मिति २०८३।०२।०३ गते ०५:०० बजे देखि २०८३।०२।०४ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८३-०२-०४
- A
- A-
- A+
कर्तव्य ज्यान,
कञ्चनपुर, आज मिति २०८३।०२।०४
गते अं ०६:४५ बजेको समयमा जिल्ला कञ्चनपुर दोधारा चाँदनी न.पा. वडा नं. ०५ रकुली
टोल बस्ने बर्ष अं. ४५ को लिला राम सुनार आफ्नै घरको सुत्ने कोठामा धारिलो हतियार
(चक्कु) प्रहार गरि मृत अवस्थामा रहेको छ भनि ऐ. ०७:०० बजे निजको श्रीमती बर्ष अ.
३६ कि यसोदा सुनार आफै इलाका प्रहरी कार्यालय दोधारा चाँदनीमा आई जानकारी
गराउनासाथ तत्काल इ.प्र.का.बाट प्र.नि. कृष्ण सोनी(९८५८७९००६२)को कमाण्डमा SCO सहित
१० जनाको टोली खटिइ गई ऐ.०७:०५ बजे घटनास्थलमा पुगि बुझ्दा निज लिला राम सुनार
रक्ताम्य भई मृत अवस्थामा रहेको, घटनास्थलबाट चक्कु बरामद
गरिएको,निजको श्रीमती यसोदा सुनारलाई नियन्त्रणमा लिई थप
अनुसन्धानको लागी इ.प्र.का.को हिरासतमा राखिइएको, उक्त स्थान
इ.प्र.का. दोधारा चाँदनीबाट अं. ०१ कि.मि. उत्तर पर्ने बि.बि. पछि ।
ज.ज.क./बाल यौन दुर्व्यवहार,
रामेछाप, रामेछाप न.पा.१
गोठगाँऊ खुर्पाती टोल बस्ने वर्ष अं.३५ की (अविवाहित, बोल्न,
हिड्न नसक्ने, शारिरिक रुपमा अशक्त) लाई आफ्नै
घरमा कोही नभएको मौका पारी ऐ.बस्ने जित बहादुर भुजेलको छोरा वर्ष अं.२१ को बिक्रम
भुजेलले ज.ज.क.गरेको भनी ऐ.वडाका कार्याबाहक वडाध्यक्ष सन्जित कार्कीले मिति
२०८३।०२।०३ गते अं.१४:०० बजे जानकारी गराउनासाथ प्र.चौ.साँघुटारबाट प्र.स.नि.को
कमाण्डमा टोली खटी गई पिडक बिक्रम भुजेललाई नियन्त्रणमा लिई जि.प्र.का.रामेछापमा
ल्याई थप अनुसन्धान कार्य भईरहेको ।
रसुवा, मिति २०८३।०२।०१ गते
अं.१८:०० बजे उत्तरगया गा.पा.३ पैरेगाउँ बस्ने वर्ष १२ की बालिकालाई ऐ.बस्ने वर्ष
अं.२८ को शंकर नेपालीलाई निज बालिकाको आफ्नै घरको शौचालयमा लगेर ज.ज.क.गरेको भनी
मिति २०८३।०२।०३ गते अं.२२:०० बजे टे.फो.मार्फत प्रहरी चौकी डाडागाउँमा खबर
प्राप्त हुनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गएको, निज बालिका
(लाटी अलिअलि बोल्न सक्ने) को अवस्था सामान्य रहेको, शंकर
नेपाली फरार, खो.त.भईरहेको,।
फुटकर ज्यान,
प्युठान, नौबहिनी गा.पा.६ लुङ
बस्ने वर्ष २० को मोहन सुनार, ऐ.बस्ने वर्ष १८ को समिर सुनार, ऐ.बस्ने वर्ष २० को संदिप सुनार, ऐ.बस्ने वर्ष १९ को
खले सुनार, ऐ.बस्ने वर्ष १९ को मधु सुनार र ऐ.बस्ने वर्ष २७
को बिनोद सुनारले ऐ.स्थित श्री जनज्योती मा.बि.लुङमा कुखुरा काटी सोही स्थानमा
मा.प.से.गरी रहेको भन्ने खबर स्थानीयहरुले थाहा पाए पश्चात विद्यालय ब्यवस्थापन
समिती अध्यक्ष केशब के.सी., गोविन्द घर्ति, बसन्त राना, नरेन्द्र के.सी., युवराज
के.सी. लगायत स्कुलमा गई हेर्दा निजहरु ६ जना भाग्न खोजेकोमा वर्ष २७ को बिनोद
सुनारलाई सोही स्थानमा फेला पारेको,अन्य ५ जना भागेकोमा ४
जना सम्पर्कमा आएको र वर्ष १९ को मधु सुनार हाल सम्म फेला नपरेको भनी ऐ.३ गते
१३:०० बजे इ.प्र.का.लुङबहानेमा खबर गरे पश्चात इ.प्र.का.लुङबहानेबाट प्र.नि.को
कमाण्डमा टोली खटी गई खो.त.गर्ने क्रममा ऐ.स्थित फेरा सामुदायिक वनको डुकरुङ धारा
भिरबाट अं.१५० मिटर तल खोल्सामा मृत अवस्थामा फेला परेको, थप
अनुसन्धानको लागि जि.प्र.का.बाट प्र.ना.उ.को कमाण्डमा टोली खटी गई घटनास्थल कार्य
पुरा गरी शव पो.मा.को लागि जिल्ला अस्पताल बिजुवार प्युठान पठाएको ।
ला.औ.,
कास्की, पोखरा म.न.पा.५
धारापानी मार्ग स्थित ला.औ.लुकाई छिपाई राखेको भन्ने सूचना प्राप्त हुनासाथ व.प्र.का.बैदामबाट प्र.ना.उ.को कमाण्डमा टोली
खटी गई जग्गा धनि शिव हरी कोईरालाको जग्गामा युवराज खतिवडाले भाडामा लिई टिनको
ट्रसले बनाएको कोठामा ऐ. बस्ने वर्ष २९ को मनिष ठकुरीको कोठा खानतलासी गर्दा
ट्यापेन्डोल ट्यावलेट १०० mg
लेखेको ३९५० पत्तामा ३९५०० चक्की ला.औ. र नगद रु.१,८९,५००।– ( १ लाख उनानब्बे हजार पाँच सय) , खुँडा थान-१,मोबाईल थान-१,ट्याब
थान-१ समेत फेला पारी मनिष ठकुरीलाई नियन्त्रणमा लिई व.प्र.का.बैदाममा ल्याई
अनुसन्धान कार्य भईरहेको ।