मिति २०८३।०२।१८ गते ०५:०० बजे देखि २०८३।०२।१९ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८३-०२-१९
- A
- A-
- A+
ज.ज.क./बाल यौन दुर्व्यवहार,
काठमाडौ, जि.बाजुरा
स्वामीकार्तिक गा.पा.२ घर भई हाल का.जि.कागेश्वरी मनोहरा न.पा.६ मुलपानी बस्ने
वर्ष अं.२४ की महिलालाई जि.पाल्पा रामपुर न.पा.३ स्थाई वतन भएको वर्ष ३४ को मदन
अधिकारीले अमेरिकाको winchestr Varjina 22602 Main ST
मा 22655 स्थित सन् २०२५।१०।०५ तारिख देखि अन्तिम पटक मिति
२०८२।१२।१७ गते सम्म अमेरिकामा रहेको प्रतिबादिकै डेराकोठामा लगि रातिको समयमा
ज.ज.क.गरेको भनि ऐ.१८ गते १६:०० बजे जि.प्र. परिसर,भद्रकाली
महिला वालवलिका तथा जेष्ठ नागरीक सेवा केन्द्रमा जाहेरी दरखास्त प्राप्त हुनासाथ
प्रतिबादी पक्राउ गर्न आदेश माग गर्दा सम्मानित काठमाडौं जिल्ला अदालतमा बाट
पक्राउ अनुमति नदिएको,थप अनुसन्धान भईरहेको ।
झापा, जिल्ला इलाम सुर्योदय न.पा. ३ स्थायी वतन भई हाल जिल्ला
झापा भद्रपुर न.पा. १० स्थितमा कोठा भाडामा बस्ने बर्ष ४६ को पुरुष ब्यक्तिले
आफ्नै झड्केली छोरी वर्ष १५ कि बालिकालाइ बिगत ३/४ बर्ष देखि पटक पटक र अन्तिम पटक
मिति २०८२।०३।२७ गते अं.०१:०० बजे ऐ.भद्रपुर न.पा.-७ गैरीगाँउ स्थित स्थानिय
व्यक्तिको कोठामा ज.ज.क.उद्योग गरेको भनि साना हातहरु नेपाल शाखा कार्यालय
भद्रपुरमा कार्यरत कर्मचारी मार्फत मिति २०८३।०२।१८ गते १८:०० बजे
जि.प्र.का.झापामा लिखित निवेदन प्राप्त हुनासाथ जि.प्र.का.झापाबाट प्रहरी टोली खटी
गइ पिडकलाइ नियन्त्रणमा लिई अनुसन्धान भइरहेको
बिदेशी मुद्रा बरामद,
काठमाडौं, बाटिक एयरको
उडान नं. OD-181 द्वारा मलेसिया जाने यात्रु जि.सुनसरी गढी गा.पा-०१स्थायी ठेगाना भएको
(राहदानी नं.PA3192940) वर्ष ५१को कमल नारायण विश्वास (नेपाल
एयरको कर्मचारी) ले लैजान लागेको कालो रङको लगेजलाई प्रस्थान तर्फको पछाडि ब्यागेज
चेकिङ एरिया (U-281) को X-ray मेसिनमा
र एयरलाईन्स काउन्टर अगाडि छाडेको ह्याण्ड ब्यागलाई चेकजाँच गर्दा उक्त लगेज र ब्याग
भित्र विभिन्न देशका मुद्रा नेपाली रूपैयाँ रू.११,०५,७००।-, जापानिज एन:-४१,०००।-,
मलेसियन ringgits:-३१,७३२,
U.S डलर:-१४,८५०, ओमन
रियाल:-२,९७०, Swiss franc:-१०००,
श्रिलंकन रुपैयाँ:-७,७७०, ) पाकिस्तानको रुपैयाँ:-३,५४ मुद्राहरु लुकाइछिपाई
विदेश लैजान लागेको अवस्थामा फेला पारी निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान गर्नुपर्ने भएकोले निजलाई एक रात
सुरक्षित राख्नको लागी प्रहरी वृत गौशाला पठाईएको, वरामद
मुद्रा एयरपोर्टको लेखा शाखामा राखिएको ।
ला.औ.,
ललितपुर, गोदावरी न.पा
०२ बिशङ्खुनारायण सामुदायिक वनमा बा.प्र.०१ ००२ ज ८८६३ नं को भाडाको ट्याक्सिमा १
हप्ता अगाडी ला.औ. ओसारपसार गर्न प्रयोग भएको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी
प्रभाग बाडेगाउबाट प्र.नि. को कमाण्डमा र सशस्त्रको २१ नं बटालियन खुमलटारबाट
स.प्र.नि. को कमाण्डमा खटिएको संयुक्त टोलीले उक्त ट्याक्सी सहित चालक जिल्ला
काभ्रे चौरिदेउराली गा.पा ०१ घर भइ हाल ललितपुर जिल्ला महालक्ष्मी न.पा. ०७
चाङगाथली बस्ने वर्ष अं. ३८ को सन्त बहादुर तामाङलाई अनुसन्धानको लागि नियन्त्रणमा लिइ सोधपुछ गर्दा सार्वजनिक
सडकखण्ड छेउ सल्लाको सल्लिपिरले लुकाइ छिपाइ राखेको Tramado Hydrochloride
Capsulies लेखिएको ला.औ. २१,०६४ पत्तामा २,१०,६४० ट्यबलेट फेला पारी बरामद गरी थप अनुसन्धान
भईरहेको ।
झापा, कचनकवल
गा.पा. ६ बनियानी स्थित देश भारत किसनगंज
जिल्ला दलेगाँउ पञ्चातय वडा नं.१ बस्ने बर्ष अ.२० को युबेद राजालाई जि.प्र.का.
झापा र ला.औ. नियन्त्रण कार्यालय काँकरभिट्टाबाट खटिएको सादा पोशाकको प्रहरी टोलीले बिशेष सुराकीको
आधारमा शंका लागी चेक जाँच गर्दा निजको साथबाट ६९ ग्राम ६०० मिलि ग्राम ब्राउन
सुगर सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।