प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मिति २०८३।०२।०९ गते ०५:०० बजे देखि २०८३।०२।१० गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।

२०८३-०२-१०

  • A
  • A-
  • A+
Share

फुटकर ज्यान,

कैलाली, मिति २०८३।०२।०८ गते २०;०० बजे जानकी गा.पा.८ मटेरा बस्ने बर्ष ५६ धन बहादुर देवकोटा मदिरा सेवन गरी पक्कि सडकमा लडी घाईते भई तत्काल आफन्त तथा स्थानियले उपचारको लागी लालरत्न अस्पताल लम्कीमा लगी सामान्य उपचार पश्चात थप उपचारको लागी मेडिकल कलेज कोहलपुर लगिएकोमा आज मिति २०८।०२।०९ गते बिहान अं.०७;५६ बजे निज धन बहादुर देवकोटाको उपचारको क्रममा मृत्यु भएको भनी कोहलपुर मेडिकल कलेजमा कार्यरत .प्र.क. ले ऐ.०९;३० बजे प्र.चौ. अमरावतीमा जानकारी गराएको, सो पश्चात तत्काल प्र.चौ.अमरावतीबाट प्र.स.नि. हिक्मत शाही (९८४४८६८५६६) को कमाण्डमा प्रहरी टोली खटि गएको, लाश सोही अस्पतालमा रहेको, सो सम्बन्धमा बिस्तृत बुझ्न इ.प्र.का.टीकापुर कार्यालयका कार्यालय प्रमुख प्र.ना.उ. प्रकाश डाँगी (९८५८४९०३०६) को कमाण्डमा अनुसन्धान अधिकृत समेतको थप प्रहरी टोली खटि गएको । थप टिपोटः- छिमेकी संग बादबिबाद भई झै-झगडा भएको भन्ने बुझिन आएको । थप टिपोट;- ऐ. १२;१५ बजे झै-झगडामा संलग्न ऐ. बस्ने बर्ष ५५ को प्रदेशि चौधरीलाई नियन्त्रणमा लिई अनुसन्धानको लागी यसकार्यालयको हिरासतमा राखिएको ।

 

ईलाम, रोङ गा.पा. ४ भालुझोडा बस्ने (साङ्केतिक नाम ०८२/०८३ पशुपति झ १) को छोरी बर्ष २६ की (साङकेतिक नाम ०८२/०८३ पशुपति झ) (अबिवाहित) लाई निजको आफ्नै दाई वर्ष अं.२८ साङकेतिक नाम ०८२/०८३ पशुपति झ ५)ले घरमा कोही नभएको मौका छोपी शंबेदनशिल अङ्ग ( स्तन ) समेत छोई हातपात गरी ज.ज.क प्रयास गर्न खोजेको भनी पिडितको हजुरबुवा साङकेतिक नाम ०८२/०८३ पशुपति झ ३) मिति २०८३।०२।०९ गते अं.१८;३० बजे इप्रका पशुपतिनगर,इलाममा आई लिखित जाहेरी दिन साथ तत्काल प्रचौ किटेनी, इलामबाट प्रसनि याँम चन्द्र कार्की(९७६९७२२८०२)को कमाण्डमा प्रहरी टोली खटिगई पिडकलाई नियन्त्रणमा लिई इप्रका पशुपतिनगर इलाममा ल्याई राखिएको,

 

ला.औ.,

बाँके, नेपालगंज उ.म.न.पा.१५ पिप्रहवा स्थित ३० नं.गण हे.क्वा बागेश्वारी बाँकेबाट स.प्र.नि.को कमाण्डमा खटी गएको गस्ती टोलीले नेपाल देखी भारत तर्फ जादै गरेको पैदल यात्री जि.बाँके कोहलपुर न.पा.१० बस्ने रण बहादुर रोकायालाई  संकास्पद अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ  जि.प्र.का.बाँके प्र.ब.ना.नि.को कमाण्डमा टोलि खटी गई निज रण ब. रोकायालाई चेकजाँच गर्दा निजले बोकेको सेतो बोरामा ला.औ.अफिम जस्तो देखिने कालो पदार्थ शुद्ध तौल ५ के.जि.५८८ ग्राम,३ ग्राम ९४० मिलि ग्राम चरेस र सिलाजित जस्तो देखिने कालो पदार्थ २८८ ग्राम सहित निजलाई नियन्त्रणमा लिई जि.प्र.का.बाँकेमा ल्याई राखिएको. ।

सम्बन्धित समाचार
मिति २०८३।०२।०७ गते ०५:०० बजे देखि २०८३।०२।०८ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८३-०२-०८

कर्तव्य ज्यान,सुनसरी, मिति २०८३।०१।२८ गते अं.१७:०० बजे,धरान उ.म.न.पा.१५ बगरकोट बस्ने वर्ष ४९ को सरु नेम्वाङ र ऐ.बस्ने निजकै छिमेकी वर्ष ३८ को अशोक लिम्बु बिच झै-झगडा हुँदा निज अशोक लिम्बुले सरु नेम्वाङको टाउकोमा सिसाको बोतलले प्रहार गरी घाईते भई उपचारको लागी वी.पी. कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानमा पठाईएको र निज अशोक लिम्बु र निजकै साथ झै-झगडामा संलग्न ऐ.बस्ने वर्ष ३३ को बुद्धबिर लिम्बु समेतलाई नियन्त्रणमा लिई इ.प्र.का.धरानमा ल्याई राखिएको ऐ. ०२।०८ गते ०२:०० बजे निज सरु नेम्वाङको उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अ.प्र.चौ.नयाँ बसपार्क धरानबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गएको,शव सोही अस्पतालमा रहेको । चोरी,लुटपाट/ठगी,झापा, बाह्रदशी गा.पा-०३ बस्ने छबिलाल साहको टिनको छानो भएको ३ कोठे पक्कि घरको पश्चिम उत्तर सरसामानहरु राख्ने गरेको कोठाको ताला खोलि के-कुन चोर भित्र पसि स्टिलको दराज ( गोदरेज) भित्र रहेको नगद , गरगहना चोरि गरेको भनि ऐ ०७ गते ०५:३० बजेको समयमा जानकारि प्राप्त हुनसाथ इ.प्र.का राजगढबाट प्र.ना.नि जबर बहादुर बस्नेतको कमान्डमा प्रहरी टोलि खटि गइ, खो.त. तथा बुझ्ने कार्य भइरहेको, । चोरि भएको बिबरण- सुनको नाकको फुलि-०१, तथा कानको टप १ जोर (२ थान) जम्मा= १ तोला चाँदिको पाउजु ३ जोर ( ६ थान), सिक्रि- १ थान, टुक्रा गरि जम्मा-२४ तोला, नगद रु.-७०,००० ने. रु. भारु-५,००० गरी जम्मा अ.मु.रु.५,००,०००।– बराबरको चोरी भएको । धारिलो हतियार (खुकुरी) प्रहार,उदयपुर, त्रियुगा न.पा.२ संगम टोल बस्ने रबिन्द्र पौडेलको घरको आँगनमा ऐ.बस्ने वर्ष अं.२९ की सुमा राईलाई ऐ.बस्ने वर्ष अं.४३ को बिनोद राईले (नातामा मामा पर्ने) के-कुन कारण धारिलो हतियार (खुकुरी) प्रहार गरेको भन्ने खबर स्थानीयले जि.प्र.का.उदयपुरमा जानकारी गराउनासाथ जि.प्र.का.उदयपुरबाट प्र.नि.को कमाण्डमा प्रहरी टोली खटी गई घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल उदयपुर पठाई सामान्य उपचार पश्चात ऐ.११:५० बजे थप उपचारको लागि न्युरो अस्पताल बिराटनगर पठाई उपचार भइरहेको, शरिरको बिभिन्न भाग र टाउकोमा चोट, अवस्था गम्भीर रहेको, धारिलो हतियार (खुकुरी) प्रहार गर्ने बिनोद राईलाई नियन्त्रणमा लिई जि.प्र.का.उदयपुरमा ल्याई थप अनुसन्धान कार्य भईरहेको । ला.औ., बारा, जितपुरसिमरा उ.म.न.पा.१ दुधौरा पुल नजिकै हाईबेमा पिलुवाबाट डुमरवाना तर्फ आउदै गरेको आल्फाबेट नखुलेको ४३११ नं. कालो कलरको कार इ.प्र.का.सिमराबाट खटी गएको प्र.ह.र ला.औ.नियन्त्रण ब्युरो शाखा कार्यालय बीरगंज पर्साबाट प्र.स.नि. को कमाण्डमा खटी गएको टोलीले सोही कारमा लोड गरी ल्याएको ९ पोका ला.औ. गाजाँ १२५ किलो गाँजा रोडको छेउ जंगलमा फाली चालक तथा गाडी फरार भएको,ला.औ.गाँजा ओसार पसार गर्ने मध्येका एक जना जि.रौतहट चन्द्रपुर न.पा.१ पौराही घर भई हाल जि. बारा जितपुरसिमरा उ.म.न.पा.१८ पसहा टोल बस्ने बुद्धि वहादुर स्याङतानको छोरा वर्ष २७ को मान बहादुर स्याङतान सहित ला.औ.गाँजा(१२५ के.जि.) नियन्त्रणमा लिई इ.प्र.का.सिमरामा ल्याई आ.अ.भईरहेको, कार र कार कार चालकको खो.त.भईरहेको, ।

मिति २०८३।०२।०६ गते ०५:०० बजे देखि २०८३।०२।०७ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८३-०२-०७

ज.ज.क./बाल यौन दुर्व्यवहार,दाङ, मिति २०८३।०२।०५ गते अं.२१:३० बजे, तुलसीपुर उ.म.न.पा.२ बस्ने वर्ष १९ की महिलालाई ऐ. उ.म.न.पा.-१० बनगाउँ बस्ने वर्ष अं.२४ को ओम चौधरी, ऐ.बस्ने बर्ष अं.२२ को सुमन भन्ने राजेन्द्र चौधरी र ऐ.उ.म.न.पा. ८ टिकरी बस्ने वर्ष २४ को राजेश चौधरीले ऐ.उ.म.न.पा.२ मचोट स्थित खेत बारीमा बोलाई डर त्रास देखाई निजहरू ३ जनाले ज.ज.क.गरेको भनि ऐ. ६ गते १७:०० बजे इ.प्र.का.तुलसीपुरमा लिखित जाहेरी दरखास्त दिएकोमा तत्काल प्र.स.नि.को कमाण्डमा टोली खटी गई संलग्न २ जना ओम चौधरी र सुमन भन्ने राजेन्द्र चौधरीलाई लाई निजहरुको घर वतनमा फेला पारी नियन्त्रणमा लिई इ.प्र.का.तुलसीपुरको हिरासत कक्षमा राखी अनुसन्धान भईरहेको साथै संलग्न फरार राजेश चौधरीको  खोजतलास भईरहेको , पीडितको स्वास्थ्य अवस्था सामान्य रहेको, निजको आमाको जिम्मा लगाई पठाईएको । भेप सहित मानिस नियन्त्रणमा,रसुवा, विशेष सूचनाको आधारमा इ.प्र.का.टिमुरेबाट प्र.नि.को कमाण्डमा खटी गएको प्रहरी टोलिले गोसाईकुण्ड गा.पा.१ दालफेदी बस्ने वर्ष ४४ की मम्माया तामाङको घर र आसपासका ८ घरहरूमा खानतलासी गर्दा घर कोठाभित्र लुकाई छिपाई राखिएको अवस्थामा ६ वटा प्लाष्टिकको बोरा भित्र रहेको ६ वटा कार्टुनमा (ELFBAR ICE KING तिस हजार पफ) भेप १,२२५ वटा पिस ( एक हजार दुई सय पच्चिस वटा पिस मात्र ) प्रतिपिस अ. ने.रु ३०००/- को दरले, जम्मा ने.रु ३६,७५,०००/-  बराबरको भेप फेला पारी उक्त परिमाणको भेप सहित ८ जना मानिसहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । ला.औ.,सुनसरी, धरान उ.म.न.पा.१७ पशुपती चोक स्थित बुद्दनारायण धामीको घरमा ला.औ.कारोबार भईरहेको  भन्ने सूचनाको आधारमा व.प्र.का.धरानबाट प्र.व.ना.नि.को  कमाण्डमा खटिएको टोलीले ऐ.बस्ने वर्ष ३३ की जानकी धामी,  ऐ.बस्ने वर्ष ३२ को किरण राई , ऐ.बस्ने वर्ष ३५ को समिर राई, ऐ.बस्ने वर्ष २४ को विशाल राज धामीको  साथबाट एकमुष्ट ला.औ.ब्राउन सुगर नापतौल गर्दा १५ ग्राम ३०० मिलिग्राम फेला पारी चारै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।  काठमाण्डौ, टोखा न.पा.०९ गोंगबु टोकियो बजार टोल स्थित लक्ष्मी खाजा घरमा लागु औषध सहितको मानिस रहेको भन्ने बिशेष सूचनाको आधारमा तत्काल तालुक काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मार्फत नयाँ बसपार्क गोंगबुमा खटिएका प्र.ना.नि. सहितको टोली खटिगई उक्त स्थानमा जि.सुनसरी धरान उप.म.न.पा.१७ स्थायी घर भई हाल का.म.न.पा.२६ मित्रनगर बस्ने बर्ष ४० को देवेन्द्र राईलाई फेला पारी सोधपुछ, चेकजाँच गर्दा खैरो हेरोईन २.८१ ग्राम फेला पारी कानून बमोजिम बरामद गरी, पुनः निज बस्ने का.म.न.पा.२६ मित्रनगर स्थितमा रहेको जि.चितवन भरतपुर म.न.पा.२६ स्थायी घर हुने बर्ष ४३ को गणेश ढकालले संचालन गरेको होटल श्रमिक गेष्ट हाउसको दोस्रो तलाको कोठा नं. २०२ को कोठामा गई चेकजाँच तथा खानतलासी गर्दा ३१.९१ ग्राम खैरो हेरोईन फेला पारी दुवै स्थानको एकमुष्ठ तौल गर्दा ३४.७२ ग्राम, फेला पारी निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।

मिति २०८३।०२।०५ गते ०५:०० बजे देखि २०८३।०२।०६ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८३-०२-०६

कर्तव्य ज्यान,झापा, हल्दीबारी गा.पा.५ कन्चनश्री बस्ने अं.वर्ष ४४ को गोकर्ण  भण्डारीले के-कुन कारण आफ्नै श्रीमती(कान्छी) अं.वर्ष ३३ को उर्मिला  भण्डारीलाई टाउकोमा धारिलो हतियार( बाम्पोक)ले प्रहार गरी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.कंन्चनश्रीबाट प्र.स.नि.र जि.प्र.का.झापाबाट प्र.ना.उ.को कमाण्डमा टोली खटी गई शव कानुनी प्रकृया पुरा गरी पो.मा.को लागि प्रादेशिक अस्पताल भद्रपुर पठाईएको,धारिलो हतियार प्रहार गर्ने गोकर्ण भण्डारीलाई नियन्त्रणमा लिई जि.प्र.का.झापा पठाइएको । ज.ज.क./बाल यौन दुर्व्यवहार,उदयपुर, चौदण्डिगढी न.पा.वडा नं ०१ रानिटार स्थित वर्ष १५ की बालिकालाई  ऐ.चौदण्डीगढी न.पा.वडा नं १ बस्ने अ.वर्ष ४५ को ईन्द्र कुमार श्रेष्ठले निज पीडितलाई ललाई फकाई डर त्रास देखाई ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ ऐ.५ गते अं २०:३० बजे इ.प्र.का.बेल्टारमा खबर प्राप्त हुनासाथ प्र.नि.को कमाण्डमा टोली खटी गई फरार पीडकको खो.त.भईरहेको,वालिकाको स्वास्थ्य अवस्था अलि सुष्त तथा अपाङ्ग  रहेको,निज पीडितलाई स्वास्थ्य परिक्षणको लागी जिल्ला अस्पताल उदयपुर पठाएको । बाँके, कोहलपुर न.पा.६ बस्ने अं.वर्ष १३ की बालिकालाई जि.बाँके बैजनाथ गा.पा.२ छमनिया गाँउ बस्ने अं.वर्ष २२ को फुलसिंह थारुले जि.बाँके कोहलपुर न.पा.११ कृषी बजारबाट ललाई फकाई गरी साईकलमा चढाई जि.बाँके बैजनाथ गा.पा.२ छमनिया स्थित आफ्नै घरमा लगि ज.ज.क. गरेको भनी निज बालिकाको बुवाले ऐ.०५ गते इ.प्र.का कोहलपुरमा आई जाहेरी दरखास्त दिएकोले निज पीडकलाई ऐ.अं.१६:५० बजे इ.प्र.का.कोहलपुरबाट प्र.ना.नि.को कमाण्डमा टोलीले खो.त. गर्दै जाँदा जि.बाँके बैजनाथ गा.पा.५ बनकटुवा चोक स्थितबाट फेला पारी नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागी इ.प्र.का कोहलपुरमा ल्याई राखिएको । बाँके, कोहलपुर न.पा.३ बस्ने वर्ष अं.१५ की बालिकालाई जि.बाँके कोहलपुर न.पा.४ बेलनपुर बस्ने वर्ष अं.२६ को रैबर खानले जि.बाँके कोहलपुर न.पा.३ मदनचोक स्थित पीडित बाटोमा हिडि आफु पढ्ने स्कुल तर्फ गईरहेको अवस्थामा निज पिडकले निज बालिकालाई नियन्त्रणमा लिई आफु सवार मो.सा.मा राखि आफ्नै ग्यारेजको कोठा लगि ज.ज.क.गरेको भन्ने ऐ.०५ गते १८:३० बजे, खबर प्राप्त हुनासाथ प्रहरी बिट मदनचोक बाँकेबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई इ.प्र.का कोहलपुर बाँकेमा ल्याइ राखिएको । प्युठान, न.पा. ८ ताल बस्ने पीडित बर्ष अ.२० कि परिवर्तित संकेत नाम ५२ (२०८२।०८३) १६ लाई आफ्नै कोठामा बसेको अवस्थामा निज पीडितको सहोदर वुवा बर्ष अ. ४७ को परिवर्तित संकेत नाम ५२(२०८२।०८३) ख ले मा.प.से. गरी ज.ज.क. उद्मोग गरेको भनि पीडितले ऐ. १७:३० बजेको समयमा जि.प्र.का. प्युठानमा आई जाहेरी दिए पश्चात जि.प्र.का. प्युठानबाट प्र.नि. को कमाण्डमा ३ जनाको प्रहरी टोली खटिगई निज पीडकलाई नियन्त्रणमा लिई पीडित र पीडक लाई विस्तृत स्वास्थ्य परिक्षणको लागी जिल्ला अस्पताल बिजुवार प्युठान तर्फ लगेको, पीडितको अवस्था सामान्य रहेको । गुल्मी, मालिका गा.पा.७ अर्जेडाँडा बस्ने बर्ष ३७ को कर्ण बहादुर खड्काले ऐ.ऐ. बस्ने बर्ष १३ की परिवर्तित नाम ४६ (०८२/०८३) मालिका (B) लाई ललाई फकाई गरी ऐ.ऐ.६ स्थित सार्वजनिक खोल्सोमा लगि जबरजस्ती करणी गरेको गरेको भनि परिवर्तित नाम ४६ (०८२/०८३) मालिका (A) ले मिति २०८३।०२।०४ गते (सोमबार) दिनको अं. १६;०० बजेको समयमा जि.प्र.का.गुल्मीमा खबर गराउनासाथ इ.प्र.का.पुर्कोटदह गुल्मीबाट प्र.नि.कमाण्डमा SOCO सहित ५ जनाको टोली खटिगई बर्ष ३७ को कर्ण ब. खड्कालाई नियन्त्रणमा लिएको, परिवर्तित नाम ४६ (०८२/०८३) मालिका (A) ले आज मिति २०८३।०२।०५ गते जि.प्र.का.गुल्मीमा जाहेरी दरखास्त दिए पश्चात आज बाट लागुहुने गरी दिन-८ को म्याद थप गरी हिरासत कक्षमा राखेको, बर्ष १३ की परिवर्तित नाम ४६ (०८२/०८३) मालिका (B) लाई स्वास्थ्य परिक्षण गरी परिवर्तित नाम ४६ (०८२/०८३) मालिका (A) को जिम्मा लागाई छाडिएको, अछाम, मिति २०८३।०२।०४ गते अं. ११:३० बजे परिवर्तित वर्ष १४ की बालिकाको पेट दुख्ने समस्या भई उपचारको लागि वयलपाटा प्रादेशिक अस्पातलमा ल्याई उपचार गराउदा निजको पेटमा २८ हप्ताको गर्भ रहेकोले जि.प्र.का.अछामबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई परिवर्तित वर्ष १६ को बालकलाई नियन्त्रणमा लिई सोधपुक्ष गर्दा निजले  के कुन मितिमा सँगै सुतेको बेला ज.ज.क.गरेको भन्ने ऐ.०५ गते १८:०० बजे जि.प्र.का.अछाममा जाहेरी दरखास्त दिएको,निज बालिकालाई सुरक्षित आवास गृहमा राखिएको । झापा, सांकेतिक वतन ०४-६-१८ज ) बस्ने (सांकेतिक नाम ०८२।०८३ गौरीगंज -घ)को छोरी वर्ष १६ की ( सांकेतीक नाम ०८२।०८३ गौरीगंज –घ१) लाई ऐ. वस्ने वर्ष अ.५६ को नैन बहादुर गिरीले निज बालिकाको घरमा कोही नभएको अवस्थामा मौका छोपी अश्चिल शब्द प्रयोग गरी अनेक डर त्रास लोभ लालच देखाई जवरजस्ती करणी गर्ने प्रयास गरी फरार रहेको भनि ऐ.५गते ०९:३० बजे निजको बुबा (सांकेतिक नाम०८२।०८३ गौरीगंज -घ ) ले ई.प्र.का.गौरीगंजमा आई लिखित जाहेरी दिएको हुदा तत्काल इ.प्र.का.गौरीगंजबाट प्रनानि कृष्ण पोखरेलको कमाण्डमा २ जनाको टोली खटिगई फरार नैन बहादुर गिरी लाई पक्राउ गरी इप्रका गौरीगंजमा ल्याई राखी थप अनुसन्धान भई रहेको। स्याङ्जा, परिवर्तित जिल्ला ४० अन्तर्गत घर कोठामा अन्यायी सन्दिप वि.क.ले नाबालिका वर्ष १२ की परिवर्तित नाम ०८२।०८३ आँधिखोला १४०(सुष्मा पुलामी) ललाई फकाई जवरजस्ती करणी गरेको हुँदा निज सन्दिप वि.क.लाई कानून बमोजिम कारवाही गरी पाउँ भन्ने समेत व्यहोराको परिवर्तित नाम ०८२।०८३ आँधिखोला १४३' को जाहेरी दरखास्त दिएको हुदा निज प्रतिबादी जिल्ला स्याङ्जा हरिनास गा.पा. वडा नं.६ जगनथान बस्ने बर्ष २८ को सन्दिप बि.क.लाई पक्राउ गरी सम्मानित जिल्ला अदालतवाट मिति २०८३।०२।०४ गते दिन ५ म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भई रहेको । चोरी,लुटपाट/ठगी,  काठमाडौं, का.जि.कागेश्‍वरी मनोहरा न.पा.का वडा नं.४ थली सिंखडा गाउँ स्थित खाली जग्गामा जिल्ला दोलखा शैलुङ गा.पा.वडा नं.७ घर भई हाल का.जि. बत्तिस पुतली बस्ने वर्ष ३६ को सकुन बुढाथोकीलाई नामथर,वतन नखुलेको मंगोलियन अनुहार भएका मो.सा.र स्कुटरमा आएका ४ जना पुरुष मानिसहरु मध्ये १ जनाले हरियो रंगको ट्याक्सुट लगाएको मानिसहरुको डलर साटी दिन्छु भनि काटेको कागज रुमालमा पोको पारी दिई चार लाख नगद पैसा लिएर फरार भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बौद्वबाट प्र.ना.उ.को कमाण्डमा प्रहरी टोली खटी गई खो.त.भईरहेको, ।

मिति २०८३।०२।०४ गते ०५:०० बजे देखि २०८३।०२।०५ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८३-०२-०५

ज.ज.क./बाल यौन दुर्व्यवहार,दाङ, राप्ती गा.पा.४ मौरीघाट बस्ने वर्ष ५० को प्रेम बहादुर बि.क.ले ऐ.बस्ने वर्ष १३ की बालिकालाई ऐ. दाङ लमही न.पा.५ बजार स्थित जि.सि.होटल गेष्ट हाउसमा ऐ.०१।१९ गते अं.१५:०० बजे लगि विभिन्न किसिमका प्रलोभन देखाई ज.ज.क.गरेको भनी पीडितको आमाले ऐ.०२/०४ गते १२:०० बजे व.प्र.का.लमहीमा जाहेरी दिए पश्चात व.प्र.का.लमहीबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । रोल्पा, माडी गा.पा.३ धन्ठाना बस्ने वर्ष ४४ की महिलालाई आफ्नै जेठाजु ऐ. बस्ने वर्ष ४२ को ‍पुरूष व्यक्तिले ऐ.२५ गते अं.२१:३० बजे राती पानी परिरहेको अवस्थामा आँगनमा रहेको दाउरा भान्सामा राख्न गएकोमा पछाडिबाट समाती आफु सुत्ने कोठा भित्र लगी ज.ज.क.गरेको भनी ऐ.०२।०४ गते १२:०० बजे लिखित जाहेरी दिए पश्चात इ.प्र.का.घर्तिगाउँबाट प्र.नि.को कमाण्डमा टोली खटी गई निजलाई घरबाटै नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।  बर्दिया, जि.सुर्खेत भेरिगंगा न.पा.१० तारवारी वस्ने वर्ष  वर्ष १४ की बालिकालाई  मिति २०८३।०१।२२ गते देखि २०८३।०२।०३ गते सम्म जिल्ला बर्दिया गेरूवा गा.पा.१ भटेरा वस्ने वर्ष १९ को महेन्द्र जैशिले आफ्नै घरमा बोलाइ पटक पटक ज.ज.क.गरेको भनी निज बालिकाको आमाले इ.प्र.का.पाताभारमा जाहेरी दिनासाथ प्र.स.नि.ले आवश्यक समन्वय गरी निज दुवै जनालाई इ.प्र.का.पाताभारमा बोलाइ नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । तेह्रथुम, लालिगुँरास नगरपालिका वडा नं.३ स्थित मुसाङ्खेल बस्ने बर्ष ६२ को नगेन्द्र भुजेलले ऐ.ऐ.बस्ने  बर्ष ३२ की परिबर्तित नाम बसन्तपुर (ग) आफ्नै घर आँगनमा जुठोभाडो गर्दै गर्दा जबरजस्ती करणी गर्ने नियत लिई आएको र विभिन्न मितिमा  निज पीडितलाई शरिरको संबेदनशिल अंगमा  समेत पटक-पटक समाई जबरजस्ति करणी गर्ने नियतले मानसिक यातना दिदै आईरहेको भनी निज पीडितले मिति २०८३।०२।०४ गते ०७;०० बजेको समयमा इलाका प्रहरी कार्यालय बसन्तपुरमा आई जाहेरी दरखास्त दिएको हुँदा प्रहरी टोली खटी गई निज नगेन्द्र भुजेललाई नियन्त्रणमा लिई थप अनुसन्धान  भईरहेको । सुन बरामद,झापा, मेचीनगर न.पा. ६ काँकरभीट्टा स्थित भन्सार ढाँटमा स.प्र.बल नेपाल सिमा सुरक्षा गुल्म हे.क्वा. काँकरभिट्टा झापाबाट स.प्र.स.नि. को कमाण्डमा खटिएको टोली र मेचि भन्सार कार्यालयबाट खटिएको ६ जनाको संयुक्त टोलिले भारत देखि नेपाल तर्फ सिटी सफारीमा आउँदै गरेको देश भारत पश्चिम बंगाल राज्य कोलकता जिल्ला बस्ने ३९ को परम पाठकलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट 24k 999.9 purest Gold, (अं. मुल्य रु. १,४४,३०,८१५.४०), अमेरिकन डलर USD 20,000 अं. मुल्य रु. ३०,६५,००० र भारतिय रुपैया ८५,४१० नेपाली मुल्य रु. १,३६,६५७, मोबाइल थान-२, र हार्ड डिक्स लगाएतका समानहरु बरामद भएकोले निजलाई आवश्यक कारवाहीको  लागि व्यक्ति र सामान सहित ऐ.१९;०० बजे मेचि भन्सार कार्यालय काँकरभिट्टामा बुझाईएको । ला.औ.,काठमाडौं, का.म.न.पा.१४ बल्खु खाद्य मार्ग स्थित लागु औषध बेचबिखन भईरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर भद्रकालीबाट खटिएको  प्र.नि.को टोलीले लागु औषध ब्राउन सुगर १२७.१६ ग्राम सहित जि.सप्तरी  घर भई हाल का.म.न.पा.१४ बल्खु बस्ने वर्ष २१ को अनिल कुमार साहलाई नियत्रणमा लिई थप अनुसन्धान भईरहेको । सिन्धुली, कमलामाई न.पा.९ भिमान चेकपोष्ट स्थित वि.पी.राजमार्गमा इ.प्र.का.भिमानबाट प्र.नि.को कमाण्डमा खटिएको टोलीले जनकपुरबाट काठमाण्डौ तर्फ जाँदै गरेको चालक जि.महोत्तरी पिपरा गा.पा.५ बस्ने अं.वर्ष ४७ को विभुति नाथ झा ले चलाएको बा.प्र. ०१-००६ख २५९५ नं.को हायसमा सवार जि. कैलाली गोदावरी न.पा. ६ बस्ने अं.वर्ष २६ को अखिलजन विक्रम शाहलाई शंका लागि चेकजाँच गर्दा लागु औषध खैरो हेरोइन जस्तो देखिने गिलो पदार्थ ६८.०४० ग्राम (प्लाष्टिक बाहेक) फेला पारी निज र निजको साथी जि. कैलाली गोदावरी न.पा.१० बस्ने अं.वर्ष १९ को विकास साउदलाई नियन्त्रणमा थप अनुसन्धान भईरहेको ।  सुनसरी, धरान उप-मनपा ०८ साम्पाङ चौक स्थित ला.औ.कारोबार भईरहेको भन्ने विशेष सूचनाको आधारमा अ.प्र.चौ.बरगाछी धरानबाट खटी गएको टोलिले ऐ. हरिनगरा गा.पा.०६ बस्ने वर्ष २१ को अंजक अंसारी र ऐ.०७ बस्ने वर्ष १८ को अब्दुल वाहिद अंसारीलाई चेक जाँच गर्दा निजहरूको साथबाट ट्रामाडोल २००० क्याप्सुल र डिकोलिक २००० ट्याब्लेट गरी जम्मा ४००० ट्याब्लेट फेला पारी NS 200 सिसिको ON Test मो.सा. सहित निजहरूलाई नियन्त्रणमा लिई इ.प्र.का.धरानमा ल्याई थप अनुसन्धान भईरहेको ।

मिति २०८३।०२।०३ गते ०५:०० बजे देखि २०८३।०२।०४ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८३-०२-०४

कर्तव्य ज्यान,कञ्चनपुर, आज मिति २०८३।०२।०४ गते अं ०६:४५ बजेको समयमा जिल्ला कञ्चनपुर दोधारा चाँदनी न.पा. वडा नं. ०५ रकुली टोल बस्ने बर्ष अं. ४५ को लिला राम सुनार आफ्नै घरको सुत्ने कोठामा धारिलो हतियार (चक्कु) प्रहार गरि मृत अवस्थामा रहेको छ भनि ऐ. ०७:०० बजे निजको श्रीमती बर्ष अ. ३६ कि यसोदा सुनार आफै इलाका प्रहरी कार्यालय दोधारा चाँदनीमा आई जानकारी गराउनासाथ तत्काल इ.प्र.का.बाट प्र.नि. कृष्ण सोनी(९८५८७९००६२)को कमाण्डमा SCO सहित १० जनाको टोली खटिइ गई ऐ.०७:०५ बजे घटनास्थलमा पुगि बुझ्दा निज लिला राम सुनार रक्ताम्य भई मृत अवस्थामा रहेको, घटनास्थलबाट चक्कु बरामद गरिएको,निजको श्रीमती यसोदा सुनारलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागी इ.प्र.का.को हिरासतमा राखिइएको, उक्त स्थान इ.प्र.का. दोधारा चाँदनीबाट अं. ०१ कि.मि. उत्तर पर्ने बि.बि. पछि । ज.ज.क./बाल यौन दुर्व्यवहार,रामेछाप, रामेछाप न.पा.१ गोठगाँऊ खुर्पाती टोल बस्ने वर्ष अं.३५ की (अविवाहित, बोल्न, हिड्न नसक्ने, शारिरिक रुपमा अशक्त) लाई आफ्नै घरमा कोही नभएको मौका पारी ऐ.बस्ने जित बहादुर भुजेलको छोरा वर्ष अं.२१ को बिक्रम भुजेलले ज.ज.क.गरेको भनी ऐ.वडाका कार्याबाहक वडाध्यक्ष सन्जित कार्कीले मिति २०८३।०२।०३ गते अं.१४:०० बजे जानकारी गराउनासाथ प्र.चौ.साँघुटारबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई पिडक बिक्रम भुजेललाई नियन्त्रणमा लिई जि.प्र.का.रामेछापमा ल्याई थप अनुसन्धान कार्य भईरहेको । रसुवा, मिति २०८३।०२।०१ गते अं.१८:०० बजे उत्तरगया गा.पा.३ पैरेगाउँ बस्ने वर्ष १२ की बालिकालाई ऐ.बस्ने वर्ष अं.२८ को शंकर नेपालीलाई निज बालिकाको आफ्नै घरको शौचालयमा लगेर ज.ज.क.गरेको भनी मिति २०८३।०२।०३ गते अं.२२:०० बजे टे.फो.मार्फत प्रहरी चौकी डाडागाउँमा खबर प्राप्त हुनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गएको, निज बालिका (लाटी अलिअलि बोल्न सक्ने) को अवस्था सामान्य रहेको, शंकर नेपाली फरार, खो.त.भईरहेको,। फुटकर ज्यान,प्युठान, नौबहिनी गा.पा.६ लुङ बस्ने वर्ष २० को मोहन सुनार, ऐ.बस्ने वर्ष १८ को समिर सुनार, ऐ.बस्ने वर्ष २० को संदिप सुनार, ऐ.बस्ने वर्ष १९ को खले सुनार, ऐ.बस्ने वर्ष १९ को मधु सुनार र ऐ.बस्ने वर्ष २७ को बिनोद सुनारले ऐ.स्थित श्री जनज्योती मा.बि.लुङमा कुखुरा काटी सोही स्थानमा मा.प.से.गरी रहेको भन्ने खबर स्थानीयहरुले थाहा पाए पश्चात विद्यालय ब्यवस्थापन समिती अध्यक्ष केशब के.सी., गोविन्द घर्ति, बसन्त राना, नरेन्द्र के.सी., युवराज के.सी. लगायत स्कुलमा गई हेर्दा निजहरु ६ जना भाग्न खोजेकोमा वर्ष २७ को बिनोद सुनारलाई सोही स्थानमा फेला पारेको,अन्य ५ जना भागेकोमा ४ जना सम्पर्कमा आएको र वर्ष १९ को मधु सुनार हाल सम्म फेला नपरेको भनी ऐ.३ गते १३:०० बजे इ.प्र.का.लुङबहानेमा खबर गरे पश्चात इ.प्र.का.लुङबहानेबाट प्र.नि.को कमाण्डमा टोली खटी गई खो.त.गर्ने क्रममा ऐ.स्थित फेरा सामुदायिक वनको डुकरुङ धारा भिरबाट अं.१५० मिटर तल खोल्सामा मृत अवस्थामा फेला परेको, थप अनुसन्धानको लागि जि.प्र.का.बाट प्र.ना.उ.को कमाण्डमा टोली खटी गई घटनास्थल कार्य पुरा गरी शव पो.मा.को लागि जिल्ला अस्पताल बिजुवार प्युठान पठाएको । ला.औ., कास्की, पोखरा म.न.पा.५ धारापानी मार्ग स्थित ला.औ.लुकाई छिपाई राखेको भन्ने सूचना प्राप्त हुनासाथ  व.प्र.का.बैदामबाट प्र.ना.उ.को कमाण्डमा टोली खटी गई जग्गा धनि शिव हरी कोईरालाको जग्गामा युवराज खतिवडाले भाडामा लिई टिनको ट्रसले बनाएको कोठामा ऐ. बस्ने वर्ष २९ को मनिष ठकुरीको कोठा खानतलासी गर्दा ट्यापेन्डोल ट्यावलेट १०० mg लेखेको ३९५० पत्तामा ३९५०० चक्की ला.औ.  र नगद रु.१,८९,५००।– ( १ लाख उनानब्बे हजार पाँच सय) , खुँडा थान-१,मोबाईल थान-१,ट्याब थान-१ समेत फेला पारी मनिष ठकुरीलाई नियन्त्रणमा लिई व.प्र.का.बैदाममा ल्याई अनुसन्धान कार्य भईरहेको ।

मिति २०८३।०२।०१ गते ०५:०० बजे देखि २०८३।०२।०२ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८३-०२-०२

ज.ज.क./बाल यौन दुर्व्यवहार,बाजुरा, मिति २०८३।०१।३० गते २३:०० बजे जगन्नाथ  गा.पा.१ ल्वारवाडा बस्ने वर्ष १७ को बालकले ऐ.बस्ने वर्ष १४ की बालिकालाई ज.ज.क.गरेको भनी ऐ.३१ गते १७:०० बजे बालिकाको बुवाले जि.प्र.का.मा जाहेरी दिएकोले ऐ.०२।०१ गते १०:०० बजे प्र.चौ.कुन्नाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज जमदास दमाईलाई पक्राउ गरी थप अनुसन्धानको लागि जि.प्र.का.पठाएको । उदयपुर, मिति २०८३।०१।२८ गते अ. १९:०० बजेको समयमा सांकेतिक ठेगाना जिल्ला १६ बस्ने बर्ष ३६ की परिवर्तित नाम कटारी ङ (२०८२/०८३) लाई आफ्नो डेरा कोठामा एक्लै बसीरहेको अबस्थामा जिल्ला उदयपुर कटारी न.पा. वडा नं ४ बस्ने अ. वर्ष ५५ को योगेन्द्र सिंह तामाङले जवरजस्ती करणी गरी फरार रहेको हुँदा आबश्यक कारवाही गरी पाँउ भनी आज मिति २०८३।०२।०१ गते अ. १६;०० बजे निज पीडितले इ.प्र.का.कटारी उदयपुरमा जाहेरी दरखास्त दिन साथ तत्काल इ.प्र.का.कटारी उदयपुरबाट प्र.ना.नि. उज्वल खड्गीको कमाण्डमा ५ जनाको प्रहरी टोली खटी गई प्रतिवादीको खो.त.कार्य भईरहेको, पीडितको कटारी अस्पताल कटारी उदयपुरमा शारिरीक परीक्षण भएको, अवस्था सामान्य रहेको ।। भक्तपुर, मिति २०८३/०२/०१ गते १६:३० बजे जिल्ला भक्तपुर सुर्यविनायक न.पा. ८ सिपाडोल स्थितमा‌ मिति २०८३/०१/२० गते दिउँसोको समयमा ऐ. सिपाडोल स्थितमा रहेको मुस्कान सेवा नेपाल संस्थामा बस्ने अं. वर्ष १२ की परिवर्तित नाम ०८२|०८३ जगाती २७ (य.१) बालिकालाइ ऐ.संस्थामा बस्ने अं.वर्ष १३ को परिवर्तित नाम ०८२|०८३ जगाती २७ (य.२)बालकले पटकपटक जबरजस्ती करणी गरेको भनी परिवर्तित नाम ०८२|०८३ जगाती २७ (य) को जाहेरीले आवश्यक अनुसन्धानको लागि परिवर्तित नाम ०८२|०८३ जगाती २७ (य.२) बालकलाइ म्याद थप गरी आवश्यक अनुसन्धानको लागि बाल सुधार गृह ठिमीमा राखिएको,उक्त स्थानमा वृत्त जगातीबाट प्र.नि.कन्चन राजचलको टोली खटी गएको । ओखलढुङ्गा, मानेभञ्ज्याङ गा.पा.३ उबु बस्ने अं.वर्ष १४ की बालिकालाई ऐ.गा.पा.३ उबु बस्ने अं.वर्ष १८ को बालकले ऐ.स्थित रहेको खानेपानीको धारा छेउमा ज.ज.क.गरेको भनी मिति २०८३।०२।०१ गते २०:३० बजे जि.प्र.का.ओखलढुङ्गामा लिखित जाहेरी प्राप्त हुनासाथ जि.प्र.का.ओखलढुङ्गाबाट प्र.नि.को कमाण्डमा प्रहरी टोलि खटि गई निज प्रतिवादीलाई नियन्त्रणमा लिई पीडक र पीडित दुबै जनालाई यौनजन्य स्वास्थ्य परिक्षणको लागि जिल्ला अस्पताल रुम्जाटार ओखलढुङ्गा पठाएको । हात हतियार बरामद,धादिङ, बेनिघाट रोराङ गा. पा. २ होबाङ स्थित लागू औषध गाँजा तथा हातहतियार खरखजना मुद्दाका फरार रहेका प्रतिवादी विर बहादुर तामाङ ऐ.ऐ.स्थित आफ्नै घरमा लुकि छिपि बसेको छ भन्ने सूचनाको आधारमा इ.प्र.का. गजुरीबाट प्र.ना.उ. सुरज कार्की (९८५१२९८३००) को कमाण्डमा १७ जनाको टोली खटी जाँदा निज प्रतिवादी विर बहादुर तामाङलाई घरमा फेला पारी १ नाल भरुवा बन्दुक र लागु औषध अफिम जस्तो देखिन कालो पदार्थ प्लाष्टिकको बाल्टिन सहित अ.५४ के.जि. (बाल्टिन बाहेक अन्दाजी ५० के.जी.) थान -१ ठुलो डिजिटल तराजु र थान -१ सानो डिजिटल तराजु फेला पारी बरामद गरी प्रतिवादी सहित नियन्त्रणमा लिएको, अनुसन्धान कार्य भईरहेको, उक्त घटनास्थल प्र. चौ. ताल्ती बाट अं. १५ कि. मी. दक्षिण पश्चिम र इ. प्र. का. गजुरी बाट अं. ३० कि. मी. दक्षिण पर्ने अन्य बि. बि. पछि (०) उक्त नियन्त्रणमा लिईएको ला. औ. अफिम जस्तो देखिने कालो पदार्थ इ. प्र. का. गजुरीमा ल्याई मान्यता प्राप्त डिजिटल तराजु बाट नाप तौल गर्दा ५ वटा सेतो बाल्टी सहित जम्मा ५४ किलो ३२० ग्राम र बाल्टी झिकेर एकिन तौल गर्दा जम्मा ५१ किलो १८० ग्राम रहेको । प्रहरी कर्मचारीको मृत्यु, दार्चुला, जि.दार्चुला ब्यास गा.पा.२ घर भई  हाल ऐ.महाकाली न.पा.५  गल्फै बस्ने  कम्प्युटर कोड नं.३९०५४९, भर्ना मिति २०५७/०१/०१ गते   जि.प्र.का.बाजुरा दरबन्दी  भई जि.प्र.का.दार्चुलामा कार्यरत वर्ष ४९ को  प्र.स.नि.कृत सिंह बुढाथोकी मिति २०८३।०१।२५ गते कलेजो सम्बन्धी  समस्या भई उपचारको लागि  प्रदेश प्रहरी शाखा अस्पताल धनगढी कैलाली उपचारको लागि गएको र  सामान्य उपचार पश्चात  थप उपचारको लागि लुम्बिनि प्रदेश प्रहरी अस्पताल नेपालगंज बाँकेमा बेड भर्ना भई उपचार भईरहेकोमा ऐ.०२।०१ गते ०९:०४ बजे उपचारको क्रममा  मृत्यु भएको, उक्त स्थानमा जि.प्र.का.बाँकेबाट प्र.नि.को कमाण्डमा टोली खटी गई ऐ.१५:५० बजे मुचुल्का कार्य पश्चात शव भेरी अस्पताल नेपालगंज बाँके पो.मा.को लागि पठाईएकोमा ऐ.१६:२० बजे पो.मा.पश्चात मृतकको छोरा रोशन बुढाथोकीको शव बुझी दाहसंस्कारको लागि जि.बाँके कोहलपुर न.पा.११ शवदाह गृहमा लिई गएको ।