवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन तर्फको पार्किङ क्षेत्रमा बाह्‍य मुलुकबाट आगमन भएका यात्रुहरुले भन्सार छली गरी ल्याएको सुन जस्तो देखिने पहेँलो धातुको सिक्रि थान १ अं.तौल २५ ग्राम रिसिभ(संकलन) गरी अवैध रूपमा लैजान लागेको अवस्थामा नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएकोले ऐ.१९:३० बजे प्रहरी वृत्त गौशला पठाएको । कैदी मृत्यु,चितवन, चितवन कारागार ल्याएको कर्तव्य ज्यान केसको कैदि वन्दि क्यान्सर विरामी जि.पर्वत फलेवास गा.पा.२ वतन भएको वर्ष ४२ को बिनोद विक्रम कुवर मिति २०८३/०३/२२ गते देखि बि.पि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भई रहेकोमा ऐ.१४ गते उपचारको क्रममा मृत्यु भएको,शव सोहि अस्पतालमा रहेको,आफन्तहरु सगै रहेको । हतकडी सहित मानिस फरार,झापा, बिर्तामोड न.पा.८ स्थित देउनिया नजिकबाट चोरीमा संलग्न ऐ.भद्रपुर न.पा.१० बस्ने बर्ष २४ को सन्देश हस्दालाई अ.प्र.चौ.गरामनीबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलिले नियन्त्रण लिने क्रममा हतकडी सहित फरार भएको हुँदा इ.प्र.का.अनारमनीबाट प्र.ना.उ.को कमाण्डमा, जि.प्र.का.झापाबाट प्र.ना.उ.को कमाण्डमा र मातहत समेतबाट प्रहरी परिचालित गरी चेकिङ सहितको डिउटी निकाली खोजतलास भईरहेको । अस्पतालबाट बच्चा चोरी भएको,पर्सा, जि. सर्लाही  रामनगर गा.पा.३ बहुअर्वा बस्ने रन्जय दासको श्रीमती अं.वर्ष २७ की  रिन्कु देवीले  मिति २०८३/०५/१३ गते अं.२३:०० बजे जि.पर्सा विरगंज म.न.पा.०४ स्थित नारायणी अस्पतालमा शल्यक्रियाबाट नवजात शिशु (छोरा) जन्मिएकोमा ऐ.०५।१४ गते अं.१५:०० बजे अपरिचित अं.वर्ष ३५ की महिलाले बच्चा खेलाउछु भनि शिशुको हजुरआमासँग मागी बच्चा लिई गएकोमा हालसम्म सम्पर्कमा नआएकोले चोरी भएको भनि ऐ.१६:४५ बजे ऐ. अस्पतालमा खटिएको प्र.क.लाई जानकारी गराउनासाथ व.प्र.का.बिर्ताबाट  प्र.नि.को कमाण्डमा टोलि खटि गई बुझ्ने तथा खोजतलास कार्य भईरहेको । लागु औषध,कञ्चनपुर, भि.न.पा.११ होल्डिङ्ग सेन्टर (७ नं.पिल्लर) स्थित इ.प्र.का.गड्डाचौकीबाट प्र.ब.ना.नि.को कमान्डमा खटिएको प्रहरी टोलिले भारतबाट नेपाल आँउदै गरेको से. ६ प १५४९ नं.को मो.सा.चालक जि. कैलाली गोदावारी न.पा.०४ बस्ने अं.वर्ष २६ को प्रभाष मल्ल र सोही मो.सा.मा पछाडी सवार जि. डोटी जोरायल गा.पा.०१ बस्ने अं.बर्ष २६ को बिक्रम पातलीलाई शंका लागी चेकजाँच गर्दा शुद्ध तौल ६.५७ ग्राम खैरो हिरोइन जस्तो देखिने लागुऔषध सहित बरामद गरी आवश्यक कार्बाहीको लागि जि.प्र.का. पठाईएकोमा,  ऐ. १९:३०बजे सोधपुछको क्रममा निज वर्ष २७ को प्रभास मल्ल कम्प्युटर कोड नं.६३६४२ को स.प्र.बल नेपाल नं.३५ गण हे.क्वा. शैलेश्वरी झलारी कञ्चनपुर दरबन्दी भई नं.५२ गुल्म हे.क्वा. डडेल्धुरामा कार्यरत स.प्र.ज. रहेको भन्ने बुझिएको ।  पर्सा, वीरगञ्ज म.न.पा.१६ माईधिया पोखरी अगाडि सडक-खण्डमा बसपार्क तर्फ पैदल आउँदै गरेको देश भारत विहार राज्य जिल्ला पूर्णिया थाना सदर ग्राम हाजिरगञ्ज वडा नं.४५ बस्ने वर्ष १९ को कृष्णा कुजुँर लगायत ३ जना  व्यक्तिहरू माथि शंका लागि जि.प्र.का.बाट खटिएको प्र.नि.को विशेष टोलिले रोकी चेकजाँच गर्दा निजहरूको साथबाट ला.औ.ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ १०० ग्राम फेला पारी बरामद गरी ला.औ. सहित ३ जनालाई  नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।