मिति २०८३।०२।१० गते ०५:०० बजे देखि २०८३।०२।११ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८३-०२-११
- A
- A-
- A+
ज.ज.क./बाल यौन दुर्व्यवहार,
बर्दिया, गेरूवा गा.पा.५ सुखाड
बस्ने अं.वर्ष २९ को अनुप रोकायले ऐ.४ बस्ने वर्ष २० की (क) वर्गकी अविवाहित
अपांगलाई विवाह गर्छु भनि माया प्रेमको झुटो आश्वासन, प्रलोभन
देखाई ललाई फकाइ गरि ऐ.२/८ गते अं.०२:०० बजे ज.ज.क.गरेको भनि ऐ.१० गते १५:०० बजे
पीडितले इ.प्र.का.पाताभारमा आवश्यक कारबाही गरी पाँउ भनी जाहेरी दरखास्त दिनासाथ
प्र.नि.को कमाण्डमा टोली खटी गई बुझ्दा पीडक तत्काल फरार रहेकोले खो.त.कार्य
भईरहेको, पीडित महिलालाई स्वास्थ्य परिक्षणका लागि बर्दिया
अस्पताल गुलरिया तर्फ पठाएको, अवस्था सामान्य ।
बाँके, मिति २०८३।०२।०४ गते
अं. २१:०० बजे, जि. बर्दिया बाँसगढी न.पा २ बस्ने वर्ष अं.१७
की बालिकालाई जि.बाँके बैजनाथ गा.पा.६ गुरुवा गाँउ बस्ने वर्ष अं.१९ को सोनु भन्ने
मिराज दर्जिले ऐ. कोहलपुर न.पा.११ स्थित सरु मगरको घरमा भाडामा लिएको कोठामा लगि
ज.ज.क. गरेको भनी निजको हजुर आमाले ऐ.१० गते इ.प्र.का कोहलपुर आई जाहेरी दर्खास्त
दिएको हुँदा उक्त स्थानमा प्र.ना.नि को कमाण्डमा टोली खटी गई पीडक सोनु भन्ने मिराज
दर्जिको खो.त.कार्य भईरहेको ।
शिशु मृत फेला परेको,
सुर्खेत, बिरेन्द्रनगर न.पा.१
स्थित रहेको त्रिपुरेश्वर सामुदायिक वनमा
जमिन मुनि खाडलमा बालक गाडेको अवस्थामा छ भनि स्थानीय मार्फत खबर प्राप्त
हुनासाथ प्र.चौ.बाङ्गेसिमलबाट प्र.ब.ह. को कमाण्डमा टोली र ऐ.वडाका वडा अध्यक्ष
लगायत स्थानीयहरुको टोली पुगि उक्त खाडल भित्र हेर्दा अं.७/८ महिनाको बालक मृत
अवस्थामा जमिन मुनि पुरेको अवस्था रहेको, उक्त स्थानमा थप
अनुसन्धानको लागि जि.प्र.का.सुर्खेतबाट प्र.नि. को कमाण्डमा टोली खटि गई ऐ.२१;४० बजे घटना स्थल कार्य समाप्त पश्चात लाश पो.मा. को लागि प्रदेश अस्पताल
कालागाँउ सुर्खेत पठाएको मा ऐ.२१;५० बजे शब गृहमा राखि थप
अनुसन्धान भईरहेको ।
बिदेशी मुद्रा बरामद,
रसुवा, उत्तरगया गा.पा.५
बेत्रावती बजार स्थित पासाङ ल्हामु सडक खण्डमा प्र.चौ.बेत्रावती रसुवाबाट
प्र.स.नि.को कमाण्डमा खटिएको टोलिले नियमित सवारी साधनहरु चेक जाँच गर्ने क्रममा
काठमाण्डौबाट टिमुरे तर्फ जाँदै गरेको बा.प्र.०१००६ ख ९५१५ नं. को यात्रुबाहक
बसलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार मित्रराष्ट्र चाईनाको मानसरोवरको
लागि जादैँ गरेको भारतिय नागरीकहरु ३० जनाको ग्रुपको गाईड जिल्ला धादिङ गंगाजमुना
गा.पा. ५ बस्ने बर्ष ३७ को सुशिल गुरुङको साथबाट अमेरीकी डलर १०० को ३६३ वटा, ५०
को ११२ वटा, २० को २९ वटा,१० को ५० वटा,
५ को ३ वटा र १ को ५ वटा गरी जम्मा ४३,०००।-
(त्रिचालिस हजार मात्र) अमेरिकी डलर फेला पारी निज गाईडलाई नियन्त्रणमा लिई थप
अनुसन्धान भईरहेको ।
लागु औषध,
सिन्धुली, कमलामाई
न.पा.९ भिमान चेकपोष्ट स्थित वि.पि.राजमार्ग सडकखण्डमा इ.प्र.का.भिमानबाट प्र.नि.
को कमाण्डमा खटिएको टोलीले जनकपुरबाट काठमाण्डौ तर्फ जाँदै गरेको बाग्मती
प्रदेश-०३-००१ ज १४२० नं. को EV रोकी चेकजाँच गर्दा सोही हाईसको ११ नं.
सिटमा सवार जि.महोत्तरी भङ्गा न.पा.४ बस्ने वर्ष २३ को राजन महतोको साथबाट
ला.औ.खैरो हेरोईन जस्तो देखिने अर्ध गिलो पदार्थ ५०.५७० ग्राम फेला पारी
नियन्त्रणमा लिई अनुसन्धान गर्दा निज सँगै सोही गाडीमा सँगै साथी समेत रहेको भन्ने
जानकारी हुनासाथ सोही गाडी चेकजाँच गर्दा अर्कै गाडीमा चढेको अवस्थामा जि.महोत्तरी
भङगा न.पा.४ बस्ने वर्ष ३३ को राजाबाबु महत्तोलाई
इ.प्र.का. खुर्कोटमा नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।
मकवानपुर, मनहरी गा.पा. ७ मनहरी
पुल नजिक इ.प्र.का. मनहरी मकवानपुरबाट
प्र.ब.ना.नि को कमाण्डमा खटिएको गस्ति टोलिलाई देख्ना साथ २ वटा मो.सा.मा रहेका अं. ४ जना मानिसहरु १ वटा झोला सोही
स्थानमा छाडी फरार भएकोमा उक्त झोला खोली
हेर्दा ला.औ. अफिम २५ किलो ९ सय ९०
ग्राम (तौल गर्दा) फेला परेकोले इ.प्र.का. मनहरी मकवानपुरबाट
प्र.नि. को कमाण्डमा टोलि खटी गई हाईवेमा जडान
भएका CC
क्यामेरा समेतको सहायताले फरार मो.सा. सहितका मानिसहरुको खो.त. तथा अनुसन्धान भईरहेको ।