प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मिति २०८३।०१।२३ गते ०५:०० बजे देखि २०८३।०१।२४ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।

२०८३-०१-२४

  • A
  • A-
  • A+
Share

कर्तव्य ज्यान,

काठमाण्डौ, किर्तिपुर न.पा.१० पोडेटोल स्थित चिया सागर नजिक साथी साथी बिचमा विवाद हुँदा जि.गुल्मी धुर्कोट गा.पा.घर भई हाल जि.काठमाण्डौ किर्तिपुर न.पा.३ ढाल्पा बस्ने वर्ष अं.२३ को बिपिन घिमिरेलाई राज बिष्ट र अनमोल कामीले धारिलो हतियार प्रहार गर्दा घाईते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत किर्तिपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई उपचारको लागि कीर्तिपुर अस्पताल पठाई उपचार भईरहेकोमा ऐ.१५:२९ बजे चिकित्सक द्धारा मृत्यु घोषणा गरेको, शव सोही अस्पतालमा रहेको, घटनासमा संकास्पद किर्तिपुर न.पा.९ हनुमानघाट बस्ने वर्ष २२ को आशिष महर्जन, जि.बैतडी डिलासैनी गा.पा.३ घर भई हाल जि.काठमाण्डौ किर्तिपुर न.पा.२ टयाङलाफाँट बस्ने वर्ष २१ को रोशन बोहोरा र जि.कैलाली बर्दगोरिया गा.पा.४ घर भई हाल जि.काठमाण्डौ किर्तिपुर न.पा.१० पाँगा दोबाटो बस्ने वर्ष २३ को रबिन्द्र धामीलाई नियन्त्रणमा लिई प्रहरी वृत किर्तिपुरमा राखी आ.अ.भइरहेको, धारिलो हतियार प्रहार गरी फरार राज बिष्ट र अनमोल कामीको खो.त.भईरहेको, उक्त स्थान प्रहरी वृत किर्तिपुरबाट अं.१.५ कि.मि.पश्चिम पर्ने ।

 

ज.ज.क./ बालयौन दुर्व्यवहार,

कपिलबस्तु, मिति २०८३।०१।२१ गते अं.१२:०० बजे यशोधरा गा.पा.५ लोहरौली बस्ने जाहेरवालको छोरी वर्ष १६ की बालिकालाई ऐ.बस्ने किसन चौधरीको घरमा डिजेको नाचगाँन हेरी एक्लै घर तर्फ आउने क्रममा ऐ.बस्ने साफिक पठानको छोरा वर्ष २६ को इलयास पठानले पछाडीबाट आई डरत्रास देखाई आफनो घरको कोठाभित्र लगेर ज.ज.क गरेको भनी मिति २०८३।०१।२२ गते २१:०० बजे प्र.चौ.मर्यादपुरमा ठाडो निबेदन लेखी जानकारी गराउनासाथ प्र.चौ.मर्यादपुरबाट प्र.ब.ना.नि.को कमाण्डमा टोली खटी गई पिडित बालिकालाई जाहेरी दरखास्त तथा यौनजन्य स्वास्थ्य परिक्षणको लागि जि.प्र.का. कपिलवस्तु पठाई मिति २०८३।०१।२३ गते १३:०० बजे स्वास्थ्य परिक्षण गराई मुद्धा दर्ताको लागि जि.प्र.का.कपिलवस्तुमा ल्याई राखिएको, अवस्था सामान्य, पिडक इलयास पठान फरार, रहेको खो.त.भईरहेको, उक्त स्थान प्र.चौ.मर्यादपुरबाट अं.३ कि.मि.उत्तर पूर्व पर्ने ।

 

दाङ, मिति २०८३।०१।१९ गते अं.२०:३० बजे तुलसीपुर उ.म.न.पा.१९ बस्ने वर्ष १४ की बालिकालाई जि.सल्यान कपुरकोट गा.पा.४ बस्ने डिल बहादुर बुढाको छोरा अं.वर्ष २० को उदिम प्रसाद बुढामगरले ललाई फकाई बिभिन्न प्रलोभनमा पारी जि.दाङ तुलसीपुर उ.म.न.पा.५ माछपुच्छ्रे टोल स्थित मेलिना होटल एण्ड लजको कोठा नं.२०२ मा लगेर ज.ज.क.गरेको भनी मिति२०८३।०१।२३ गते इ.प्र.का.तुलसीपुरमा आई लिखित जाहेरी दिए पश्चात इ.प्र.का.तुलसीपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडक उदिम प्रसाद बुढामगरलाई नियन्त्रणमा लिई सम्मानित जिल्ला अदालत घोराही दाङबाट दिन ५ म्याद थप भई अनुसन्धान भईरहेको, पिडित बालिकाको स्वास्थ्य अबस्था सामान्य रहेको, निज आफ्नो आमा संग घरमा रहेको ।

 

दाङ, मिति २०८३।०१।२२ गते अं.१०:०० बजे तुलसीपुर उ.म.न.पा.१९ बस्ने वर्ष १५ की बालिकालाई जि.दाङ तुलसीपुर उ.म.न.पा.१९ बस्ने वर्ष १७ को बालकले ललाई फकाई बिभिन्न प्रलोभनमा पारी जिल्ला दाङ तुलसीपुर उ.म.न.पा.५ माछपुच्छ्रे टोल स्थित रोल्पाली झरना होटलको कोठा नं.०६ मा लगेर ज.ज.क.गरेको भनी मिति२०८३।०१।२३ गते इ.प्र.का.तुलसीपुर दाङमा आई लिखित जाहेरी दिए पश्चात इ.प्र.का.तुलसीपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई सम्मानित जिल्ला अदालत घोराही दाङ बाट दिन ५ म्याद थप भई अनुसन्धान भईरहेको, पिडित बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको, निज आफ्नो आमा संग घरमा रहेको ।

 

कुटपिट,

काठमाडौं,  महानगरपालिका १६ बालाजु माछापोखरी स्थित जि.लम्जुङ्ग सुन्दरबजार नगरपालिका वडा नं.४ घर भई हाल जि. काठमाडौं, काठमाडौं महानगरपालिका १६ बालाजु माछापोखरी डेरा गरी बस्ने वर्ष अं.३९ की पवित्रा अधिकारीलाई चिनजानको साथी जि.रुकुम पुर्व घर भई हाल जि.काठमाडौं तारकेश्वर नगरपालिका ९ मनमैजु बस्ने वर्ष अं.३८ को दिपेन मगरले कुटपिट गरी घाईतेलाई कोठामा नै छाडेको अवस्थामा दिदी अस्मिता अधिकारीले ऐ.०७:०० बजे फेला पारी तत्काल उपचारको लागि त्रि.वि.शिक्षण अस्पताल महाराजगंज लगेर उपचार भईरहेको, टाउको र बायाँ आखा नजिक चोट, अवस्था गम्भीर, कुटपिट गर्ने व्यक्ती फरार रहेको भनी ऐ.१४:२० बजे अस्पतालबाट खबर प्राप्त हुनासाथ प्रहरी बृत्त बालाजुबाट प्र.ना.नि.को कमाण्डमा प्रहरी टोली खटी गएको, उक्त स्थान प्रहरी बृत्त बालाजुबाट अं.१.५ कि.मि.उत्तर पर्ने ।

 

चोरी,

मेचीनगर न.पा.६ प्लटिङ बस्ने रुद्र बुढाथोकीको अढाई तले घरको सबै ढोकाहरु खुल्लै राखी निज रुद्र बुढाथोकी  र निजकै श्रीमती होटल मेची क्राउन धुलाबारी कामको लागि गएको र घरका अन्य सदस्यहरु घरको माथिल्लो फ्लाटमा रहेकोमा भुई तलामा रहेको कोठामा अन्य व्यक्तिहरु आई सुनको बिभिन्न गर गहना अ.मु. १७,८०,८०० नगद रु १,००००० (एक लाख) समेत गरी जम्मा अं.१८,८०,८०० (अठार लाख असि हजार आठ सय) बराबरको चोरी गरी फरार रहेको भन्ने ऐ.१७:१५ बजे खबर प्राप्त हुनासाथ इ.प्र.का. काँकरभिट्टाबाट प्र.नि.को कमाण्डमा टोली खटी गई फरार व्यक्तिहरुको खो.त.भईरहेको, उक्त स्थान इ.प्र.का.काँकरभिट्टाबाट अं.२ कि.मि.दक्षिण पर्ने ।

 

हा.ह.बरामद / लुटपाट गर्न खोज्ने मानिस हा.ह.सहित पक्राउ,

काठमषण्डौ, मिति २०८३।०१।१७ गते का.म.न.पा.२९ ईन्द्रचोक स्थित बविता बेगमरौनियारले संचालन गरेको नैना एण्ड ईसान ज्वेलर्समा हतियार देखाई लुटपाट गर्न खोज्ने जि.भक्तपुर ठिमि न.पा.९ बोडे बस्ने वर्ष ३० को बिकेस राजवहाक र जि.काठमाण्डौ का.म.न.पा.१९ डल्लु बस्ने वर्ष ३४ को अरुण भुजेललाई खो.त.गर्ने क्रममा जिल्ला प्रहरी परिसर काठमाण्डौबाट प्र.नि.को कमाण्डमा खटिएको प्रहरी टोलीले मिति २०८३।०१।२१ गते (बिकेस राजवहाकलाई का.म.न.पा.१८ नरदेवीबाट पक्राउ, अरुण भुजेललाई का.म.न.पा.२४ मखनबाट पक्राउ) नियन्त्रणमा लिई थप अनुसन्धान तथा सो.पु.को को क्रममा मिति २०८३।०१।२३ गते १०:०० बजे का.म.न.पा.२४ मखनस्थित रहेको “द नाङ्लो क्याफे एण्ड फास्टपुड रेस्टुरेन्ट”बाट घटनामा प्रयोग भएको चाईनिज पेस्तोल जस्तो देखिने थान १, ऐ.को म्यागजिन थान १, जंगी राउण्ड थान १, नक थान १ बरामद गरी जिल्ला प्रहरी परिसर काठमाण्डौमा राखीएको ।


काठमाण्डौ, का.म.न.पा.२७ जमल स्थित राष्ट्रिय नाचघर अगाडी रहेको नालीमा जि.कन्चनपुर सुक्लाफाट न.पा.५ घर भई हाल का.जि.बनस्थली बस्ने वर्ष अं.३१ को कृष्ण दत्त भट्टले S.L.R.हतियारको लाईभ राउण्ड ६, चाचर २ पिस र S.L.R.को डमी २ राउण्ड फेला पारी जमल बिटमा ड्युटी गर्ने प्र.क.लाई जानकारी गराउनासाथ उक्त स्थानमा प्रहरी खटी गई एकिन गरे पश्चात बृत्त दरबारमार्गबाट प्र.नि.को कमाण्डमा प्रहरी टोली खटी गई मुचुल्का कार्य सम्पन्न गरी वृत्त दरवारमार्गमा ल्याई राखिएको, उक्त स्थान वृत्त दरबारमार्गबाट अं.१ कि.मि.दक्षिण पश्चिम पर्ने ।

 

ठगि,

काठमाण्डौ, बुढानिलकण्ठ म.न.पा. १३ चुनिखेल देखी सापाटार जाने भित्री सडक-खण्डमा लगी जि.झापा बिर्तामोड ३ बाट रात्री गाडी चढी काठमाण्डौं आईपुगेको वर्ष अं.३५ को कुमार पाण्डेलाई डलर साट्ने भनी २ जना अपरिचित ब्यक्तिहरू वर्ष अं.२०-२२को र वर्ष अं.४०/४२ को दुबै जनाले मास्क र टोपी लगाएका निलो रातो ज्याकेट लगाएका मानिसले नेपाली रुपैयाको सट्टामा डलर पैसा साटि दिन्छु भनि नेपाली रुपैया १३,००,००० (नेपाली रुपैया तेह्र लाख मात्र) लगी कागजका नोट जस्तो बन्डल बनाई रुमाल भित्र पोको पारी दिई ठगि गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रभाग बूढानीलकण्ठबाट प्र.नि.को कमाण्डमा टोली खटी गई फरार व्यक्तिहरुको खो.त.भईरहेको,उक्त स्थान प्रभाग बूढानीलकण्ठबाट अ.३.५ कि.मि पूर्व पर्ने ।

सम्बन्धित समाचार
मिति २०८३।०५।१५ गते ०५:०० बजे देखि २०८३।०५।१६ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१६

ज.ज.क./बाल यौन दुर्व्यवहार,सिन्धुली, कमलामाई न.पा.४ गणपती होटल पछाडि रहेको झोलुङ्गे पुलमुनि ग्वाङ् खोलामा वर्ष १० की बालिका र निजको साथी वर्ष ९ की बालिका समेत नुहाईरहेको अवस्थामा ऐ.दुधौली न.पा.३ बस्ने वर्ष २३ को भक्त बहादुर कार्कीले आफ्नो कपडा खोली खोला भित्रै पानीमा वर्ष १० की बालिकालाई जबरजस्ती करणी गरेकोमा निज बालिका रोई कराई गरेको अवस्थामा सोही ठाउँमा माछा मार्ने मानिसहरुले देखी निजलाई नियन्त्रणमा लिई प्र.चौ.ढुङ्ग्रेबासमा टे.फो.मार्फत जानकारी गराउनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज भक्त बहादुर कार्कीलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई ऐ.०५/१५ गते दिन ५ म्याद थप गरी अनुसन्धान कार्य भईरहेको,। संखुवासभा, भोटखोला गा.पा.०४ घर भई हाल जि.संखुवासभा मकालु गा.पा.०५ बस्ने अ.वर्ष ४३ को किरण तामाङले वर्ष २७ की महिलालाई ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.नुम संखुवासभाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई  पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको । उदयपुर, न.पा.वडा न.६ शिखरटोल बस्ने वर्ष १५ की  बालिकालाई जिल्ला उदयपुर बेलका न.पा. वडा न.०६ कात्तिके बस्ने वर्ष २१ को लाक्पा तामाङले ज.ज.क गरेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. रामपुरठोक्सिला  उदयपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको,बालिकाको अवस्था सामान्य रहेको । धरिलो हारहतियार प्रहार,बाँके, बैजनाथ गा.पा.८, गुरदयालपुर बस्ने वर्ष ४० की ठगनी थरुनीले निजको श्रीमान वर्ष ४३ को जंग बहादुर थारुलाई घरायसी विवाद हुँदा धारिलो हतियार (बन्चरो) ले टाउकोमा प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.रनियापुरबाट प्र.ह.को कमाण्डमा टोली खटी गई निज घाईतेलाई उपचारको लागी संजिवनी कलेज अफ मेडिकल साईन्सेज प्रा.लि. नेपालगंज, बाँकेमा पठाईएको, अवस्था गम्भीर, निज ठगनी थारू र निजले प्रयोग गरेको हतियार नियन्त्रणमा लिई इ.प्र.का.घनौलीमा पठाईएको,। मुस्ताङ, घरपझोङ गा.पा. वडा नं. २ मार्फा स्थितमा ऐ.बस्ने बर्ष अं. २८ को रोशन मगरले ऐ.ऐ. बस्ने बर्ष अं. २८ को राजेन्द्र परियारलाई धारिलो हतियार खुकुरीले टाउकोमा प्रहार गरी गम्भिर घाईते भएको छ भन्ने जानकारी प्राप्त हुनासाथ जि.प्र.का. मुस्ताङ बाट प्र.नि. ईश्वर महतको ( ९८५६०९१००६ ) कमाण्डमा ७ जनाको टोलि खटिई गई घाईतेलाई मार्फा स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात थप उपचारको लागि प्रदेश अस्पताल जोमसोम मुस्ताङ पठाईएको, धारिलो हतियार खुकुरी प्रहार गर्नुको कारण नखुलेको,दुवै जनाले मा.प.से. गरेको,उपचारमा घाईतेको आफन्त संलग्न, धारिलो हतियार खुकुरी प्रहार गर्ने व्यक्ति,खुकुरी जि.प्र.का. मुस्ताङको नियन्त्रणमा रहेको । ऐ.०३:४३ बजेको समयमा घाईते थप उपचारको लागि पोखरा रिफर भएको, उपचारमा श्रीमती निरमाया परियार (९७६३२७०१५४) संलग्न । हाम फाली बेपत्ता,सोलुखुम्बु, महाकुलुङ गा.पा.-५ चाचालुङ बस्ने सुमित कुलुङकी श्रीमती वर्ष अ.१८ की सम्झना नाछिरीङ राई श्रीमान-श्रीमतीबीच घरायासी विवाद भई श्रीमती ऐ. सोताङ गापा-४, नाम्लुङ माईती घर गएकोले श्रीमान पनि सँगै जाँदै गर्दा ऐ. महाकुलुङ गा.पा.५ र सोताङ गा.पा.४ को सिमाना स्थित गुदुङ खोलाको पुलबाट निज श्रीमती सम्झना नाछिरीङ राईले खोलामा हाम फाली बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. सोताङबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, । लागु औषध,उदयपुर, कटारी न.पा.६ बाँकेटार शान्तिवन स्थित वनभित्र ला.औ. गाँजा ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा इ.प्र.का. कटारीबाट प्र.नि.को कमाण्डमा २० जनाको टोली खटी गई उक्त वनभित्र खो.त.गर्दा बा १६ च ५२६९ नं.को बोलेरो गाडी र गाडी नजिकै जंगलमा विभिन्न स्थानमा लुकाई छिपाई राखेको ला.औ. गाँजा ५२ बोरा शुद्ध तौल ११२२ के.जि. ६७ ग्राम गाँजा र सोही स्थानमा ऐ. ताप्ली गा.पा. १ डाँडागाउँ बस्ने वर्ष ५५ को राम बहादुर मगर सहित ३ जनालाई फेला पारी ला.औ., गाडी सहित  तीनै जनालाई इ.प्र.का. कटारी ल्याई अनुसन्धान भइरहेको, ।  न.प.पश्चिम, नवलपरासी (ब.सु.प.) रामग्राम न.पा.०१ निलोगेट स्थितमा ला.औ.कारोबार भईरहेको भन्ने खबर प्राप्त हुनासाथ ला.औ.नियन्त्रण ब्युरो शाखा कार्यलय भैरहवा रुपन्देहीबाट प्र.ना.नि.को कमाण्डमा २ जना र जि.प्र.का.नवलपरासी (व.सु.प) बाट प्र.ना.नि.को कमाण्डमा ५ जनाको टोली खटी गई परासी देखि सुनवल तर्फ जादै गरेको भारतिय UP 56 AH 6189 न.को मो.सा.लाई रोक्न खोज्दा उक्त मो.सा.नरोकी भाग्ने क्रममा मो.सा.छाडी मो.सा.चालक देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज सेखली बस्ने वर्ष अं. ३३ को गिरिजेस श्रीवास्तव र सोही मो.सा. पछाडी सावर देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज निचलौल बस्ने वर्ष अं. २७ को दिपक भन्ने मिधलेस श्रीवास्तव भाग्दै गर्दा ब्यारेट पेस्तोलबाट ४ राउण्ड हवाई फाएर गरी निजहरुलाई रितपुर्वक नियन्त्रणमा लिई चेकजाँच गर्दा  ब्राउन सुगर जस्तो देखीने खैरो गिलो पदार्थ प्लाष्टिक रहितको तौल १५८ ग्राम नियन्त्रणमा लिई जि.प्र.का. नवलपरासीमा ल्याई राखिएको,चोटपटक कसैलाई केही नभएको ।

मिति २०८३।०५।१४ गते ०५:०० बजे देखि २०८३।०५।१५ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१५

ज.ज.क./बाल यौन दुर्व्यवहार,दाङ, मिति २०८२।११।०४ गते बिहान अं. ०४:०० बजेको समयमा जि. दाङ, राजपुर गा.पा.७ मनोहरा स्थित भैसाहीदेखि भौवानाका जाने बाटोमा पर्ने पुर्णबहादुर रोकाले घर बनाएको पुरानो स्थान नजिकैको जंगलमा ऐ. राजपुर गा.पा.७, भौवानाका बस्ने वर्ष ३७ की महिलालाई ऐ. राजपुर गा.पा.७ भित्री सिक्टा बस्ने वर्ष ३२ को जनक कुमालले ज.ज.क. गरेको भनि आज मिति २०८३।०५।१४ गते १७:३० बजे निज पीडितले आफैं इ.प्र.का. गढवामा लिखित जाहेरी दरखास्त दिएपश्चात् प्र.नि.को कमाण्डमा प्रहरी टोलि खटि गई पिडक जनक कुमाललाई ऐ. गढवा गा.पा.६ गढवा बजारमा हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई आ.अ.कार्य भईरहेको, पीडितको अवस्था सामान्य रहेको र निज पीडित गर्भवती रहेको, पीडित पीडक दुवैको मेडिकल परीक्षण हुन बाँकी रहेको । सिन्धुपाल्चोक, लिसंखुपाखर गा.पा.७ धामीटोल बस्ने वर्ष ३६ को पुरुषले कान्छी श्रीमतीको छोरी वर्ष १७ की बालिकालाई बाल यौन दुर्व्यवहार गर्ने प्रयास गरेको भनि ऐ.१९:०० बजे खबर प्राप्त पश्चात प्र.चौ.ठुलोपाखरबाट प्र.स.नि.को कमाण्डमा टोलि खटि गई पिडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । सुन बरामद,काठमाण्डौं , हिमालयन एयरलाईन्सको उडान द्धारा कतारको हुदै काठमाडौं आएका जिल्ला सर्लाही मलंगवा न.पा.३ बस्ने मोहम्मद जसिम फकिरले  सुनजस्तो देखिने पहेलो धातुको जस्तो देखिने सिक्री थान १ (अं.२५ ग्राम) ल्याएकोमा निजलाई संका लागी सोधपुछ गर्दा निजले भरियाको रुपमा उक्त सुन ल्याएको भनि मुखसावित वताएकोले निजलाई आवश्यक  अनुसन्धानको लागी नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएको कारण दिन एक सुरक्षित साथ राख्नका लागि प्रहरी वृत्त गौशला पठाएको । काठमाण्डौं, का.म.न.पा.९ एयरपोर्ट स्थित हिमालयन एयरलाईन्सको उडान द्धारा कतार हुदै काठमाण्डौ आएका यात्रुहरुलाई प्रयोग गरी नेपालमा सुन ओसारपसार गरी कारोबार गर्ने सिरहा जिल्ला सिरहा न.पा.७ घर भई बस्ने वर्ष ३४ को सन्तोष कुमार यादवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन तर्फको पार्किङ क्षेत्रमा बाह्‍य मुलुकबाट आगमन भएका यात्रुहरुले भन्सार छली गरी ल्याएको सुन जस्तो देखिने पहेँलो धातुको सिक्रि थान १ अं.तौल २५ ग्राम रिसिभ(संकलन) गरी अवैध रूपमा लैजान लागेको अवस्थामा नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएकोले ऐ.१९:३० बजे प्रहरी वृत्त गौशला पठाएको । कैदी मृत्यु,चितवन, चितवन कारागार ल्याएको कर्तव्य ज्यान केसको कैदि वन्दि क्यान्सर विरामी जि.पर्वत फलेवास गा.पा.२ वतन भएको वर्ष ४२ को बिनोद विक्रम कुवर मिति २०८३/०३/२२ गते देखि बि.पि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भई रहेकोमा ऐ.१४ गते उपचारको क्रममा मृत्यु भएको,शव सोहि अस्पतालमा रहेको,आफन्तहरु सगै रहेको । हतकडी सहित मानिस फरार,झापा, बिर्तामोड न.पा.८ स्थित देउनिया नजिकबाट चोरीमा संलग्न ऐ.भद्रपुर न.पा.१० बस्ने बर्ष २४ को सन्देश हस्दालाई अ.प्र.चौ.गरामनीबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलिले नियन्त्रण लिने क्रममा हतकडी सहित फरार भएको हुँदा इ.प्र.का.अनारमनीबाट प्र.ना.उ.को कमाण्डमा, जि.प्र.का.झापाबाट प्र.ना.उ.को कमाण्डमा र मातहत समेतबाट प्रहरी परिचालित गरी चेकिङ सहितको डिउटी निकाली खोजतलास भईरहेको । अस्पतालबाट बच्चा चोरी भएको,पर्सा, जि. सर्लाही  रामनगर गा.पा.३ बहुअर्वा बस्ने रन्जय दासको श्रीमती अं.वर्ष २७ की  रिन्कु देवीले  मिति २०८३/०५/१३ गते अं.२३:०० बजे जि.पर्सा विरगंज म.न.पा.०४ स्थित नारायणी अस्पतालमा शल्यक्रियाबाट नवजात शिशु (छोरा) जन्मिएकोमा ऐ.०५।१४ गते अं.१५:०० बजे अपरिचित अं.वर्ष ३५ की महिलाले बच्चा खेलाउछु भनि शिशुको हजुरआमासँग मागी बच्चा लिई गएकोमा हालसम्म सम्पर्कमा नआएकोले चोरी भएको भनि ऐ.१६:४५ बजे ऐ. अस्पतालमा खटिएको प्र.क.लाई जानकारी गराउनासाथ व.प्र.का.बिर्ताबाट  प्र.नि.को कमाण्डमा टोलि खटि गई बुझ्ने तथा खोजतलास कार्य भईरहेको । लागु औषध,कञ्चनपुर, भि.न.पा.११ होल्डिङ्ग सेन्टर (७ नं.पिल्लर) स्थित इ.प्र.का.गड्डाचौकीबाट प्र.ब.ना.नि.को कमान्डमा खटिएको प्रहरी टोलिले भारतबाट नेपाल आँउदै गरेको से. ६ प १५४९ नं.को मो.सा.चालक जि. कैलाली गोदावारी न.पा.०४ बस्ने अं.वर्ष २६ को प्रभाष मल्ल र सोही मो.सा.मा पछाडी सवार जि. डोटी जोरायल गा.पा.०१ बस्ने अं.बर्ष २६ को बिक्रम पातलीलाई शंका लागी चेकजाँच गर्दा शुद्ध तौल ६.५७ ग्राम खैरो हिरोइन जस्तो देखिने लागुऔषध सहित बरामद गरी आवश्यक कार्बाहीको लागि जि.प्र.का. पठाईएकोमा,  ऐ. १९:३०बजे सोधपुछको क्रममा निज वर्ष २७ को प्रभास मल्ल कम्प्युटर कोड नं.६३६४२ को स.प्र.बल नेपाल नं.३५ गण हे.क्वा. शैलेश्वरी झलारी कञ्चनपुर दरबन्दी भई नं.५२ गुल्म हे.क्वा. डडेल्धुरामा कार्यरत स.प्र.ज. रहेको भन्ने बुझिएको ।  पर्सा, वीरगञ्ज म.न.पा.१६ माईधिया पोखरी अगाडि सडक-खण्डमा बसपार्क तर्फ पैदल आउँदै गरेको देश भारत विहार राज्य जिल्ला पूर्णिया थाना सदर ग्राम हाजिरगञ्ज वडा नं.४५ बस्ने वर्ष १९ को कृष्णा कुजुँर लगायत ३ जना  व्यक्तिहरू माथि शंका लागि जि.प्र.का.बाट खटिएको प्र.नि.को विशेष टोलिले रोकी चेकजाँच गर्दा निजहरूको साथबाट ला.औ.ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ १०० ग्राम फेला पारी बरामद गरी ला.औ. सहित ३ जनालाई  नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।