मिति २०८३।०१।२० गते ०५:०० बजे देखि २०८३।०१।२१ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८३-०१-२०
- A
- A-
- A+
ज.ज.क./ बालयौन दुर्व्यवहार,
मोरङ, बेलबारी न.पा.५
बस्ने साङ्केतिक नाम ०८२ बेलबारी २०५ को छोरी अं बर्ष १७ कि साङ्केतिक नाम ०८२
बेलबारी २०६ लाई जि.मोरङ ग्रामाथान गा.पा.६ स्थितमा ऐ.ऐ.२ बस्ने अं वर्ष १९ को
प्रिन्स खाँ थारुले ऐ.ऐ. स्थित छिमेकीको घरमा लगी जवरजस्ती करणी गरेको भनि निज
पिडितको आफन्तले ऐ.१७:०० बजे इलाका प्रहरी कार्यालय बेलबारी मोरङमा लिखित जाहेरी
दिनासाथ इलाका प्रहरी कार्यालय हरैचाबाट प्रनानि भक्त कुमार तुम्रोक (९८४४६२०१३९)
को कमाण्डमा ४ जना प्रहरी टोली खटि गई निज पिडकलाई पक्राउ गरी इलाका प्रहरी
कार्यालय बेलबारी मोरङमा ल्याई आवश्यक अनुसन्धान भई रहेको पिडितको अवस्था सामान्य
रहेको ।
सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी
न.पा.५ भेटनरी टोल स्थित ऐ.न.पा.१ स्थायी वतन भई हाल ऐ.न.पा.५ भेटनरी टोल बस्ने
अं.वर्ष ३९ को भक्त बहादुर तामाङले आफ्नै घरमा डेरा कोठा गर्दै आएकी भान्जी नाता
पर्ने ऐ.बस्ने अं.वर्ष १२ की बालिकालाई बालयौन दुर्व्यवहार गरेको भन्ने खबर
ऐ.२२:०० बजे प्राप्त हुनासाथ जि.प्र.का.सि.पा.बाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई
नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको, पीडित बालिकाको अवस्था
सामान्य, स्वास्थ्य परीक्षणको लागि चौतारा अस्पताल पठाईएको ।
ला.औ.,
भोजपुर, आमचोक गा.पा.८
पोयाम्पा स्थितमा ऐ. बस्ने अं.वर्ष ४० को राम बहादुर श्रेष्ठको जग्गामा रहेको
टहरामा ला.औ. उत्पादन,
भण्डारण, ओसार पसार तथा बिक्रि बितरण गरिरहेको
भन्ने गोप्य सुचनाको आधारमा जि.प्र.का.बाट सादापोसाकमा खटिएको प्र.ह र
इ.प्र.का.घोडेटारबाट प्र.नि.को कमाण्डमा खटिएको टोलीले १४:२० बजे उक्त टहरामा
खानतलासी गर्दा ला.औ.गाँजा ३८.५ ओटा बोरामा प्याकिङ गरी लुकाई-छिपाई राखेको
ला.औ.गाँजाको तौल प्लास्टिकको बोरा सहित ६२९.३६ के.जी., बोरा
बाहेक ६२२.३० के.जी. र गाँजा भुस २ वटा बोराको कुल तौल प्लास्टिकको बोरा
सहित १८.६९५ र बोरा बाहेक १८.३३४ के.जी. जम्मा ४०.५ बोरा बरामद गरी
इ.प्र.का.घोडेटारमा ल्याई राखिएको, निज राम बहादुर श्रेष्ठ फरार
रहेकोले खो.त.कार्य भईरहेको ।
बारा, जितपुरसिमरा
उ.म.न.पा.१ पथलैया चोक ट्राफिक अफिस अगाडि प्र.चौ.पथलैया बाराबाट प्र.ब.ना.नि.को
कमाण्डमा खटी गएको चेकिङ टोलिले हेटौँडाबाट पथलैया तर्फ आउँदै गरेको बा.प्र.०३-००३
प ५७६४ नं.को स्कुटिलाई संका लागि चेकजाँच गर्दा उक्त स्कुटीको अगाडि खुट्टा
राख्ने खाली भागमा २ वटा कालो झोलामा प्लाष्टिकले बेरी लुकाई छिपाई ल्याउँदै गरेको
अं.२१ के.जी.ला.औ.(गाँजा) सहित स्कुटी चालक जि.मकवानपुर छतिवन गा.पा.४
बस्ने बुद्दिमान गोलेको छोरा अं.वर्ष १६ को सुरेन्द्र गोले र पछाडी सवार ऐ.राकसिराङ
गा.पा.७ बस्ने प्रकाश गुरुङको छोरा अं.वर्ष १७ को सलमन गुरुङलाई नियन्त्रणमा लिई
आवश्यक थप अनुसन्धानको लागि प्र.चौ.पथलैयामा
राखिएको ।