मिति २०८३।०१।१० गते ०५:०० बजे देखि २०८३।०१।११ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८३-०१-११
- A
- A-
- A+
कर्तब्य
ज्यान
चोरी
भक्तपुर
चाँगुनारायण न.पा.६ बेशी टोल स्थितमा रहेको दुर्गा लामा तामाङको २ तले जस्ताको
टहरोमा दिनको समयमा घरमा कोही नभएको अवस्थामा घरको मुलढोकाबाट भित्र प्रवेश गरी
दोस्रो तलामा रहेको कोठाको दराजको लक तोडी
दराज भित्र राखिएका सुनको झुम्का १ तोला
लगायत सुनका विभिन्न गर-गहना चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग
खरिपाटीबाट प्र.ह.को टोली खटी गई बुझ्दा
अं.१०,४५,४५०।–बराबरको चोरी
भएको ।
ला.औ.
उदयपुर
१० गते अ.११;४० बजेको समयमा
बेलका न.पा. वडा नं. ८ कोठु स्थितमा अप्रपोष्ट कोठु उदयपुरबाट प्र.स.नि रेवत
बहादुर थापाको कमाण्डमा(९८०५९१८९५०) खटिएको ३ जनाको प्रहरी टोलीले चुहार, मैनामैनी, कोठु सडक
खण्डमा मैनामैनीबाट कोठु तर्फ आउदै गरेको प्र.०१-००१ ह १८८१ नं. को अटोलाई शंका
लागि चेकजाँच गर्ने क्रममा अटोमा २ वटा सेतो प्लाष्टिकको बोरामा लुकाई छिपाई
ल्याउदै गरेको प्रतिबन्धित लागु औषध गाँजा (पलाष्टिक बाहेक) २७ के.जी. , अटो, अटो चालक
जिल्ला उदयपुर बेलका न.पा. वडा नं. ८ माजटोल बस्ने भिम बहादुर राईको छोरा बर्ष
अ.२५ को अशोक राईलाई नियन्त्रणमा लिई इप्रका रामपुरठोक्सिला उदयपुरमा ल्याई थप
अनुसन्धान कार्य भईरहेको,
कास्की, जि. लमजुङ घर
भई हाल जि. कास्की पो.म.न.पा.११ फुलबारी
बस्ने वर्ष २७ की मन्दिरा थापा मगरले ला.औ.बिक्रि बितरण गरेको भन्ने गोप्य सूचनाको
आधारमा लागू औषध नियन्त्रण ब्यूरो कार्यलय, पोखराबाट
प्र.ना.नि.र जि.प्र.का.बाट प्र.व.ना.नि.को कमाण्डमा खटिएको संयुक्त टोलीले रित
पूर्वक निजको डेरा कोठामा चेकजाँज गर्ने क्रममा लागु औषध खैरो हेरोइन जस्तो देखिने
धुलो पदार्थ १०५.३३ ग्राम र नगद रू.९,००,००००।- नेपाली
रुपैँया,
मोवाइल
थान १ सहित नियन्त्रणमा लिई जि.प्र.का.कास्की ल्याई थप अनुसन्धान कार्य भईरहेको ।