मिति २०८३।०२।१२ गते ०५:०० बजे देखि २०८३।०२।१३ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८३-०२-१३
- A
- A-
- A+
कर्तव्य ज्यान,
मकवानपुर,मनहरी गा.पा.३ घर भई
ऐ. हेटौडा उ.म.न.पा.१ चौकीटोल डेरा गरी बस्ने अं.वर्ष ४५ को रामलाल ब्लोनले आफ्नै
श्रीमती अं.वर्ष ४२ की ओम कुमारी भुजेललाई कुटपिट गरी घाईते बनाएको भन्ने खबर
प्राप्त हुनासाथ प्र.नि.को कमाण्डमा टोली खटी गई उपचारको लागि हेटौडा अस्पताल
मकवानपुर पठाएकोमा ऐ.११:०० बजे चिकित्सकले चेकजाँच गरी मृत घोषणा गरेको, शव
सोही अस्पतालमा रहेको, मृतकको मुख, दुबै
हातखुट्टा र ढाडमा समेत निलडाम चोट देखिएको, कुटपिट गर्ने
श्रीमान रामलाल ब्लोनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।
ला.औ.,
काठमाण्डौं, का.म.न.पा.१५ बुद्ध
पार्क नजिक ला.औ.खैरो हिरोइन बिक्री वितरण भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी
वृत्त स्वयम्भुबाट प्र.ना.उ.को कमाण्डमा खटिएको टोलीले जि.सिन्धुपाल्चोक साँगाचोक
८ घर भई हाल काठमाडौँ म.न.पा.१५ बुद्ध पार्क बस्ने वर्ष ४२ को कुमार लामालाई ला.औ.खैरो हिरोइन जस्तो देखिने १२५ ग्राम २९०
मिलिग्राम (प्लास्टिक सहित), फेनार्गन २५ एम्पुल, डाइजेपाम २५ एम्पुल र नाइट्रोभेट १०५ क्याप्सुल, विभिन्न
कम्पनीका ६ थान मोबाइल, १ थान किप्याड मोबाईल,१ थान ट्याब र नगद रु.३० लाख १७ हजार २ सय ४५ सहित नियन्त्रणमा लिई
आ.अ.भइरहेको, ।
हातहतियार बरामद,
पाँचथर, फिदिम
न.पा.११ खमारे स्थित ऐ.बस्ने अं.वर्ष ४४ को देउ बहादुर आङ्बोको घरमा लाईसेन्स
नभएको बेचालु अवस्थामा काठको बिड भएको एक नाले भरुवा बन्दुक लुकाई छिपाई राखेको
भन्ने गोप्य सूचनाको आधारमा जि.प्र.का.बाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई उक्त
भरुवा बन्दुक सहित निज देउ बहादुर आङ्बोलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको
।
सुन बरामद,
काठमाण्डौं, हिमालय
एअरलाईन्सको उडान नं.H9 766 द्वारा दुबईबाट काठमाण्डौं आगमन भएको यात्रु जि.सर्लाही बागमती
न.पा.३ स्थायी वतन भएका राहदानी नं.PA3356402 वाहक वर्ष ३३
को बुद्धमान मोक्तानलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय
उडान तर्फको आगमन टनेल गेट/Welcome गेटमा Random चेकिङको क्रममा प्रहरीले निजलाई शंका लागि खानतलासी गर्दा निजको लगेजबाट
सुन जस्तो देखिने पहेँलो रंगको धातुको औंठी
थान २, जम्मा तौल-१२.३७ ग्राम, iPhone 15 Pro Max (Serial No. DWXF3FYJ2G थान- १, DELL कम्पनीको Laptop
Latitude 5400 को थान-१ फेला परेकोमा प्रारम्भिक सोधपुछ गर्दा निजले
उल्लेखित सामानहरु आफ्नो नभई दुबईमा रहेको नामथर, वतन
नखुलेको (सम्पर्क नं.९७१५५९४००६७८/ ९७१५६९७२५१९०) एक जना नेपाली दाईले आफुलाई
दिएको र उक्त सामानहरु काठमाडौं विमानस्थलमा पुगी नामथर थाहा नभएको सम्पर्क
नं.९८४११२५८४० रहेको व्यक्तिलाई बुझाई देउ तिमिलाई कुनै पनि समस्या पर्दैन भनी
पठाएको हुँदा उल्लेखित सामानहरू बोकी ल्याएको मात्र हो भनी बताएकोले आवश्यक
अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरणमा बुझाएको
।
लागु औषध,
बाँके, नेपालगंज
उ.म.न.पा.४ बसपार्क नजिकै प्र.स.नि.कमाण्डमा खटिएको प्रहरी टोलीले ऐ. बस्ने
अं.वर्ष १९ को बिष्णु कोरी र ऐ. बस्ने वर्ष २६ को सलिम सलमानीलाई शंका लागि
चेकजाँच गर्दा सलिम सलमानीको साथबाट ला.औ. ब्राउन सुगर जस्तो देखिने खैरो धुलो
पदार्थ शुद्ध तौल ५१ ग्राम ७१० मिलि ग्राम र डिजिटल तराजु थान १ फेला पारी बरामद गरी
ला.औ. सहित दुबै जनालाई नियन्त्रणमा लिई
थप अनुसन्धान भईरहेको ।
मोरङ, कानेपोखरी
गापा.०७ जहदा स्थितमा प्र.स.नि.को कमाण्डमा खटिएको टोलीले गस्तिको क्रममा
रमाईलोबाट कानेपोखरी तर्फ आउदै गरेको प्र.१-०२-०४८ प १८८४ नं.को स्कुटर चेकजाँच
गर्दा स्कुटर चालक ऐ.५ चिसाङ बस्ने बर्ष अं.३३ को बिर बहादुर घिसिङको साथबाट ला.औ
औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १२ ग्राम ८८० मिलि ग्राम फेला पारेको , स्कुटरमा
पछाडी सवार ऐ.७ कानेपोखरी बस्ने बर्ष अं.३७ को सन्तोस लिम्बु समेतलाई नियन्त्रणमा
लिई थप अनुसन्धान भईरहेको ।