मिति २०८३।०२।०५ गते ०५:०० बजे देखि २०८३।०२।०६ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८३-०२-०६
- A
- A-
- A+
कर्तव्य ज्यान,
झापा, हल्दीबारी
गा.पा.५ कन्चनश्री बस्ने अं.वर्ष ४४ को गोकर्ण
भण्डारीले के-कुन कारण आफ्नै श्रीमती(कान्छी) अं.वर्ष ३३ को उर्मिला भण्डारीलाई टाउकोमा धारिलो हतियार( बाम्पोक)ले
प्रहार गरी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.कंन्चनश्रीबाट
प्र.स.नि.र जि.प्र.का.झापाबाट प्र.ना.उ.को कमाण्डमा टोली खटी गई शव कानुनी प्रकृया
पुरा गरी पो.मा.को लागि प्रादेशिक अस्पताल भद्रपुर पठाईएको,धारिलो
हतियार प्रहार गर्ने गोकर्ण भण्डारीलाई नियन्त्रणमा लिई जि.प्र.का.झापा पठाइएको ।
ज.ज.क./बाल यौन दुर्व्यवहार,
उदयपुर, चौदण्डिगढी
न.पा.वडा नं ०१ रानिटार स्थित वर्ष १५ की बालिकालाई ऐ.चौदण्डीगढी न.पा.वडा नं १ बस्ने अ.वर्ष ४५ को
ईन्द्र कुमार श्रेष्ठले निज पीडितलाई ललाई फकाई डर त्रास देखाई ज.ज.क.गरेको भन्ने
खबर प्राप्त हुनासाथ ऐ.५ गते अं २०:३० बजे इ.प्र.का.बेल्टारमा खबर प्राप्त हुनासाथ
प्र.नि.को कमाण्डमा टोली खटी गई फरार पीडकको खो.त.भईरहेको,वालिकाको
स्वास्थ्य अवस्था अलि सुष्त तथा अपाङ्ग
रहेको,निज पीडितलाई स्वास्थ्य परिक्षणको लागी जिल्ला
अस्पताल उदयपुर पठाएको ।
बाँके, कोहलपुर न.पा.६ बस्ने
अं.वर्ष १३ की बालिकालाई जि.बाँके बैजनाथ गा.पा.२ छमनिया गाँउ बस्ने अं.वर्ष २२ को
फुलसिंह थारुले जि.बाँके कोहलपुर न.पा.११ कृषी बजारबाट ललाई फकाई गरी साईकलमा चढाई
जि.बाँके बैजनाथ गा.पा.२ छमनिया स्थित आफ्नै घरमा लगि ज.ज.क. गरेको भनी निज
बालिकाको बुवाले ऐ.०५ गते इ.प्र.का कोहलपुरमा आई जाहेरी दरखास्त दिएकोले निज
पीडकलाई ऐ.अं.१६:५० बजे इ.प्र.का.कोहलपुरबाट प्र.ना.नि.को कमाण्डमा टोलीले खो.त.
गर्दै जाँदा जि.बाँके बैजनाथ गा.पा.५ बनकटुवा चोक स्थितबाट फेला पारी नियन्त्रणमा
लिई आवश्यक अनुसन्धानको लागी इ.प्र.का कोहलपुरमा ल्याई राखिएको ।
बाँके, कोहलपुर न.पा.३
बस्ने वर्ष अं.१५ की बालिकालाई जि.बाँके कोहलपुर न.पा.४ बेलनपुर बस्ने वर्ष अं.२६
को रैबर खानले जि.बाँके कोहलपुर न.पा.३ मदनचोक स्थित पीडित बाटोमा हिडि आफु पढ्ने स्कुल
तर्फ गईरहेको अवस्थामा निज पिडकले निज बालिकालाई नियन्त्रणमा लिई आफु सवार
मो.सा.मा राखि आफ्नै ग्यारेजको कोठा लगि ज.ज.क.गरेको भन्ने ऐ.०५ गते १८:३० बजे, खबर
प्राप्त हुनासाथ प्रहरी बिट मदनचोक बाँकेबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई
पिडकलाई नियन्त्रणमा लिई इ.प्र.का कोहलपुर बाँकेमा ल्याइ राखिएको ।
प्युठान, न.पा. ८ ताल बस्ने
पीडित बर्ष अ.२० कि परिवर्तित संकेत नाम ५२ (२०८२।०८३) १६ लाई आफ्नै कोठामा बसेको
अवस्थामा निज पीडितको सहोदर वुवा बर्ष अ. ४७ को परिवर्तित संकेत नाम ५२(२०८२।०८३)
ख ले मा.प.से. गरी ज.ज.क. उद्मोग गरेको भनि पीडितले ऐ. १७:३० बजेको समयमा
जि.प्र.का. प्युठानमा आई जाहेरी दिए पश्चात जि.प्र.का. प्युठानबाट प्र.नि. को
कमाण्डमा ३ जनाको प्रहरी टोली खटिगई निज पीडकलाई नियन्त्रणमा लिई पीडित र पीडक लाई
विस्तृत स्वास्थ्य परिक्षणको लागी जिल्ला अस्पताल बिजुवार प्युठान तर्फ लगेको,
पीडितको अवस्था सामान्य रहेको ।
गुल्मी, मालिका
गा.पा.७ अर्जेडाँडा बस्ने बर्ष ३७ को कर्ण बहादुर खड्काले ऐ.ऐ. बस्ने बर्ष १३ की
परिवर्तित नाम ४६ (०८२/०८३) मालिका (B) लाई ललाई फकाई गरी ऐ.ऐ.६
स्थित सार्वजनिक खोल्सोमा लगि जबरजस्ती करणी गरेको गरेको भनि परिवर्तित नाम ४६
(०८२/०८३) मालिका (A) ले मिति २०८३।०२।०४ गते (सोमबार) दिनको
अं. १६;०० बजेको समयमा जि.प्र.का.गुल्मीमा खबर गराउनासाथ
इ.प्र.का.पुर्कोटदह गुल्मीबाट प्र.नि.कमाण्डमा SOCO सहित ५
जनाको टोली खटिगई बर्ष ३७ को कर्ण ब. खड्कालाई नियन्त्रणमा लिएको, परिवर्तित नाम ४६ (०८२/०८३) मालिका (A) ले आज मिति
२०८३।०२।०५ गते जि.प्र.का.गुल्मीमा जाहेरी दरखास्त दिए पश्चात आज बाट लागुहुने गरी
दिन-८ को म्याद थप गरी हिरासत कक्षमा राखेको, बर्ष १३ की
परिवर्तित नाम ४६ (०८२/०८३) मालिका (B) लाई स्वास्थ्य
परिक्षण गरी परिवर्तित नाम ४६ (०८२/०८३) मालिका (A) को
जिम्मा लागाई छाडिएको,
अछाम, मिति २०८३।०२।०४ गते
अं. ११:३० बजे परिवर्तित वर्ष १४ की बालिकाको पेट दुख्ने समस्या भई उपचारको लागि
वयलपाटा प्रादेशिक अस्पातलमा ल्याई उपचार गराउदा निजको पेटमा २८ हप्ताको गर्भ
रहेकोले जि.प्र.का.अछामबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई परिवर्तित वर्ष १६
को बालकलाई नियन्त्रणमा लिई सोधपुक्ष गर्दा निजले
के कुन मितिमा सँगै सुतेको बेला ज.ज.क.गरेको भन्ने ऐ.०५ गते १८:०० बजे
जि.प्र.का.अछाममा जाहेरी दरखास्त दिएको,निज बालिकालाई सुरक्षित आवास
गृहमा राखिएको ।
झापा, सांकेतिक वतन
०४-६-१८ज ) बस्ने (सांकेतिक नाम ०८२।०८३ गौरीगंज -घ)को छोरी वर्ष १६ की ( सांकेतीक
नाम ०८२।०८३ गौरीगंज –घ१) लाई ऐ. वस्ने वर्ष अ.५६ को नैन बहादुर गिरीले निज बालिकाको घरमा कोही
नभएको अवस्थामा मौका छोपी अश्चिल शब्द प्रयोग गरी अनेक डर त्रास लोभ लालच देखाई
जवरजस्ती करणी गर्ने प्रयास गरी फरार रहेको भनि ऐ.५गते ०९:३० बजे निजको बुबा
(सांकेतिक नाम०८२।०८३ गौरीगंज -घ ) ले ई.प्र.का.गौरीगंजमा आई लिखित जाहेरी दिएको
हुदा तत्काल इ.प्र.का.गौरीगंजबाट प्रनानि कृष्ण पोखरेलको कमाण्डमा २ जनाको टोली खटिगई
फरार नैन बहादुर गिरी लाई पक्राउ गरी इप्रका गौरीगंजमा ल्याई राखी थप अनुसन्धान भई
रहेको।
स्याङ्जा, परिवर्तित
जिल्ला ४० अन्तर्गत घर कोठामा अन्यायी सन्दिप वि.क.ले नाबालिका वर्ष १२ की
परिवर्तित नाम ०८२।०८३ आँधिखोला १४०(सुष्मा पुलामी) ललाई फकाई जवरजस्ती करणी गरेको
हुँदा निज सन्दिप वि.क.लाई कानून बमोजिम कारवाही गरी पाउँ भन्ने समेत व्यहोराको
परिवर्तित नाम ०८२।०८३ आँधिखोला १४३' को जाहेरी दरखास्त दिएको हुदा
निज प्रतिबादी जिल्ला स्याङ्जा हरिनास गा.पा. वडा नं.६ जगनथान बस्ने बर्ष २८ को
सन्दिप बि.क.लाई पक्राउ गरी सम्मानित जिल्ला अदालतवाट मिति २०८३।०२।०४ गते दिन ५
म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भई रहेको ।
चोरी,लुटपाट/ठगी,
काठमाडौं, का.जि.कागेश्वरी
मनोहरा न.पा.का वडा नं.४ थली सिंखडा गाउँ स्थित खाली जग्गामा जिल्ला दोलखा शैलुङ
गा.पा.वडा नं.७ घर भई हाल का.जि. बत्तिस पुतली बस्ने वर्ष ३६ को सकुन बुढाथोकीलाई
नामथर,वतन नखुलेको मंगोलियन अनुहार भएका मो.सा.र स्कुटरमा आएका ४ जना पुरुष
मानिसहरु मध्ये १ जनाले हरियो रंगको ट्याक्सुट लगाएको मानिसहरुको डलर साटी दिन्छु
भनि काटेको कागज रुमालमा पोको पारी दिई चार लाख नगद पैसा लिएर फरार भएको भन्ने खबर
प्राप्त हुनासाथ प्रहरी वृत्त बौद्वबाट प्र.ना.उ.को कमाण्डमा प्रहरी टोली खटी गई
खो.त.भईरहेको, ।