प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मिति २०८३।०२।२९ गते ०५:०० बजे देखि २०८३।०२।३० गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।

२०८३-०२-३०

  • A
  • A-
  • A+
Share

ज.ज.क./बाल यौन दुर्व्यवहार,

पर्सा, बिरगंज म.न.पा १५ ब्रह्म चोक भित्री सडक खण्डमा ऐ.११ मुर्ली टोल बस्ने बिनोद नेपालीको छोरी वर्ष १५ की बालिकालाई नाम,थर वतन नखुलेको पुरुष व्यक्तीले ललाइ फकाई ज.ज.क.गर्न खोजेको भनी निजको अभिभावकले व.प्र.का.श्रीपुरमा ऐ.२९ गते १३:०० बजे मौखिक जानकारी गराएको हुँदा  व.प्र.का.श्रीपुरबाट प्र.नि.मा टोली खटी गई अभियुक्त पहिचान गर्ने कार्य भइरहेको र थप अनुसन्धानको लागि निज पिडित र पीडितको अभिभावक समेतलाई जि.प्र.का.मा पठाइएको ।

 

काठमाण्डौ, जि.उदयपुर बेलाका न.पा.३ घर भई जि.का.टोखा न.पा.१० गोंगबु बस्ने वर्ष २८ की जाहेरवालालाई जि.तनहु भानु न.पा.४ घर भई हाल रोजगारको सिलसिलामा मलेसियाको Jalan Bandar Rawang-3 बस्ने वर्ष ३५ को जिवन गुरुङ र जि.अछाम घर भई हाल मलेसियाको Jalan Bandar Rawang-3 बस्ने वर्ष ३० को जिवन बोगटीले मलेसियामा काममा लगाइदिन्छु भनेर लगी मिति २०८२।०८।१५ गते २३:०० बजेदेखि ऐ.१६ गतेसम्म दुई जना प्रतिवादी मिलेर मलेसियाको Jalan Bandar Rawang-3 स्थित कोठामा धाकधम्की तथा डरत्रास देखाई बल प्रयोग गरी जबरजस्ती करणी गरेको भन्ने ब्यहोराको जाहेरी दरखास्त मिति २०८३।०२।२८ गते १७:०० बजे जिल्ला प्रहरी परिसर महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र भद्रकाली काठमाडौंमा प्राप्त भएको हुँदा प्रतिवादीहरुको खो.त.कार्य भइरहेको ।

 

झापा, दमक न.पा.६ स्थितमा रहेको पुर्वेली गेष्ट हाउसको कोठा नं.३ मा फुपाजु नाता पर्ने जि.ईलाम चुलाचुली गा.पा.वडा नं.२ स्थायी वतन भई हाल जि.दमक न.पा.१ कुमाल टोल बस्ने वर्ष ५१ को पुरुषले जि.झापा बुद्धशान्ती गा.पा.३ माईती घर भई हाल जि.रङ बेलबारी न.पा.९ बस्ने ८ महिनाकी गर्भवती भएकी वर्ष २७ की महिलालाई जवरजस्ती करणी गरेको भनी मिति २०८३।०२।२९ गते १७:०० बजे इ.प्र.का.दमकमा जवरजस्ती करणी कसुरमा किटानी जाहेरी दिएको हुँदा इ.प्र.का.दमकबाट प्र.ह.को कमाण्डमा प्रहरी टोली खटी गई पिडकलाई पक्राउ गरि इ.प्र.का.दमक ल्याई राखिएको, पीडितलाई सुरक्षित आवासको लागि दमक न.पा.७ स्थितमा रहेको सुरक्षित आवास गृहमा पठाई सुरक्षित राखिएको, ।

 

बाजुरा, बुढीनन्दा न.पा.२ कोल्टी गाउँ स्थित ऐ.हिमाली गा.पा.७ बाँधु बस्ने रुमाल दमाईको छोरा वर्ष अं.२५ को पदम दमाईले जिल्ला मुगु खत्याड गा.पा.८ रिगन स्थायी घर भइ ऐ.बुढीनन्दा न.पा.२ कोल्टी गाउँ मामा घरमा बस्दै आएकी वर्ष अं.१३ की बालिकालाई ललाइ फकाई घरबाट अं.४००/५०० मिटर टाढा लगेर बिभिन्न प्रलोभनमा पारी ज.ज.क.उ.गरेको भनी पीडितको बुवाले मिति २०८३।०२।२९ गते १२:०० बजे इ.प्र.का.बुढीनन्दामा जानकारी गराउनासाथ इ.प्र.का.बुढीनन्दाबाट प्र.स.नि.को कमाण्डमा प्रहरी टोली खटी गई पिडक पदम दमाईलाई पक्राउ गरी जि.प्र.का.बाजुरामा ल्याई अनुसन्धान कार्य भईरहेको ।

 

मकवानपुर, मनहरी गा.पा.२ च्यापल बस्ने दिल लाल थिङको छोरी बर्ष अं.१७ कि शान्ति थिङ घरबाट हराएकोले ‍आफन्तरुले खो.त. गर्दै जाने क्रममा ऐ.२३:०० बजेको समयमा किशोरीको घरबाट अं. १.५ कि.मि. दक्षिण तर्फ रहेको च्यापल र मकरी खोला बगरको बिच भाग निज किशोरीले मुखबाट फिज निकाली बेहोस भई ढलि अचेत अवस्थामा फेला पारी इ.प्र.का.नेवारपानी मकवानपुरमा जनाकारी गराए पश्‍चात प्र.ना.नि. नबिन बिक्रम थापा (९८४५३०१९३४) को कमाण्डमा टोलि खटि गई बिरामीलाई उद्वार गरी उपचारको लागी हेटौडा अस्पताल मकवानपुर पठाएको, बिरामीको अवस्था बेहोस (गम्भिर) रहेको, घटना संकास्पद देखिएकोले अनुसन्धानको लागी जि.प्र.का.मकवानपुरबाट प्र.नि. उमाशंकर प्रसाद (९८५५०२०२७०) को कमाण्डमा SOCO सहित टोलि खटि घटनास्थल मुचुल्का कार्य पुरा गरी प्रहरी टोलि फिर्ता भएको, थप अनुसन्धान कार्य हुदै, ।थप अनुसंधानको लागी जि.प्र.का.मकवानपुरबाट खटिनु भएका प्र.नि. उमाशंकर प्रसाद (९८५५०२०२७०) को टोलीले उक्त घटनाको अनुसंधान गर्दै जाने क्रममा घटनामा संलग्न  जि. मकवानपुर मनहरी गा.पा.१ चकरी बस्ने अं.१९ को सुमित घलानलाई हजुरबुवाको घरमा मनहरी गा.पा. १ मकरी स्थितमा लुकिछीपि बसेको अबस्थामा मिति २०८३।०२।३० गते राती ०४:०० बजे  फेला पारी नियन्त्रणमा लिई जि.प्र.का. मा ल्याई सोधपुछ गर्दा  निज सुमित घलानले आफु निज पिडित किशोरीको गाँऊघरको साथी रहेको र आफुलेनै  किसोरीलाई वारदार स्थानमा बोलाई ज.ज.क. गरेको, सोही क्रममा किशोरी अचेत भएकी र निज पिडित किशोरीको आफन्तहरु सो स्थान तर्फ खोजतलास गर्दै जाँदा आफुलाई वारदातमा संलग्न भएको देखी आफु फरार भएको भनी स्विकार गरेकोले, निजलाई हिरासतमा राखि  थप अनुसंन्धान भइरहेको, पिडित किशोरिको हेटौडा अस्पतालको गाईनो वार्डमा राखी उपचार भईरहेको अबस्था सुधार हुदै, अन्य बिस्तृत बिवरण पछी जाहेर गरिने ।

 

भरुवा बन्दुक पड्किएर मानिस मृत्यु,

धनकुटा, महालक्ष्मी न.पा.९ खाल्डे कटहरे बस्ने अं.वर्ष ४७ को रामकृष्ण थापाले भरुवा बन्दुकको नाल सफा गर्ने क्रममा भरुवा बन्दुकको नाल (बारुद लोड भएको नाल) आगोमा तताई मुखले फुक्ने क्रममा अचानक भरुवा बन्दुक पड्किदा बरुदले मुखमा लागी घाईते भई उपचारको लागि जिल्ला अस्पताल धनकुटा पठाएकोमा ऐ.२१:३० बजे उपचारको क्रममा मृत्यु भएको, शव सोही अस्पतालमा रहेको, उक्त स्थानमा प्र.चौ.जितपुरबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई घर वतनमा पुगी १ नाले भरुवा बन्दुक नियन्त्रणमा लिएको ।

 

चोरी/लुटपाट/ ठगी,

महोत्तरी, मटिहानि न.पा.८ स्थित बिगही खोला पुरानो पुल स्थितमा ऐ. मनरासिवा न.पा. ५ कटैया बस्ने अं. बर्ष ३५ कि रिता देबि सिंह र निजकै छोरी अं. बर्ष १३ कि रितु कुमारी सिंह दुबै जना जलेश्वरको सहयोगि बिकाश बैकबाट रु. ३,७०,०००।– ( तिन लाख सत्तरी हजार ) पैसा निकाली ऐ.मटिहानि २ धिरापुर माइति घर जाने क्रममा ३ जना सवार अज्ञात व्यक्तिहरुले कालो कलरको नं. नखुलेको मो.सा. मा आई  लुटपाट गरी सबै पैसा र निजको साथमा रहेको रेडमी कम्पनिको मोबाइल थान-१ समेत लुटि फरार रहेको भन्ने जानकारी प्राप्त हुन साथ प्र.चौ. मटिहानिबाट प्र.ब.ना.नि.को कमाण्डमा र जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा टोली खटिगई थप बुझ्ने कार्य भईरहेको, लुटपाट गर्ने व्यक्तिहरुको पहिचान तथा खो.त. कार्य भईरहेको, ।

 

सुन जस्तो देखिने पहेँलो धातु बरामद,

दाङ, लमही न.पा.९ अमिलिया स्थित रहेको नमस्ते होटलको कोठामा सुनको अवैध कारोबार भइरहेको भन्ने सुचनाका आधारमा इ.प्र.का.अमिलियाबाट प्र.नि.को कमाण्डमा खटिएको प्रहरी टोलीले ऐ.राजपुर गा.पा.७ सुनपतरी नाका बस्ने वर्ष ४० को रुपलाल गिरि (भारत बाट सुन जस्तो पहेँलो धातु नेपाल ल्याउने ब्यक्ति ) र जि.रुकुम बाफिकोट गा.पा.६ मग्मा बस्ने वर्ष २२को दिलिप परियार (सुन जस्तो देखिने धातु किन्ने ब्यक्ति) लाई रित पुर्वक खानतलासी गर्दा २१४ ग्राम ५०० मिलिग्राम (अं.मु.रु.५२ लाख ७४ हजार बराबरको सुन जस्तो देखिने पहेँलो धातु सहित निजहरु दुबै जना मानिसहरुलाई नियन्त्रणमा लिई इ.प्र.का.अमिलियामा ल्याई थप अनुसन्धान भईरहेको, ।

 

ला.औ.,

सिन्धुली, कमलामाई न.पा.९ भिमान चेकपोष्ट स्थित वि.पि.राजमार्ग सडकखण्डमा ला.औ.नि.व्युरो शाखा कार्यालय बर्दिवास र इ.प्र.का. भिमानबाट प्र.नि.को कमाण्डमा खटिएको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा सुनसरीबाट काठमाण्डौ तर्फ जाँदै गरेको बाग्मती प्रदेश ०८-००१ ख ०१७७ नं.को हायसको ८ नं. सिटमा सवार जि.सुनसरी बराहाक्षेत्र न.पा. ४ बस्ने वर्ष २१ को रुपेश ठाकुरको साथबाट सेतो प्लास्टिकमा पोको पारी लुकाई छिपाई ल्याएको अवस्थामा ला.औ.खैरो हिरोइन जस्तो देखिने पदार्थ शुद्ध तौल ३१ ग्राम २९० मिलिग्राम फेला परेकोले उक्त ला.औ.सहित निज र सँगै ७ नं.सिटमा सवार जि.सुनसरी बराहाक्षेत्र न.पा.४ बस्ने वर्ष ३० को सुरज राज धामी समेतलाई नियन्त्रणमा लिई इ.प्र.का.भिमानमा राखी आ.अ.भइरहेको, ।

 

रौतहट, गौर न.पा.२ कबरगाह स्थित जि.प्र.का.बाट प्र.ब.ह.को कमाण्डमा खटिएको मो.सा.गस्ती टोलीले नेपालबाट भारत तर्फ BR 05S 6609 नं.को मो.सा.लाई शंका लागी चेकजाँच गर्दा मो.सा.को बिचमा प्लाष्टिकको सेतो बोरा भित्र राखेको अवस्थामा ला.औ.गाँजा ५ के.जि.५५ ग्राम(प्लास्टिक सहित) फेला परेकोले उक्त ला.औ.र मो.सा.सहित चालक ऐ.गौर न.पा.४ गढवा टोल बस्ने जुगल किशोर महतोको छोरा अं.वर्ष ३१ को राकेश कुश्वाहा र मो.सा.पछाडी सवार ऐ.बस्ने नवल किशोर बैठाको छोरा अं.वर्ष २६ को सुनिल कुमार बैठा समेत २ जनालाई नियन्त्रणमा लिई जि.प्र.का.मा राखी आ.अ.भइरहेको ।

सम्बन्धित समाचार
मिति २०८३।०५।१५ गते ०५:०० बजे देखि २०८३।०५।१६ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१६

ज.ज.क./बाल यौन दुर्व्यवहार,सिन्धुली, कमलामाई न.पा.४ गणपती होटल पछाडि रहेको झोलुङ्गे पुलमुनि ग्वाङ् खोलामा वर्ष १० की बालिका र निजको साथी वर्ष ९ की बालिका समेत नुहाईरहेको अवस्थामा ऐ.दुधौली न.पा.३ बस्ने वर्ष २३ को भक्त बहादुर कार्कीले आफ्नो कपडा खोली खोला भित्रै पानीमा वर्ष १० की बालिकालाई जबरजस्ती करणी गरेकोमा निज बालिका रोई कराई गरेको अवस्थामा सोही ठाउँमा माछा मार्ने मानिसहरुले देखी निजलाई नियन्त्रणमा लिई प्र.चौ.ढुङ्ग्रेबासमा टे.फो.मार्फत जानकारी गराउनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज भक्त बहादुर कार्कीलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई ऐ.०५/१५ गते दिन ५ म्याद थप गरी अनुसन्धान कार्य भईरहेको,। संखुवासभा, भोटखोला गा.पा.०४ घर भई हाल जि.संखुवासभा मकालु गा.पा.०५ बस्ने अ.वर्ष ४३ को किरण तामाङले वर्ष २७ की महिलालाई ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.नुम संखुवासभाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई  पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको । उदयपुर, न.पा.वडा न.६ शिखरटोल बस्ने वर्ष १५ की  बालिकालाई जिल्ला उदयपुर बेलका न.पा. वडा न.०६ कात्तिके बस्ने वर्ष २१ को लाक्पा तामाङले ज.ज.क गरेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. रामपुरठोक्सिला  उदयपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको,बालिकाको अवस्था सामान्य रहेको । धरिलो हारहतियार प्रहार,बाँके, बैजनाथ गा.पा.८, गुरदयालपुर बस्ने वर्ष ४० की ठगनी थरुनीले निजको श्रीमान वर्ष ४३ को जंग बहादुर थारुलाई घरायसी विवाद हुँदा धारिलो हतियार (बन्चरो) ले टाउकोमा प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.रनियापुरबाट प्र.ह.को कमाण्डमा टोली खटी गई निज घाईतेलाई उपचारको लागी संजिवनी कलेज अफ मेडिकल साईन्सेज प्रा.लि. नेपालगंज, बाँकेमा पठाईएको, अवस्था गम्भीर, निज ठगनी थारू र निजले प्रयोग गरेको हतियार नियन्त्रणमा लिई इ.प्र.का.घनौलीमा पठाईएको,। मुस्ताङ, घरपझोङ गा.पा. वडा नं. २ मार्फा स्थितमा ऐ.बस्ने बर्ष अं. २८ को रोशन मगरले ऐ.ऐ. बस्ने बर्ष अं. २८ को राजेन्द्र परियारलाई धारिलो हतियार खुकुरीले टाउकोमा प्रहार गरी गम्भिर घाईते भएको छ भन्ने जानकारी प्राप्त हुनासाथ जि.प्र.का. मुस्ताङ बाट प्र.नि. ईश्वर महतको ( ९८५६०९१००६ ) कमाण्डमा ७ जनाको टोलि खटिई गई घाईतेलाई मार्फा स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात थप उपचारको लागि प्रदेश अस्पताल जोमसोम मुस्ताङ पठाईएको, धारिलो हतियार खुकुरी प्रहार गर्नुको कारण नखुलेको,दुवै जनाले मा.प.से. गरेको,उपचारमा घाईतेको आफन्त संलग्न, धारिलो हतियार खुकुरी प्रहार गर्ने व्यक्ति,खुकुरी जि.प्र.का. मुस्ताङको नियन्त्रणमा रहेको । ऐ.०३:४३ बजेको समयमा घाईते थप उपचारको लागि पोखरा रिफर भएको, उपचारमा श्रीमती निरमाया परियार (९७६३२७०१५४) संलग्न । हाम फाली बेपत्ता,सोलुखुम्बु, महाकुलुङ गा.पा.-५ चाचालुङ बस्ने सुमित कुलुङकी श्रीमती वर्ष अ.१८ की सम्झना नाछिरीङ राई श्रीमान-श्रीमतीबीच घरायासी विवाद भई श्रीमती ऐ. सोताङ गापा-४, नाम्लुङ माईती घर गएकोले श्रीमान पनि सँगै जाँदै गर्दा ऐ. महाकुलुङ गा.पा.५ र सोताङ गा.पा.४ को सिमाना स्थित गुदुङ खोलाको पुलबाट निज श्रीमती सम्झना नाछिरीङ राईले खोलामा हाम फाली बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. सोताङबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, । लागु औषध,उदयपुर, कटारी न.पा.६ बाँकेटार शान्तिवन स्थित वनभित्र ला.औ. गाँजा ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा इ.प्र.का. कटारीबाट प्र.नि.को कमाण्डमा २० जनाको टोली खटी गई उक्त वनभित्र खो.त.गर्दा बा १६ च ५२६९ नं.को बोलेरो गाडी र गाडी नजिकै जंगलमा विभिन्न स्थानमा लुकाई छिपाई राखेको ला.औ. गाँजा ५२ बोरा शुद्ध तौल ११२२ के.जि. ६७ ग्राम गाँजा र सोही स्थानमा ऐ. ताप्ली गा.पा. १ डाँडागाउँ बस्ने वर्ष ५५ को राम बहादुर मगर सहित ३ जनालाई फेला पारी ला.औ., गाडी सहित  तीनै जनालाई इ.प्र.का. कटारी ल्याई अनुसन्धान भइरहेको, ।  न.प.पश्चिम, नवलपरासी (ब.सु.प.) रामग्राम न.पा.०१ निलोगेट स्थितमा ला.औ.कारोबार भईरहेको भन्ने खबर प्राप्त हुनासाथ ला.औ.नियन्त्रण ब्युरो शाखा कार्यलय भैरहवा रुपन्देहीबाट प्र.ना.नि.को कमाण्डमा २ जना र जि.प्र.का.नवलपरासी (व.सु.प) बाट प्र.ना.नि.को कमाण्डमा ५ जनाको टोली खटी गई परासी देखि सुनवल तर्फ जादै गरेको भारतिय UP 56 AH 6189 न.को मो.सा.लाई रोक्न खोज्दा उक्त मो.सा.नरोकी भाग्ने क्रममा मो.सा.छाडी मो.सा.चालक देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज सेखली बस्ने वर्ष अं. ३३ को गिरिजेस श्रीवास्तव र सोही मो.सा. पछाडी सावर देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज निचलौल बस्ने वर्ष अं. २७ को दिपक भन्ने मिधलेस श्रीवास्तव भाग्दै गर्दा ब्यारेट पेस्तोलबाट ४ राउण्ड हवाई फाएर गरी निजहरुलाई रितपुर्वक नियन्त्रणमा लिई चेकजाँच गर्दा  ब्राउन सुगर जस्तो देखीने खैरो गिलो पदार्थ प्लाष्टिक रहितको तौल १५८ ग्राम नियन्त्रणमा लिई जि.प्र.का. नवलपरासीमा ल्याई राखिएको,चोटपटक कसैलाई केही नभएको ।

मिति २०८३।०५।१४ गते ०५:०० बजे देखि २०८३।०५।१५ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१५

ज.ज.क./बाल यौन दुर्व्यवहार,दाङ, मिति २०८२।११।०४ गते बिहान अं. ०४:०० बजेको समयमा जि. दाङ, राजपुर गा.पा.७ मनोहरा स्थित भैसाहीदेखि भौवानाका जाने बाटोमा पर्ने पुर्णबहादुर रोकाले घर बनाएको पुरानो स्थान नजिकैको जंगलमा ऐ. राजपुर गा.पा.७, भौवानाका बस्ने वर्ष ३७ की महिलालाई ऐ. राजपुर गा.पा.७ भित्री सिक्टा बस्ने वर्ष ३२ को जनक कुमालले ज.ज.क. गरेको भनि आज मिति २०८३।०५।१४ गते १७:३० बजे निज पीडितले आफैं इ.प्र.का. गढवामा लिखित जाहेरी दरखास्त दिएपश्चात् प्र.नि.को कमाण्डमा प्रहरी टोलि खटि गई पिडक जनक कुमाललाई ऐ. गढवा गा.पा.६ गढवा बजारमा हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई आ.अ.कार्य भईरहेको, पीडितको अवस्था सामान्य रहेको र निज पीडित गर्भवती रहेको, पीडित पीडक दुवैको मेडिकल परीक्षण हुन बाँकी रहेको । सिन्धुपाल्चोक, लिसंखुपाखर गा.पा.७ धामीटोल बस्ने वर्ष ३६ को पुरुषले कान्छी श्रीमतीको छोरी वर्ष १७ की बालिकालाई बाल यौन दुर्व्यवहार गर्ने प्रयास गरेको भनि ऐ.१९:०० बजे खबर प्राप्त पश्चात प्र.चौ.ठुलोपाखरबाट प्र.स.नि.को कमाण्डमा टोलि खटि गई पिडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । सुन बरामद,काठमाण्डौं , हिमालयन एयरलाईन्सको उडान द्धारा कतारको हुदै काठमाडौं आएका जिल्ला सर्लाही मलंगवा न.पा.३ बस्ने मोहम्मद जसिम फकिरले  सुनजस्तो देखिने पहेलो धातुको जस्तो देखिने सिक्री थान १ (अं.२५ ग्राम) ल्याएकोमा निजलाई संका लागी सोधपुछ गर्दा निजले भरियाको रुपमा उक्त सुन ल्याएको भनि मुखसावित वताएकोले निजलाई आवश्यक  अनुसन्धानको लागी नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएको कारण दिन एक सुरक्षित साथ राख्नका लागि प्रहरी वृत्त गौशला पठाएको । काठमाण्डौं, का.म.न.पा.९ एयरपोर्ट स्थित हिमालयन एयरलाईन्सको उडान द्धारा कतार हुदै काठमाण्डौ आएका यात्रुहरुलाई प्रयोग गरी नेपालमा सुन ओसारपसार गरी कारोबार गर्ने सिरहा जिल्ला सिरहा न.पा.७ घर भई बस्ने वर्ष ३४ को सन्तोष कुमार यादवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन तर्फको पार्किङ क्षेत्रमा बाह्‍य मुलुकबाट आगमन भएका यात्रुहरुले भन्सार छली गरी ल्याएको सुन जस्तो देखिने पहेँलो धातुको सिक्रि थान १ अं.तौल २५ ग्राम रिसिभ(संकलन) गरी अवैध रूपमा लैजान लागेको अवस्थामा नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएकोले ऐ.१९:३० बजे प्रहरी वृत्त गौशला पठाएको । कैदी मृत्यु,चितवन, चितवन कारागार ल्याएको कर्तव्य ज्यान केसको कैदि वन्दि क्यान्सर विरामी जि.पर्वत फलेवास गा.पा.२ वतन भएको वर्ष ४२ को बिनोद विक्रम कुवर मिति २०८३/०३/२२ गते देखि बि.पि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भई रहेकोमा ऐ.१४ गते उपचारको क्रममा मृत्यु भएको,शव सोहि अस्पतालमा रहेको,आफन्तहरु सगै रहेको । हतकडी सहित मानिस फरार,झापा, बिर्तामोड न.पा.८ स्थित देउनिया नजिकबाट चोरीमा संलग्न ऐ.भद्रपुर न.पा.१० बस्ने बर्ष २४ को सन्देश हस्दालाई अ.प्र.चौ.गरामनीबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलिले नियन्त्रण लिने क्रममा हतकडी सहित फरार भएको हुँदा इ.प्र.का.अनारमनीबाट प्र.ना.उ.को कमाण्डमा, जि.प्र.का.झापाबाट प्र.ना.उ.को कमाण्डमा र मातहत समेतबाट प्रहरी परिचालित गरी चेकिङ सहितको डिउटी निकाली खोजतलास भईरहेको । अस्पतालबाट बच्चा चोरी भएको,पर्सा, जि. सर्लाही  रामनगर गा.पा.३ बहुअर्वा बस्ने रन्जय दासको श्रीमती अं.वर्ष २७ की  रिन्कु देवीले  मिति २०८३/०५/१३ गते अं.२३:०० बजे जि.पर्सा विरगंज म.न.पा.०४ स्थित नारायणी अस्पतालमा शल्यक्रियाबाट नवजात शिशु (छोरा) जन्मिएकोमा ऐ.०५।१४ गते अं.१५:०० बजे अपरिचित अं.वर्ष ३५ की महिलाले बच्चा खेलाउछु भनि शिशुको हजुरआमासँग मागी बच्चा लिई गएकोमा हालसम्म सम्पर्कमा नआएकोले चोरी भएको भनि ऐ.१६:४५ बजे ऐ. अस्पतालमा खटिएको प्र.क.लाई जानकारी गराउनासाथ व.प्र.का.बिर्ताबाट  प्र.नि.को कमाण्डमा टोलि खटि गई बुझ्ने तथा खोजतलास कार्य भईरहेको । लागु औषध,कञ्चनपुर, भि.न.पा.११ होल्डिङ्ग सेन्टर (७ नं.पिल्लर) स्थित इ.प्र.का.गड्डाचौकीबाट प्र.ब.ना.नि.को कमान्डमा खटिएको प्रहरी टोलिले भारतबाट नेपाल आँउदै गरेको से. ६ प १५४९ नं.को मो.सा.चालक जि. कैलाली गोदावारी न.पा.०४ बस्ने अं.वर्ष २६ को प्रभाष मल्ल र सोही मो.सा.मा पछाडी सवार जि. डोटी जोरायल गा.पा.०१ बस्ने अं.बर्ष २६ को बिक्रम पातलीलाई शंका लागी चेकजाँच गर्दा शुद्ध तौल ६.५७ ग्राम खैरो हिरोइन जस्तो देखिने लागुऔषध सहित बरामद गरी आवश्यक कार्बाहीको लागि जि.प्र.का. पठाईएकोमा,  ऐ. १९:३०बजे सोधपुछको क्रममा निज वर्ष २७ को प्रभास मल्ल कम्प्युटर कोड नं.६३६४२ को स.प्र.बल नेपाल नं.३५ गण हे.क्वा. शैलेश्वरी झलारी कञ्चनपुर दरबन्दी भई नं.५२ गुल्म हे.क्वा. डडेल्धुरामा कार्यरत स.प्र.ज. रहेको भन्ने बुझिएको ।  पर्सा, वीरगञ्ज म.न.पा.१६ माईधिया पोखरी अगाडि सडक-खण्डमा बसपार्क तर्फ पैदल आउँदै गरेको देश भारत विहार राज्य जिल्ला पूर्णिया थाना सदर ग्राम हाजिरगञ्ज वडा नं.४५ बस्ने वर्ष १९ को कृष्णा कुजुँर लगायत ३ जना  व्यक्तिहरू माथि शंका लागि जि.प्र.का.बाट खटिएको प्र.नि.को विशेष टोलिले रोकी चेकजाँच गर्दा निजहरूको साथबाट ला.औ.ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ १०० ग्राम फेला पारी बरामद गरी ला.औ. सहित ३ जनालाई  नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।