प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मिति २०८३।०२।१९ गते ०५:०० बजे देखि २०८३।०२।२० गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।

२०८३-०२-२०

  • A
  • A-
  • A+
Share

कर्तव्य ज्यान,

दैलेख, मुख्य आपराधिक घटनाहरु ।नारायण न.पा.९ सालखर्क बस्ने अं.वर्ष ७० को कबिराज थापाले मा.प.से.गरी सामान्य बिबादको कारण आफ्नै छोरा अं.वर्ष ४५ को यादब थापालाई हसियाले शरीरको बिभिन्न भागमा प्रहार गरी घाईते भइ उपचारको लागि जिल्ला अस्पताल दैलेखमा ल्याइ डा.ले चेकजाँच गर्दा बाटोमा नै मृत्यु भएको भनी घोषणा गरेको, शव सोहि अस्पतालमा रहेको, निज कबिराज थापाको श्रीमती अं.वर्ष ६५ की पदम कुमारी थापालाई छुट्याउने क्रममा भित्रि चोट लागी घाईते भइ उपचारको लागि जिल्ला अस्पताल दैलेख पठाई उपचार भईरहेको, अवस्था सामान्य, उक्त स्थानमा जि.प्र.का.दैलेखबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई हसिँया प्रहार गर्ने कबिराज थापालाई हसिया (खुर्पा) सहित नियन्त्रणमा लिई जि.प्र.का.दैलेखमा राखिएको, ।

 

ज.ज.क./बाल यौन दुर्व्यवहार,

झापा, बिर्तामोड न.पा.३ बिर्ताबजार बुद्ध टोल स्थितमा बर्ष १५ की सांकेतिक नाम " ४८ अनारमनी ०८२/०८३ "लाई बर्ष ३५ को सांकेतिक नाम " ४९ अनारमनी ०८२/०८३ ले बिगत ३ बर्ष देखी यौन शोषण गरि रहेको भनि जिल्ला झापा भद्रपुर न.पा. वडा नं.८ स्थाई घर भई साना हातहरु नेपाल शाखा भद्रपुरकी सेक्टर ईन्चार्ज सांकेतिक नाम " ४८ (क) ले मिति २०८३।०२।१९ गते १२;०० बजे इप्रका अनामरनीमा लिखित जाहेरी दिना साथ इप्रका अनामरनीबाट प्रनि प्रबिण श्रेष्ठको कमाण्डमा टोली खटि गई पिडकलाई नियन्त्रणमा लिई इप्रका अनारमनी अनुसंधान भइरहेको,स्वास्थ परिक्षणको लागि पिडित र पिडकलाई प्रदेशिक अस्पताल पठाउने पहल भइरहेको, ।

 

बर्दिया, गेरुवा गा.पा.६ मनाउ बस्ने बर्ष २६ को परिवर्तित नाम सं.न.६६ रामनगर (अ) ले आफ्नो श्रीमती वर्ष २२ कि परिवर्तित नाम सं.न.६६ रामनगर (य) लाई आफ्नै घरमा सुतिरहेको अवस्थामा कुटपिट गरी ज.ज.क.गरेको भनि आज मिति २०८३।०२।१९ गते ११:०० बजे निज पिडितले इ.प्र.का.पाताभार बर्दियामा जाहेरी दरखास्त दिना साथ उक्त स्थानमा इ.प्र.का.पाताभार बर्दियाबाट प्र.नि.(९८५८०९०१११) को कमाण्डमा ५ जनाको टोली खटिगएको,ज.ज.क.गर्ने ब्यक्ति फरार रहेको,खो.त.कार्य भईरहेको,।

 

दाङ, मिति २०८२।०८।०९ गते अं.२०:३० बजे घोराही उ.म.न.पा. १३ स्थित जिल्ला कञ्चनपुर भिमदत्त न.पा.१४ बनकट्टी घर भई हाल जिल्ला दाङ घोराही उ.म.न.पा. १३ डुम्मरगाँउ बस्ने वर्ष १७ को बालकले ऐ.स्थितमा रहेको आफु बस्ने गरेको डेराको कोठामा जिल्ला दाङ घोराही उ.म.न.पा.१३ डुम्मरगाँउ बस्ने बर्ष १७ की बालिकालाई जबरजस्ती करणी गरेको र सो करणीबाट पिडितको पेटमा गर्भ समेत रहेकोले निज कानूनको बिबादमा परेका बालकलाई कानून बमोजिम गरी पाँउ भनी पिडितको आमाले मिति २०८३।०२।१८ गते १८:०० बजे जि.प्र.का.दाङमा किटानी जाहेरी दरखास्त पेश गरे पश्चात तत्काल जि.प्र.का दाङबाट प्र.नि.को कमाण्डमा प्रहरी टोली खटि गई प्रारम्भिक अनुसन्धान कार्य पुरा गरी निज कानूनको बिबादमा परेका बालकलाई खोजतलास गरी निजकै डेराकोठाबाट ऐ.२०:३० बजे फेला पारी नियन्त्रणमा लिई मिति २०८३।०२।१९ गते सम्मानित दाङ जिल्ला अदालतबाट मिति २०८३।०३।१८ गते देखि लागु हुने गरी ५ (पाँच) को म्याद थप भई जि.प्र.का.दाङको बाल निग्रानी कक्षमा राखी जबरजस्ती करणी कसुर मुद्दामा थप अनुन्धान भई रहेको, पीडित बालिका लाई विस्तृत स्वास्थ्य परिक्षण गरी निजको आमाको जिम्मा लगाई पठाएको, अवस्था सामान्य, ।

 

उदयपुर, मिति २०८३।०१।०१ गते दिउँसो अं. १४:०० बजेको समयमा सांकेतिक वतन जिल्ला १४-RM-2 बस्ने सांकेतिक नाम ०८२/०८३ गाईघाट १५८ (ग) को श्रीमती वर्ष ४२ की सांकेतिक नाम ०८२/०८३ गाईघाट १५८ लाई जिल्ला उदयपुर रौतमाई गा.पा वडा नं २ करमकुसे बस्ने वर्ष ५५ को बाल कुमार खड्काले ऐ.ऐ. गाडाँ खोला भित्ताको जङ्गलमा घाँस काटी रहेको अवस्थामा एक्कासी समाई डर त्रास देखाई जबरजस्ती करणी गरेको भनी निज पिडितले जिप्रका उदयपुरमा आज मिति २०८३।०२।१९ गते १५:०० बजे लिखित जाहेरी दिन साथ इप्रका रौतामाई उदयपुरबाट प्रबह मनोज मण्डलको (९८४२८५१५७३) कमाण्डमा २ जना प्रहरी टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई जिप्रकादयपुरमा उ ल्याई थप अनुसन्धान भइरहेको,

 

चोरी / लुटपाट/ ठगी,

काठमाडौँ, का.जि.ना.न.पा.३ गैरीगाउ स्थितमा रहेको प्रमिला रिजालको साढे तिन तले पक्की घरको भुँई तलामा डेरा गरी बस्ने जि.धादिङ त्रिपुरा सुन्दरी गा.पा.३ घर भई हाल का.जि.ना.न.पा ०३ गैरीगाँउ बस्ने वर्ष ४० को विष्णु थापाको कोठाबाट कोठामा कोहि नभएको अवस्थामा कोठाको ताल्चा फोडी कोठा भित्र अपरिचित मानिस प्रवेश गरी सुनको बिभिन्न गरगहना, IPHOne 12 pro र नगद रु २० हजार गरी जम्मा अं.मु.रु.१४ लाख ८७ हजार ९ सय बराबरको धनमाल चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ वृत्त स्वयम्भुबाट प्र.ह.को कमाण्डमा प्रहरी टोली खटी गई चोरी गर्ने मानिसको खो.त.कार्य भइरहेको,

 

महोत्तरी, सोनमा गा.पा.३ खखना दक्षिणबारी टोल बस्ने रामबिश्वास यादवको पक्की घरमा (हाल सबै परीवार जनकपुर बस्दै आएको) अं.५।६ जना अपरिचित्त ब्यक्तिहरुले घर अगाडीको झ्यालको ग्रिल निकाली घर भित्र प्रवेश गरी चोरी गर्ने क्रममा सामानहरु लिन खोज्दा निजको छोरी अं.वर्ष २२ की किरण यादव र ज्वाई जिल्ला महोत्तरी पिपरा गा.पा.२ अतरार बस्ने अं.वर्ष २७ को रामईश्वर यादव (१ महिना देखि सोहि ससुराली घरमा बस्दै आएको) संग हाँतपात हुँदा अपरिचित ब्यक्तीले निजहरुलाई गोलि हान्दा श्रामान/श्रीमती दुबै जना घाईते भई उपचाको लागि जानकी एकेडमी पर्सामा समान्य उपचार पश्चात थप उपचारको लागि जनकपुर तर्फ लगेको, किरण यादवको दाहिने खुट्टाको तिघ्रामा दुई ठाउमा घाउ, अवस्था सामान्य र रामईश्वर यादवको दाहिने हाँतको पाखुरामा एक ठाउमा घाउ भएको, अबस्था मध्यम रहेको भनी ऐ.०३:०० बजे प्र.चौ.रघुनाथपुरमा जानकारी प्राप्त हुनासाथ प्र.चौ.रघुनाथपुरबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई थप बुझ्ने कार्य भईरहेको, निजको आँगन बाहिर गोलीको खोका थान १ फेला पारी स्थानियले प्रहरीलाई बुझाएको, थप अनुसंन्धानको लागि जि.प्र.का.महोत्तरीबाट प्र.ना.उ.को कमाण्डमा टोलि खटी गएको ।

 

मोरङ, बेलबारी न.पा.१० नारायण चोक बस्ने रमेश कार्कीको सुन पसलको पछाडीको चेन गेटको ताला फोडी पसलमा रहेको अं.६ तोला सुन, अं.२०० तोला चाँदी र Cctv हार्डडिक्स Cpu समेत चोरी गरी लगेको भन्ने खवर प्र.चौ.डागिहाटमा ऐ.१७:३० बजे जानकारी गराउनासाथ प्र.स.नि.र इ.प्र.का.बेलबारीबाट प्र.नि.को कमाण्डमा टोली खटी गई खो.त.तथा अनुसन्धान भईरहेको, ।

 

ला.औ.,

सुनसरी, बराहक्षेत्र न.पा.०५ अमाहा सिमसार वन स्थित कालाबन्जार धरान सडकखण्डमा कालाबन्जारबाट धरान तर्फ जादै गरेको BR 38 AF 2646 नं.मो.सा चालकले प्र.चौ भरोलबाट प्र.स.नि को कमाण्डमा खटिएको गस्ती टोलीलाई देख्नसाथ निजले बोकेको सेतो बोरा बाटोको छेउमा फाली भाग्न खोज्दा उक्त मो.सा.लाई शंका लागी नियन्त्रणमा लिई निजले फालेको बोरा चेकजाच गर्दा ला.औTRAMALDOL HYDROCHLORIDE CAPSULES I.P.१६९ पत्तामा १६९० पिस क्याप्सुल फेला परेको र निजको साथवाट नगद रू.२७,५००/-(सत्ताईस हजार पाच सय), मोबायल थान १ समेत फेला परेकोलेले बरामद गरी मो.सा.चालक देश भारत जिल्ला अररिया बेलाहा बस्ने वर्ष २० दयानन्द यादवलाई मो.सा.सहित नियन्त्रणमा लिई आ.अ.भइरहेको, ।

सम्बन्धित समाचार
मिति २०८३।०५।१५ गते ०५:०० बजे देखि २०८३।०५।१६ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१६

ज.ज.क./बाल यौन दुर्व्यवहार,सिन्धुली, कमलामाई न.पा.४ गणपती होटल पछाडि रहेको झोलुङ्गे पुलमुनि ग्वाङ् खोलामा वर्ष १० की बालिका र निजको साथी वर्ष ९ की बालिका समेत नुहाईरहेको अवस्थामा ऐ.दुधौली न.पा.३ बस्ने वर्ष २३ को भक्त बहादुर कार्कीले आफ्नो कपडा खोली खोला भित्रै पानीमा वर्ष १० की बालिकालाई जबरजस्ती करणी गरेकोमा निज बालिका रोई कराई गरेको अवस्थामा सोही ठाउँमा माछा मार्ने मानिसहरुले देखी निजलाई नियन्त्रणमा लिई प्र.चौ.ढुङ्ग्रेबासमा टे.फो.मार्फत जानकारी गराउनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज भक्त बहादुर कार्कीलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई ऐ.०५/१५ गते दिन ५ म्याद थप गरी अनुसन्धान कार्य भईरहेको,। संखुवासभा, भोटखोला गा.पा.०४ घर भई हाल जि.संखुवासभा मकालु गा.पा.०५ बस्ने अ.वर्ष ४३ को किरण तामाङले वर्ष २७ की महिलालाई ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.नुम संखुवासभाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई  पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको । उदयपुर, न.पा.वडा न.६ शिखरटोल बस्ने वर्ष १५ की  बालिकालाई जिल्ला उदयपुर बेलका न.पा. वडा न.०६ कात्तिके बस्ने वर्ष २१ को लाक्पा तामाङले ज.ज.क गरेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. रामपुरठोक्सिला  उदयपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको,बालिकाको अवस्था सामान्य रहेको । धरिलो हारहतियार प्रहार,बाँके, बैजनाथ गा.पा.८, गुरदयालपुर बस्ने वर्ष ४० की ठगनी थरुनीले निजको श्रीमान वर्ष ४३ को जंग बहादुर थारुलाई घरायसी विवाद हुँदा धारिलो हतियार (बन्चरो) ले टाउकोमा प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.रनियापुरबाट प्र.ह.को कमाण्डमा टोली खटी गई निज घाईतेलाई उपचारको लागी संजिवनी कलेज अफ मेडिकल साईन्सेज प्रा.लि. नेपालगंज, बाँकेमा पठाईएको, अवस्था गम्भीर, निज ठगनी थारू र निजले प्रयोग गरेको हतियार नियन्त्रणमा लिई इ.प्र.का.घनौलीमा पठाईएको,। मुस्ताङ, घरपझोङ गा.पा. वडा नं. २ मार्फा स्थितमा ऐ.बस्ने बर्ष अं. २८ को रोशन मगरले ऐ.ऐ. बस्ने बर्ष अं. २८ को राजेन्द्र परियारलाई धारिलो हतियार खुकुरीले टाउकोमा प्रहार गरी गम्भिर घाईते भएको छ भन्ने जानकारी प्राप्त हुनासाथ जि.प्र.का. मुस्ताङ बाट प्र.नि. ईश्वर महतको ( ९८५६०९१००६ ) कमाण्डमा ७ जनाको टोलि खटिई गई घाईतेलाई मार्फा स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात थप उपचारको लागि प्रदेश अस्पताल जोमसोम मुस्ताङ पठाईएको, धारिलो हतियार खुकुरी प्रहार गर्नुको कारण नखुलेको,दुवै जनाले मा.प.से. गरेको,उपचारमा घाईतेको आफन्त संलग्न, धारिलो हतियार खुकुरी प्रहार गर्ने व्यक्ति,खुकुरी जि.प्र.का. मुस्ताङको नियन्त्रणमा रहेको । ऐ.०३:४३ बजेको समयमा घाईते थप उपचारको लागि पोखरा रिफर भएको, उपचारमा श्रीमती निरमाया परियार (९७६३२७०१५४) संलग्न । हाम फाली बेपत्ता,सोलुखुम्बु, महाकुलुङ गा.पा.-५ चाचालुङ बस्ने सुमित कुलुङकी श्रीमती वर्ष अ.१८ की सम्झना नाछिरीङ राई श्रीमान-श्रीमतीबीच घरायासी विवाद भई श्रीमती ऐ. सोताङ गापा-४, नाम्लुङ माईती घर गएकोले श्रीमान पनि सँगै जाँदै गर्दा ऐ. महाकुलुङ गा.पा.५ र सोताङ गा.पा.४ को सिमाना स्थित गुदुङ खोलाको पुलबाट निज श्रीमती सम्झना नाछिरीङ राईले खोलामा हाम फाली बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. सोताङबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, । लागु औषध,उदयपुर, कटारी न.पा.६ बाँकेटार शान्तिवन स्थित वनभित्र ला.औ. गाँजा ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा इ.प्र.का. कटारीबाट प्र.नि.को कमाण्डमा २० जनाको टोली खटी गई उक्त वनभित्र खो.त.गर्दा बा १६ च ५२६९ नं.को बोलेरो गाडी र गाडी नजिकै जंगलमा विभिन्न स्थानमा लुकाई छिपाई राखेको ला.औ. गाँजा ५२ बोरा शुद्ध तौल ११२२ के.जि. ६७ ग्राम गाँजा र सोही स्थानमा ऐ. ताप्ली गा.पा. १ डाँडागाउँ बस्ने वर्ष ५५ को राम बहादुर मगर सहित ३ जनालाई फेला पारी ला.औ., गाडी सहित  तीनै जनालाई इ.प्र.का. कटारी ल्याई अनुसन्धान भइरहेको, ।  न.प.पश्चिम, नवलपरासी (ब.सु.प.) रामग्राम न.पा.०१ निलोगेट स्थितमा ला.औ.कारोबार भईरहेको भन्ने खबर प्राप्त हुनासाथ ला.औ.नियन्त्रण ब्युरो शाखा कार्यलय भैरहवा रुपन्देहीबाट प्र.ना.नि.को कमाण्डमा २ जना र जि.प्र.का.नवलपरासी (व.सु.प) बाट प्र.ना.नि.को कमाण्डमा ५ जनाको टोली खटी गई परासी देखि सुनवल तर्फ जादै गरेको भारतिय UP 56 AH 6189 न.को मो.सा.लाई रोक्न खोज्दा उक्त मो.सा.नरोकी भाग्ने क्रममा मो.सा.छाडी मो.सा.चालक देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज सेखली बस्ने वर्ष अं. ३३ को गिरिजेस श्रीवास्तव र सोही मो.सा. पछाडी सावर देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज निचलौल बस्ने वर्ष अं. २७ को दिपक भन्ने मिधलेस श्रीवास्तव भाग्दै गर्दा ब्यारेट पेस्तोलबाट ४ राउण्ड हवाई फाएर गरी निजहरुलाई रितपुर्वक नियन्त्रणमा लिई चेकजाँच गर्दा  ब्राउन सुगर जस्तो देखीने खैरो गिलो पदार्थ प्लाष्टिक रहितको तौल १५८ ग्राम नियन्त्रणमा लिई जि.प्र.का. नवलपरासीमा ल्याई राखिएको,चोटपटक कसैलाई केही नभएको ।

मिति २०८३।०५।१४ गते ०५:०० बजे देखि २०८३।०५।१५ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१५

ज.ज.क./बाल यौन दुर्व्यवहार,दाङ, मिति २०८२।११।०४ गते बिहान अं. ०४:०० बजेको समयमा जि. दाङ, राजपुर गा.पा.७ मनोहरा स्थित भैसाहीदेखि भौवानाका जाने बाटोमा पर्ने पुर्णबहादुर रोकाले घर बनाएको पुरानो स्थान नजिकैको जंगलमा ऐ. राजपुर गा.पा.७, भौवानाका बस्ने वर्ष ३७ की महिलालाई ऐ. राजपुर गा.पा.७ भित्री सिक्टा बस्ने वर्ष ३२ को जनक कुमालले ज.ज.क. गरेको भनि आज मिति २०८३।०५।१४ गते १७:३० बजे निज पीडितले आफैं इ.प्र.का. गढवामा लिखित जाहेरी दरखास्त दिएपश्चात् प्र.नि.को कमाण्डमा प्रहरी टोलि खटि गई पिडक जनक कुमाललाई ऐ. गढवा गा.पा.६ गढवा बजारमा हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई आ.अ.कार्य भईरहेको, पीडितको अवस्था सामान्य रहेको र निज पीडित गर्भवती रहेको, पीडित पीडक दुवैको मेडिकल परीक्षण हुन बाँकी रहेको । सिन्धुपाल्चोक, लिसंखुपाखर गा.पा.७ धामीटोल बस्ने वर्ष ३६ को पुरुषले कान्छी श्रीमतीको छोरी वर्ष १७ की बालिकालाई बाल यौन दुर्व्यवहार गर्ने प्रयास गरेको भनि ऐ.१९:०० बजे खबर प्राप्त पश्चात प्र.चौ.ठुलोपाखरबाट प्र.स.नि.को कमाण्डमा टोलि खटि गई पिडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । सुन बरामद,काठमाण्डौं , हिमालयन एयरलाईन्सको उडान द्धारा कतारको हुदै काठमाडौं आएका जिल्ला सर्लाही मलंगवा न.पा.३ बस्ने मोहम्मद जसिम फकिरले  सुनजस्तो देखिने पहेलो धातुको जस्तो देखिने सिक्री थान १ (अं.२५ ग्राम) ल्याएकोमा निजलाई संका लागी सोधपुछ गर्दा निजले भरियाको रुपमा उक्त सुन ल्याएको भनि मुखसावित वताएकोले निजलाई आवश्यक  अनुसन्धानको लागी नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएको कारण दिन एक सुरक्षित साथ राख्नका लागि प्रहरी वृत्त गौशला पठाएको । काठमाण्डौं, का.म.न.पा.९ एयरपोर्ट स्थित हिमालयन एयरलाईन्सको उडान द्धारा कतार हुदै काठमाण्डौ आएका यात्रुहरुलाई प्रयोग गरी नेपालमा सुन ओसारपसार गरी कारोबार गर्ने सिरहा जिल्ला सिरहा न.पा.७ घर भई बस्ने वर्ष ३४ को सन्तोष कुमार यादवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन तर्फको पार्किङ क्षेत्रमा बाह्‍य मुलुकबाट आगमन भएका यात्रुहरुले भन्सार छली गरी ल्याएको सुन जस्तो देखिने पहेँलो धातुको सिक्रि थान १ अं.तौल २५ ग्राम रिसिभ(संकलन) गरी अवैध रूपमा लैजान लागेको अवस्थामा नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएकोले ऐ.१९:३० बजे प्रहरी वृत्त गौशला पठाएको । कैदी मृत्यु,चितवन, चितवन कारागार ल्याएको कर्तव्य ज्यान केसको कैदि वन्दि क्यान्सर विरामी जि.पर्वत फलेवास गा.पा.२ वतन भएको वर्ष ४२ को बिनोद विक्रम कुवर मिति २०८३/०३/२२ गते देखि बि.पि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भई रहेकोमा ऐ.१४ गते उपचारको क्रममा मृत्यु भएको,शव सोहि अस्पतालमा रहेको,आफन्तहरु सगै रहेको । हतकडी सहित मानिस फरार,झापा, बिर्तामोड न.पा.८ स्थित देउनिया नजिकबाट चोरीमा संलग्न ऐ.भद्रपुर न.पा.१० बस्ने बर्ष २४ को सन्देश हस्दालाई अ.प्र.चौ.गरामनीबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलिले नियन्त्रण लिने क्रममा हतकडी सहित फरार भएको हुँदा इ.प्र.का.अनारमनीबाट प्र.ना.उ.को कमाण्डमा, जि.प्र.का.झापाबाट प्र.ना.उ.को कमाण्डमा र मातहत समेतबाट प्रहरी परिचालित गरी चेकिङ सहितको डिउटी निकाली खोजतलास भईरहेको । अस्पतालबाट बच्चा चोरी भएको,पर्सा, जि. सर्लाही  रामनगर गा.पा.३ बहुअर्वा बस्ने रन्जय दासको श्रीमती अं.वर्ष २७ की  रिन्कु देवीले  मिति २०८३/०५/१३ गते अं.२३:०० बजे जि.पर्सा विरगंज म.न.पा.०४ स्थित नारायणी अस्पतालमा शल्यक्रियाबाट नवजात शिशु (छोरा) जन्मिएकोमा ऐ.०५।१४ गते अं.१५:०० बजे अपरिचित अं.वर्ष ३५ की महिलाले बच्चा खेलाउछु भनि शिशुको हजुरआमासँग मागी बच्चा लिई गएकोमा हालसम्म सम्पर्कमा नआएकोले चोरी भएको भनि ऐ.१६:४५ बजे ऐ. अस्पतालमा खटिएको प्र.क.लाई जानकारी गराउनासाथ व.प्र.का.बिर्ताबाट  प्र.नि.को कमाण्डमा टोलि खटि गई बुझ्ने तथा खोजतलास कार्य भईरहेको । लागु औषध,कञ्चनपुर, भि.न.पा.११ होल्डिङ्ग सेन्टर (७ नं.पिल्लर) स्थित इ.प्र.का.गड्डाचौकीबाट प्र.ब.ना.नि.को कमान्डमा खटिएको प्रहरी टोलिले भारतबाट नेपाल आँउदै गरेको से. ६ प १५४९ नं.को मो.सा.चालक जि. कैलाली गोदावारी न.पा.०४ बस्ने अं.वर्ष २६ को प्रभाष मल्ल र सोही मो.सा.मा पछाडी सवार जि. डोटी जोरायल गा.पा.०१ बस्ने अं.बर्ष २६ को बिक्रम पातलीलाई शंका लागी चेकजाँच गर्दा शुद्ध तौल ६.५७ ग्राम खैरो हिरोइन जस्तो देखिने लागुऔषध सहित बरामद गरी आवश्यक कार्बाहीको लागि जि.प्र.का. पठाईएकोमा,  ऐ. १९:३०बजे सोधपुछको क्रममा निज वर्ष २७ को प्रभास मल्ल कम्प्युटर कोड नं.६३६४२ को स.प्र.बल नेपाल नं.३५ गण हे.क्वा. शैलेश्वरी झलारी कञ्चनपुर दरबन्दी भई नं.५२ गुल्म हे.क्वा. डडेल्धुरामा कार्यरत स.प्र.ज. रहेको भन्ने बुझिएको ।  पर्सा, वीरगञ्ज म.न.पा.१६ माईधिया पोखरी अगाडि सडक-खण्डमा बसपार्क तर्फ पैदल आउँदै गरेको देश भारत विहार राज्य जिल्ला पूर्णिया थाना सदर ग्राम हाजिरगञ्ज वडा नं.४५ बस्ने वर्ष १९ को कृष्णा कुजुँर लगायत ३ जना  व्यक्तिहरू माथि शंका लागि जि.प्र.का.बाट खटिएको प्र.नि.को विशेष टोलिले रोकी चेकजाँच गर्दा निजहरूको साथबाट ला.औ.ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ १०० ग्राम फेला पारी बरामद गरी ला.औ. सहित ३ जनालाई  नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।