प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मिति २०८३।०१।२४ गते ०५:०० बजे देखि २०८३।०१।२५ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।

२०८३-०१-२५

  • A
  • A-
  • A+
Share

शंकास्पद मृत्यु,

उदयपुर, मिति २०८३।०१।१७ गते अं.२१:०० बजे लिम्चुङबुङ गा.पा.३ तिनचौक बस्ने वर्ष ४३ को रुप बहादुर मगर र निजको श्रीमती वर्ष ४० की केशरी माया मगर मा.प.से. गरेर दुबै जना बीच एक आपसमा झै-झगडा हुँदा श्रीमानले खुट्टाले पेटमा हानी श्रीमती घाईते भएकोले उपचारको लागि ऐ. २२ गते LB स्मृती अस्पताल लिम्चुङबुङ लगेकोमा डाक्टरले उपचारको लागि सुबिधा सम्पन्न अस्पताल जानु भनेकोमा अस्पताल नगई घर ल्याई राखेकोमा ऐ.२४ गते राती ०२:०० बजे घाइते केशरी माया मगरको मृत्यु भएको भन्ने खबर ऐ.१२:०० बजे प्राप्त हुनासाथ इ.प्र.का.लिम्चुङबुङबाट प्र.ना.नि.र जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा SOCO सहित टोली खटी गएको, श्रीमान रुप बहादुर मगर नियन्त्रणमा ।थप शव पो.मा.को लागि पठाइएको र निजको श्रीमान रुप बहादुर मगरलाई घटनामा संलग्न भए पुन: नियन्त्रण लिने गरी छोडिएको ।

 

ज.ज.क./बाल यौन दुर्व्यवहार,

रोल्पा, सुनिलस्मृति गा.पा.२ बस्ने वर्ष ४० की महिलालाई ऐ.०१।२२ गते अं.१८:३० बजे देउरानीको घर ऐ.माडी गा.पा.१ च्यानडाँडाबाट रोल्पा लिवाङ तर्फ पैदल जाने क्रममा ऐ. माडी गा.पा.६ लाप्चुङ स्थित मदन भण्डारी सडक-खण्डको छेउ कलभर्टमा सोही साईडमा काम गर्ने जि.सल्यान कालिमाटी गा.पा. ५ हात्तिदमार बस्ने वर्ष ४४ को धिरज भन्ने धन बहादुर कामी, जि. कैलाली लम्किचुहा गा.पा.२ बलचौर बस्ने वर्ष २३ को  अनिल वादी नेपाली र ऐ. बस्ने वर्ष २० को सुनिल वादीले पालैपालो सामुहिक ज.ज.क. गरेको भनी ऐ.०१।२४ गते १०:०० बजे इ.प्र.का.घर्तिगाँउमा लिखित जाहेरी दिएकोले प्र.नि.को कमाण्डमा टोली खटिई गई निजहरुलाई सोही साइडबाट नियन्त्रणमा लिई इ.प्र.का.घर्तिगाँउ रोल्पामा ल्याई आ.अ.भईरहेको, पीडितलाई स्वस्थ्य परीक्षणको लागि रोल्पा अस्पताल रेउघा रोल्पा पठाईएको ।

 

संखुवासभा, मिति २०८३।०१।१९ गते अं.१४:०० बजे पाँचखपन न.पा.१ घर भई हाल जि.संखुवासभा चैनपुर न.पा.६ बस्ने वर्ष १२ को बालकले ऐ.मादी न.पा.५ घर भई हाल ऐ.चैनपुर न.पा.६ बस्ने वर्ष ५ की बालिकालाई ललाइ फकाई गरी ऐ.स्थित चौरमा लगेर जबरजस्ती करणी गरेको भनी पीडितको मिति २०८३।०१।२४ गते इ.प्र.का.चैनपुरमा ऐ.१८:०० बजे जाहेरी दरखास्त दिनासाथ इ.प्र.का.चैनपुरबाट खटिएको प्रहरी टोलीले आरोपित बालकलाई नियन्त्रणमा लिई इ.प्र.का.चैनपुरमा ल्याई अनुसन्धान कार्य भइरहेको, बालिकाको अवस्था सामान्य रहेको,

 

काठमाण्डौ, जि.बारा कलैया उ.म.न.पा.१३ स्थायी घर भई हाल जि.भक्तपुर मध्यपुर ठिमी न.पा.९ बोडे बस्ने वर्ष १३ की बालिकालाई वर्ष २२ को राजन कुमार गुप्ताले पीडितसंग सामाजिक संजाल टिकटकको माध्यमद्वारा चिनजान भई साथी बनि फनपार्कमा घुम्न जाउ भनी मिति २०८२।०८।२० गते का.म.न.पा.३२ पेप्सीकोला साइराम चोक स्थित राजन कुमार गुप्ताको दाजु राजा गुप्ताको कोठामा जबरजस्ती करणी गरेको भनी मिति २०८३।१।२४ गते १५:०० बजे जिल्ला प्रहरी परिसर महिला बालबालिका  तथा जेष्ठ नागरिक से.के.भद्रकाली,काठमाण्डौमा जाहेरी दरखास्त दिएको,प्रतिवादी फरार रहेको, आ.अ.कार्य जारी ।

 

काठमाण्डौ, जि.कैलाली लम्कीचुहा न.पा.६ घर भई हाल का.म.न.पा.२३ वस्ने बर्ष १७ की बालिकालाई जि.कैलाली लम्कीचुहा न.पा.६ घर भई का.म.न.पा.२३ बसन्तपुर डेरा गरी बस्ने वर्ष २६ को मिन वहादुर देउवाले सामान्य चिनजान रहेकोमा माया प्रेम गर्छु भनी प्रलोभनमा पारी मिति २०८३।०१।०२ गते बिहान ०५:०० बजे डेरा कोठामा ज.ज.क.गरेको भनी पीडित पक्षले ऐ.२४ गते १५:०० बजे जिल्ला प्रहरी परिसर भद्रकाली,काठमाण्डौ महिला बालबालिका तथा जेष्ठ नागरीक सेवा केन्द्रमा जाहेरी दरखास्त दिएको,प्रतिवादी फरार रहेको,जबरजस्ती करणी र बिधुतिय  कारोबार सम्बन्धी कसुरमा मुद्धा दर्ता भई थप अ.अ.कार्य जारी ।

 

झुण्डी मृत्यु/शंकास्पद मृत्यु,

धनुषा, धनुषाधाम न.पा.७ किसानपुर बस्ने धर्मेन्द्र साह ( हाल वैदेशिक रोजगारमा रहेको) को श्रीमती अं.वर्ष २४ की बबिता साह घरमा कोही नभएको अवस्थामा आफ्नै घरको पुजा कोठामा बाँसको बलोमा सलको पासो लगाई झुण्डिरहेको अवस्थामा मृतकको देवरानी रंजिता साहले देखी आफन्त (छिमेकी) लाई बोलाई हेर्दा मृतकको छोरा अं.वर्ष २ को आरद साह सुत्ने कोठाको खाटमा मृत अवस्थामा रहेको भनी  ऐ.१३:०० बजे इ.प्र.का.धनुषाधाममा जानकारी गराउनासाथ प्र.नि.को कमाण्डमा SOCO सहितको टोली खटी गई हेर्दा मृत बच्चा खाटमा घोप्टो अवस्थामा घाँटीमा निलडाम देखिएको र मृतक बबिता साह झुण्डिएको अवस्थामा रहेको, मृतकको माईती पक्षको आफन्त घटनास्थलमा आईसकेको, दुबै शवको कानूनी प्रकृया पुरा गरी पो.मा.को लागि ऐ.१६:५० बजे प्रादेशिक अस्पताल जनकपुरमा पठइएको  ।  

 

झुण्डी मृत्यु,

सुनसरी, कोशी गा.पा.१ भन्सारटोल स्थितमा रहेको आँपको रुखमा जि.सुनसरी बर्जु गा.पा.६ हात्तिमुडा बस्ने वर्ष ४० को राज कुमार उराव सलको पासो लगाई झुण्डी मृत अवस्थामा रहेको छ, भनी ऐ.१ कोशि गा.पा.का वडा अध्यक्ष सोबित नारायण यादवले ऐ.०१:०० बजे ई.प्र.का.लौकहीमा जानकारी गराउनासाथ ई.प्र.का.लौकहीबाट प्र.ब.ना.नि.को कमाण्डमा र जि.प्र.का.सुनसरीबाट प्र.नि.को कमाण्डमा प्रहरी टोलि खटी गई कानूनी प्रकृया पुरा गरी शव जिल्ला अस्पताल सुनसरी पठाएकोमा जिल्ला अस्पताल सुनसरीबाट पो.मा.को लागि बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा धरान लगेर ऐ.१५:३० बजे पो.मा.पश्चात मृतकको भाई शिब कुमार उरावले शव बुझी ल्याएकोमा शंकास्पद रहेकोले आवश्यक अनुसन्धान गरी न्यायभनी ऐ.१९:२० बजे ऐ.भोक्राहा नरसिंह गा.पा.६ स्थित उक्त शव पूर्व पश्चिम राजमार्गमा राखी अ.२५०/३०० जनाको संख्यामा भेला भई टायर बाली बाटो अवरोध गरेको, उक्त स्थानमा जि.प्र.का.सुनसरीबाट प्र.ना.उ.को कमाण्डमा ३० जना, इ.प्र.का.लौकहीबाट प्र.ना.नि.को कमाण्डमा ४ जना, प्र.चौ.चिरौली चोकबाट दल बहादुर कार्कीको कमाण्डमा ४ जना, स.प्र.बल बिओपी लौकहीबाट स.प्र.ना.नि.को कमाण्डमा १० जनाको टोली खटी गई सम्झाई बुझाई गरी बाटो खुलाउने पहल भईरहेकोमा ऐ.२५ गते ००:१५ बजे सिलसिलेबार बल प्रयोग गरी दुवै तर्फ बाटो सुचारू भएको, लास मृतकको श्रीमती, छोरा र आफन्तले घर तर्फ लिई गएकोमा ऐ.०१:०० बजे घरमा ईन भएको, उक्त अवरोध खुलाउने क्रममा ने.प्र.बि.सु.गण दुहवी सुनसरीबाट ग्याँस गनबाट ३ सेल, SLR बाट blank round , जि.प्र.का.सुनसरीबाट खटिएको टोलीले ग्याँस गनबाट १२ सेल, इ.प्र.का.पकलीबाट खटिएको टोलीले ग्याँस गनबाट ५ सेल गरी जम्मा ग्याँससेल २० र SLR बाट blank round-१ हवाई फायर भएको, अवरोध खुलाउने क्रममा ४ जना प्र.क. (प्र.नि.१, प्र.ब.ना.नि.१, प्र.ब.ह.१, प्र.ज.१) हरु घाईते भई सामान्य उपचार पश्चात सबै प्र.क.कार्यालयमा रहेको, सर्वसाधारण ऐ.गढी गा.पा.६ बस्ने वर्ष २७ को नरेश उराव सामान्य घाईते उपचारको लागि जि. अस्पताल सुनसरी पठाई उपचार पश्चात ऐ.२५ गते ०२:०० बजे डिस्चार्ज भएको, उक्त घटनाको सम्बन्धमा सोधपुछ तथा अनुसन्धानको लागि ऐ.कोशी गा.पा.१ बस्ने वर्ष ४२ को भोले भन्ने जोगेन्द्र यादब, कोशी गा.पा.१ बस्ने वर्ष २० को खुसी कुमार मण्डल र ऐ.बस्ने वर्ष २१ को सन्तोष कुमार मण्डललाई नियन्त्रणमा लिई जि.प्र.का.सुनसरीमा ल्याई राखेको ।

 

लागु औषध,

सुनसरी, ईटहरी उ.म.न.पा.१९ ब्रहमपुर स्थितबाट ऐ.बस्ने वर्ष ३८ को चक्र बहादुर जिमीले गाउँ घरकै आसपासको एरियामा ला.औ.खैरो हिरोईनको कारोबार गर्ने गरेको भन्ने सुचनाको आधारमा इ.प्र.का.इटहरीबाट प्र.ह.को कमाण्डमा खटिएको टोलीले २४ ग्राम ४४ मिलिग्राम ला.औ.खैरो हेरोइन जस्तो देखिने पदार्थ र को ३९ प ३१२३ नं.को मो.सा.सहित पक्राउ गरी लिई इ.प्र.का.ईटहरीमा ल्याई राखी थप अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार
मिति २०८३।०२।१२ गते ०५:०० बजे देखि २०८३।०२।१३ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८३-०२-१३

कर्तव्य ज्यान,मकवानपुर,मनहरी गा.पा.३ घर भई ऐ. हेटौडा उ.म.न.पा.१ चौकीटोल डेरा गरी बस्ने अं.वर्ष ४५ को रामलाल ब्लोनले आफ्नै श्रीमती अं.वर्ष ४२ की ओम कुमारी भुजेललाई कुटपिट गरी घाईते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्र.नि.को कमाण्डमा टोली खटी गई उपचारको लागि हेटौडा अस्पताल मकवानपुर पठाएकोमा ऐ.११:०० बजे चिकित्सकले चेकजाँच गरी मृत घोषणा गरेको, शव सोही अस्पतालमा रहेको, मृतकको मुख, दुबै हातखुट्टा र ढाडमा समेत निलडाम चोट देखिएको, कुटपिट गर्ने श्रीमान रामलाल ब्लोनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । ला.औ.,काठमाण्डौं, का.म.न.पा.१५ बुद्ध पार्क नजिक ला.औ.खैरो हिरोइन बिक्री वितरण भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त स्वयम्भुबाट प्र.ना.उ.को कमाण्डमा खटिएको टोलीले जि.सिन्धुपाल्चोक साँगाचोक ८ घर भई हाल काठमाडौँ म.न.पा.१५ बुद्ध पार्क बस्ने वर्ष ४२ को कुमार लामालाई  ला.औ.खैरो हिरोइन जस्तो देखिने १२५ ग्राम २९० मिलिग्राम (प्लास्टिक सहित), फेनार्गन २५ एम्पुल, डाइजेपाम २५ एम्पुल र नाइट्रोभेट १०५ क्याप्सुल, विभिन्न कम्पनीका ६ थान मोबाइल, १ थान किप्याड मोबाईल,१ थान ट्याब र नगद रु.३० लाख १७ हजार २ सय ४५ सहित नियन्त्रणमा लिई आ.अ.भइरहेको, । हातहतियार बरामद,पाँचथर, फिदिम न.पा.११ खमारे स्थित ऐ.बस्ने अं.वर्ष ४४ को देउ बहादुर आङ्बोको घरमा लाईसेन्स नभएको बेचालु अवस्थामा काठको बिड भएको एक नाले भरुवा बन्दुक लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा जि.प्र.का.बाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई उक्त भरुवा बन्दुक सहित निज देउ बहादुर आङ्बोलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । सुन बरामद,काठमाण्डौं, हिमालय एअरलाईन्सको उडान नं.H9 766 द्वारा दुबईबाट काठमाण्डौं आगमन भएको यात्रु जि.सर्लाही बागमती न.पा.३ स्थायी वतन भएका राहदानी नं.PA3356402 वाहक वर्ष ३३ को बुद्धमान मोक्तानलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको आगमन टनेल गेट/Welcome गेटमा Random चेकिङको क्रममा प्रहरीले निजलाई शंका लागि खानतलासी गर्दा निजको लगेजबाट सुन जस्तो देखिने पहेँलो रंगको धातुको औंठी  थान २, जम्मा तौल-१२.३७ ग्राम, iPhone 15 Pro Max (Serial No. DWXF3FYJ2G थान- १, DELL कम्पनीको Laptop Latitude 5400 को थान-१ फेला परेकोमा प्रारम्भिक सोधपुछ गर्दा निजले उल्लेखित सामानहरु आफ्नो नभई दुबईमा रहेको नामथर, वतन नखुलेको (सम्पर्क नं.९७१५५९४००६७८/ ९७१५६९७२५१९०) एक जना नेपाली दाईले आफुलाई दिएको र उक्त सामानहरु काठमाडौं विमानस्थलमा पुगी नामथर थाहा नभएको सम्पर्क नं.९८४११२५८४० रहेको व्यक्तिलाई बुझाई देउ तिमिलाई कुनै पनि समस्या पर्दैन भनी पठाएको हुँदा उल्लेखित सामानहरू बोकी ल्याएको मात्र हो भनी बताएकोले आवश्‍यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरणमा बुझाएको ।लागु औषध,बाँके, नेपालगंज उ.म.न.पा.४ बसपार्क नजिकै प्र.स.नि.कमाण्डमा खटिएको प्रहरी टोलीले ऐ. बस्ने अं.वर्ष १९ को बिष्णु कोरी र ऐ. बस्ने वर्ष २६ को सलिम सलमानीलाई शंका लागि चेकजाँच गर्दा सलिम सलमानीको साथबाट ला.औ. ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ शुद्ध तौल ५१ ग्राम ७१० मिलि ग्राम र डिजिटल तराजु थान १ फेला पारी बरामद गरी ला.औ. सहित दुबै जनालाई नियन्त्रणमा लिई  थप अनुसन्धान भईरहेको ।  मोरङ, कानेपोखरी गापा.०७ जहदा स्थितमा प्र.स.नि.को कमाण्डमा खटिएको टोलीले गस्तिको क्रममा रमाईलोबाट कानेपोखरी तर्फ आउदै गरेको प्र.१-०२-०४८ प १८८४ नं.को स्कुटर चेकजाँच गर्दा स्कुटर चालक ऐ.५ चिसाङ बस्ने बर्ष अं.३३ को बिर बहादुर घिसिङको साथबाट ला.औ औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १२ ग्राम ८८० मिलि ग्राम फेला पारेको , स्कुटरमा पछाडी सवार ऐ.७ कानेपोखरी बस्ने बर्ष अं.३७ को सन्तोस लिम्बु समेतलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।

मिति २०८३।०२।११ गते ०५:०० बजे देखि २०८३।०२।१२ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८३-०२-१२

कर्तव्य ज्यान,रौतहट, न.पा.४ ठाडाटोल बस्ने दिलराज सुबेदीको छोरा वर्ष अं.३० को बिष्णु सुबेदीलाई ऐ.निजगढ न.पा.६भवाराटोल बस्ने ज्ञान बहादुर मोक्तानको छोरा वर्ष ३८ को बिमल मोक्तानले आफनो घरमा घरायसी झै-झगडा गर्दा निज बिष्णु सुबेदीले छुट्याउने क्रममा बिमल मोक्तनाले धकेल्दाँ बिष्णु सुबेदीको टाउकोमा चोट लागी बेहोस भई उपचारको लागी चपुर प्रा.ली.अस्पताल चपुर पठाई सामान्य उपचार पश्चात थप उपचारको लागि बिरगंज लगेर उपचार पश्चात घरमा ल्याएकोमा मिति २०८३।०२।१२ गते ००:१५ बजे जटिल भएको भनी निजको छिमेकी सहदेव हुमागाईमार्फत जानकारी गराउनासाथ इ.प्र.का.चन्द्रनिगाहपुरबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गइ घाईतेलाई सरकारी अस्पताल पठाएकोमा डाक्टरले चेकजाँच गर्दा ऐ.००:३० बजे मृत घोषणा गरेको, शव सरकारी अस्पतालमा राखिएको, कुटपिट गर्ने व्यक्तिलाई नियन्त्रणमा लिई इ.प्र.का.चन्द्रनिगाहपुरमा राखिएको,। ज.ज.क./बाल यौन दुर्व्यवहार,सल्यान, मिति २०८२ साल भाद्र महिना गते एकिन नभएको दिउँसो अं.१३:०० बजे जि.सल्यान बागचौर न.पा.०८ बिउरेखोला स्थितमा जाहेरवालाको घरको कोठामा ऐ.बस्ने वर्ष १२ को बालकले पीडित ऐ.बस्ने वर्ष ७ की बालिकालाई ज.ज.क.गरेको हुँदा निज कानूनको विवादमा परेका बालकलाई करणी सम्बन्धी कसूर (ज.ज.क.) मुद्दामा कानून बमोजिम कारवाही गरी पाउँ भन्ने व्यहोराको मिति २०८३।०२।११ गते १८:०० बजे इ.प्र.का.थारमारेजाहेरी दरखास्त दिएको, ज.ज.क.गर्ने बालक फरार रहेको, इ.प्र.का.थारमारेबाट प्र.स.नि.को कमाण्डमा टोलि खटी गएको, । प्रहरी कर्मचारी मृत्यु,कालिकोट, तिलागुफा न.पा.५ स्थित रहेको प्र.चौ.खल्लागाडमा कार्यरत वर्ष ४८ को जि.बाँके राप्ती सोनारी गा.पा.२ घर भएका, इ.प्र.का.पचालझरना कालिकोट दरबन्दीका (क.को.नं.४२४४१०) प्र.स.नि.लिला बहादुर खत्री ड्यूटीको क्रममा अचानक छाति दुखी बेहोस भई उपचारको लागी एम्बुलेन्सद्वारा जि.अस्पताल मान्न कालिकोट पठाई उपचार भईरहेकोमा ऐ.१२:२५ बजे डाक्टरले चेक जाँच गर्दा मृत घोषणा गरेको, ऐ.१६:५० बजे मृतक प्रहरी सहायक निरीक्षक लिला बहादुर खत्रीको शव प्र.चौ.खल्लागाडमा कार्यरत प्रहरी नायव निरीक्षक अजय कुमार मिश्रको जिम्मा लगाई क.प्र.०२००१झ २०३ नं.को एम्वुलेन्सद्धारा भेरी अस्पताल नेपालगंजको लागी हिडेको । VISIT VISA मा कुवेत जान लागेको महिला फिर्ता गरेको,काठमाण्डौ, २०८३।०२।११ १७:३० फ्लाई दुवईको उडान FZ 1596 नं.को फ्लाईट द्वारा दुवई हुदै ओमान (मस्कट) जान लागेको नेपाली महिला नागरिक जि.चितवन खैरहनी न.पा.१ स्थाई वतन भएको वर्ष ३९ की राहदानी नं.11591103 बाहक साबित्री ढुंगाना बिभिन्न व्यक्ती हरुको प्रलोभनमा परी परिवारको स्विकृती बिना VISIT VISA मा काम गर्न खाडी मुलुक (भिसा मस्कट ओमानको रहेको) जान लागेकोमा निजको छोरी जिल्ला चितवन खैरहनी न.पा.१ स्थाई वतन भएको ना.प्र.नं.३५-०१-७८-१०९२२ वाहक वर्ष २२ की साधना ढुंगाना (सम्पर्क ९८६५००९४४९) ले नेपाल सरकार युवा, श्रम तथा रोजगार मन्त्रालयमा आमाको प्रस्थान अनुमती रोकिदिनुहुन भनी निवेदन दिएको उक्त निवेदनको आधारमा नेपाल सरकार युवा, श्रम तथा रोजगार मन्त्रालयको मिति २०८३/०२/११ गतेको च.नं.७७ को पत्रको आधारमा निज यात्रु डिपार्चर अध्यागमनको स्टयाम्प लगाई सेक्युरिटी चेकजाँचको लागी लाईनमा उभिएको अवस्थामा नियन्त्रणमा लिई डिपार्चर क्यान्सिल गराई छोरीको जिम्मा लगाई पठाएको । ला.औ., काठमाण्डौं, का.म.न.पा.१५ बुद्ध पार्क नजिक ला.औ.खैरो हिरोइन बिक्री वितरण भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त स्वयम्भुबाट प्र.ना.उ.को कमाण्डमा खटिएको टोलीले जि.सिन्धुपाल्चोक साँगाचोक ८ घर भई हाल काठमाडौँ म.न.पा.१५ बुद्ध पार्क बस्ने वर्ष ४२ को कुमार लामालाई  ला.औ.खैरो हिरोइन जस्तो देखिने १२५ ग्राम २९० मिलिग्राम (प्लास्टिक सहित), फेनार्गन २५ एम्पुल, डाइजेपाम २५ एम्पुल र नाइट्रोभेट १०५ क्याप्सुल, विभिन्न कम्पनीका ६ थान मोबाइल, १ थान किप्याड मोबाईल,१ थान ट्याब र नगद रु.३० लाख १७ हजार २ सय ४५ सहित नियन्त्रणमा लिई आ.अ.भइरहेको, ।

मिति २०८३।०२।१० गते ०५:०० बजे देखि २०८३।०२।११ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८३-०२-११

ज.ज.क./बाल यौन दुर्व्यवहार,बर्दिया, गेरूवा गा.पा.५ सुखाड बस्ने अं.वर्ष २९ को अनुप रोकायले ऐ.४ बस्ने वर्ष २० की (क) वर्गकी अविवाहित अपांगलाई विवाह गर्छु भनि माया प्रेमको झुटो आश्वासन, प्रलोभन देखाई ललाई फकाइ गरि ऐ.२/८ गते अं.०२:०० बजे ज.ज.क.गरेको भनि ऐ.१० गते १५:०० बजे पीडितले इ.प्र.का.पाताभारमा आवश्यक कारबाही गरी पाँउ भनी जाहेरी दरखास्त दिनासाथ प्र.नि.को कमाण्डमा टोली खटी गई बुझ्दा पीडक तत्काल फरार रहेकोले खो.त.कार्य भईरहेको, पीडित महिलालाई स्वास्थ्य परिक्षणका लागि बर्दिया अस्पताल गुलरिया तर्फ पठाएको, अवस्था सामान्य । बाँके, मिति २०८३।०२।०४ गते अं. २१:०० बजे, जि. बर्दिया बाँसगढी न.पा २ बस्ने वर्ष अं.१७ की बालिकालाई जि.बाँके बैजनाथ गा.पा.६ गुरुवा गाँउ बस्ने वर्ष अं.१९ को सोनु भन्ने मिराज दर्जिले ऐ. कोहलपुर न.पा.११ स्थित सरु मगरको घरमा भाडामा लिएको कोठामा लगि ज.ज.क. गरेको भनी निजको हजुर आमाले ऐ.१० गते इ.प्र.का कोहलपुर आई जाहेरी दर्खास्त दिएको हुँदा उक्त स्थानमा प्र.ना.नि को कमाण्डमा टोली खटी गई पीडक सोनु भन्ने मिराज दर्जिको खो.त.कार्य भईरहेको । शिशु मृत फेला परेको,सुर्खेत, बिरेन्द्रनगर न.पा.१ स्थित रहेको त्रिपुरेश्वर सामुदायिक वनमा  जमिन मुनि खाडलमा बालक गाडेको अवस्थामा छ भनि स्थानीय मार्फत खबर प्राप्त हुनासाथ प्र.चौ.बाङ्गेसिमलबाट प्र.ब.ह. को कमाण्डमा टोली र ऐ.वडाका वडा अध्यक्ष लगायत स्थानीयहरुको टोली पुगि उक्त खाडल भित्र हेर्दा अं.७/८ महिनाको बालक मृत अवस्थामा जमिन मुनि पुरेको अवस्था रहेको, उक्त स्थानमा थप अनुसन्धानको लागि जि.प्र.का.सुर्खेतबाट प्र.नि. को कमाण्डमा टोली खटि गई ऐ.२१;४० बजे घटना स्थल कार्य समाप्त पश्चात लाश पो.मा. को लागि प्रदेश अस्पताल कालागाँउ सुर्खेत पठाएको मा ऐ.२१;५० बजे शब गृहमा राखि थप अनुसन्धान भईरहेको । बिदेशी मुद्रा बरामद,रसुवा, उत्तरगया गा.पा.५ बेत्रावती बजार स्थित पासाङ ल्हामु सडक खण्डमा प्र.चौ.बेत्रावती रसुवाबाट प्र.स.नि.को कमाण्डमा खटिएको टोलिले नियमित सवारी साधनहरु चेक जाँच गर्ने क्रममा काठमाण्डौबाट टिमुरे तर्फ जाँदै गरेको बा.प्र.०१००६ ख ९५१५ नं. को यात्रुबाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार मित्रराष्ट्र चाईनाको मानसरोवरको लागि जादैँ गरेको भारतिय नागरीकहरु ३० जनाको ग्रुपको गाईड जिल्ला धादिङ गंगाजमुना गा.पा. ५ बस्ने बर्ष ३७ को सुशिल गुरुङको साथबाट अमेरीकी डलर १०० को ३६३ वटा, ५० को ११२ वटा, २० को २९ वटा,१० को ५० वटा, ५ को ३ वटा र १ को ५ वटा गरी जम्मा ४३,०००।- (त्रिचालिस हजार मात्र) अमेरिकी डलर फेला पारी निज गाईडलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । लागु औषध,सिन्धुली, कमलामाई न.पा.९ भिमान चेकपोष्ट स्थित वि.पि.राजमार्ग सडकखण्डमा इ.प्र.का.भिमानबाट प्र.नि. को कमाण्डमा खटिएको टोलीले जनकपुरबाट काठमाण्डौ तर्फ जाँदै गरेको बाग्मती प्रदेश-०३-००१ ज १४२० नं. को EV रोकी चेकजाँच गर्दा सोही हाईसको ११ नं. सिटमा सवार जि.महोत्तरी भङ्गा न.पा.४ बस्ने वर्ष २३ को राजन महतोको साथबाट ला.औ.खैरो हेरोईन जस्तो देखिने अर्ध गिलो पदार्थ ५०.५७० ग्राम फेला पारी नियन्त्रणमा लिई अनुसन्धान गर्दा निज सँगै सोही गाडीमा सँगै साथी समेत रहेको भन्ने जानकारी हुनासाथ सोही गाडी चेकजाँच गर्दा अर्कै गाडीमा चढेको अवस्थामा जि.महोत्तरी भङगा न.पा.४ बस्ने वर्ष ३३ को राजाबाबु महत्तोलाई  इ.प्र.का. खुर्कोटमा नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।  मकवानपुर, मनहरी गा.पा. ७ मनहरी पुल नजिक इ.प्र.का. मनहरी मकवानपुरबाट  प्र.ब.ना.नि को कमाण्डमा खटिएको गस्ति टोलिलाई  देख्ना साथ २ वटा मो.सा.मा  रहेका अं. ४ जना मानिसहरु १ वटा झोला सोही स्थानमा छाडी फरार भएकोमा उक्त  झोला खोली हेर्दा  ला.औ. अफिम २५ किलो ९ सय ९० ग्राम  (तौल गर्दा)  फेला परेकोले इ.प्र.का. मनहरी मकवानपुरबाट प्र.नि. को कमाण्डमा टोलि खटी गई हाईवेमा जडान  भएका CC क्यामेरा समेतको सहायताले फरार मो.सा. सहितका मानिसहरुको  खो.त. तथा अनुसन्धान भईरहेको ।

मिति २०८३।०२।०९ गते ०५:०० बजे देखि २०८३।०२।१० गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८३-०२-१०

फुटकर ज्यान,कैलाली, मिति २०८३।०२।०८ गते २०;०० बजे जानकी गा.पा.८ मटेरा बस्ने बर्ष ५६ धन बहादुर देवकोटा मदिरा सेवन गरी पक्कि सडकमा लडी घाईते भई तत्काल आफन्त तथा स्थानियले उपचारको लागी लालरत्न अस्पताल लम्कीमा लगी सामान्य उपचार पश्चात थप उपचारको लागी मेडिकल कलेज कोहलपुर लगिएकोमा आज मिति २०८।०२।०९ गते बिहान अं.०७;५६ बजे निज धन बहादुर देवकोटाको उपचारको क्रममा मृत्यु भएको भनी कोहलपुर मेडिकल कलेजमा कार्यरत .प्र.क. ले ऐ.०९;३० बजे प्र.चौ. अमरावतीमा जानकारी गराएको, सो पश्चात तत्काल प्र.चौ.अमरावतीबाट प्र.स.नि. हिक्मत शाही (९८४४८६८५६६) को कमाण्डमा प्रहरी टोली खटि गएको, लाश सोही अस्पतालमा रहेको, सो सम्बन्धमा बिस्तृत बुझ्न इ.प्र.का.टीकापुर कार्यालयका कार्यालय प्रमुख प्र.ना.उ. प्रकाश डाँगी (९८५८४९०३०६) को कमाण्डमा अनुसन्धान अधिकृत समेतको थप प्रहरी टोली खटि गएको । थप टिपोटः- छिमेकी संग बादबिबाद भई झै-झगडा भएको भन्ने बुझिन आएको । थप टिपोट;- ऐ. १२;१५ बजे झै-झगडामा संलग्न ऐ. बस्ने बर्ष ५५ को प्रदेशि चौधरीलाई नियन्त्रणमा लिई अनुसन्धानको लागी यसकार्यालयको हिरासतमा राखिएको । ईलाम, रोङ गा.पा. ४ भालुझोडा बस्ने (साङ्केतिक नाम ०८२/०८३ पशुपति झ १) को छोरी बर्ष २६ की (साङकेतिक नाम ०८२/०८३ पशुपति झ) (अबिवाहित) लाई निजको आफ्नै दाई वर्ष अं.२८ साङकेतिक नाम ०८२/०८३ पशुपति झ ५)ले घरमा कोही नभएको मौका छोपी शंबेदनशिल अङ्ग ( स्तन ) समेत छोई हातपात गरी ज.ज.क प्रयास गर्न खोजेको भनी पिडितको हजुरबुवा साङकेतिक नाम ०८२/०८३ पशुपति झ ३) मिति २०८३।०२।०९ गते अं.१८;३० बजे इप्रका पशुपतिनगर,इलाममा आई लिखित जाहेरी दिन साथ तत्काल प्रचौ किटेनी, इलामबाट प्रसनि याँम चन्द्र कार्की(९७६९७२२८०२)को कमाण्डमा प्रहरी टोली खटिगई पिडकलाई नियन्त्रणमा लिई इप्रका पशुपतिनगर इलाममा ल्याई राखिएको, । ला.औ., बाँके, नेपालगंज उ.म.न.पा.१५ पिप्रहवा स्थित ३० नं.गण हे.क्वा बागेश्वारी बाँकेबाट स.प्र.नि.को कमाण्डमा खटी गएको गस्ती टोलीले नेपाल देखी भारत तर्फ जादै गरेको पैदल यात्री जि.बाँके कोहलपुर न.पा.१० बस्ने रण बहादुर रोकायालाई  संकास्पद अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ  जि.प्र.का.बाँके प्र.ब.ना.नि.को कमाण्डमा टोलि खटी गई निज रण ब. रोकायालाई चेकजाँच गर्दा निजले बोकेको सेतो बोरामा ला.औ.अफिम जस्तो देखिने कालो पदार्थ शुद्ध तौल ५ के.जि.५८८ ग्राम,३ ग्राम ९४० मिलि ग्राम चरेस र सिलाजित जस्तो देखिने कालो पदार्थ २८८ ग्राम सहित निजलाई नियन्त्रणमा लिई जि.प्र.का.बाँकेमा ल्याई राखिएको. ।

मिति २०८३।०२।०७ गते ०५:०० बजे देखि २०८३।०२।०८ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८३-०२-०८

कर्तव्य ज्यान,सुनसरी, मिति २०८३।०१।२८ गते अं.१७:०० बजे,धरान उ.म.न.पा.१५ बगरकोट बस्ने वर्ष ४९ को सरु नेम्वाङ र ऐ.बस्ने निजकै छिमेकी वर्ष ३८ को अशोक लिम्बु बिच झै-झगडा हुँदा निज अशोक लिम्बुले सरु नेम्वाङको टाउकोमा सिसाको बोतलले प्रहार गरी घाईते भई उपचारको लागी वी.पी. कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानमा पठाईएको र निज अशोक लिम्बु र निजकै साथ झै-झगडामा संलग्न ऐ.बस्ने वर्ष ३३ को बुद्धबिर लिम्बु समेतलाई नियन्त्रणमा लिई इ.प्र.का.धरानमा ल्याई राखिएको ऐ. ०२।०८ गते ०२:०० बजे निज सरु नेम्वाङको उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अ.प्र.चौ.नयाँ बसपार्क धरानबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गएको,शव सोही अस्पतालमा रहेको । चोरी,लुटपाट/ठगी,झापा, बाह्रदशी गा.पा-०३ बस्ने छबिलाल साहको टिनको छानो भएको ३ कोठे पक्कि घरको पश्चिम उत्तर सरसामानहरु राख्ने गरेको कोठाको ताला खोलि के-कुन चोर भित्र पसि स्टिलको दराज ( गोदरेज) भित्र रहेको नगद , गरगहना चोरि गरेको भनि ऐ ०७ गते ०५:३० बजेको समयमा जानकारि प्राप्त हुनसाथ इ.प्र.का राजगढबाट प्र.ना.नि जबर बहादुर बस्नेतको कमान्डमा प्रहरी टोलि खटि गइ, खो.त. तथा बुझ्ने कार्य भइरहेको, । चोरि भएको बिबरण- सुनको नाकको फुलि-०१, तथा कानको टप १ जोर (२ थान) जम्मा= १ तोला चाँदिको पाउजु ३ जोर ( ६ थान), सिक्रि- १ थान, टुक्रा गरि जम्मा-२४ तोला, नगद रु.-७०,००० ने. रु. भारु-५,००० गरी जम्मा अ.मु.रु.५,००,०००।– बराबरको चोरी भएको । धारिलो हतियार (खुकुरी) प्रहार,उदयपुर, त्रियुगा न.पा.२ संगम टोल बस्ने रबिन्द्र पौडेलको घरको आँगनमा ऐ.बस्ने वर्ष अं.२९ की सुमा राईलाई ऐ.बस्ने वर्ष अं.४३ को बिनोद राईले (नातामा मामा पर्ने) के-कुन कारण धारिलो हतियार (खुकुरी) प्रहार गरेको भन्ने खबर स्थानीयले जि.प्र.का.उदयपुरमा जानकारी गराउनासाथ जि.प्र.का.उदयपुरबाट प्र.नि.को कमाण्डमा प्रहरी टोली खटी गई घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल उदयपुर पठाई सामान्य उपचार पश्चात ऐ.११:५० बजे थप उपचारको लागि न्युरो अस्पताल बिराटनगर पठाई उपचार भइरहेको, शरिरको बिभिन्न भाग र टाउकोमा चोट, अवस्था गम्भीर रहेको, धारिलो हतियार (खुकुरी) प्रहार गर्ने बिनोद राईलाई नियन्त्रणमा लिई जि.प्र.का.उदयपुरमा ल्याई थप अनुसन्धान कार्य भईरहेको । ला.औ., बारा, जितपुरसिमरा उ.म.न.पा.१ दुधौरा पुल नजिकै हाईबेमा पिलुवाबाट डुमरवाना तर्फ आउदै गरेको आल्फाबेट नखुलेको ४३११ नं. कालो कलरको कार इ.प्र.का.सिमराबाट खटी गएको प्र.ह.र ला.औ.नियन्त्रण ब्युरो शाखा कार्यालय बीरगंज पर्साबाट प्र.स.नि. को कमाण्डमा खटी गएको टोलीले सोही कारमा लोड गरी ल्याएको ९ पोका ला.औ. गाजाँ १२५ किलो गाँजा रोडको छेउ जंगलमा फाली चालक तथा गाडी फरार भएको,ला.औ.गाँजा ओसार पसार गर्ने मध्येका एक जना जि.रौतहट चन्द्रपुर न.पा.१ पौराही घर भई हाल जि. बारा जितपुरसिमरा उ.म.न.पा.१८ पसहा टोल बस्ने बुद्धि वहादुर स्याङतानको छोरा वर्ष २७ को मान बहादुर स्याङतान सहित ला.औ.गाँजा(१२५ के.जि.) नियन्त्रणमा लिई इ.प्र.का.सिमरामा ल्याई आ.अ.भईरहेको, कार र कार कार चालकको खो.त.भईरहेको, ।

मिति २०८३।०२।०६ गते ०५:०० बजे देखि २०८३।०२।०७ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८३-०२-०७

ज.ज.क./बाल यौन दुर्व्यवहार,दाङ, मिति २०८३।०२।०५ गते अं.२१:३० बजे, तुलसीपुर उ.म.न.पा.२ बस्ने वर्ष १९ की महिलालाई ऐ. उ.म.न.पा.-१० बनगाउँ बस्ने वर्ष अं.२४ को ओम चौधरी, ऐ.बस्ने बर्ष अं.२२ को सुमन भन्ने राजेन्द्र चौधरी र ऐ.उ.म.न.पा. ८ टिकरी बस्ने वर्ष २४ को राजेश चौधरीले ऐ.उ.म.न.पा.२ मचोट स्थित खेत बारीमा बोलाई डर त्रास देखाई निजहरू ३ जनाले ज.ज.क.गरेको भनि ऐ. ६ गते १७:०० बजे इ.प्र.का.तुलसीपुरमा लिखित जाहेरी दरखास्त दिएकोमा तत्काल प्र.स.नि.को कमाण्डमा टोली खटी गई संलग्न २ जना ओम चौधरी र सुमन भन्ने राजेन्द्र चौधरीलाई लाई निजहरुको घर वतनमा फेला पारी नियन्त्रणमा लिई इ.प्र.का.तुलसीपुरको हिरासत कक्षमा राखी अनुसन्धान भईरहेको साथै संलग्न फरार राजेश चौधरीको  खोजतलास भईरहेको , पीडितको स्वास्थ्य अवस्था सामान्य रहेको, निजको आमाको जिम्मा लगाई पठाईएको । भेप सहित मानिस नियन्त्रणमा,रसुवा, विशेष सूचनाको आधारमा इ.प्र.का.टिमुरेबाट प्र.नि.को कमाण्डमा खटी गएको प्रहरी टोलिले गोसाईकुण्ड गा.पा.१ दालफेदी बस्ने वर्ष ४४ की मम्माया तामाङको घर र आसपासका ८ घरहरूमा खानतलासी गर्दा घर कोठाभित्र लुकाई छिपाई राखिएको अवस्थामा ६ वटा प्लाष्टिकको बोरा भित्र रहेको ६ वटा कार्टुनमा (ELFBAR ICE KING तिस हजार पफ) भेप १,२२५ वटा पिस ( एक हजार दुई सय पच्चिस वटा पिस मात्र ) प्रतिपिस अ. ने.रु ३०००/- को दरले, जम्मा ने.रु ३६,७५,०००/-  बराबरको भेप फेला पारी उक्त परिमाणको भेप सहित ८ जना मानिसहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । ला.औ.,सुनसरी, धरान उ.म.न.पा.१७ पशुपती चोक स्थित बुद्दनारायण धामीको घरमा ला.औ.कारोबार भईरहेको  भन्ने सूचनाको आधारमा व.प्र.का.धरानबाट प्र.व.ना.नि.को  कमाण्डमा खटिएको टोलीले ऐ.बस्ने वर्ष ३३ की जानकी धामी,  ऐ.बस्ने वर्ष ३२ को किरण राई , ऐ.बस्ने वर्ष ३५ को समिर राई, ऐ.बस्ने वर्ष २४ को विशाल राज धामीको  साथबाट एकमुष्ट ला.औ.ब्राउन सुगर नापतौल गर्दा १५ ग्राम ३०० मिलिग्राम फेला पारी चारै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।  काठमाण्डौ, टोखा न.पा.०९ गोंगबु टोकियो बजार टोल स्थित लक्ष्मी खाजा घरमा लागु औषध सहितको मानिस रहेको भन्ने बिशेष सूचनाको आधारमा तत्काल तालुक काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मार्फत नयाँ बसपार्क गोंगबुमा खटिएका प्र.ना.नि. सहितको टोली खटिगई उक्त स्थानमा जि.सुनसरी धरान उप.म.न.पा.१७ स्थायी घर भई हाल का.म.न.पा.२६ मित्रनगर बस्ने बर्ष ४० को देवेन्द्र राईलाई फेला पारी सोधपुछ, चेकजाँच गर्दा खैरो हेरोईन २.८१ ग्राम फेला पारी कानून बमोजिम बरामद गरी, पुनः निज बस्ने का.म.न.पा.२६ मित्रनगर स्थितमा रहेको जि.चितवन भरतपुर म.न.पा.२६ स्थायी घर हुने बर्ष ४३ को गणेश ढकालले संचालन गरेको होटल श्रमिक गेष्ट हाउसको दोस्रो तलाको कोठा नं. २०२ को कोठामा गई चेकजाँच तथा खानतलासी गर्दा ३१.९१ ग्राम खैरो हेरोईन फेला पारी दुवै स्थानको एकमुष्ठ तौल गर्दा ३४.७२ ग्राम, फेला पारी निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।