मिति २०८३।०१।२७ गते ०५:०० बजे देखि २०८३।०१।२८ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८३-०१-२८
- A
- A-
- A+
कर्तव्य ज्यान,
सुनसरी, धरान उ.म.न.पा.१० बेलगाछी
स्थित बाटोमा ऐ.बस्ने वर्ष २७ को जिवन भुजेललाई ऐ.धरान उ.म.न.पा.१९ खिम्दिङ
पुल चौक बस्ने अं. वर्ष २७ को जिमी भन्ने अर्जुन बिश्वकर्माले धारिलो हतियार छुरी
प्रहार गरी जिवन भुजेल घाइते भई उपचारको लागि वि.पि.कोईराला स्वास्थ्य विज्ञान
प्रतिष्ठान धरान घोपामा पठाई सामान्य उपचार पश्चात थप उपचारको लागि विराट नर्सिङ होम
विराटनगर पठाएकोमा ऐ.१६:३५ बजे चिकित्सकले चेकजाँच गरी मृत घोषणा गरेको, शव पो.मा.को लागि
बि.पि.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा धरान पठाएको, उक्त
स्थानमा इ.प्र.का.धरानबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको,ऐ.२२:००
बजे धरिलो हतियार छुरी प्रहार गर्ने जिमी भन्ने अर्जुन बिश्वकर्मालाई इप्रका
धरानबाट प्रनि बबिन राईको कमाण्डमा र कोशी
प्रदेश प्रहरी कार्यालय विराटनगर PIT बाट प्रसह अजय राज पाण्डेको
कमाण्डमा खटिएको प्रहरी टोलीले जि. मोरङ बेलबारी न.पा.-११ लक्ष्मीमार्ग मुनाल चौक स्थित
आफन्तको घरमा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरी इप्रका धरानमा ल्याई
थप अनुसन्धान भई रहेको ।
ज.ज.क./बाल यौन दुर्व्यवहार,
वलपरासी
पश्चिम, मिति २०८३।०१।२७ गते राती अं.०१:०० बजे
बर्दघाट न.पा.१५ शिवालयटोल बस्ने वर्ष २२ की महिलालाई आफ्नै घर कोठामा ऐ.बस्ने
छिमेकी वर्ष २० को केशब सुनारी मगरले पिडितको घरको छतबाट भित्र सुत्ने
बस्ने कोठाको चुक्कल खोली कोठा भित्र प्रवेश गरी पिडितलाई डर धम्की देखाई ज.ज.क.गरेको
भनी ऐ.१७;०० बजे खबर प्राप्त हुनासाथ इ.प्र.का.बर्दघाटबाट प्र.नि.को कमाण्डमा र
अ.प्र.पोष्ट केराबारीबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई केशब सुनारी मगरललाई
नियन्त्रणमा लिई इ.प्र.का.बर्दघाटमा राखिएको, उक्त स्थान
अ.प्र.पोष्ट केराबारीबाट अ.३ कि.मि.पश्चिम पर्ने ।
विष्फोटक पदार्थ (ग्रिनेट),
काठमाण्डौ,
का.म.न.पा.९ पशुपति रामन्दिर नजिकै रहेको जंगलमा शंकास्पद वस्तु फेला परेको भन्ने
खबर प्राप्त हुनासाथ प्रहरी वृत्त गौशलाबाट प्र.नि.को कमाण्डमा टोली खटी गई हेर्दा
36 ह्यान्ड ग्रेनेट ३ थान बेवारिसे
अवस्थामा फेला पारी उक्त स्थल सुरक्षित राखी नेपाली सेनासँग आवश्यक समन्वय गरी
नेपाली सेनाको मेजरको कमाण्डमा टोली खटी गएकोमा ऐ.स्थान नजिकै SLR
को खिया लागेको लाईभ राउण्ड
१ थान र खोका ३ थान समेत थप फेला परेकोमा ऐ.१०:३० बजे उक्त ३ थान ग्रेनेट, १ थान लाईभ राउण्ड र ३ थान खोका नेपाली सेनाको टोलीले लिएर गएको ।
लागु औषध,
काठमाण्डौ, जि.नुवाकोट
दुप्चेश्वर गा.पा.७ घर भई हाल जि.काठमाण्डौ तारकेश्वर न.पा.४ लोलाङ हरियाली बस्ति
स्थित तिलक बहादुर तामाङको घरमा डेरा गरी बस्ने वर्ष अं.२० को सागर तामाङको
डेरा कोठामा ला.औ.को कारोवार भईरहेको भन्ने सुचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट
प्र.ना.उ. कमाण्डमा टोली खटी गई खानतलासी गर्दा उक्त डेरा कोठा भित्र लागु औषधको
कारोवार गरीरहेका अवस्थामा ला.औ.Tramadol २४३२ क्याप्सुल, ला.औ.ब्राउन
सुगर ३.८१ ग्राम, Digital
तराजु थान १, नेपाली रुपैया रु.८६ हजार, बागमती प्रदेश ०२-०५६ प
१२५० नं.मो.सा. र बागमती प्रदेश ०२-०३४ प २९८८ नं.को स्कुटर फेला पारी उक्त ला.औ.,
नगद तथा सवारी साधन सहित जि.नुवाकोट दुप्चेश्वर गा.पा.७ घर भई हाल जि.काठमाण्डौ
तारकेश्वर न.पा.४ लोलाङ हरियाली बस्ति बस्ने वर्ष अं २० को सागर तामाङ समेत ४ जना मानिसहरु
नियन्त्रणमा लिई प्रहरी वृत्त बालाजुमा राखिएको, उक्त
घटनास्थल प्रहरी वृत्त बालाजुबाट अं.३ कि.मि.उत्तर पर्ने ।