मिति २०८३।०१।०९ गते ०५:०० बजे देखि २०८३।०१।१० गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८३-०१-१०
- A
- A-
- A+
कर्तब्य
ज्यान,
पाँचथर, हिलिहाँङ गा.पा. ७ चुकफारा स्थित साम्वेवा बाट
एकचेप्पा जाने भित्री कच्ची सडकमा तत्काल नामथर वतन नखुलेको अं. बर्ष ४०/४५ को
पुरुष मानिसलाई के कुन मानिसले टाउकोमा ढुंगाले प्रहार गरी घटना स्थलमा नै मृत
अवस्थामा शव रहेको भनि जिल्ला प्रहरी कार्यालय पाँचथारमा जानकारी प्राप्त
हुनसाथ प्रहरी चौकी जोरपोखरी बाट
प्र.स.नि. ज्ञानेन्द्र सुबेदी को कमाण्डमा २ जनाको प्रहरी टोली खटिगई घटना स्थल
सुरक्षित राखेको थप अनुसन्धान तथा कानूनी प्रकृयाको लागी जिल्ला प्रहरी कार्यालय पाँचथर बाट
प्र.नि. को टोली खटिगएको , मृतक जिल्ला पाँचथर हिलिहाङ गा.पा.६ बस्ने बर्ष
अ.५२ को धन प्रसाद यावा रहेको भनि पहिचान खुलेको , ऐ.२२:१० बजे
माथि उल्लेखित शवको कानूनी प्रकृया पुरा गरी पो.मा. कार्यको लागि जिल्ला अस्पताल
पाँचथर फिदिम तर्फ पठाएकोमा ऐ.२३:१० बजे जिल्ला अस्पतालमा ल्याई शवगृहमा सुरक्षित
साथ राखिएको,
शंकास्पद
ऐ.७ बस्ने बर्ष अ.५४ को हरि चन्द्र योक्पाङदेनलाई जि.प्र.का. पाँचथरमा ल्याई
स्वास्थ्य परिक्षण गरी अनुसन्धानको लागि हिरासत कक्षमा राखेर थप अनुसन्धान भईरहेको
।
ज.ज.क./
बालयौन दुर्व्यवहार,
ओखलढुंगा, मिति
२०८३।०१।०४ गते अ.१२:०० बजे सिद्धिचरण न.पा.२ ठुलाछाप बस्ने अं.वर्ष १२ की
बालिकालाई ऐ.बस्ने वर्ष २५ को पुरुष व्यक्तिले बाल यौन दुरूपयोग गरेको भनी ९ गते
१८:३० बजे जि.प्र.का.मा लिखित जाहेरी प्राप्त भएको हुँदा प्र.चौ.निशंखेबाट
प्र.स.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।
ओखल्ढुंगा, मोलुङ गा.पा.७
पात्ले बस्ने अ.वर्ष १७ की बालिकालाई मिति २०८२।१२।२९ गते २१:०० नबजे ऐ.बस्ने
अ.वर्ष २५ को दिल कुमार कार्कीले पीडितको घरमा ज.ज.क.गरेको भनी मिति २०८३।०१।०९
गते १८:०० बजे जि.प्र.का.ओखलढुङ्गामा जाहेरी प्राप्त हुनासाथ अ.प्र.चौकी तालकोटबाट
प्र.स.ह.को कमाण्डमा टोली खटी गई
आ.अ.भइरहेको,
पीडक
फरार रहेकोले खो.त.भइरहेको, पीडितलाई यौनजन्य स्वास्थ्य परिक्षणको लागि
जिल्ला अस्पताल रुम्जाटार पठाईएको ।
झापा, मिति
२०८३।०१।०९ गते १६:०० बजे शिवसताक्षी न.पा.८ झिलझिले स्थित जि.ताप्लेजुङ सिरिजङ्घा
गा.पा.७ बस्ने बर्ष ३० को मुक्ति भट्टराईले ऐ.५ बस्ने वर्ष १५ की बालिकालाई
ललाईफकाई लैजाँदै गरेको अवस्थामा स्थानीय मानिसहरुले फेला पारी इ.प्र.का.झिलझिलेमा
बुझाएकोमा सोधपुछ गर्दा निज मुक्ति भट्टराईले बिवाह गर्छु भनी पटक–पटक
ज.ज.क.गरेको र अन्तिम पटक मिति २०८३।०१।०८ गते २२:०० बजे काँकरभिट्टाको बस स्टेण्ड
स्थित लक्ष्मी अधिकारीको घरमा लगेर ज.ज.क.गरेको भन्ने खुल्न आएको हुँदा दुवै
जनालाई थप अनुसन्धानको लागि इ.प्र.का.काँकरभीट्टामा राखिएको ।
झापा, शिवसताक्षी
न.पा.३ दिङ्लाधाप वर्ष ३५ को पुरुष व्यक्तिले आफ्नै छोरी परिबर्तित नाम
२०८२/०८३ झिलझिले K1 लाई ललाई
फकाई गरी डर त्रास समेत देखाई पटक पटक गरि अन्तिम पटक मिति २०८२/०३/२६ गते २३:००
बजे आफ्नै घर कोठामा ज.ज.क.गरी गर्भवती बनाएको हुँदा निजलाई पक्राउ गरी कानून बमोजिम कारबाही गरी पाऊँ भनी
पीडितको काकाले मिति २०८३।०१।०९ गते १७:०० बजे इ.प्र.का.झिलझिलेमा जाहेरी दिएको
हुँदा प्र.स.नि.को टोली खटी गई थप अनुसन्धान भईरहेको , पीडक फरार
रहेकोले खो.त.भइरहेको ।
भरुवा
बन्दुकको छर्राले लागि मानिस घाईते,
रुकुम
पश्चिम,
मिति
२०८३।०१।०८ गते २०:३० बजे आठबिसकोट न.पा. ६ ज्यामिरे बस्ने वर्ष अं. १६ को राजु
बोहोरा आफ्नै घर नजिकै बाटोमा मोबाईल चलाउदै हिड्ने क्रममा अचानक लडी निजको
अण्डकोशमा चोट लागी उपचारको लागि ऐ.२१:३० बजे नगर अस्पताल आठबिसकोट आएकोमा थप
उपचारको लागि मेडिकल कलेज कोहलपुर बाँके रिफर भई उपचार भइरहेको घटना सम्बन्धमा ऐ.९
गते ०५:०० बजे नेपालगंज मेडिकल कलेज नेपालगंजको डाक्टरले चेकजाँच गर्दा अण्डकोष, दाहिने तिघ्रा
र तल्लो पेटको साइडमा ठोस पदार्थ जस्तो देखिएको भन्ने रिपोर्ट आएको भनी अस्पतालमा
खटिएको प्र.क.ले जि.प्र.का.मा जानकारी गराएको हुँदा ऐ.१०:३० बजे इ.प्र.का.
आठबिसकोटबाट प्र.नि.को कमाण्डमा टोली खटी गई बुझ्दा ऐ.आठबिसकोट न.पा.६ ज्यामिरे
बस्ने दिनेश बोहराको घरमा रहेको भरुवा बन्दुक खेलाउने क्रममा अचानक पड्किन गई निज
राजु बोहरा घाइते भएको, निजको नेपालगंज मेडिकल कलेज नेपालगंजमा ICU मा राखी उपचार
भइरहेको,
अवस्था
मध्यम,
उक्त
भरुवा बन्दुक बरामद गरी ऐ.१८:२० बजेको समयमा मुचुल्का कार्य समाप्त पश्चात
प्र.नि.को टोली कार्यालय फिर्ता भएको,उक्त घटनामा सग्लंन ऐ.ऐ.बस्ने बर्ष २० को
रमेश बोहरा घाईतेको उपचारमा संलग्न रहेको , ऐ.ऐ.बस्ने बर्ष १६ को दिनेश बोहरा फरार रहेकोले खोजतलास भईरहेको । थप अनुसन्धान भईरहेको ।
बैतडी, सुर्नया गा.पा.
२ डुङरी बस्ने बर्ष ४५ को ऐ. वडाको वडा सदस्य
दान ब. ऐरी आफ्नै घरमा खाना बनाउने क्रममा सिलेण्डर ग्यास पड्केर घाँटीमा
चोट लागि घाईते भएको हुँदा निजको छोरा बिजय ऐरी ले ऐ.२०;४५ बजेको समयमा जिल्ला
अस्पताल बैतडीमा ल्याई उपचार भईरहेको, अवस्था बोल्न नसक्ने
रहेको भनि अस्पताल समन्वय डिउटीमा खटिएको प्र.क.ले जानकारी गराउना साथ थप बुझ्नका
लागि जिल्ला प्रहरी कार्यालय बैतडीबाट
प्र.नि. को टोलि
निज
घाईतेको घरमा गई बुझ्दा निज घाईते दान बहादुर ऐरी सिलेण्डर पड्केर घाईते नभई आफ्नै
घरमा रहेको भरुवा बन्दुक बोकी घर नजिकै जंगल तर्फ जाने क्रममा बन्दुक पड्केर छर्रा
लागि घाईते भएको भनि निजकी श्रीमती लक्ष्मी ऐरीबाट बुझिन आएको, २३;१० बजेको समयमा
प्रहरी टोलिले खो.त.गर्ने क्रममा ऐ.ऐ.०२ बस्ने मोहन ऐरीको शौचालय पछाडि भरुवा
बन्दुक राखेको अवस्थामा फेलापारी नियन्त्रणमा लिईएको ।
ला.औ.,
बाँके, खजुरा गा.पा. ७
स्थाई वतन भई ऐ.खजुरा गा.पा.५ उडारापुर बस्ने वर्ष २६ को अजिजुल रहमान खानको घरमा
ला.औ.कारोबार भईरहेको भन्ने गोप्य सूचनाको आधारमा प्र.ब.ना.नि. को कमाण्डमा खटिएको टोलीले खानतलासी गर्दा निजको
घरबाट ला.औ.जस्तो देखिने पदार्थ शुद्ध तौल २७५ ग्राम ला.औ. खैरो हिरोईन फेला
परेकोले निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।
बारा, प्रसौनी
गा.पा.१ प्रसौनी टोल स्थित सिमराको भित्री बाटो हुँदै बलुवा गाउँतर्फ मो.सा.मा
ला.औ.गाँजा बो,
र
जाँदै गरेको भन्ने बिशेष सूचनाको आधारमा इ.प्र.का.परवानीपुर र इ.प्र.का.प्रसौनीबाट
खटिएको संयुक्त टोलीले प्र.२-०३-००७ प ५९९७ न.को मो.सा.लाई पछ्याई रोकी चेकजाँच
गर्दा मो.सा.चालक जि.बारा जितपुरसिमरा उ.म.न.पा.२२ अम्लेखगंज बस्ने झील्के बहादुर
गोलेको छोरा अं.बर्ष २५ को सुकमान गोलेको साथबाट प्लाष्टिक सहित ५ के.जि.८५४ ग्राम
लागु औषध गाँजा फेला परेको र मो.सा.पछाडि सवार ऐ.बस्ने अमित कुमार गोलेको छोरा
अं.वर्ष २८ को कुमार गोलेले बोकेको झोलामा प्लाष्टिकमा सहित ५ के.जि.९१६ ग्राम
लागु औषध गाँजा फेला परेकोले उक्त ला.औ.गाँजा जम्मा ११ के.जि ७७० ग्राम र
मो.सा.सहित दुवै जनालाई नियन्त्रणमा लिई इ.प्र.का.प्रसौनीमा राखी थप अनुसन्धान
भईरहेको ।
काठमाडौं, जि.सिराहा गोलबजार न.पा.२ घर भई हाल का.म.न.पा.३१ संगम
चोक बस्ने वर्ष २३ को जिबछ नायकले संचालन
गरेको शाहा बोईज होस्टेलमा लागुऔषध ब्राउन सुगर खरिद बिक्री भइरहेको भन्ने गोप्य
सूचनाको आधारमा वृत्त नयाँ बानेश्वरबाट प्र.ना.नि.को कमाण्डमा खटिएको प्रहरी
टोलीले खानतलासी गर्ने क्रममा सोही होस्टलमा बस्ने जि.सिराहा अर्नमा गा.पा.३ घर
भएको वर्ष २२ को आषिश राय अमादको कोठाबाट ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ
३४.६० ग्राम सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।