प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मिति २०८३।०१।२९ गते ०५:०० बजे देखि २०८३।०१।३० गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।

२०८३-०१-३०

  • A
  • A-
  • A+
Share

कर्तव्य ज्यान,

गुल्मी, ईस्मा गा.पा. ६ साहुघर बस्ने बर्ष ४५ को थमन ब. कुमालले  आफ्नै श्रीमती बर्ष ४३ कि एमि कुमाललाई कुटपिट गर्दा (दुबै जनाले मा.प.से. गरेको) निज एमि कुमालको मुखमा चोट ,घाँटीमा निलडाम रहेको, अबस्था बोल्न सक्ने मध्यम  रहेको भनी स्थानीय मार्फत १९:०० बजे खबर प्राप्त हुनासाथ उक्त स्थानमा प्र.ब.ह. को टोलि खटि गई कुटपिट गर्ने थमन कुमाललाई   नियन्त्रणमा लिई जि.प्र.का गुल्मीमा पठाएको,घाइतेलाई उपचारको लागी ऐ.२१;०० बजे जिल्ला अस्पताल तम्घासमा ल्याई उपचार भईरहेकोमा २३;५१ बजेको समयमा  डाक्टरद्धारा मृत घोषणा गरेको । शव सोही अस्पतालमा रहेको, घटनास्थलमा प्र.नि.को टोलि खटी गई थप अनुसन्धान भईरहेको ।

 

ज.ज.क./बाल यौन दुर्व्यवहार,

बर्दिया, मिति २०८३।०१।२५ गते मधुवन न.पा.६  गाउँ नम्बर २ चट्टा टोल स्थित ऐ.बस्ने वर्ष १८ की बालिका घर बाहिर पिसाब फेर्न आएको अवस्थामा  मधुवन न.पा. ६ गणतन्त्र टोल बस्ने वर्ष २८ को सुशिल सुनारले ऐ.बस्ने चन्द्र बहादुर बि.क.को खेतबारीमा लगेर जबरजस्ती करणी गरेको भनी ऐ.२९ गते १३:२० बजे इ.प्र.का.ढोढरीमा जाहेरी दर्खास्त दिए पश्चात प्र.नि.को कमाण्डमा टोली खटी गई ऐ.१८;०० बजे निज सुशिल सुनारलाई टोलिले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।

 

कैलाली, गौरीगंगा न.पा.११ कान्तिपुर दक्षिण टोल बस्ने वर्ष १७ की बालिकालाई ऐ.२७ गते १५:०० बजे ऐ.बस्ने वर्ष १९ को मदन परियारले ज.ज.क. गरेको भनी इ.प्र.का. मसुरियामा ऐ.२९ गते ०८:४० बजे निज बालिकाले लिखित निवेदन दिएको हुँदा प्र.ना.नि.को कमाण्डमा टोली खटी गई निज मदन परियारलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।

 

झापा मिति २०८३।०१।२७ गते अं. १६:०० बजे जि.पाँचथर फाल्गुनन्द गा.पा. ६ आङसाराङ स्थायी ठेगाना भई हाल जि.झापा दमक न.पा.५ मा डेरा गरी बस्ने वर्ष १३ की बालिकालाई ऐ.दमक न.पा.५ नवसृजना टोल बस्ने वर्ष ४६ को कुमार ईङनामले बालयौन दुरुपयोग गरेको भनी पीडितको बुबाले इ.प्र.का.दमकमा ऐ.२८ गते १६:३० बजे जाहेरी दरखास्त दिएको हुँदा इ.प्र.का.दमकबाट प्र.नि.को कमाण्डमा टोली खटी गई निज कुमार ईङनामलाई निजको घरवतनबाटै पक्राउ गरी थप अनुसन्धान भईरहेको ।

 

सोलुखुम्बु, मिति २०८२।१२।०६ गते अं.२४:०० बजे परिवर्तित वतन जिल्ला ११ बस्ने परिवर्तित नाम सोलुखुम्बु २३A(०८२/०८३) लाई जिल्ला सोलुखुम्बु महाकुलुङ गा.पा.५ गुदेल बस्ने ठुलेमान राईको छोरा वर्ष अं.३२ को रसान्त कुलुङले निज पीडितको घरमा कोही नभएको मौका पारी (श्रीमान बैदेशिक रोजगारीको लागि UAE मा रहेको) घर भित्र सुत्ने कोठामा प्रवेश गरी जबरजस्ती करणी गरेको भनी पीडितले मिति २०८३।०१।२९ गते अ.१६:३० बजे प्र.चौ.बुङमा आई घटनाको बारेमा जानकारी गराउनासाथ प्रहरी टोली खटि गई घटनामा संलग्न रसान्त कुलुङलाई नियन्त्रणमा लिई थप अनुसन।धान भईरहेको ।

रोल्पा सुनिलस्मृति गाउँपालिका. वडा नं. २ हिले भन्ने स्थानमा सुनिलस्मृति गाउँपालिका. वडा नं.१ घोडागाउँ बस्ने बर्ष ३६ को राजु के.सी.ऐ.हिले बस्ने वर्ष २२ की महिलालाई ज.ज.क.गरेको भनी ऐ.२१:४५ बजे इ.प्र.का.सुलिचौरमा खबर प्राप्त हुनासाथ प्र.नि.को कमाण्डमा टोलि खटी गई राजु के.सी.लाई नियन्त्रणमा लिई थप अनुसन।धान भईरहेको ।

 

झुण्डी मृत्यु,

सिराहा, धनगढीमाइ न.पा. ४ नरसरी टोल वस्ने राम बहादुर महतोको छोरी अं. वर्ष १६ की कन्चन कुमारी महतो (अबिवाहित २०८२ मा SEE को परीक्षा दिएको फेल भएको भन्ने बुझिएको) ले माटोको गारो माथिबाट टिनको छानो भएको दुई तल्ले घरको भुइ तल्ले आफु सुत्ने कोठाको काठको बलोमा सलको पासो लगाई झुण्डि मृत्यु भएको भनि ऐ. अं. ११;५० बजे टे.फो. मार्फत जानकारी प्राप्त हुना साथ प्र.नि. को कमाण्डमा SOCO समेत टोली खटी गई ऐ. १३;२० बजे कानूनि प्रकृया पुरा गरी लास पो. मा. को लागी प्रदेशिक अस्पताल लहान पठईएको ।

 

लागु औषध,

सुर्खेत, बिरेन्द्रनगर न.पा.३ तातापानी स्थित प्र.नि. को टोलिले ऐ.स्थित आफ्नै घरमा बसिरहेको बर्ष अं.४८ को ऐकेन्द्र सुनार र ऐ.१४ बस्ने बर्ष २० को प्रशान्त सुनार लाई शंका लागी चेकजाँच गर्दा निजहरूको साथबाट ला.औ.ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ ३ ग्राम ७२० मिलिग्राम, स्रोत नखुलेको नेपाली नगद रू.५,१५,५५०/-(पाँच लाख पन्द्र हजार पाँच सय पचास ), विल भरपाई नभएको सुन जस्तो देखिने गरगहनाहरू माइली तिलहरी थान २, साइली तिलहरी थान १, कान्छो तिलहरी थान ३, चन्द्रमा थान ५ , चन्द्रमा हार थान १, टाउकोमा लगाउने काँटा थान ८, घाँटीमा लगाउने पाइप थान ४, कानमा लाउने जुली थान ६, कानमा लाउने टप थान ४, नथिया थान २, बुलाकी थान १, फुली थान १, मंडरी थान २, माला थान १ , औठी थान १, चाँदीको जस्तो देखिने गरगहनाहरू चाँदीको सिक्री थान ३, पाउजु थान ३०, औंठी थान ३२ , खुट्टामा लाउने बिछिया थान ४, चाँदीको सिक्का, पुरानो चाँदी थान ३, साना चाँदीको पाउजु अड्काउने थान २८, पुरानो चाँदीको सिक्री थान ५, चाँदीको सिक्का आधा, बाला थान १० र मोबाईल थान २ सहित निज २ जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।

 

बर्दिया, गुलरीया न.पा.७ महाकबी टोल स्थित बाबा पेट्रोल पम्प नजिकै बाइपास रोडमा प्र.नि.को कमाण्डमा खटिएको टोलीले देश भारत उतर प्रदेश खिरी तिकुनिया बस्ने बर्ष अ.३५ को तेजेन्द्र कुमार र ऐ.बस्ने बर्ष अ.२६ को बिजय सिंहले ला.औ.ब्राउन सुगर को कारोबार गरी रहेका छन भन्ने खबर प्राप्त हुनासाथ उक्त स्थानमा खटी गई निजहरुको साथबाट २८० ग्राम ला.औ.ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ फेला पारी उक्त ला.औ.सहित मानिस नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।

 

काठमाडौं, चन्द्रागिरि न.पा.८ कञ्चनबस्ती  स्थित चन्द्रागिरी न.पा.८ कञ्चनबस्ती घर भई  बस्ने बर्ष ५३ को टेक बहादुर लामिछानेको घरमा कोठामा बस्ने जि. मकवानपुर थाहा न.पा.११ का सुरेश स्याङताङग र जि.मकवानपुर टिस्टुङ्ग न.पा.५ घर भई हाल उक्त घरमा डेरा गरी बस्ने प्रेम बहादुर स्याङताङ्गले अबैध लागु औषध बिक्रिबितरण भई रहेको भन्ने बिशेष सूचनाको आधारमा  प्रहरी प्रभाग बलम्बुबाट प्र.नि. को टोली खटि गई उक्त घरको दोस्रो तलामा रहेको कोठामा कानून बमोजिम खान तलासि गर्दा लुकाई छिपाई राखेको अवस्थामा लागु औषध गाजाको धुलो जस्तो देखिने पदार्थ (पोल्यान) २ के.जि. १६४ ग्रामा, नगद नेपाली रुपया रु.१,७७५००/- (एक लाख सत्तहत्त हजार पाँच सय), उक्त लागु औषध ओसारपरामा प्रयोग भएको सवारी धनी सुरेश स्याङ्ताङ को प्र.३-०२-०१३ प.३७६७ नम्बर मोटर साईकल सहित सवारी दर्ता किताव थान १, सवारी धनी भिस्मराज सिमखडाको बा.९३ प.१८०९ नम्बरको मोटरसाईकल सहित सवारी दर्ता किताव थान १, डिजिटल तराजु थान १, ITEL किप्याड मोवाईल थान १  रितपुर्वक बरामद गरी प्रेम बहादुर स्याङताङ्गलाई  नियन्त्रणमा लिई प्रभाग बलम्बुको  राखी थप  अनुसन्धान कार्य भईरहेको, सुरेश स्याङताङग फरार रहेकोले खोजतलास भईरहेको ।

 

चितवन, राप्ती न.पा.११ आँपपानी  नजिक   चेपाङ मार्ग सडकखण्डमा बिशेष सूचनाको आधारमा इ.प्र.का.भण्डाराबाट प्र.नि.को कमाण्डमा खटिएको प्रहरी टोलीलाई देखि बागमती प्रदेश -०१ -०३३ च ६७५५ नं.को बोलेरो गाडी चालकले गाडि छाडी फरार भएको अवस्थामा उक्त बोलेरो गाडिलाई चेकजाँच गर्दा ला.औ. गाँजा १२६  के.जि.(प्याकिङ गरेको प्लाष्टिक सहित) फेला पारी उक्त गाँजा र  बोलेरो  गाडी  नियन्त्रणमा लिएको, चालकको खोजतलास भईरहेको ।

सम्बन्धित समाचार
मिति २०८३।०५।१५ गते ०५:०० बजे देखि २०८३।०५।१६ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१६

ज.ज.क./बाल यौन दुर्व्यवहार,सिन्धुली, कमलामाई न.पा.४ गणपती होटल पछाडि रहेको झोलुङ्गे पुलमुनि ग्वाङ् खोलामा वर्ष १० की बालिका र निजको साथी वर्ष ९ की बालिका समेत नुहाईरहेको अवस्थामा ऐ.दुधौली न.पा.३ बस्ने वर्ष २३ को भक्त बहादुर कार्कीले आफ्नो कपडा खोली खोला भित्रै पानीमा वर्ष १० की बालिकालाई जबरजस्ती करणी गरेकोमा निज बालिका रोई कराई गरेको अवस्थामा सोही ठाउँमा माछा मार्ने मानिसहरुले देखी निजलाई नियन्त्रणमा लिई प्र.चौ.ढुङ्ग्रेबासमा टे.फो.मार्फत जानकारी गराउनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज भक्त बहादुर कार्कीलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई ऐ.०५/१५ गते दिन ५ म्याद थप गरी अनुसन्धान कार्य भईरहेको,। संखुवासभा, भोटखोला गा.पा.०४ घर भई हाल जि.संखुवासभा मकालु गा.पा.०५ बस्ने अ.वर्ष ४३ को किरण तामाङले वर्ष २७ की महिलालाई ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.नुम संखुवासभाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई  पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको । उदयपुर, न.पा.वडा न.६ शिखरटोल बस्ने वर्ष १५ की  बालिकालाई जिल्ला उदयपुर बेलका न.पा. वडा न.०६ कात्तिके बस्ने वर्ष २१ को लाक्पा तामाङले ज.ज.क गरेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. रामपुरठोक्सिला  उदयपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको,बालिकाको अवस्था सामान्य रहेको । धरिलो हारहतियार प्रहार,बाँके, बैजनाथ गा.पा.८, गुरदयालपुर बस्ने वर्ष ४० की ठगनी थरुनीले निजको श्रीमान वर्ष ४३ को जंग बहादुर थारुलाई घरायसी विवाद हुँदा धारिलो हतियार (बन्चरो) ले टाउकोमा प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.रनियापुरबाट प्र.ह.को कमाण्डमा टोली खटी गई निज घाईतेलाई उपचारको लागी संजिवनी कलेज अफ मेडिकल साईन्सेज प्रा.लि. नेपालगंज, बाँकेमा पठाईएको, अवस्था गम्भीर, निज ठगनी थारू र निजले प्रयोग गरेको हतियार नियन्त्रणमा लिई इ.प्र.का.घनौलीमा पठाईएको,। मुस्ताङ, घरपझोङ गा.पा. वडा नं. २ मार्फा स्थितमा ऐ.बस्ने बर्ष अं. २८ को रोशन मगरले ऐ.ऐ. बस्ने बर्ष अं. २८ को राजेन्द्र परियारलाई धारिलो हतियार खुकुरीले टाउकोमा प्रहार गरी गम्भिर घाईते भएको छ भन्ने जानकारी प्राप्त हुनासाथ जि.प्र.का. मुस्ताङ बाट प्र.नि. ईश्वर महतको ( ९८५६०९१००६ ) कमाण्डमा ७ जनाको टोलि खटिई गई घाईतेलाई मार्फा स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात थप उपचारको लागि प्रदेश अस्पताल जोमसोम मुस्ताङ पठाईएको, धारिलो हतियार खुकुरी प्रहार गर्नुको कारण नखुलेको,दुवै जनाले मा.प.से. गरेको,उपचारमा घाईतेको आफन्त संलग्न, धारिलो हतियार खुकुरी प्रहार गर्ने व्यक्ति,खुकुरी जि.प्र.का. मुस्ताङको नियन्त्रणमा रहेको । ऐ.०३:४३ बजेको समयमा घाईते थप उपचारको लागि पोखरा रिफर भएको, उपचारमा श्रीमती निरमाया परियार (९७६३२७०१५४) संलग्न । हाम फाली बेपत्ता,सोलुखुम्बु, महाकुलुङ गा.पा.-५ चाचालुङ बस्ने सुमित कुलुङकी श्रीमती वर्ष अ.१८ की सम्झना नाछिरीङ राई श्रीमान-श्रीमतीबीच घरायासी विवाद भई श्रीमती ऐ. सोताङ गापा-४, नाम्लुङ माईती घर गएकोले श्रीमान पनि सँगै जाँदै गर्दा ऐ. महाकुलुङ गा.पा.५ र सोताङ गा.पा.४ को सिमाना स्थित गुदुङ खोलाको पुलबाट निज श्रीमती सम्झना नाछिरीङ राईले खोलामा हाम फाली बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. सोताङबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, । लागु औषध,उदयपुर, कटारी न.पा.६ बाँकेटार शान्तिवन स्थित वनभित्र ला.औ. गाँजा ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा इ.प्र.का. कटारीबाट प्र.नि.को कमाण्डमा २० जनाको टोली खटी गई उक्त वनभित्र खो.त.गर्दा बा १६ च ५२६९ नं.को बोलेरो गाडी र गाडी नजिकै जंगलमा विभिन्न स्थानमा लुकाई छिपाई राखेको ला.औ. गाँजा ५२ बोरा शुद्ध तौल ११२२ के.जि. ६७ ग्राम गाँजा र सोही स्थानमा ऐ. ताप्ली गा.पा. १ डाँडागाउँ बस्ने वर्ष ५५ को राम बहादुर मगर सहित ३ जनालाई फेला पारी ला.औ., गाडी सहित  तीनै जनालाई इ.प्र.का. कटारी ल्याई अनुसन्धान भइरहेको, ।  न.प.पश्चिम, नवलपरासी (ब.सु.प.) रामग्राम न.पा.०१ निलोगेट स्थितमा ला.औ.कारोबार भईरहेको भन्ने खबर प्राप्त हुनासाथ ला.औ.नियन्त्रण ब्युरो शाखा कार्यलय भैरहवा रुपन्देहीबाट प्र.ना.नि.को कमाण्डमा २ जना र जि.प्र.का.नवलपरासी (व.सु.प) बाट प्र.ना.नि.को कमाण्डमा ५ जनाको टोली खटी गई परासी देखि सुनवल तर्फ जादै गरेको भारतिय UP 56 AH 6189 न.को मो.सा.लाई रोक्न खोज्दा उक्त मो.सा.नरोकी भाग्ने क्रममा मो.सा.छाडी मो.सा.चालक देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज सेखली बस्ने वर्ष अं. ३३ को गिरिजेस श्रीवास्तव र सोही मो.सा. पछाडी सावर देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज निचलौल बस्ने वर्ष अं. २७ को दिपक भन्ने मिधलेस श्रीवास्तव भाग्दै गर्दा ब्यारेट पेस्तोलबाट ४ राउण्ड हवाई फाएर गरी निजहरुलाई रितपुर्वक नियन्त्रणमा लिई चेकजाँच गर्दा  ब्राउन सुगर जस्तो देखीने खैरो गिलो पदार्थ प्लाष्टिक रहितको तौल १५८ ग्राम नियन्त्रणमा लिई जि.प्र.का. नवलपरासीमा ल्याई राखिएको,चोटपटक कसैलाई केही नभएको ।

मिति २०८३।०५।१४ गते ०५:०० बजे देखि २०८३।०५।१५ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१५

ज.ज.क./बाल यौन दुर्व्यवहार,दाङ, मिति २०८२।११।०४ गते बिहान अं. ०४:०० बजेको समयमा जि. दाङ, राजपुर गा.पा.७ मनोहरा स्थित भैसाहीदेखि भौवानाका जाने बाटोमा पर्ने पुर्णबहादुर रोकाले घर बनाएको पुरानो स्थान नजिकैको जंगलमा ऐ. राजपुर गा.पा.७, भौवानाका बस्ने वर्ष ३७ की महिलालाई ऐ. राजपुर गा.पा.७ भित्री सिक्टा बस्ने वर्ष ३२ को जनक कुमालले ज.ज.क. गरेको भनि आज मिति २०८३।०५।१४ गते १७:३० बजे निज पीडितले आफैं इ.प्र.का. गढवामा लिखित जाहेरी दरखास्त दिएपश्चात् प्र.नि.को कमाण्डमा प्रहरी टोलि खटि गई पिडक जनक कुमाललाई ऐ. गढवा गा.पा.६ गढवा बजारमा हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई आ.अ.कार्य भईरहेको, पीडितको अवस्था सामान्य रहेको र निज पीडित गर्भवती रहेको, पीडित पीडक दुवैको मेडिकल परीक्षण हुन बाँकी रहेको । सिन्धुपाल्चोक, लिसंखुपाखर गा.पा.७ धामीटोल बस्ने वर्ष ३६ को पुरुषले कान्छी श्रीमतीको छोरी वर्ष १७ की बालिकालाई बाल यौन दुर्व्यवहार गर्ने प्रयास गरेको भनि ऐ.१९:०० बजे खबर प्राप्त पश्चात प्र.चौ.ठुलोपाखरबाट प्र.स.नि.को कमाण्डमा टोलि खटि गई पिडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । सुन बरामद,काठमाण्डौं , हिमालयन एयरलाईन्सको उडान द्धारा कतारको हुदै काठमाडौं आएका जिल्ला सर्लाही मलंगवा न.पा.३ बस्ने मोहम्मद जसिम फकिरले  सुनजस्तो देखिने पहेलो धातुको जस्तो देखिने सिक्री थान १ (अं.२५ ग्राम) ल्याएकोमा निजलाई संका लागी सोधपुछ गर्दा निजले भरियाको रुपमा उक्त सुन ल्याएको भनि मुखसावित वताएकोले निजलाई आवश्यक  अनुसन्धानको लागी नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएको कारण दिन एक सुरक्षित साथ राख्नका लागि प्रहरी वृत्त गौशला पठाएको । काठमाण्डौं, का.म.न.पा.९ एयरपोर्ट स्थित हिमालयन एयरलाईन्सको उडान द्धारा कतार हुदै काठमाण्डौ आएका यात्रुहरुलाई प्रयोग गरी नेपालमा सुन ओसारपसार गरी कारोबार गर्ने सिरहा जिल्ला सिरहा न.पा.७ घर भई बस्ने वर्ष ३४ को सन्तोष कुमार यादवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन तर्फको पार्किङ क्षेत्रमा बाह्‍य मुलुकबाट आगमन भएका यात्रुहरुले भन्सार छली गरी ल्याएको सुन जस्तो देखिने पहेँलो धातुको सिक्रि थान १ अं.तौल २५ ग्राम रिसिभ(संकलन) गरी अवैध रूपमा लैजान लागेको अवस्थामा नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएकोले ऐ.१९:३० बजे प्रहरी वृत्त गौशला पठाएको । कैदी मृत्यु,चितवन, चितवन कारागार ल्याएको कर्तव्य ज्यान केसको कैदि वन्दि क्यान्सर विरामी जि.पर्वत फलेवास गा.पा.२ वतन भएको वर्ष ४२ को बिनोद विक्रम कुवर मिति २०८३/०३/२२ गते देखि बि.पि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भई रहेकोमा ऐ.१४ गते उपचारको क्रममा मृत्यु भएको,शव सोहि अस्पतालमा रहेको,आफन्तहरु सगै रहेको । हतकडी सहित मानिस फरार,झापा, बिर्तामोड न.पा.८ स्थित देउनिया नजिकबाट चोरीमा संलग्न ऐ.भद्रपुर न.पा.१० बस्ने बर्ष २४ को सन्देश हस्दालाई अ.प्र.चौ.गरामनीबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलिले नियन्त्रण लिने क्रममा हतकडी सहित फरार भएको हुँदा इ.प्र.का.अनारमनीबाट प्र.ना.उ.को कमाण्डमा, जि.प्र.का.झापाबाट प्र.ना.उ.को कमाण्डमा र मातहत समेतबाट प्रहरी परिचालित गरी चेकिङ सहितको डिउटी निकाली खोजतलास भईरहेको । अस्पतालबाट बच्चा चोरी भएको,पर्सा, जि. सर्लाही  रामनगर गा.पा.३ बहुअर्वा बस्ने रन्जय दासको श्रीमती अं.वर्ष २७ की  रिन्कु देवीले  मिति २०८३/०५/१३ गते अं.२३:०० बजे जि.पर्सा विरगंज म.न.पा.०४ स्थित नारायणी अस्पतालमा शल्यक्रियाबाट नवजात शिशु (छोरा) जन्मिएकोमा ऐ.०५।१४ गते अं.१५:०० बजे अपरिचित अं.वर्ष ३५ की महिलाले बच्चा खेलाउछु भनि शिशुको हजुरआमासँग मागी बच्चा लिई गएकोमा हालसम्म सम्पर्कमा नआएकोले चोरी भएको भनि ऐ.१६:४५ बजे ऐ. अस्पतालमा खटिएको प्र.क.लाई जानकारी गराउनासाथ व.प्र.का.बिर्ताबाट  प्र.नि.को कमाण्डमा टोलि खटि गई बुझ्ने तथा खोजतलास कार्य भईरहेको । लागु औषध,कञ्चनपुर, भि.न.पा.११ होल्डिङ्ग सेन्टर (७ नं.पिल्लर) स्थित इ.प्र.का.गड्डाचौकीबाट प्र.ब.ना.नि.को कमान्डमा खटिएको प्रहरी टोलिले भारतबाट नेपाल आँउदै गरेको से. ६ प १५४९ नं.को मो.सा.चालक जि. कैलाली गोदावारी न.पा.०४ बस्ने अं.वर्ष २६ को प्रभाष मल्ल र सोही मो.सा.मा पछाडी सवार जि. डोटी जोरायल गा.पा.०१ बस्ने अं.बर्ष २६ को बिक्रम पातलीलाई शंका लागी चेकजाँच गर्दा शुद्ध तौल ६.५७ ग्राम खैरो हिरोइन जस्तो देखिने लागुऔषध सहित बरामद गरी आवश्यक कार्बाहीको लागि जि.प्र.का. पठाईएकोमा,  ऐ. १९:३०बजे सोधपुछको क्रममा निज वर्ष २७ को प्रभास मल्ल कम्प्युटर कोड नं.६३६४२ को स.प्र.बल नेपाल नं.३५ गण हे.क्वा. शैलेश्वरी झलारी कञ्चनपुर दरबन्दी भई नं.५२ गुल्म हे.क्वा. डडेल्धुरामा कार्यरत स.प्र.ज. रहेको भन्ने बुझिएको ।  पर्सा, वीरगञ्ज म.न.पा.१६ माईधिया पोखरी अगाडि सडक-खण्डमा बसपार्क तर्फ पैदल आउँदै गरेको देश भारत विहार राज्य जिल्ला पूर्णिया थाना सदर ग्राम हाजिरगञ्ज वडा नं.४५ बस्ने वर्ष १९ को कृष्णा कुजुँर लगायत ३ जना  व्यक्तिहरू माथि शंका लागि जि.प्र.का.बाट खटिएको प्र.नि.को विशेष टोलिले रोकी चेकजाँच गर्दा निजहरूको साथबाट ला.औ.ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ १०० ग्राम फेला पारी बरामद गरी ला.औ. सहित ३ जनालाई  नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।