मिति २०८३।०२।१५ गते ०५:०० बजे देखि २०८३।०२।१६ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८३-०२-१६
- A
- A-
- A+
ज.ज.क./बाल यौन दुर्व्यवहार,
संखुवासभा, करीव दुई महिना
अगाडी देखि जिल्ला ताप्लेजुङ त्रिवेणी गा.पा १ निधुरादिन घर भई हाल जिल्ला
संखुवासभा चैनपुर न.पा.-६ भञ्ज्याङखर्क बस्ने बर्ष .१५ कि परिवर्तित नाम चैनपुर
(ध) ०८२।०८३ की लाई जिल्ला ताप्लेजुङ मौवाखोला गा.पा ६ फाकुम्वा घर भई हाल जिल्ला
संखुवासभा चैनपुर न.पा.-६ भञ्ज्याङखर्क बस्ने बर्ष ५७ को फुपाजु पर्ने गम्बु
शेर्पाले ललाइ फकाई गरी जबरजस्ती करणी गरेको भनि आज मिति २०८३।०२।१५ गते इलाका
प्रहरी कार्यालय चैनपुर संखुवासभामा ऐ. १३:५० बजे समयमा निजको बुवा परिवर्तित नाम
चैनपुर (ध१) ०८२।०८३ ले जाहेरी दरखास्त दिएको हुँदा तत्काल इप्रका चैनपुर
संखुवासभाबाट प्रनि धिराज राईको (९८४७२४०६६७) कमाण्डमा ५ जनाको टोली खटि गई निज
पिडकलाई नियन्त्रणमा लिइ इप्रका चैनपुर संखुवासभामा ल्याई आवश्यक अनुसन्धान कार्य
भइरहेको ।
बागलुङ २०८३।०२।१५ १०:०० बागलुङ
न.पा.१३ पाउजा बस्ने वर्ष १५ की बालिकालाई ऐ.बस्ने वर्ष अं.२८ को को बिपिन रोकाले
बालिकाको घर छेउमा रहेको मलखादमा ज.ज.क.गरी फरार भएको भनी पीडितको आमाले ऐ.१५ गते १०:००
बजे जि.प्र.का.मा ज.ज.क.सम्बन्धी जाहेरी दिएको हुँदा इ.प्र.का.बलेवाबाट
प्र.स.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई नियन्त्रणमा आ.अ.भइरहेको ।
ललितपुर, मिति २०८३।०१।०९ गते
अं.१३:३० बजेदेखी ऐ.१५:०० बजेको समय सम्म ललितपुर म.न.पा.२२ भैसीपाटी स्थित कवाडी
ब्यवसाय गरी बस्ने भारत देश मोतिहारी घर भएको वर्ष ५४ को रमेश साहले वर्ष १४ की
बालिकालाई आफ्नो कवाडी पसल भित्र लगेर डर धाक धम्की देखाई पटक-पटक ज.ज.क.गरेको भनी
मिति २०८३।०२।१५ गते १५:०० बजे जिल्ला प्रहरी परिसर जावलाखेल ललितपुरमा आई निवेदन
दिए पश्चात प्रहरी प्रभाग सानेपाबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडक रमेश
साहलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी परिसर जावलाखेल ललितपुरमा ल्याई राखिएको, पीडित
बालीकालाई यौनजन्य स्वास्थ्य परिक्षन पश्चात निजको दिदिको जिम्मा लगाई पठाएको,
।
कञ्चनपुर, पुनर्वास न.पा.८ कंकड
बस्ने बर्ष अं.२० कि परिवर्तित नाम कञ्चनपुर ७५ बेलौरी (थ) घर भई जिल्ला कञ्चनपुर
बेलौरी न.पा.५ भुकण्डामा मेला हेर्न आएको हुदा उक्त मेला हेरी फर्किने क्रममा
निजलाई ऐ.बेलौरी न.पा.वडा नं.४ शान्तीपुर स्थित उखुबारीमा ऐ.पुनर्वास न.पा.१
गणेशबस्ती बस्ने बर्ष अं.२८ को राज कुमार रानाले ज.ज.क.गरेको भनि मिति २०८३।०२।१५
गते ०६:४० बजेको समयमा इ.प्र.का.बेलौरीमा आई निजको दिदिले जाहेरी दिना साथ उक्त
स्थानमा इ.प्र.का.बेलौरी बाट प्र.नि.कमल प्रसाद चौधरी (९८५८७९००६१) को कमाण्डमा ५
जनाको टोली खटिगई उक्त व्यक्तीको खो.त.कार्यको भईरहेको, । थप
अपडेट :- ऐ. १०:०० बजेको समयमा यस कार्यालयबाट प्र.नि. को कमाण्डमा SOCO अधिकृत सहितको टोलीले पीडित सहित लगी घटनास्थल सेमेतको अनुसन्धान कार्यको
लागी खटि गई स्थानिय, जनप्रतिनिधी, तथा
जग्गा धनिलाई समेत बुझ्दा पुनर्वास न.पा. वडा न. १ गङ्ला तालको पश्चिम पर्ने,
ऐ.ऐ. बस्ने बउला रानाको उखुबारीमा भएको भनि बुझीन आएको हुदा उक्त
वारदात स्थान इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तिको वडाएरियामा पर्ने भएकोले
घटनाको थप अनुसन्धान इ.प्र.का. त्रिभुवन बस्तीबाट भइ रहेको । थप अपडेट;- आज मिति २०८३।०२।१५ गते अं.१७;०० बजे
इ.प्र.का.त्रिभुवनबस्ती बाट प्र.ज.ऐकन्द्र कुवरको कमाण्डमा निज पीडित बर्ष अं.२०
कि परिवर्तित नाम कञ्चनपुर ७५ बेलौरी (थ) लाई स्वास्थ्य परिक्षणको लागि सेती
प्रादेशिक अस्पताल धनगढी पठाइएको ।
चोरी/लुटपाट/ ठगी,
काठमाण्डौ, चन्द्रागिरी न.पा.१५
गैरी गाउँ घर हुने वर्ष ५३ को राजकुमार बस्नेतको निजी निवास ३ तल्लाको पक्कि घरमा
पहिलो तल्लाको कोठामा कोही नभएको बेला ढोका ताला खोली दराजभित्र रहेको सुनको औठी १
वटा ( १ तोला ) अ.२,८५,००० मूल्य पर्ने,US 200 डलर
,नगद नेपाली रु.१४,००० गरी जम्मा रकम ३,२९,६०० चोरी भएको भनी वृत्त थानकोटमा जानकारी प्राप्त
हुनासाथ प्र.ना.नि.को कमाण्डमा टोली खटी गई आ.अ.भइरहेको ।
ला.औ.,
भक्तपुर, मध्यपुर ठिमी
नगरपालिका ५ राधेराधे भाटभटेनि पछाडि राजकुमार राजभण्डारीको ३ तले घरको भुई तलामा
डेरा गरी बस्ने जिल्ला जुम्ला कनका सुन्दरी गा.पा.८ घर भएको वर्ष ३४ को धन प्रसाद
भट्टलाई निजको डेराकोठाबाट निम्न परिमाणको लागु औषध सहित वृत्त ठिमीबाट खटिएको
प्र.ब.ना.नि.को ७ जनाको टोलीले नियन्त्रणमा लिई वृत्त ठिमीमा ल्याई राखिएको, उक्त
स्थान वृत्त ठिमीबाट अं.२ कि.मि.पुर्व पर्ने । निम्न परिमाणहरुः- १. Tapentadol
Tablets 100 mg- ३५,६००
वटा क्याप्सुल । २. Tramadol Hydrochloride IP Capsule 50
mg- १,८०० वटा क्याप्सुल । ३. Antikof
- ५,९०० वटा क्याप्सुल । ४. Spaspain -
२,००० वटा क्याप्सुल । ५. नगद रु. १,५१,०००/-(एक लाख एकाउन्न हजार ) ।