मिति २०८३।०१।२२ गते ०५:०० बजे देखि २०८३।०१।२३ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८३-०१-२३
- A
- A-
- A+
कर्तव्य ज्यान,
काठमाण्डौ, तारकेश्वर न.पा.३
तिनपिप्ले जितपुरफेदी घर भई बस्ने अं.वर्ष ४५ की सरिता तिवारी आफ्नै घर कोठाबाट
बजार जान्छु भनि गएकोमा हालसम्म पनि सम्पर्कमा नआएको भनि निजको भाई महेश थापाले
२०८३।०१।१२ गते ००:५० बजेको समयमा प्रहरी वृत्त बालाजुमा टे.फो.मार्फत जानकारी
गराउनासाथ ऐ.२०८३।०१।२१ गते १९:०० बजे काठमाडौं जिल्ला टोखा न.पा.२ ठुलोलाछी घर भई
बस्ने अं.वर्ष ३५ को अनिल डंगोललाई नियन्त्रणमा लिई सोधपुछ गर्दा निज सरिता तिवारी
टोखा स्थित शिवपुरी राष्ट्रिय निकुन्जको जंगलमा मृत अवस्थामा फेला परेको भनी
बताएकोमा निज अनिल डंगोललाई सँगै साथमा लिई प्रहरी वृत्त बालाजुबाट प्र.ना.उ.को
कमाण्डमा १५ जनाको प्रहरी टोली खटिई गई हेर्दा ऐ. टोखा न.पा.१ शिवपुरी राष्ट्रिय
निकुन्जको जंगल भित्र खाल्डो खनि गाडिएको/पुरिएको अवस्थामा उत्खनन् गरी हेर्दा मृत
अवस्थामा फेला पारी कानुनी प्रकृया पुरा गरी शव पो.मा.को लागि त्रि.वि.शिक्षण
अस्पताल महारागंज पठाइएको,
अनिल डंगोल प्रहरीको नियन्त्रणमा रहेको ।
बाँके, नेपालगंज
उ.म.न.पा.१२ बेलासपुर स्थित ऐ.बस्ने वर्ष १९ प्रितम अधिकारीको घरमा वर्तबन्ध
कार्यक्रम रहेकोमा सोही वर्तबन्धमा आएका (वस्टर्न हस्पिटल बाँकेमा PCL नर्सिङ तेस्रो वर्षमा
अध्ययनरत) जि.कैलाली लम्की बस्ने अं.वर्ष
२३ को दिपेन्द्र राज गिरी लगायतका व्यक्तिहरुले जि.बाँके खजुरा गा.पा.६ बस्ने वर्ष
२२ को विशाल चन्द ठकुरी र जि.जुम्ला चन्दनाथ न.पा.४ घर भई हाल बेलाशपुर बस्ने वर्ष
२० को योगेन्द्र सुनार समेतलाई धारिलो हतियार तथा बियरको बोतल प्रहार गरी घाईते भई
उपचारको लागी सन्जिबनी कलेज अफ मेडिकल साईन्सेज प्रा.लि. नेपालगंजमा लगेकोमा
ऐ.०६:०३ बजे विशाल चन्द ठकुरीलाई मृत घोषणा गरेको र घाईते योगेन्द्र सुनारको
सामान्य उपचार पश्चात आवश्यक सोधपुछको लागी नियन्त्रणमा लिएको, उक्त घटनास्थलमा प्र.ना.उ.को कमाण्डमा १५ जनाको टोली खटि गई आवश्यक
अनुसन्धानको लागी निज प्रितम अधिकारी, जि.जुम्ला तातोपानी
गा.पा.२ घर भई हाल नेपालगंज-४ न्युरोड बस्ने साधन डाँगीलाई नियन्त्रणमा लिई आवश्यक
अनुसन्धान भईरहेको, ऐ.१७:०० बजे कुटपिट गरी सु.प.प्र.०२-००१
च १२७८ नं.को कार र सु.प.प्र.०१-०१४ प १२५६ नं.को NS 200
मो.सा.प्रयोग गरी फरार रहेका व्यक्तिहरुलाई जि.प्र.का.बाँकेबाट प्र.नि.को कमाण्डमा
खटी गएको टोलिले विभिन्न प्रबिधि (CDR,CCTV,सुचना आदी) प्रयोग गरी पछ्याउदै खो.त.गर्दै जाँदा
जि.बर्दिया ठाकुर बाबा न.पा.२ अम्रेनी आर्मी पोष्ट नजिकै फेलापारी मो.सा.,गाडी र निज मुख्य व्यक्ति दिपेन्द्र गिरी सहित उक्त घटनामा संलग्न ४
जनालाई नियन्त्रणमा लिई जि.प्र.का.बाँके ल्याई हिरासत कक्षमा राखिएको, मृतक शवको कानुनी प्रकृया पुरा गरी पो.मा.को लागी भेरी अस्पताल नेपालगंज
बाँके पठाईएको ।
चितवन, भरतपुर म.न.पा.७
बुद्ध चोक स्थित सम्भव अटो पसलमा काम गर्ने हाल वतन नखुलेको अं.वर्ष ३० आशिष खनाल
भन्नेलाई हाल नामथर वतन नखुलेको पुरुष
व्यक्तिले धारिलो हतियार चक्कु प्रहार गरी गम्भीर घाईते भई उपचारको लागी भरतपुर
सरकारी अस्पताल पठाएकोमा उपचारको क्रममा डाक्टरले चेकजाँच पश्चात ऐ.२३ गते ००:२०
बजे मृत घोषणा गरेको,
उक्त घटनास्थलमा अ.प्र.पोष्ट कृष्णपुरबाट प्र.स.नि.को कमाण्डमा टोली
खटी गएको, धारिलो हतियार प्रहार गर्ने मानिस मो.सा.मा फरार
रहेकोले खो.त.कार्य भईरहेको ।
ज.ज.क./ बालयौन दुर्व्यवहार,
गुल्मी, मिति २०८३।०१।२० गते
अं १९:०० बजेको समयमा जिल्ला गुल्मी धुर्कोट गा.पा. २ सुफला बस्ने बर्ष ६८ को भक्त
बहादुर घर्तीले ऐ.ऐ. बस्ने बर्ष १६ की परिवर्तित नाम ४६(०८२।०८३) धुर्कोट (A)लाई
ऐ. स्थित रहेको काले दमाईको खाली गोठको कोठामा ज.ज.क गरेको भनि मिति २०८३/०१/२१
गते अं १५:०० बजेको समयमा निजको बुवा परिवर्तित नाम ४६(०८२/०८३) धुर्कोट(B)ले जि.प्र.का.गुल्मीमा जाहेरी दरखास्त दिए पश्चात जि.प्र.का.गुल्मीबाट
प्र.नि.पर्वत कुमार के.सी.को कमाण्डमा ५
जनाको टोली खटिगई बर्ष ६८ को भक्त बहादुर घर्तीलाई नियन्त्रणमा लिई मिति
२०८३।०१।२१ गते बाट लागुहुने गरी आज मिति २०८३।०१।२२ गते दिन-८ को म्याद थप गरी
हिरासत कक्षमा राखेको, बर्ष १६ की परिवर्तित नाम ४६(०८२।०८३)
धुरकोट (A)लाई स्वास्थ्य परिक्षण गरी निजको बुवाको जिम्मा
लागाई छाडिएको,अवस्था सामान्य,।
ला.औ.,
सुनसरी, बराहक्षेत्र न.पा.०२
पुल्ठेगौडा स्थितमा इ.प्र.का.चतराबाट प्र.ना.नि.को कमाण्डमा खटिएको गस्ति टोलिले
चतराबाट तेह्रआर्डी तर्फ आउदै गरेको BR07PC4765
नं.को भारतीय एम्बुलेन्स गस्ति टोलीलाई देख्नासाथ उक्त भारतीय नं.को एम्बुलेन्स
भाग्ने क्रममा खटिएको गस्ति टोलीले शंका लागी पिछा गरी नियन्त्रणमा लिई चेकजाँच
गर्दा उक्त एम्बुलेन्सभित्र राखेको ५ वटा प्लाष्टिकको बोरा र एउटा बोरामा आधा
ला.औ.गाँजा प्लाष्टिक सहित तौल गर्दा १५० के.जि. र प्लाष्टिक बाहेक तौल गर्दा १४८
के.जी.ला.औ.गाँजा फेला परेकोले, उक्त एम्बुलेन्स,
एम्बुलेन्स चालक देश भारत सुपोल जिल्ला बिहार राज्य बिरपुर बस्ने
वर्ष १८ को धर्मेन्द्र कुमार यादव र सोही एम्बुलेन्समा सवार ऐ.बस्ने वर्ष २१ को
मो.सदाम समेतलाई उक्त ला.औ. गाँजा सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको,।