मिति २०८३।०२।२४ गते ०५:०० बजे देखि २०८३।०२।२५ गते ०५:०० सम्मको मुख्य घटनाहरु ।
२०८३-०२-२५
- A
- A-
- A+
ज.ज.क./बाल यौन दुर्व्यवहार,
कैलाली, धनगढी उ.म.न.पा.१६
बेहडाबाबा बस्ने वर्ष १८ की किशोरीलाई मिति २०८३।०२।२१ गते रातको समयमा ऐ.स्थित
खेतबारीमा लगेर ऐ.बस्ने वर्ष २१ को प्रदिप चन्द, ऐ.बस्ने
वर्ष १७ को पारस ऐडी र ऐ.बस्ने वर्ष १६ को बिशाल बुढाले ज.ज.क. गरेको भनि किशोरीको
आफन्तले ऐ.२४ गते १५:०० बजे जि.प्र.का.कैलालीमा जाहेरी दिएको हुँदा प्र.ना.नि.को
कमाण्डमा टोली खटि गई तीनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।
बर्दिया, मिती २०८३।०२।२२ गते
२२:३० बजेको समयमा जि.बर्दिया गुलरिया न.पा.१ गाउँ नं.१६ जानकी टोल बस्ने वर्ष
अं.२१ की महिलालाई जि.बर्दिया बारबर्दिया न.पा. ६ मनिकापुर बस्ने रन ब. थारूको
छोरा वर्ष अं. २३ को अलेकजेण्डर थारूले आफनै घरको आफु सुत्ने कोठामा ल्याई ज.ज.क.
उघोग गरेको भनी इ.प्र.का.जयनगरमा ऐ.२४ गते अं. ०९:०० बजे पिडितले जाहेरी दर्खास्त
दिए पश्चात सम्मानित जि अदालत बर्दियाबाट प्रकाउ अनुमति लिई प्र.स.नि.को कमाण्डमा
टोली खटि गई निजलाई घर वतनबाट नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।
धादिङ, मिति २०८३/०२/१८ गते
अं.२३:०० बजे जि.धादिङ खनियाबास गा.पा.१ लेक्सा स्थितमा विकाश तामाङको घरमा मनिष
तामाङले संचालन गरेको होटेलमा ऐ.ऐ.४ बस्ने बर्ष १९ की परिबर्तित धादिङ २४ (१८३)
०८२/०८३ लाई जि.धादिङ खनियावास गा.पा.०१ नेक्सा बस्ने वर्ष २८ को वर्णबास तामाङले
ज.ज.क.गरेको भनी पिडितले मिति २०८३/०२/२२ गते २३:०० बजे जि.प्र.का.धादिङमा जाहेरी
दरखास्त दिनासाथ उक्त स्थानमा इ.प्र.का.दार्खाबाट प्र.ब.ह.को कमाण्डमा २ जनाको
टोली खटि गई निज प्रतिबादीलाई ऐ. ४ दार्खा स्थितबाट नियन्त्रणमा लिई थप अनुसन्धान
भईरहेको ।
धादिङ, मिति
२०८३।१२।१३ गते थाक्रे गा.पा.९ सिमपानी स्थित सामुदायिक वनमा जि.धादिङ धुनिवेशी
न.पा.४ रूपाखेती गाँउ बस्ने वर्ष अं. ३३ को रामशरण रूपाखेतीले बर्ष ३६ कि महिलालाई
ललाई फकाई लगि जबरजस्ती करणी गरेको भनि पिडितले मिति २०८३।०२।२३ गते अं.१४:००
बजे जि.प्र.का.धादिङमा जाहेरी दिना
साथ उक्त स्थानमा इ.प्र.का.खानिखोलाबाट
प्र.ना.नि. को कमाण्डमा टोली खटी गई ऐ.१०:१५ बजे निज प्रतिवादीलाई निजको घरबाट
पक्राउ गरी ऐ.२४ गते मुद्दा दर्ता भई थप अनुसन्धान भईरहेको ।
ला.औ.,
मकवानपुर, मनहरी गा.पा.८
बेलुवा स्थित रमेश न्यापानेको घरमा कोठा भाडामा बस्ने जि.बारा स्वर्ण गा.पा.८
पर्सामपुर वतन भएकी रोजिद आलमको श्रीमती वर्ष अं.२५ की सेहेरा खातुनले आफु बस्ने
कोठामा ला.औ.गाँजा लुकाई छिपाई राखेको भन्ने गोप्य सूचना प्राप्त हुनासाथ
इ.प्र.का.मनहरी मकवापुरबाट प्र.नि. को कमाण्डमा टोली खटि गई कोठा खानतलासी गर्दा
चामलको बोरा भित्र रातो प्लाष्टिकले बेरेर लुकाई छिपाई राखेको अवस्थामा ला.औ.गाँजा
२२ के.जि.८५२ ग्राम (तौल भएको) फेला पारी ला.औ. सहित महिलालाई नियन्त्रणमा लिई थप
अनुसन्धान कार्य भईरहेको ।
काठमाण्डौ, टोखा न.पा.१०
टोकियो बजार स्थित गिता कंडेलको घरको भुँई तलामा डेरा गरी बस्ने जिल्ला सुनसरी
धरान उ.म.न.पा.१५ स्थायी घर हुने बर्ष ३८ को युगसाङ राईले कोठामा लागु औषध लुकाई
छिपाई राखेको भन्ने बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर भद्रकालीबाट प्र.नि.
को कमाण्डमा गएको टोलीले उक्त घरमा गई निज
युगसाङ राईलाई फेला पारी सोधपुछ तथा कोठा खानतलासी गर्दा ब्राउन सुगर जस्तो देखिने
खैरो गिलो पदार्थ २०.६४ ग्राम फेला पारी स्थानीय मानिसहरूको रोहवरमा कानून बमोजिम
बरामद गरी थप अनुसन्धान कार्य भईरहेको ।