मिति २०८३।०२।०६ गते ०५:०० बजे देखि २०८३।०२।०७ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८३-०२-०७
- A
- A-
- A+
ज.ज.क./बाल यौन दुर्व्यवहार,
दाङ, मिति
२०८३।०२।०५ गते अं.२१:३० बजे, तुलसीपुर उ.म.न.पा.२ बस्ने वर्ष १९ की
महिलालाई ऐ. उ.म.न.पा.-१० बनगाउँ बस्ने वर्ष अं.२४ को ओम चौधरी, ऐ.बस्ने बर्ष अं.२२ को सुमन भन्ने राजेन्द्र चौधरी र ऐ.उ.म.न.पा. ८ टिकरी
बस्ने वर्ष २४ को राजेश चौधरीले ऐ.उ.म.न.पा.२ मचोट स्थित खेत बारीमा बोलाई डर
त्रास देखाई निजहरू ३ जनाले ज.ज.क.गरेको भनि ऐ. ६ गते १७:०० बजे
इ.प्र.का.तुलसीपुरमा लिखित जाहेरी दरखास्त दिएकोमा तत्काल प्र.स.नि.को कमाण्डमा
टोली खटी गई संलग्न २ जना ओम चौधरी र सुमन भन्ने राजेन्द्र चौधरीलाई लाई निजहरुको
घर वतनमा फेला पारी नियन्त्रणमा लिई इ.प्र.का.तुलसीपुरको हिरासत कक्षमा राखी
अनुसन्धान भईरहेको साथै संलग्न फरार राजेश चौधरीको खोजतलास भईरहेको , पीडितको
स्वास्थ्य अवस्था सामान्य रहेको, निजको आमाको जिम्मा लगाई
पठाईएको ।
भेप सहित मानिस नियन्त्रणमा,
रसुवा, विशेष सूचनाको
आधारमा इ.प्र.का.टिमुरेबाट प्र.नि.को कमाण्डमा खटी गएको प्रहरी टोलिले गोसाईकुण्ड
गा.पा.१ दालफेदी बस्ने वर्ष ४४ की मम्माया तामाङको घर र आसपासका ८ घरहरूमा
खानतलासी गर्दा घर कोठाभित्र लुकाई छिपाई राखिएको अवस्थामा ६ वटा प्लाष्टिकको बोरा
भित्र रहेको ६ वटा कार्टुनमा (ELFBAR ICE KING तिस हजार पफ) भेप १,२२५ वटा पिस ( एक हजार दुई सय पच्चिस वटा पिस मात्र ) प्रतिपिस अ. ने.रु
३०००/- को दरले, जम्मा ने.रु ३६,७५,०००/- बराबरको भेप फेला पारी उक्त
परिमाणको भेप सहित ८ जना मानिसहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।
ला.औ.,
सुनसरी, धरान
उ.म.न.पा.१७ पशुपती चोक स्थित बुद्दनारायण धामीको घरमा ला.औ.कारोबार भईरहेको भन्ने सूचनाको आधारमा व.प्र.का.धरानबाट
प्र.व.ना.नि.को कमाण्डमा खटिएको टोलीले
ऐ.बस्ने वर्ष ३३ की जानकी धामी, ऐ.बस्ने
वर्ष ३२ को किरण राई , ऐ.बस्ने वर्ष ३५ को समिर राई, ऐ.बस्ने वर्ष २४ को विशाल राज धामीको
साथबाट एकमुष्ट ला.औ.ब्राउन सुगर नापतौल गर्दा १५ ग्राम ३०० मिलिग्राम फेला
पारी चारै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।
काठमाण्डौ, टोखा न.पा.०९
गोंगबु टोकियो बजार टोल स्थित लक्ष्मी खाजा घरमा लागु औषध सहितको मानिस रहेको
भन्ने बिशेष सूचनाको आधारमा तत्काल तालुक काठमाडौं उपत्यका अपराध अनुसन्धान
कार्यालय मार्फत नयाँ बसपार्क गोंगबुमा खटिएका प्र.ना.नि. सहितको टोली खटिगई उक्त
स्थानमा जि.सुनसरी धरान उप.म.न.पा.१७ स्थायी घर भई हाल का.म.न.पा.२६ मित्रनगर
बस्ने बर्ष ४० को देवेन्द्र राईलाई फेला पारी सोधपुछ, चेकजाँच
गर्दा खैरो हेरोईन २.८१ ग्राम फेला पारी कानून बमोजिम बरामद गरी, पुनः निज बस्ने का.म.न.पा.२६ मित्रनगर स्थितमा रहेको जि.चितवन भरतपुर
म.न.पा.२६ स्थायी घर हुने बर्ष ४३ को गणेश ढकालले संचालन गरेको होटल श्रमिक गेष्ट
हाउसको दोस्रो तलाको कोठा नं. २०२ को कोठामा गई चेकजाँच तथा खानतलासी गर्दा ३१.९१
ग्राम खैरो हेरोईन फेला पारी दुवै स्थानको एकमुष्ठ तौल गर्दा ३४.७२ ग्राम, फेला पारी निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।