प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मिति २०८३।०१।१३ गते ०५:०० बजे देखि २०८३।०१।१४ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।

२०८३-०१-१४

  • A
  • A-
  • A+
Share

कर्तब्य ज्यान,

रोल्पा,  त्रिवेणी गा.पा.४ भर्जा बस्ने वर्ष ४५ को मिन बहादुर वुढाको मृत्यु भएको भनी ऐ.११:०० बजे प्र.चौ.जुगार रोल्पामा खबर प्राप्त हुनासाथ प्र.ना.नि.को कमाण्डमा टोली खटी गई बुझ्दा ऐ.१२ गते मृतकको श्रीमती वर्ष ४२ की लिलामती वुढाले घरको पछाडीको बारीमा गहुँ काट्ने विषयलाई लिएर श्रीमानसँग विवाद हुँदा गहुँ काटिरहेको हसियाँले निज मृतकको दाँया कुम, दाँया हात लगायत शरीरको विभिन्न भागमा प्रहार गर्दा घाईते भई घरमा ल्याई सुताएकोमा निजको मृत्यु भएको, मृतकको शरीरको विभिन्न भागमा निलो डाम र चोटहरु रहेको, श्रीमती प्रहरीको नियन्त्रणमा, थप अनुसन्धानको लागी इ.प्र.का.होलेरीबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, १७:०० बजे घट्नास्थल कार्य समाप्त पश्चात लाश पो.मा.को लागी रोल्पा अस्पताल रेउँघा रोल्पा तर्फ पठाएको,निज मृतकको श्रीमती लिलामति बुढालाई मेडिकल गरी ई.प्र.का.होलेरीको हिरासत कक्षमा राखि, थप अनुसन्धान भईरहेको ।

 

बिदेशी नागरिक लेक लागि मृत्यु,

मुस्ताङ,  देश भारत तमिलनाडु राज्य घर भई बस्ने वर्ष ६३ की भानु मठ्टी सहित २४ जनाको समूह मुक्तिनाथ मन्दिरको दर्शन गर्न आउने क्रममा जि.मुस्ताङ घरपझोङ गा.पा.४ जोमसोम स्थित होटल प्राइड अगाडी गाडी बाट ओर्लिन साथ अचानक श्वास्प्रश्वासमा समस्या भई तत्काल उपचारको लागि प्रदेश अस्पताल जोमसोममा ल्याएकोमा ऐ.१५:४३ बजे डाक्टरद्वारा मृत्यु घोषणा गरेको भन्ने खबर प्राप्त हुनासाथ जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, ऐ. १७:२५ बजे सम्पुर्ण मुचुल्का कार्य समाप्त भए पश्चात शव प्रदेश अस्पताल जोमसोमको शव गृहमा राखिएको,पो.मा.हुन बाँकी रहेको, थप अनुसन्धान भईरहेको ।

 

मुस्ताङ , देश भारत तमिलनाडु राज्य बस्ने वर्ष ७७ को KANNAPPAN GOVINDARAJI GOUNDER मिति २०८३।०१।१३ गते ३२ जनाको समूहमा मुक्तिनाथ दर्शन गरी फर्किने क्रममा जिल्ला मुस्ताङ वारागुङ मुक्तिक्षेत्र गा.पा.१ धर्मशाला स्थित आईपुग्दा अचानक श्वास्प्रश्वासमा समस्या भई उपचारको लागी प्रदेश अस्पताल जोमसोममा ल्याई चेकजाँच गर्दा ऐ.१८:४० बजे डाक्टरद्वारा मृत घोषणा गरेको, शव सोही अस्पतालमा रहेको , थप अनुसन्धान भईरहेको ।

 

सिकार खेल्ने क्रममा मानिस घाईते,

न.प.(पूर्व), बिनयी त्रिवेणी गा.पा.४ सिलौटे स्थित सुर्य विनायक सामुदायिक वनमा शिकार खेल्ने क्रममा जि.पाल्पा निस्दी गा.पा.७ देवकी घर भई हाल विनयी त्रिवेणी गा.पा.३ कटुसघारी बस्ने अं. वर्ष २८ को खिम ब.राक्से मगर घाईते (पेटको बाँयाँ तर्फ छर्राले लागेको जस्तो देखीने दुई वटा प्वाल परेको) भएको अवस्थामा उपचारको लागि प्रादेशिक अस्पताल डण्डा पठाएको, उक्त स्थानमा प्र.ना.नि.को कमाण्डमा टोली खटी गएकोऐ.२०:३० बजे घाईतेलाई थप उपचारको लागि सेन्ट्रल अस्पताल भरतपुर पठाएको  अवस्था मध्यम रहेको , ऐ. २१:३० बजे प्र.नि थमन सिंह रानाको कमाण्डमा खटिएको टोलीले अनुसन्धानको लागि निम्न ९ जना मानिसहरुलाई नियन्त्रणमा लिएकोदुई थान भरुवा बन्दुक समेत बरामद भएकोथप अनुसन्धान भईरहेको

 

चट्याङ लागी मृत्यु/घाईते (फुटकर ज्यान),

प्युठानगौमुखी गा.पा.६ लिबाङ र ऐ.४ पुजामा चट्याङ पर्न जाँदा ऐ.गौमुखी गा.पा.६ लिबाङ बस्ने वर्ष अं.७० को केदार बोहरा क्षेत्री , ऐ. बस्ने वर्ष अ.२८ को रामु बोहरा क्षेत्री , ऐ.बस्ने बर्ष अ.५८ कि बोमी बोहरा र ऐ.४ पुजा बस्ने वर्ष अं.२४ की सिर्जना न्यौपाने  घाईते भई उपचारको लागि जिल्ला अस्पताल बिजुवार प्युठान पठाएकोमा केदार बोहरा क्षेत्री र रामु बोहरा क्षेत्रीलाई डा.ले मृत घोषणा गरेको, शव सोही अस्पतालमा रहेको, २ जना घाईतेहरुको ऐ.अस्पतालमा उपचार भईरहेको , थप अनुसन्धान भईरहेको ।

 

रोल्पा,  परिवर्तन गा.पा.४ तातोपानी स्थित तुसारबोट बस्ती बस्ने वर्ष ७७ को लालु वलीको घर देखि ५ मिटर पश्चिममा रहेको रुखमा चट्याङ हान्दा निज लालु वलीको मृत्यु भएको भनि ऐ.१३ गते अं.०६:२० बजे इ.प्र.का.पाछावाङ रोल्पामा जानकारी प्राप्त हुनासाथ इ.प्र.का.पाछावाङ रोल्पाबाट प्र.व.ना.नि.को कमाण्डमा टोली खटी गई बुझ्दा निज लालु वली र चौपायमा १ गोरुको मृत्यु भएको, तालुक इ.प्र.का.घर्तिगाउँबाट प्र.नि.को कमाण्डमा टोली घटनास्थल मुचुल्काको लागी खटी गई शव पो.मा.को लागि जिल्ला अस्पताल रेघुवा एठाईएको, थप अनुसन्धान भईरहेको ।

 

सिरहा,  मिर्चैया न.पा.९ भगवानपुर टोल स्थित ऐ.बस्ने छेदि सदाको छोरा अं.वर्ष ३५ को मिथिलेश सदा र निजकै श्रीमती अं.वर्ष ३० की रंजिता देवि सदा आफ्नै एलभेष्टरको छानो भएको घरमा खाटमा सुतिरहेको अवस्थामा अचानक आएको चट्याङको झटका लागी रंजिता देवि सदाको सुतिरहेको अवस्थामा मृत्यु भएको, बाहिरी चोट पटक नदेखिएको र मिथिलेश सदाको (बाहिरि चोट पटक नदेखिएको) घाइते भई स्थानिय मेडिकलमा उपचार भइरहेको, अवस्था मध्यम रहेको भनी ऐ.२३:२० बजे इ.प्र.का.मिर्चैयामा खबर प्राप्त हुनासाथ प्र.नि.को कमाण्डमा टोली खटी गई कानूनी प्रकृया पश्चात शव पो.मा.को लागि प्रादेशिक अस्पताल सिरहा पठाईएको ।

 

ज.ज.क./ बालयौन दुर्व्यवहार,

डडेल्धुरा, अमरगढी न.पा. २ बस्ने बर्ष ३१ को सुरेश अवस्थीले चलाएको सु.प.प्र.००१च०२०८ नं.को तरकारी बोक्ने जिपमा , जिल्ला डडेल्धुरा पर्शुराम न.पा. ४ जोगबुडा  बस्ने २० बर्षिय महिला डडेलधुरा देखि संगै धनगढी आई मिति २०८३।०१।१४ गते राति १:२५ बजेको समयमा जिल्ला कैलाली  धनगढी उ.म.न.पा. ४ संजोक  होटलमा निज जिप चालक र जिपमा सवार महिला  अलग अलग कोठा लिई बसेकोमा निज चालकले मेरो कोठामा आई ज.ज.क. गरेको भनि ऐ.०१;४५ बजे टे.फो.मार्फत निज महिलाले जानकारी गराउना साथ तत्काल जिल्ला प्रहरी कार्यलय कैलालीबाट प्र.स.नि. पुष्कर भट्ट को कमाण्डमा प्रहरी टोली खटी गई दुबै जनालाई यस कार्यालयमा ल्याई महिलालाई सेफ हाउसमा  पठाएकोनिज सुरेश अवस्थीलाई जि.प्र.का. कैलालीको हिरासतमा राखि अनुसन्धान भईरहेको ।

 

ला.औ.,

ललितपुर,  गोदावरी नगरपालिका ३ सि.पि.एस स्थित प्रहरी प्रभाग गोदावरीबाट प्र.स.नि.को कमाण्डमा खटिगएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा जिल्ला ललितपुर ललितपुर महानगरपालिका १३ घर भई बस्ने बर्ष २० को शिब श्रेष्ठको साथबाट ला.औ पोल्याण ८ ग्राम नियन्त्रणमा लिई प्रहरी वृत्त सातदोबाटोमा राखि थप अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार
मिति २०८३।०१।१४ गते ०५:०० बजे देखि २०८३।०१।१५ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८३-०१-१५

बिदेशी नागरिक मृत्यु,कास्की, मिति २०८३।०१।१२ गते देखि जिल्ला कास्की पोखरा म.न.पा.६ खहरे स्थित होटल म्याजेस्टिकको कोठा नं. ३०२ मा एक्लै बस्दै आएका अमेरिकी नागरिक (Passports No.A33635702) भएका वर्ष ७० को Hince Timothy Edmund ऐ.१४ गते अं.१२:४० बजे सोही कोठामा मृत अवस्थामा रहेको छ भन्ने सूचना प्राप्तहुनासाथ तत्काल व.प्र.का.बैदामबाट प्र.ना.उ. नमराज भट्टराई (९८५६०८०१६७) को कमाण्डमा SOCO सहित ७ जनाको टोली खटी गएको,चोरी/लुटपाट,झापा, मेचीनगर न.पा.६ प्रगती टोल बस्ने दिपेन्द्र राज पाण्डे घरको सबै ढोकाहरु खुल्लै राखी मर्निङ वाक निस्किएको र घरका अन्य सदस्यहरु आ-आफ्नो कोठामा सुति रहेको अवस्थामा घरको पुजा कोठामा प्रबेश गरी पुजा कोठामा रहेको दराजमा राखेको सुनको तिलहरी, चुरा र नगद रु. १,००,०००।– समेत गरी जम्मा अं.मुल्य रु.८,५०,०००।–बराबरको धनमाल चोरी गरी लगेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.काँकरभिट्टा प्र.स.नि.को कमाण्डमा टोली खटिई गई चोरी गर्ने ब्यक्तिहरुको पहिचान तथा खो.त.कार्य भईरहेको । कपिलवस्तु, शिवराज न.पा.१ शिवपुर बस्ने  धन बहादुर खत्रीको २ कोठे १ तले पक्की घरको गेट र ढोकाको ताला फोडी कोठाभित्र रहेको स्टील दराज समेत फोडी दराजमा रहेका नगद रु.२ लाख, सुनको गरगहना सिक्रि थान-१ (१ तोला), औठी थान-१ (४० लाल), तिलरी थान-१(३० लाल), मुन्द्रा एक जोडी(२२ लाल) र सानो मङगलसुत्र थान-१ (२२ लाल) गरी जम्मा अं.रु.८ लाख बराबरको चोरी भएको भनि खबर प्राप्त हुनासाथ व.प्र.का.चन्द्रौटाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गएको, धन बहादुर खत्री रोजगारको शिलसिलामा भारतमा रहेको, श्रीमती बिमला खत्री काठमाण्डौँ गएको र घरमा रहेका छोरा वर्ष २३ को विकाश खत्री र वर्ष २० को किरण खत्री मिति २०८३।०१।१३ गते ऐ.मजगाँउ मावली घर गएकोमा मिति २०८३।०१।१४ गते २१:३० बजे घरमा आएको, चोरी को-कस्ले गरेको र कुन समयमा भएको भन्ने नखुलेको,चोरी गर्ने व्यक्तिको खो.त.तथा आ.अ.कार्य भईरहेको, प्र.क.मृत्यु,सिन्धुली, जि. सिन्धुली कमलमाई न.पा.६ शान्तीनरचोक घर भएका इ.प्र.का.राजपुर रौतहट (संचार शाखा) दरबन्दी भई मधेश प्रदेशमा कार्यरत भई हाल जि.सिन्धुली सुनकोशी गा.पा.७  मतनबास स्थितमा रहेको रिपिटर टावर सुरक्षामा खटिएका (कम्प्युटर कोड नं.३७२०९९) प्र.व.ह.धन बहादुर भुजेलले जि. सिन्धुली कमलमाई न.पा.६ शान्तीनरचोक स्थित आफ्नै घरमा रहेको खाना रुचाउने (APDINE) नामक औषधी बढी मात्रामा सेवन गरी बिरामी भई जिल्ला अस्पताल सिन्धुलीमा ल्याई उपचार भईरहेकोमा ऐ. १५:५९ बजे चिकित्सकले चेकजाँच गरी मृत घोषणा गरेको, उक्त स्थानमा जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा मुचुल्का सहितको  टोली खटिई गएको । ज.ज.क./ बालयौन दुर्व्यवहार,ओखलढुङ्गा, मिति २०८३।०१।१२  गते अ.२२.०० बजेको समयमा जिल्ला ओखलढुङ्गा मोलुङ गा.पा.०१ कुईयाँबोट बस्ने अ. वर्ष १७ की साँकेतिक नाम २०८२/२०८३ फ लाई ऐ.ऐ.बस्ने अ.वर्ष ४० को साँकेतिक नाम २०८२।२०८३ N ले पिडितको आफ्नै घरको कोठामा बालयौन दुरुपयोग गरेको भनि आज मिति २०८३।०१।१४ गते अ.१७;३० बजेको समयमा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गामा लिखित जाहेरी प्राप्त हुना साथ इ.प्र.बरुणेश्वरबाट प्र.स.नि.अनिल कट्वालको कमाण्डमा टोलि खटि गई निज प्रतिवादीको खो.त.भईरहेको, तत्काल फरार रहेको, पिडितलाई यौनजन्य स्वास्थ्य परिक्षणको लागि जिल्ला अस्पताल रुम्जारटार लाने तयारी भईरहेको, उक्त घटनास्थल इ.प्र.का.बरुणेश्वरबाट अन्दाजी कि.मि. ६ पुर्व पर्ने,अन्य वि.वि. पछि जाहेर गरिने । उदयपुर, बेलका न.पा.४ गौरीशंकर शिवालय टोल बस्ने अं.वर्ष ४५ को हरि आचार्यले ऐ. बस्ने वर्ष ३३ की महिलालाई पीडितको गाईगोठमा ज.ज.ज.क.गरेको भनि पीडितको भाईले ऐ.१४ गते अं.१७:३०बजे इ.प्र.का.रामपुरठोक्सिलामा आई जाहेरी दिएकोले प्र.व.ना.नि.को कमाण्डमा टोली  खटिई गई पिडकलाई घर वतनमा फेला पारी नियन्त्रणमा लिई इ.प्र.का.रामपुरठोक्सिला उदयपुरमा ल्याई थप अनुसन्धान कार्य भईरहेको, पीडित महिलाले मानसिक सम्बन्धी औषधी सेवन गर्ने भन्ने बुझिएको, स्वास्थ्य अवस्था सामान्य, ला.औ., मोरङ, जि.प्र.का.मोरङ र ला.औ.नि.व्युरो विराटनगरबाट खटिएको प्र.ना.नि.को कमाण्डमा खटिएको टोलीले जि.मोरङ विराटनगर म.न.पा.९ विराटनगर रानी सडक-खण्डमा बिराट रानी आँखा अस्पताल अगाडी स्थित प्र.१-०४००२ प ०७७२ नं.को पल्सर मो.सा.रोकी देश भारत अररिया जि. बिहार राज्य जोगवनी थान वडा नं. १७ घर बताउने  वर्ष ३० को मोहम्मद अब्दुल्ला र जि.मोरङ बिराटनगर म.न.पा. १७ मटेरुवा घर बताउने वर्ष ३५ को बाबु मियाँ शंकास्पद रुपमा बसिरहेको अवस्थामा निजहरुलाई चेकजाँच गर्दा बाबु मियाँको साथबाट लागु औषध खैरो हिरोईन जस्तो देखिने पदार्थ प्लाष्टिक सहित १९४ ग्राम र शुद्ध तौल १९१ ग्राम, मोवाईल थान-२, प्र.१-०४००२ प ०७७२ नं.को मो.सा. सहित रितपुर्वक बरामद गरि दुवै जनालाई नियन्त्रणमा लिई जि.प्र.का. मोरङमा ल्याई आ.अ. भईरहेको,

मिति २०८३।०१।१० गते ०५:०० बजे देखि २०८३।०१।११ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८३-०१-११

कर्तब्य ज्यान चोरीभक्तपुर चाँगुनारायण न.पा.६ बेशी टोल स्थितमा रहेको दुर्गा लामा तामाङको २ तले जस्ताको टहरोमा दिनको समयमा घरमा कोही नभएको अवस्थामा घरको मुलढोकाबाट भित्र प्रवेश गरी दोस्रो तलामा रहेको कोठाको  दराजको लक तोडी दराज  भित्र राखिएका सुनको झुम्का १ तोला लगायत सुनका विभिन्न गर-गहना चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग खरिपाटीबाट प्र.ह.को  टोली खटी गई बुझ्दा अं.१०,४५,४५०।–बराबरको चोरी भएको । ला.औ.उदयपुर १० गते अ.११;४० बजेको समयमा बेलका न.पा. वडा नं. ८ कोठु स्थितमा अप्रपोष्ट कोठु उदयपुरबाट प्र.स.नि रेवत बहादुर थापाको कमाण्डमा(९८०५९१८९५०) खटिएको ३ जनाको प्रहरी टोलीले चुहार, मैनामैनी, कोठु सडक खण्डमा मैनामैनीबाट कोठु तर्फ आउदै गरेको प्र.०१-००१ ह १८८१ नं. को अटोलाई शंका लागि चेकजाँच गर्ने क्रममा अटोमा २ वटा सेतो प्लाष्टिकको बोरामा लुकाई छिपाई ल्याउदै गरेको प्रतिबन्धित लागु औषध गाँजा (पलाष्टिक बाहेक) २७ के.जी. , अटो, अटो चालक जिल्ला उदयपुर बेलका न.पा. वडा नं. ८ माजटोल बस्ने भिम बहादुर राईको छोरा बर्ष अ.२५ को अशोक राईलाई नियन्त्रणमा लिई इप्रका रामपुरठोक्सिला उदयपुरमा ल्याई थप अनुसन्धान कार्य भईरहेको, कास्की, जि. लमजुङ घर भई हाल जि. कास्की  पो.म.न.पा.११ फुलबारी बस्ने वर्ष २७ की मन्दिरा थापा मगरले ला.औ.बिक्रि बितरण गरेको भन्ने गोप्य सूचनाको आधारमा लागू औषध नियन्त्रण ब्यूरो कार्यलय, पोखराबाट प्र.ना.नि.र जि.प्र.का.बाट प्र.व.ना.नि.को कमाण्डमा खटिएको संयुक्त टोलीले रित पूर्वक निजको डेरा कोठामा चेकजाँज गर्ने क्रममा लागु औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ १०५.३३ ग्राम  र  नगद रू.९,००,००००।- नेपाली रुपैँया, मोवाइल थान १ सहित नियन्त्रणमा लिई जि.प्र.का.कास्की ल्याई थप अनुसन्धान कार्य भईरहेको ।  

मिति २०८३।०१।०९ गते ०५:०० बजे देखि २०८३।०१।१० गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८३-०१-१०

कर्तब्य ज्यान,पाँचथर,  हिलिहाँङ गा.पा. ७ चुकफारा स्थित साम्वेवा बाट एकचेप्पा जाने भित्री कच्ची सडकमा तत्काल नामथर वतन नखुलेको अं. बर्ष ४०/४५ को पुरुष मानिसलाई के कुन मानिसले टाउकोमा ढुंगाले प्रहार गरी घटना स्थलमा नै मृत अवस्थामा शव रहेको भनि जिल्ला प्रहरी कार्यालय पाँचथारमा जानकारी प्राप्त हुनसाथ  प्रहरी चौकी जोरपोखरी बाट प्र.स.नि. ज्ञानेन्द्र सुबेदी को कमाण्डमा २ जनाको प्रहरी टोली खटिगई घटना स्थल सुरक्षित राखेको थप अनुसन्धान तथा कानूनी प्रकृयाको  लागी जिल्ला प्रहरी कार्यालय पाँचथर बाट प्र.नि. को टोली खटिगएको , मृतक जिल्ला पाँचथर हिलिहाङ गा.पा.६ बस्ने बर्ष अ.५२ को धन प्रसाद यावा रहेको भनि पहिचान खुलेको , ऐ.२२:१० बजे माथि उल्लेखित शवको कानूनी प्रकृया पुरा गरी पो.मा. कार्यको लागि जिल्ला अस्पताल पाँचथर फिदिम तर्फ पठाएकोमा ऐ.२३:१० बजे जिल्ला अस्पतालमा ल्याई शवगृहमा सुरक्षित साथ राखिएको, शंकास्पद ऐ.७ बस्ने बर्ष अ.५४ को हरि चन्द्र योक्पाङदेनलाई जि.प्र.का. पाँचथरमा ल्याई स्वास्थ्य परिक्षण गरी अनुसन्धानको लागि हिरासत कक्षमा राखेर थप अनुसन्धान भईरहेको । ज.ज.क./ बालयौन दुर्व्यवहार,ओखलढुंगा, मिति २०८३।०१।०४ गते अ.१२:०० बजे सिद्धिचरण न.पा.२ ठुलाछाप बस्ने अं.वर्ष १२ की बालिकालाई ऐ.बस्ने वर्ष २५ को पुरुष व्यक्तिले बाल यौन दुरूपयोग गरेको भनी ९ गते १८:३० बजे जि.प्र.का.मा लिखित जाहेरी प्राप्त भएको हुँदा प्र.चौ.निशंखेबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । ओखल्ढुंगा, मोलुङ गा.पा.७ पात्ले बस्ने अ.वर्ष १७ की बालिकालाई मिति २०८२।१२।२९ गते २१:०० नबजे ऐ.बस्ने अ.वर्ष २५ को दिल कुमार कार्कीले पीडितको घरमा ज.ज.क.गरेको भनी मिति २०८३।०१।०९ गते १८:०० बजे जि.प्र.का.ओखलढुङ्गामा जाहेरी प्राप्त हुनासाथ अ.प्र.चौकी तालकोटबाट प्र.स.ह.को कमाण्डमा  टोली खटी गई आ.अ.भइरहेको, पीडक फरार रहेकोले खो.त.भइरहेको, पीडितलाई यौनजन्य स्वास्थ्य परिक्षणको लागि जिल्ला अस्पताल रुम्जाटार पठाईएको । झापा, मिति २०८३।०१।०९ गते १६:०० बजे शिवसताक्षी न.पा.८ झिलझिले स्थित जि.ताप्लेजुङ सिरिजङ्घा गा.पा.७ बस्ने बर्ष ३० को मुक्ति भट्टराईले ऐ.५ बस्ने वर्ष १५ की बालिकालाई ललाईफकाई लैजाँदै गरेको अवस्थामा स्थानीय मानिसहरुले फेला पारी इ.प्र.का.झिलझिलेमा बुझाएकोमा सोधपुछ गर्दा निज मुक्ति भट्टराईले बिवाह गर्छु भनी पटक–पटक ज.ज.क.गरेको र अन्तिम पटक मिति २०८३।०१।०८ गते २२:०० बजे काँकरभिट्टाको बस स्टेण्ड स्थित लक्ष्मी अधिकारीको घरमा लगेर ज.ज.क.गरेको भन्ने खुल्न आएको हुँदा दुवै जनालाई थप अनुसन्धानको लागि इ.प्र.का.काँकरभीट्टामा राखिएको । झापा, शिवसताक्षी न.पा.३ दिङ्लाधाप वर्ष ३५ को पुरुष व्यक्तिले आफ्नै छोरी परिबर्तित नाम २०८२/०८३  झिलझिले K1 लाई ललाई फकाई गरी डर त्रास समेत देखाई पटक पटक गरि अन्तिम पटक मिति २०८२/०३/२६ गते २३:०० बजे आफ्नै घर कोठामा ज.ज.क.गरी गर्भवती बनाएको हुँदा निजलाई  पक्राउ गरी कानून बमोजिम कारबाही गरी पाऊँ भनी पीडितको काकाले मिति २०८३।०१।०९ गते १७:०० बजे इ.प्र.का.झिलझिलेमा जाहेरी दिएको हुँदा प्र.स.नि.को टोली खटी गई थप अनुसन्धान भईरहेको , पीडक फरार रहेकोले खो.त.भइरहेको । भरुवा बन्दुकको छर्राले  लागि मानिस घाईते,रुकुम पश्चिम, मिति २०८३।०१।०८ गते २०:३० बजे आठबिसकोट न.पा. ६ ज्यामिरे बस्ने वर्ष अं. १६ को राजु बोहोरा आफ्नै घर नजिकै बाटोमा मोबाईल चलाउदै हिड्ने क्रममा अचानक लडी निजको अण्डकोशमा चोट लागी उपचारको लागि ऐ.२१:३० बजे नगर अस्पताल आठबिसकोट आएकोमा थप उपचारको लागि मेडिकल कलेज कोहलपुर बाँके रिफर भई उपचार भइरहेको घटना सम्बन्धमा ऐ.९ गते ०५:०० बजे नेपालगंज मेडिकल कलेज नेपालगंजको डाक्टरले चेकजाँच गर्दा अण्डकोष, दाहिने तिघ्रा र तल्लो पेटको साइडमा ठोस पदार्थ जस्तो देखिएको भन्ने रिपोर्ट आएको भनी अस्पतालमा खटिएको प्र.क.ले जि.प्र.का.मा जानकारी गराएको हुँदा ऐ.१०:३० बजे इ.प्र.का. आठबिसकोटबाट प्र.नि.को कमाण्डमा टोली खटी गई बुझ्दा ऐ.आठबिसकोट न.पा.६ ज्यामिरे बस्ने दिनेश बोहराको घरमा रहेको भरुवा बन्दुक खेलाउने क्रममा अचानक पड्किन गई निज राजु बोहरा घाइते भएको, निजको नेपालगंज मेडिकल कलेज नेपालगंजमा ICU मा राखी उपचार भइरहेको, अवस्था मध्यम, उक्त भरुवा बन्दुक बरामद गरी ऐ.१८:२० बजेको समयमा मुचुल्का कार्य समाप्त पश्चात प्र.नि.को टोली कार्यालय फिर्ता भएको,उक्त घटनामा सग्लंन ऐ.ऐ.बस्ने बर्ष २० को रमेश बोहरा  घाईतेको उपचारमा संलग्न रहेको ,  ऐ.ऐ.बस्ने बर्ष १६ को दिनेश बोहरा  फरार रहेकोले खोजतलास भईरहेको ।  थप अनुसन्धान भईरहेको । बैतडी, सुर्नया गा.पा. २ डुङरी बस्ने बर्ष ४५ को ऐ. वडाको वडा सदस्य  दान ब. ऐरी आफ्नै घरमा खाना बनाउने क्रममा सिलेण्डर ग्यास पड्केर घाँटीमा चोट लागि घाईते भएको हुँदा निजको छोरा बिजय ऐरी ले ऐ.२०;४५ बजेको समयमा जिल्ला अस्पताल बैतडीमा ल्याई उपचार भईरहेको, अवस्था बोल्न नसक्ने रहेको भनि अस्पताल समन्वय डिउटीमा खटिएको प्र.क.ले जानकारी गराउना साथ थप बुझ्नका लागि  जिल्ला प्रहरी कार्यालय बैतडीबाट प्र.नि. को टोलि निज घाईतेको घरमा गई बुझ्दा निज घाईते दान बहादुर ऐरी सिलेण्डर पड्केर घाईते नभई आफ्नै घरमा रहेको भरुवा बन्दुक बोकी घर नजिकै जंगल तर्फ जाने क्रममा बन्दुक पड्केर छर्रा लागि घाईते भएको भनि निजकी श्रीमती लक्ष्मी ऐरीबाट बुझिन आएको, २३;१० बजेको समयमा प्रहरी टोलिले खो.त.गर्ने क्रममा ऐ.ऐ.०२ बस्ने मोहन ऐरीको शौचालय पछाडि भरुवा बन्दुक राखेको अवस्थामा फेलापारी नियन्त्रणमा लिईएको । ला.औ.,बाँके, खजुरा गा.पा. ७ स्थाई वतन भई ऐ.खजुरा गा.पा.५ उडारापुर बस्ने वर्ष २६ को अजिजुल रहमान खानको घरमा ला.औ.कारोबार भईरहेको भन्ने गोप्य सूचनाको आधारमा प्र.ब.ना.नि. को  कमाण्डमा खटिएको टोलीले खानतलासी गर्दा निजको घरबाट ला.औ.जस्तो देखिने पदार्थ शुद्ध तौल २७५ ग्राम ला.औ. खैरो हिरोईन फेला परेकोले निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । बारा, प्रसौनी गा.पा.१ प्रसौनी टोल स्थित सिमराको भित्री बाटो हुँदै बलुवा गाउँतर्फ मो.सा.मा ला.औ.गाँजा बो, र जाँदै गरेको भन्ने बिशेष सूचनाको आधारमा इ.प्र.का.परवानीपुर र इ.प्र.का.प्रसौनीबाट खटिएको संयुक्त टोलीले प्र.२-०३-००७ प ५९९७ न.को मो.सा.लाई पछ्याई रोकी चेकजाँच गर्दा मो.सा.चालक जि.बारा जितपुरसिमरा उ.म.न.पा.२२ अम्लेखगंज बस्ने झील्के बहादुर गोलेको छोरा अं.बर्ष २५ को सुकमान गोलेको साथबाट प्लाष्टिक सहित ५ के.जि.८५४ ग्राम लागु औषध गाँजा फेला परेको र मो.सा.पछाडि सवार ऐ.बस्ने अमित कुमार गोलेको छोरा अं.वर्ष २८ को कुमार गोलेले बोकेको झोलामा प्लाष्टिकमा सहित ५ के.जि.९१६ ग्राम लागु औषध गाँजा फेला परेकोले उक्त ला.औ.गाँजा जम्मा ११ के.जि ७७० ग्राम र मो.सा.सहित दुवै जनालाई नियन्त्रणमा लिई इ.प्र.का.प्रसौनीमा राखी थप अनुसन्धान भईरहेको ।  काठमाडौं, जि.सिराहा  गोलबजार न.पा.२ घर भई हाल का.म.न.पा.३१ संगम चोक बस्ने वर्ष २३ को  जिबछ नायकले संचालन गरेको शाहा बोईज होस्टेलमा लागुऔषध ब्राउन सुगर खरिद बिक्री भइरहेको भन्ने गोप्य सूचनाको आधारमा वृत्त नयाँ बानेश्वरबाट प्र.ना.नि.को कमाण्डमा खटिएको प्रहरी टोलीले खानतलासी गर्ने क्रममा सोही होस्टलमा बस्ने जि.सिराहा अर्नमा गा.पा.३ घर भएको वर्ष २२ को आषिश राय अमादको कोठाबाट ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ ३४.६० ग्राम सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।

मिति २०८३।०१।०८ गते ०५:०० बजे देखि २०८३।०१।०९ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८३-०१-०९

ज.ज.क./ बालयौन दुर्व्यवहार,अछाम, मंगलसेन न.पा.७ जनाली बस्ने अं.वर्ष ३० की सुस्त मनस्थिति भएकी, राम्रोसँग बोल्न नसक्ने महिला गर्भवती रहेको भनी गाउँघरमा हल्ला चलेको र निजको एकाघरको आफन्त नरहेको, बेवारिसे जस्तो घुमफिर गरि हिंड्ने गरेको भन्ने जानकारी मिति २०८३।०१।०५ प्राप्त हुनासाथ जि.प्र.का.बाट उद्धार गरी OCMC मार्फत स्वास्थ्य परीक्षण गर्दा निज पीडितको पेटमा ७ हप्ताको गर्भ रहेको रिपोट आएकोले सेफ हाउसमा राखी काउन्सिलिङ र सोधपुछ तथा गोप्यरुपमा शंकित व्यक्तिहरूको अनुसन्धान गर्दा निजको घरनजिकै रहेको विद्यालयमा लेबरको काम गर्न आएको नामथर वतन खुल्न नसकेको ज्यालादारी कामदारले मिति २०८२।११।१६ गते विद्यालयको नयाँ निर्माणाधीन भवनभित्र लगी जबरजस्ती करणी गरेको भन्ने खुल्न आएकोले जि.प्र.का.बाट प्र.व.ना.नि.को कमाण्डमा खटिएको टोलीले मिति २०८३।०१।०७ गते अं.१८:०० बजे मंगलसेन न.पा.५ मंगलसेन बजारबाट १ जनालाई नियन्त्रणमा लिई सोधपुछ गर्दा निज जि.मकवानपुर हेटौंडा उ.म.न.पा.२ बस्ने वर्ष ५८ को राजन फुयाँल शर्मा रहेको र निजले नै पीडितलाई ज.ज.क.गरेको भन्ने पीडितले सनाखत गरिदिएकोले ऐ.८ गते १२:३० बजे जाहेरी दरखास्त लिई दुवै जनाको विस्तृत स्वास्थ्य परीक्षण गरी जि.प्र.का.मा राखी थप अनुसन्धानको भईरहेको,। संखुवासभा, मिति मकालु गा.पा.४ बस्ने वर्ष २० को पुरुष व्यक्तिले आफ्नै बहिनी वर्ष ६ की बालिकालाई ललाई फकाई गरी आफ्नै घरमा हाडनाता जबरजस्ती करणी गरेको भनी ऐ.८ गते १०:३० बजे जि.प्र.का.मा जाहेरी दिनासाथ इ.प्र.का.हेदाङनाबाट प्र.नि.को कमाण्डमा टोली खटी गई निज प्रतिवादीलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई अनुसन्धान कार्य भईरहेको, निज पीडित बालिकाको जिल्ला अस्पताल संखुवासभा खाँदबारीमा उपचार भईरहेको, अवस्था सामान्य रहेको, उपचारमा निजको आमा संलग्न रहेको। पाल्पा, मिति २०८३।०१।०५ गते १५:०० बजे रैनादेवी छहरा गा.पा.२ भवानी स्थित मामा घर आएकी वर्ष ४ की नाबालिकालाई जिल्ला कैलाली घर भई हाल जिल्ला पाल्पा अन्तगर्त बस्ने वर्ष १३ को बालकले घरमा कोही नभएको अवस्थामा ज.ज.क.गरेको भनी मिति २०८३।०१।०८ गते १४:०० बजे निज पिडितको आमाले जि.प्र.का.पाल्पामा आई जाहेरी दिएकोले उक्त स्थानमा जि.प्र.का.पाल्पाबाट प्र.नि.को कमाण्डमा टोलि खटिगई निज पिडक बालकलाई नियन्त्रणमा लिई जि.प्र.का.पाल्पामा राखिएको, निज पिडित नाबालिकालाई मेडिकल पश्चात आफन्तको जिम्मा लगाई घर पठाएको, अवस्था सामान्य, रुपन्देही, देवदह नगरपालिका वडा नम्बर १० चरङ्गे चिसापानी स्थित ऐ.बस्ने वर्ष १५ की बालिकालाई ऐ.बस्ने वर्ष १५ को बालकले घर नजिकैको जंगलमा लगि ज.ज.क.गरेको भनी ऐ.२०:०० बजे व.प्र.का.बुटवलमा जानाकारी प्राप्त हुनासाथ व.प्र.का बुटवलबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडित र पिडक बालकालाई नियन्त्रणमा लिई ई.प्र.का.बुटवलमा राखिएको, ला.औ, कपिलवस्तु, कृष्णनगर न.पा.२ बसपार्क स्थित इ.प्र.का कृष्णनगर कपिलवस्तुबाट प्र.नि.को कमाण्डमा सादा पोशाक र महिला प्रहरी सहित ७ जनाको गाडी मोबाइल गस्ती टोलीले शंका लागि चेकजाँचको क्रममा जिल्ला बाग्लुङ निसीखोला गा.पा.९ बस्ने वर्ष ३७ कि दिल कुमारी घर्ती मगर समेत ४ जनाको साथबाट १४ के.जि.४२७ ग्राम लागू औषध चरेश जस्तो देखिने कालो पदार्थ फेला उक्त पदार्थ सहित ४ जनालाई नै नियन्त्रणमा लिई थप अनुसन्धानको लागि इ.प्र.का कृष्णनगर कपिलवस्तु राखिएको।

मिति २०८३।०१।०७ गते ०५:०० बजे देखि २०८३।०१।०८ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८३-०१-०८

कर्तब्य ज्यानकञ्चनपुर,  पुनर्वास न.पा.५ भानुबस्ती स्थित ऐ.ऐ. बस्ने वर्ष अं.१८ को उज्जल सायरलाई निजको आफन्त दाईको बिहेमा नाम थर नखुलेको ब्यक्ती आई धारिलो हतियार (चक्कुले) छातिमा प्रहार गरि घाइते बनाई भागि फरार रहेका र निज घाईते लाई उपचारको लागि मायामेट्रो अस्पताल धनगढी पठाएको भनी इ.प्र.का.त्रिभुबन बस्तीमा जानकारी गराउनासाथ प्र.स.नि.को कमाण्डमा प्रहरी टोली खटी गएको, ऐ.०२:०० बजे मायामेट्रो अस्पताल धनगढीमा लगि  उपचार भईरहेकोमा ऐ.०२:२४ बजे उपचारको क्रममा डाक्टरले मृत्यु भएको घोषणा गरेको, शव पो.मा.को लागि सेती प्रादेशिक अस्पतालको लास घरमा राखेको , ऐ.०२;५० बजे थप अनुसन्धानको लागि इ.प्र.का.त्रिभुवनबस्तीबाट प्र.नि.को कमाण्डमा  प्रहरी टोली खटि गएको, धारिलो हतियार प्रहार गर्ने व्यक्तिको खोजतलास भईरहेको ।ज.ज.क./ बालयौन दुर्व्यवहारसोलुखुम्बु,  मिति २०८२।१२।३० गतेका अं.०९:०० बजे सोलुदुधकुण्ड न.पा.५ सल्लेरी स्थित डेरा गरी बस्ने वर्ष ११ की बालिकालाई ऐ.माप्यदुधकोशी गा.पा.६ खानीगाउँ स्थायी घर भई ऐ.सोलुदुधकुण्ड न.पा.५ सल्लेरी बस्ने वर्ष ४० को बसन्त बुढाथोकी मगरले पीडितको डेरा कोठाको भित्रबाट चुक्कुल लगाई पीडितलाई खाटमा सुताई कपडा खोली संवेदनशील अंगहरुमा समाती बालयौन दुर्व्यवहार गरी फरार भएको भनि पीडित पक्षले मिति २०८२।१२।३० गते अं.१७:३० बजे जि.प्र.का. सोलुखुम्बुमा जाहेरी दिएको हुँदा प्र.नि.को कमाण्डमा टोलीले निज प्रतिवादीलाई खो.त.गर्दै जाने क्रममा मिति २०८३।०१।०७ गते अं.१०:०० बजे ऐ.सोलुदुधकुण्ड न.पा.५ सल्लेरी स्थितमा लुकीछिपी हिडडुल गरिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।सर्लाही,  लालबन्दी न.पा. १५ चिसापानी बस्ने दिनेश घलानको छोरी अं. बर्ष ८ की बालिकालाई ऐ.ऐ. बस्ने भिम बहादुर थोकरको छोरा अं.बबर्ष १५ को साजन थोकरले आफ्नै घरमा बोलाई ललाई फकाई जबरजस्ति करणी गरेको भनि निज बालिकाले बुवालाई जानकरी गराए पश्चात उपचारको लागि नगर अस्पताल लालबन्दी ल्याएको भनि सोही अस्पताल मार्फत ऐ. १८:४५ बजे इ.प्र.का.लालबन्दीमा खबर प्राप्त हुनासाथ प्र.स.नि.को कमाण्डमा प्रहरी टोली खटी गई निज साजन थोकरलाई नियन्त्रणमा लिई थप अनुसन्धान  भईरहेको । आगलागीमा परी मृत्यु ( फुटकरज्यान)कैलाली,  मिति २०८३।०१।०६ गते अं.१७:०० बजे मोहन्याल गा.पा.७ कुइने स्थित बण्डाली सामुदायिक वनमा बाख्रा चराउन गएका ६ जना मध्ये जंगलमा लागेको आगोमा पर्न गई ऐ.कुइने बस्ने अं.वर्ष ४० को कमल बहादुर बडुवाल घाईते भई घर तर्फ ल्याउने क्रममा मृत्यु भएको, ऐ.बस्ने वर्ष ३५ को चन्द्र बहादुर बोहरा घाइते भई शितल मेडिकल हल लम्कीमा उपचार भईरहेको, शरिरको विभिन्न भागमा जलेको, अवस्था गम्भिर, अन्य ४ जना सकुशल घरमा आएका भनि ऐ.७ गते ०९:४० बजे स्थानीयले जानकारी गराए पश्चात प्र.नि.को कमाण्डमा टोली खटी गई शवको कानूनी प्रकृया पुरा गरी पो.मा.को लागी टीकापुर अस्पताल पठाईएको, घाईते चन्द्र बहादुर बोहरालाई रिफर गरी थप उपचारको लागी लम्कीचुहा न.पा.को एम्बुलेन्सद्धारा काठमाडौंस्थित वर्न हस्पिटल लगिएको साथमा निजजो बुवा तिर्थ बहादुर बोहरा रहेको ।उदयपुर,  चौदण्डिगढी न.पा. वडा नं.०७ बेल्टार बजारमा रहेको बौव साह र पपु खड्काको पुर्व फर्किएको काठको घरमा के-कुन कारण अचानक आगोलाग भएको भन्ने खवर ऐ ०३;२५ बजे प्राप्त हुनासाथ इ.प्र.का.बेल्टार उदयपुरबाट प्र.नि.को कमाण्डमा २० जना, जि.प्र.का.उदयपुरबाट प्र.ना.उ.को कमाण्डमा १९ जना र सशस्त्र बेस क्याम्प बेल्टार बाट स. प्र.नि.को कमाण्डमा १५ जनाको प्रहरी टोली खटी गएको र चौदण्डिगढी न.पा.को, त्रियुगा न.पा. को रौतामाई गा.पा.र जि. सप्तरी कन्चनरुप न.पा.को गरी ४ वटा दमकल, नेपाल प्रहरी,शसस्त्र प्रहरी वल र स्थानियको सहयोगमा आगो निभाउने कार्य भई रहेको, आगो ऐ ०५; ३५ बजे पुर्ण रुपमा नियन्त्रणमा आएको , घटना सम्वन्धमा उल्लेखित बौव साह भनेकोमा बौव साह नभई ऐ बस्ने बर्ष अ. ४२ को रबिन कुमार दास रहेको र रबिन कुमार दासको ५ जना परिवार सवै सकुसल रहेको  र पपु भन्ने पदम खड्काको ५ जना परिवारमा ३ जना सकुसल रहेको र पदम खड्का को बुबा अ. बर्ष ७० को लक्ष्मि नारायण खड्का र छोरिको छोरा अ. बर्ष ३० को पवन खड्का बेपत्ता भएकोमा  पदम खड्काको आगो लागी भएको घरबाट जलि मृत भएको अवस्थामा दुई वटा कंकाल लाश फेला परेको ,अन्य मानवीय,  चौपाय क्षति नभएको थप क्षतिको बिवरण आउन बाँकी ।मानिस मृत अवस्थामा  फेला परेकोबारा,  जितपुरसिमरा उ.प.न.पा.९  भगवती स्टिल प्रा.लि.को गेट भन्दा १५ मिटर पुर्व साईडको बिरगंज पथलैया सडक खण्डको सर्भिस लेनको छेउमा  नामथर वतन नखुलेको उतानो अवस्थामा अं. बर्ष ३५ को पुरुष ब्यक्ति  मृत  अवस्थामा रहेको भन्ने खबर (९८५५०२४४९७) नं.बाट प्राप्त हुन साथ उक्त स्थानमा इ.प्र.का.जितपुर बारा बाट प्र.ब.ना.नि. कमाण्डमा टोली खटिगई घटना स्थल सुरक्षित राखिएको, इ.प्र.का.सिमरा बारा बाट प्र.नि.दिवाकर गणेशको कमाण्डमा टोलि खटिगएको, ऐ. १२;२२ बजेको समयमा उक्त लासको घटनास्थल मुचुल्का कार्य सम्पन्न पश्चात पो.मा. को लागि प्रादेशिक अस्पताल कलैया बारा पठाईएको । उक्त घटना स्थल नजिकै जडान रहेको CCTVफुटेज संकल गरि हेर्दा मृतक लासलाई नितनपुर तर्फ बाट जितपुर बजार तर्फ आउने सर्भिसलेन नजिक बा.३ च.१४४३ नं.को निलो रंग भएको र पछडी चक्क देखी अगाडीको चक्का सम्म साईडमा रातो धर्सा भइको कारबाट ऐ.ऐ.बिहाना ०६:१० बजे दुई जना मानिसले के-कहाँ बाट ल्याई ऐ.घट्ना स्थलमा निज मृतक लासलाई राखी कारसहित फरार भएको CCTVफुटेज बाट देखिन आएको हुदाँ खो.त.कार्य तथा अन्य अनुसंधान कार्य भईरहेको ।ला.औ. (हवाई फायर)मोरङ,  रतुवामाई न.पा.१ हटिया डाडा स्थित इप्रका सिजुवाबाट प्र.नि.को कमाण्डमा खटिएको प्रहरी टोलिले भारतबाट नेपाल तर्फ आउदै गरेको भारतिय BR 38 AD5390 न.को मो.सा.लाई रोक्न खोज्दा प्रहरी टोलीलाई देख्नसाथ मो.सा.चालक ऐ.१ सोनापुर बस्ने बर्ष अं.२१ को मो. आविद मिया मो.सा.सहित भागेकोले शंका लागि प्र.नि. कैलाश लिम्बुले बोकेको TYP54 न.को पेस्तोलबाट २ राउड हवाई फायर गरी निजलाई नियन्त्रणंमा लिई चेकजाँच गर्दा ब्राउन सुगर जस्तो देखिने पदार्थ कालो रङको प्लाष्टिक भित्र प्लाष्टिक सहित ४७५ ग्राम ८२० मिलिग्राम फेला पारी मो.सा.,मानिस सहित नियन्त्रणमा लिई इ.प्र.का. सिजुवामा ल्याई थप अनुसन्धान भईरहेको ।सुनसरी, धरान उ.म.न.पा.१६ जोरसखुवा पुण्य मार्ग स्थितमा लागु औषधको कारोबार भईरहेको भन्ने गोप्य सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट  खटिएको टोलीले ऐ.बस्ने राम प्रसाद आचार्यको छोरा वर्ष २० को राहुल आचार्यको घर अगाडीको कोठामा चेकजाँच गर्दा प्रतिबन्धित औषधी ट्रामाडोल ३,१०० क्याप्सुल र स्पास्पेन १४,०५० ट्याब्लेट गरी जम्मा १७,१५० ट्याब्लेट फेला पारी निज राहुल आचार्य सहित निजको साथमा रहेका ऐ.११ गोदावरी चौक बस्ने हेमन्त रिजालको छोरा वर्ष १९ को रोहित रिजाललाई नियन्त्रणमा लिई इ.प्र.का.धरान सुनसरीमा ल्याई थप अनुसन्धान कार्य भईरहेको । दाङ , घोराही उ.म.न.पा.१८ खर्कट्टी टोल स्थित वर्ष ४१ की अनिता रोका मगरको घरमा ला.औ.(ब्राउन सुगर) कारोबार गरी रहेको भन्ने गोप्य सूचनाको आधारमा प्र.नि.को कमाण्डमा टोली खटी गई अनिता रोका मगरको घरको पछाडी पट्टी रहेको भान्सा र घरको बिच भागमा रहेको खाली भागमा बसी रहेका अनिता रोका मगर, निजको श्रीमान वर्ष ४४ को नविन कुमार रोका मगर, ऐ.नयाँबस्ती टोल बस्ने वर्ष ५० को खड्क बहादुर पुन र ऐ.१४ बस्ने वर्ष ४३ की कविता घर्तीलाई फेला पारी निजहरुलाई नियन्त्रणमा लिई निजहरुको शरिर तथा उक्त घरको खानतलासी गर्दा निज अनिता रोका मगरको घरको सुत्ने कोठाको भित्तामा ठोकेको प्लाईको मन्दिर बनाएको पुजा गर्ने मन्दिरमा हरियो रङको प्लाष्टिकमा पुडिया बनाई राखेको ४ (चार) पुडिया ला.औ. (ब्राउन सुगर) जस्तो देखिने पदार्थ फेला पारी प्लाष्टिक हटाई शुद्ध तौल २ ग्राम ८८० मिलिग्राम ला.औ.(ब्राउन सुगर) फेला परेको , घरको अगाडी पार्किङ गरी राखेको खड्क बहादुर पुनको लु.प्र.०२-००२ प २३७१ नं.को मो.सा.को भाईजरमा पहेलो रङको फाईबर व्याग (झोला)भित्र निलो रङको प्लाष्टिकमा २२ वटा पुडिया बनाई राखेको ला.औ. (ब्राउन सुगर) जस्तो देखिने पदार्थ फेला पारी १ वटा ठुलो प्लाष्टिक पुडियाको प्लाष्टिक हटाई शुद्ध तौल गर्दा ३८ ग्राम २१० मिलिग्राम र साना २१ वटा पुडियाको प्लाष्टिक हटाई शुद्ध तौल गर्दा १५ ग्राम ७१० मिलिग्राम ला.औ. (ब्राउन सुगर) जस्तो देखिने खैरो पदार्थ गरी जम्मा शुद्ध तौल ५६ ग्राम ८०० मिलिग्राम ला.औ. (ब्राउन सुगर) जस्तो देखिने खैरो पदार्थ र मो.सा.थान-१ बरामद गरी निज ४ जनालाई पक्राउ गरी व.प्र.का.घोराही दाङमा राखी अनुसन्धान भईरहेको ।

मिति २०८३।०१।०६ गते ०५:०० बजे देखि २०८३।०१।०७ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८३-०१-०७

कर्तव्य ज्यान,उदयपुर, चौदण्डीगढी न.पा. ७ सिता पाईला टोल बस्ने अं.वर्ष ७३ को राम प्रसाद राईले ऐ. बस्ने अ.वर्ष ६४ को माहाशेर राईलाई  बिवादको कारण रिसको आवेगमा आई धारिलो हतियार(तरकारी काट्ने चक्कु) प्रहार गरी छातीको दाँयातर्फ माथिल्लो भागमा गहिरो चोट लागी घाइते भएकोले उपचारको लागि नगर अस्पताल बेल्टार ल्याएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.बेल्टारबाट प्र.नि.को कमाण्डमा टोली खटी गई धारिलो हतियार प्रहार गर्ने राम प्रसाद राईलाई नियन्त्रणमा लिई आ.अ.भइरहेको, घाइतेलाई नगर अस्पताल बेल्टारको डाक्टरले चेकजाँच गर्दा बाटैमा मृत्यु भएको भनी जानकारी गराएको, शव सोही अस्पतालमा रहेको,          ज.ज.क./बाल यौन दुर्व्यवहार,पाल्पा, रैनादेवी छहरा गा.पा.८ ढुङ्ग्रेखोला स्थित रहेको झोलुङ्गे पुलको ढलानमा जिल्ला पाल्पा रैनादेवी छहरा गा.पा.६ चहला बस्ने बर्ष २२ को कमल सोमरेले पाल्पा जिल्ला अन्तर्गत बस्ने बर्ष १४ की नाबालिकालाई जबरजस्ति करणी गरेको भनि मिति २०८३।०१।०६ गते अं. १४:०० बजेको समयमा निज नाबालिकाको हजुरबुबाले जि.प्र.का.पाल्पामा लिखित जाहेरी दरखास्त दिनसाथ उक्त स्थानमा जि.प्र.का.पाल्पाबाट प्र.नि.को कमाण्डमा ५ जनाको टोली खटिगई निज प्रतिवादीलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी जि.प्र.का.पाल्पामा ल्याई राखिएको साथै निज पीडित बालिकालाई स्वास्थ्य परीक्षण गरी आफन्तको जिम्मा लगाईएको,          कञ्चनपुर, लालझाडी गा.पा.१ नौरङगा बाइसिबिचवा स्वास्थ्य चौकी स्थित सोही स्वास्थ्य चौकीमा कार्यरत कार्यालय सहयोगी ऐ.लालझाडी गा.पा.१ नौरङगा बस्ने वर्ष ४१ की महिलालाई  ऐ. बस्ने वर्ष ४० को महेश रानाले सोही स्थानमा आई ज.ज.क.उद्योग गर्न खोजेको भनी निज पीडितले ऐ.६ गते अं.०९:०० बजे प्र.चौ.परासनमा जानकारी गराउनासाथ प्र.व.ना.नि.को कमाण्डमा टोली खटी महेश रानालाई नियन्त्रणमा लिई इ.प्र.का.त्रिभुवनबस्तीमा ल्याई थप अनुसन्धान कार्य भईरहेको,          शंकास्पद मृत्यु,रुपन्देही, स्याङजा बिरुवा गा.पा. ६ घर भई हाल  जिल्ला रुपन्देही तिलोत्तमा नगरपालिका वडा नं ४  बिपिमार्ग स्थित चन्द्रकान्त बगालेको घरमा  ३ महिना देखि भाडामा बस्दै आएको वर्ष अ. ३१।३२ को   सोम ब. भुजेलको श्रीमती वर्ष  अ. २८।२९ की ज्योति भुजेल आफ्नै बिस्तारामा   मृत अवस्थामा   फेला परेको छ भन्ने  जानकारी छिमेकी मार्फत  प्राप्त हुन साथ  उक्त स्थानमा यस व.प्र.का.बुटवलबाट प्र.नि. ईश्वरदेव गिरीको कमाण्डमा ७ जनाको टोली  र तालुक ई.प्र.का.बुटवलबाट प्र.ना.उ.निशान्त श्रीवास्तव सहित SOCO को टोलि खटि गएको  मृत लास हेर्दा   अनुहारमा सबै तिर  चोट  देखिएको  ,नाकबाट रगत बगेको  मृत सव शंकास्पद रहेको  ( निजको कोठामा श्रीमान,श्रीमती र  ३ महिनाको एउटा छोरी संगै बस्दै आएको मृत्तक महिलाको माइती घर खुल्न नसकेको ) मृतकको श्रीमान प्रहरीको नियन्त्रणमा,   अन्य अनुसन्धान कार्य भई रहेको, हा.ह.बरामद,काठमाडौं, विशेष सूचनाको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट प्र.ना.उ.को कमाण्डमा खटिएको टोलीले का.म.न.पा.१५ शोभा भगवती स्थित बिष्णुमती खोला किनारमा खो.त. गर्दै जाँदा कालो कलरको झोला भित्र बेवारिसे अवस्थामा  Types-54 पेस्तोल ४ थान, ऐ.को  म्याग्जिन ७ थान, ९ M M बेरेटाको  गोली ५८ राउण्ड फेला पारी वृत्त स्वयम्भूमा ल्याई राखिएको,स्याङजा, वालिङ न.पा.३ सुरडाँडा बस्ने वर्ष ७१ को सम्मर बहादुर खड्का क्षत्रीको घरमा अवैध भरुवा बन्दुक लुकाई-छिपाई राखेको भन्ने बिशेष सुचनाको आधारमा जि.प्र.का.बाट प्र.ह.र व.प्र.का.वालिङबाट प्र.स.ह.को कमाण्डमा  खटिएको टोलीले निज सुत्ने खाट मुनि लुकाई छिपाई राखेको अवस्थामा एक नाले भरुवा बन्दुक थान १ (एक), छर्रा ६० वटा र बारुद अं.२० ग्राम फेला पारी मानिस सहित नियन्त्रणमा लिई व.प्र.का.वालिङमा ल्याई आ.अ.भईरहेको,          धारिलो हतियार प्रहार,धनुषा, जनकपुर उ.म.न.पा.१७ कनकपट्टी बस्ने अधुनी रामको छोरा अं.वर्ष १४ को विवेक रामलाई क्रिकेट खेल खेल्ने क्रममा विवाद भई झै-झगडा तथा कुटपिट हुँदा ऐ.बस्ने अं.वर्ष १८ को शिवा रामले निज विवेक रामलाई चक्कुले प्रहार गर्दा निजको टाउकोमा चोट, प्रादेशिक अस्पताल जनकपुरमा उपचार भईरहेको,अवस्था गम्भीर रहेको, उक्त स्थानमा प्र.चौ.कपिलेश्वरबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई चक्कु प्रहार गर्ने शिवा रामलाई नियन्त्रणमा लिई जि.प्र.का.पठाईएको, चट्याङ लागी मृत्यु,रामेछाप, उमाकुण्ड गा.पा.४ हुगां बस्ने सोम बहादुर तामाङको छोरी वर्ष अं.९ की बालिका सुनमाया तामाङ आफ्नै घर नजिकै खेलिरहेको अवस्थामा अचानक चट्याङ पर्न गई निजको घटनास्थलमै मृत्य भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.उमाकुण्ड र जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, शव घटनास्थलमा रहेको, लागू औषध,सुनसरी, कोशी गा.पा.२ सरदार टोल बस्ने लक्ष्मी सरदार र निजको बुहारी देवकी सरदारको घरमा लागु औषध गाँजा भण्डार गरेको भन्ने गोप्य सुचनाको आधारमा इ.प्र.का. लौकहीबाट प्र.ब.ना.नि.को कमाण्डमा टोली खटी गई सोधपुछ तथा खोजतलास गर्दा निज देवकी सरदारको घरमा संचालन गर्दै आएको किरान पसलमा लुकाई छिपाई राखेको ७५.३३० किलोग्राम लागु औषध गाँजा जस्तो देखिने पदार्थ सहित निज लक्ष्मी सरदार समेत ३ जनालाई नियन्त्रणमा लिई आ.अ.भइरहेको, सिन्धुली, कमलामाई न.पा.९ भिमान स्थित चेकपोष्टमा विशेष सुचनाको आधारमा इ.प्र.का. भिमानबाट प्र.नि.को कमाण्डमा खटिएको ट्राफिक प्रहरी सहितको टोली र ला.औ. नियन्त्रण व्युरो शाखा कार्यालय बर्दिबासको संयुक्त  टोलीले चेकजाँच गर्दा  विराटनगरबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा ४ ख ६३५६ नं. को हाईसमा सवार सिपोल जिल्ला बिहार राज्य राधोपुरग्राम पञ्चायत भारत बस्ने वर्ष ४५ को शंकर जैसवालको साथबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने गिलो पदार्थ २५.३८० ग्राम (प्लास्टिक बाहेक) फेला पारी निजलाई नियन्त्रणमा लिई इ.प्र.का.भिमानमा ल्याई अनुसन्धान कार्य भईरहेको, धादिङ, गल्छि गा.पा७ गल्छि बजार स्थित ऐ.बस्ने बर्ष अ.३२ को संगम श्रेष्ठको घरमा शंकास्पद रुपमा निम्न मानिसहरु बसिरहेको अबस्थामा देखी प्र.चौ.बैरेनीबाट प्र.ना.नि.को कमाण्डमा र प्र.चौ.गल्छीबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई निजहरुलाई शंका लागी नियन्त्रणमा लिई चेकजाँज तथा खानतलासी गर्दा खरानी कलरको सुटकेश भित्र रातो प्लाष्टिकले बेरेको ८ पोका र खैरो कलरको सुटकेस भित्र रातो कलरको प्लाष्टिकले बेरेको ४ पोकामा खैरो कलरको ला.औ.गाजाँ जस्तो देखिने वस्तु, कालो कलरको भिर्ने झोला भित्र खैरो कलरको टेपले बेरेको लागु औषध जस्तो देखिने अं.२ के.जी.चरेस जस्तो देखिने वस्तु, र घरवेटी संगम श्रेष्ठको भान्छा घर भित्र लुकाई छिपाई राखेको निलो रातो कलरको जेब्रा झोला भित्र ५ वटा रातो कलरको प्लाष्टिकको पोकामा खैरो कलरको गाँजा जस्तो देखिने चिजबस्तु (जम्मा अं.१८ किलो) फेला परेकोले तिनै जनालाई उक्त ला.औ.हरूसहित नियन्त्रणमा लिई प्र.चौ.गल्छीमा राखी आ.अ.भइरहेको,थप अनुसन्धानको लागि उक्त चिजबस्तुहरु सहित तिनै जनालाई इ.प्र.का.गजुरी पठाईएको, रौतहट, गौर न.पा. ४ दशगजा स्थित जि.प्र.का.रौतहटबाट प्र.ब.ना.नि.को कमाण्डमा सिमावरती क्षेत्रमा खटिएको गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा प्रहरी टोलीलाई देखि नेपालबाट भारत तर्फ पैदल यात्रीहरुले ल्याउँदै गरेको ला.औ.गाँजा जस्तो देखिने पदार्थ फालेर मानिसहरू भारत तर्फ फरार भएको, उक्त ला.औ.(अं.२५० के.जी) नियन्त्रणमा लिई जि.प्र.का.रौतहटमा ल्याई राखिएको, फरार मानिसहरुको खो.त.भइरहेको,          कन्चनपुर, शुक्लाफाँटा न.पा.५ खजुवा स्थित ला.औ.नियन्त्रण व्युरो शाखा धनगढी र इ.प्र.का.झलारीबाट खटिएको संयुक्त प्रहरी टोलीले भित्री खडक खण्डमा दक्षिणबाट उत्तर तर्फ आउदै गरेको चालक जिल्ला कञ्चनपुर बेलडाँडी गा.पा.२ बस्ने बर्ष अं.२८ को सुवाश पाण्डेयले चलाएको सु प प्र ०२००४ प १०४२ नं.को मो.सा.लाई शंका लागि चेकजाँच गर्दा चालकको साथबाट शुद्ध तौल गर्दा ४९ ग्राम ३३० मिलिग्राम लागु औषध(खैरो हिरोइन)जस्तो देखिने धुलो पदार्थ फेला पारेकोले उक्त ला.औ.र मो.सा.सहित निज चालक र मो.सा.पछाडि सवार ऐ.१ बस्ने बर्ष अं.२२ को गोबिन्द जोशी समेतलाई नियन्त्रणमा लिई इ.प्र.का. झलारीमा राखी आ.अ.भइरहेको,