प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मिति २०८३।०२।३० गते ०५:०० बजे देखि २०८३।०२।३१ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।

२०८३-०२-३१

  • A
  • A-
  • A+
Share

कर्तव्य ज्यान,

सर्लाही, मिति २०८३।०२।२२ गते २०:०५ बजे गोडैता न.पा.९ भोला चोकमा जग्गाको विषयलाई लिएर झै-झगडा हुँदा ऐ.बस्ने अं.७० वर्षीय अहमिद मंसुरलाई ऐ.स्थान बस्ने ७० वर्षीय श्रीचन महतो, ४० वर्षीय सुशिल महतो र ६५ वर्षीय रमजान मंसुरले कुटपिट गर्दा शरीरको विभिन्न भागमा चोट लागि ऐ.२२:०० बजे मलंगवास्थित म्याक्स (Max) अस्पतालमा लगेर उपचार भईरहेकोमा ऐ.०२/३० गते ०७:०० बजे निज अहमिद मंसुरको उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ऐ.०८:३० बजे  जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा टोली खटी गई कुटपिट गर्ने रमजान मंसुरलाई नियन्त्रणमा लिई प्र.चौ.गोडैतामा राखिएको, श्रीचन महतो र सुशिल महतोको खोजतलास भईरहेको , शवको कानूनी प्रकृया पूरा गरी पो.मा.को लागि प्रादेशिक अस्पताल मलंगवा पठाईएको ।

 

गोरखा, बारपाक सुलिकोट गा.पा.३ गम्वन घर भई हाल गोरखा न.पा.७ पन्थेश्वारा स्थित धन कुमारी श्रेष्ठको घरमा डेरा गरी बस्ने वर्ष अं.४० को सन्त ब.गुरुङ सोही घरको आगँनमा अचानक बेहोस भई ढली उपचारको लागि प्रदेश अस्पताल गोरखा ल्याएकोमा उपचारको क्रममा ऐ.१९:०० बजे डा.ले मृत घोषणा गरेको, शव सोही अस्पतालमा रहेको, उक्त स्थानमा जि.प्र.का.गोरखाबाट प्र.नि.को कमाण्डमा टोली खटी गई बुझ्दा मिति २०८३।०२।२७ गते ००:३७ बजे जि.गोरखा गोरखा न.पा.७ छिपिटोलमा रहेको गोरखा घर(दोहोरी) साँझ नजिक सडकमा अज्ञात मानिसहरूले लात्ती मुक्का तथा ढुङ्गा समेतले  टाउकोमा प्रहार गरी घाइते बनाई भागी फरार भएको भन्ने बुझिएको, सामान्य उपचार पश्चात प्रदेश अस्पताल गोरखाबाट बिहान ऐ.०३:०० बजे डिस्चार्ज भई घर तर्फ गएकोमा मिति २०८३।०२।२९ गते अं. १८:४५ बजे  घरको आँगनमा अचानक ढलेर बेहोस भई उपचारको लागि प्रदेश अस्पताल गोरखा ल्याएकोमा मृत्यु भएको भनी प्रारम्भिक अनुसन्धानबाट बुझिन आएको, कुटपिटमा संलग्न ऐ.गोरखा न.पा.७ रोटेपानी बर्ष २४ को वोनस शाक्य सहित ४ जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।

 

ज.ज.क./बाल यौन दुर्व्यवहार,

न.प.(पश्‍चिम), सुनवल न.पा. ८ गुप्ताटोल बस्ने ईन्द्र बहादुर प्रजाको छोरी बर्ष ८ की बालिकालाई निजकै घर अगाडिपट्टी आँगनमा गृहकार्य (होमवर्क) गर्दै बसिरहेको अवस्थामा ऐ.ऐ. बस्ने बर्ष ६६ को खदेरू लोनियाले काखमा लिई शरीरका संवेदनशिल अंगहरू चलाई जबरजस्ती करणी गरेको भनि ऐ.३० गते १७:०० बजे जि.प्र.का. नवलपरासीमा लिखित जाहेरी प्राप्त हुनासाथ तत्काल प्र.चौ. बैरागनाथबाट प्र.स.नि.को कमाण्डमा टोली खटिगई निज खदरु लोनियालाई नियन्त्रणमा लिई  थप अनुसन्धान भईरहेको ।

 

गुल्मी, जि. बाग्लुङ बडिगाड गा.पा. ६ घर भई हाल जि.गुल्मी रुरु गा.पा. ६ मा कोठा भाडा गरी बस्ने वर्ष ३२ को बल बहादुर पुन मगरले ऐ.रुरु गा.पा. ५ काउले बस्ने वर्ष १५ की बालिकालाई भलिबल खेल हेर्न लैजान्छु भनि प्रलोभनमा पारी ऐ. छत्रकोट गा.पा. ३ चोयगा स्थित मन्दिर नजिक लगि जबरजस्ती करणी गरेको, बालिकाको यौनाङ्गबाट अत्यधिक रक्तस्राव (ब्लिडिङ) भएपछि स्थानीय मेडिकल हुँदै थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा पुर्‍याइ उपचार भईरहेको , अवस्था मध्यम (बोल्न सक्ने) रहेको भनि ऐ.२२:१५ बजे खबर प्राप्त हुनासाथ जि.प्र.का. पाल्पाबाट प्र.नि.को कमाण्डमा टोली खटी गई निज पिडकलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको , घटनास्थलमा प्र.चौ. श्रृङ्गा गुल्मीबाट प्रहरी टोली खटी गई थप अनुसन्धान भईरहेको ।

 

अबैध मुद्रा सहित मानिस नियन्त्रण,

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको होल्ड ब्यागेज चेकिङ एरियामा स्क्रिनिङ तथा शरीर खानतलासी गर्ने क्रममा हिमालयन एयरलाइन्सको उडान नं. H9-765 द्वारा काठमाडौंबाट दुबई प्रस्थान गर्न लागेका यात्रु जि. पाल्पा रामपुर न.पा. १० बस्ने वर्ष १९ को समीर बहादुर मगरको साथबाट अवैध रूपमा बाहिरी मुलुकतर्फ लैजान लागेको लुकाईछिपाई राखेको अवस्थामा विदेशी मुद्रा साउदी रियाल ३०,००० फेला पारी कानूनी कारबाहिको लागि राजस्व अनुसन्धान विभाग बुझाउनुपर्नेमा समय अभावका कारण बरामद मुद्रा त्रि.अ.बि.सु.का.गौचरको लेखा शाखामा सुरक्षित राखि निज समिर बहादुर मगरलाई प्रहरी वृत्त गौशाला पठाइएको ऐ.३१ गते कार्यालय खुलेपछि राजस्व अनुसन्धान बिभाग बुझाईने ।

 

ला.औ./गोली प्रहार,

काठमाडौं, बाराको सिम्रोनगढबाट काठमाडौं तर्फ आउदै गरेको बा.प्र.BAD 9201 नं.को रातो रङको सुजुकी कार भित्र ठुलो परिमाणको ला.औ.ट्रमाडोल लुकाई ल्याउदै गरेको बिशेष सूचनाको आधारमा मिति २०८३।०२।३० गते ला.औ.नियन्त्रण ब्यूरो कोटेश्‍वरबाट खटिएको प्रहरी टोलीले उक्त नं.को कारलाई खोजतलास गर्दै जाने क्रममा जि.ललितपुर ललितपुर म.न.पा.२३ स्थित गैरि गाँउबाट नख्खु तर्फ आउदै गरेको अवस्थामा उक्त कार र बा ५२ प ४५६७ नं.को मो.सा.फेला पारी रोक्न अनुरोध गर्दा समेत अटेर गरी प्रहरीको नियन्त्रणबाट भाग्दै गरेको अवस्थामा कारको पछाडिको दाहिने तर्फको टाएरमा एक राउण्ड गोली प्रहार गरी उक्त कार र मो.सा.नियन्त्रणमा लिई खन्तलासी गर्दा कारको डिक्की भित्र लुकाइ राखेको अवस्थामा ला.औ. ट्रमाडोल ३०,००० क्याप्सुल बरामद गरी उक्त कार मो.सा. र जि.बारा सिम्रोनगण न.पा.-३ बस्ने वर्ष ३५ को जितेन्द्र पासवान, भारतिय नागरिक बिहार जिल्ला सितामणी जानकी स्थान-१८ बस्ने वर्ष ३२ को अहमद लड्न र ऐ.ऐ.-६ बस्ने वर्ष ३३ को महमद सद्दाम लाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको ।

 

पर्सा, जगरनाथपुर गा.पा. ३ मुरैया चोकदेखि पूर्वपट्टीको खेतमा गाँजा लुकाई राखिएको छ भन्ने गोप्य सूचनाको आधारमा सशस्त्र प्रहरी बल गण चिनीमिल पर्साका स.प्र.नि. को कमाण्डमा, सशस्त्र प्रहरी बल भिखमपुर पर्साका स.प्र.ना.उ. को कमाण्डमा र इ.प्र.का. जानकिटोला पर्साका प्र.ना.नि. को कमाण्डमा संयुक्त टोली खटी गई ५ वटा चामलको बोरामा लुकाई राखेको अं. १ क्विन्टल गाँजा बरामद गरी नियन्त्रणमा लिई इ.प्र.का. जानकिटोला पर्सामा ल्याई राखिएको, संलग्‍न मानिस फरार रहेकोले खोजतलास भईरहेको ।

 

धनुषा, जनकनन्दनी गा.पा. ६ कठाल स्थित कमला बाँधमा प्र.चौ. इनर्वाबाट प्र.व.ना.नि.को कमाण्डमा खटिएको चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको एम.टी. (MT) मोटरसाइकललाई रोकी चेक गर्दा, मोटरसाइकलको पछाडि सवार जि. कैलाली गोदावरी न.पा. ५ बस्ने वर्ष २५ को सागर जैरूको ज्याकेटको खल्तीबाट प्लास्टिक सहित ६९.७७ ग्राम ब्राउन सुगर फेला पारी बरामद गरी ला.औ. सहित निजलाई नियन्त्रणमा लिई प्र.चौ. इनर्वामा राखिएको, ला.औ. गिलो लेदो भएकोले प्लास्टिक बिना तौल गर्न नसकिएको, मो.सा. चालक काठमाडौँ बानेश्वर बस्ने २५ वर्षीय रोशन गुरूङ फरार रहेको खोजतलास भईरहेको ।

सम्बन्धित समाचार
मिति २०८३।०५।१५ गते ०५:०० बजे देखि २०८३।०५।१६ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१६

ज.ज.क./बाल यौन दुर्व्यवहार,सिन्धुली, कमलामाई न.पा.४ गणपती होटल पछाडि रहेको झोलुङ्गे पुलमुनि ग्वाङ् खोलामा वर्ष १० की बालिका र निजको साथी वर्ष ९ की बालिका समेत नुहाईरहेको अवस्थामा ऐ.दुधौली न.पा.३ बस्ने वर्ष २३ को भक्त बहादुर कार्कीले आफ्नो कपडा खोली खोला भित्रै पानीमा वर्ष १० की बालिकालाई जबरजस्ती करणी गरेकोमा निज बालिका रोई कराई गरेको अवस्थामा सोही ठाउँमा माछा मार्ने मानिसहरुले देखी निजलाई नियन्त्रणमा लिई प्र.चौ.ढुङ्ग्रेबासमा टे.फो.मार्फत जानकारी गराउनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज भक्त बहादुर कार्कीलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई ऐ.०५/१५ गते दिन ५ म्याद थप गरी अनुसन्धान कार्य भईरहेको,। संखुवासभा, भोटखोला गा.पा.०४ घर भई हाल जि.संखुवासभा मकालु गा.पा.०५ बस्ने अ.वर्ष ४३ को किरण तामाङले वर्ष २७ की महिलालाई ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.नुम संखुवासभाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई  पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको । उदयपुर, न.पा.वडा न.६ शिखरटोल बस्ने वर्ष १५ की  बालिकालाई जिल्ला उदयपुर बेलका न.पा. वडा न.०६ कात्तिके बस्ने वर्ष २१ को लाक्पा तामाङले ज.ज.क गरेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. रामपुरठोक्सिला  उदयपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको,बालिकाको अवस्था सामान्य रहेको । धरिलो हारहतियार प्रहार,बाँके, बैजनाथ गा.पा.८, गुरदयालपुर बस्ने वर्ष ४० की ठगनी थरुनीले निजको श्रीमान वर्ष ४३ को जंग बहादुर थारुलाई घरायसी विवाद हुँदा धारिलो हतियार (बन्चरो) ले टाउकोमा प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.रनियापुरबाट प्र.ह.को कमाण्डमा टोली खटी गई निज घाईतेलाई उपचारको लागी संजिवनी कलेज अफ मेडिकल साईन्सेज प्रा.लि. नेपालगंज, बाँकेमा पठाईएको, अवस्था गम्भीर, निज ठगनी थारू र निजले प्रयोग गरेको हतियार नियन्त्रणमा लिई इ.प्र.का.घनौलीमा पठाईएको,। मुस्ताङ, घरपझोङ गा.पा. वडा नं. २ मार्फा स्थितमा ऐ.बस्ने बर्ष अं. २८ को रोशन मगरले ऐ.ऐ. बस्ने बर्ष अं. २८ को राजेन्द्र परियारलाई धारिलो हतियार खुकुरीले टाउकोमा प्रहार गरी गम्भिर घाईते भएको छ भन्ने जानकारी प्राप्त हुनासाथ जि.प्र.का. मुस्ताङ बाट प्र.नि. ईश्वर महतको ( ९८५६०९१००६ ) कमाण्डमा ७ जनाको टोलि खटिई गई घाईतेलाई मार्फा स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात थप उपचारको लागि प्रदेश अस्पताल जोमसोम मुस्ताङ पठाईएको, धारिलो हतियार खुकुरी प्रहार गर्नुको कारण नखुलेको,दुवै जनाले मा.प.से. गरेको,उपचारमा घाईतेको आफन्त संलग्न, धारिलो हतियार खुकुरी प्रहार गर्ने व्यक्ति,खुकुरी जि.प्र.का. मुस्ताङको नियन्त्रणमा रहेको । ऐ.०३:४३ बजेको समयमा घाईते थप उपचारको लागि पोखरा रिफर भएको, उपचारमा श्रीमती निरमाया परियार (९७६३२७०१५४) संलग्न । हाम फाली बेपत्ता,सोलुखुम्बु, महाकुलुङ गा.पा.-५ चाचालुङ बस्ने सुमित कुलुङकी श्रीमती वर्ष अ.१८ की सम्झना नाछिरीङ राई श्रीमान-श्रीमतीबीच घरायासी विवाद भई श्रीमती ऐ. सोताङ गापा-४, नाम्लुङ माईती घर गएकोले श्रीमान पनि सँगै जाँदै गर्दा ऐ. महाकुलुङ गा.पा.५ र सोताङ गा.पा.४ को सिमाना स्थित गुदुङ खोलाको पुलबाट निज श्रीमती सम्झना नाछिरीङ राईले खोलामा हाम फाली बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. सोताङबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, । लागु औषध,उदयपुर, कटारी न.पा.६ बाँकेटार शान्तिवन स्थित वनभित्र ला.औ. गाँजा ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा इ.प्र.का. कटारीबाट प्र.नि.को कमाण्डमा २० जनाको टोली खटी गई उक्त वनभित्र खो.त.गर्दा बा १६ च ५२६९ नं.को बोलेरो गाडी र गाडी नजिकै जंगलमा विभिन्न स्थानमा लुकाई छिपाई राखेको ला.औ. गाँजा ५२ बोरा शुद्ध तौल ११२२ के.जि. ६७ ग्राम गाँजा र सोही स्थानमा ऐ. ताप्ली गा.पा. १ डाँडागाउँ बस्ने वर्ष ५५ को राम बहादुर मगर सहित ३ जनालाई फेला पारी ला.औ., गाडी सहित  तीनै जनालाई इ.प्र.का. कटारी ल्याई अनुसन्धान भइरहेको, ।  न.प.पश्चिम, नवलपरासी (ब.सु.प.) रामग्राम न.पा.०१ निलोगेट स्थितमा ला.औ.कारोबार भईरहेको भन्ने खबर प्राप्त हुनासाथ ला.औ.नियन्त्रण ब्युरो शाखा कार्यलय भैरहवा रुपन्देहीबाट प्र.ना.नि.को कमाण्डमा २ जना र जि.प्र.का.नवलपरासी (व.सु.प) बाट प्र.ना.नि.को कमाण्डमा ५ जनाको टोली खटी गई परासी देखि सुनवल तर्फ जादै गरेको भारतिय UP 56 AH 6189 न.को मो.सा.लाई रोक्न खोज्दा उक्त मो.सा.नरोकी भाग्ने क्रममा मो.सा.छाडी मो.सा.चालक देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज सेखली बस्ने वर्ष अं. ३३ को गिरिजेस श्रीवास्तव र सोही मो.सा. पछाडी सावर देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज निचलौल बस्ने वर्ष अं. २७ को दिपक भन्ने मिधलेस श्रीवास्तव भाग्दै गर्दा ब्यारेट पेस्तोलबाट ४ राउण्ड हवाई फाएर गरी निजहरुलाई रितपुर्वक नियन्त्रणमा लिई चेकजाँच गर्दा  ब्राउन सुगर जस्तो देखीने खैरो गिलो पदार्थ प्लाष्टिक रहितको तौल १५८ ग्राम नियन्त्रणमा लिई जि.प्र.का. नवलपरासीमा ल्याई राखिएको,चोटपटक कसैलाई केही नभएको ।

मिति २०८३।०५।१४ गते ०५:०० बजे देखि २०८३।०५।१५ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१५

ज.ज.क./बाल यौन दुर्व्यवहार,दाङ, मिति २०८२।११।०४ गते बिहान अं. ०४:०० बजेको समयमा जि. दाङ, राजपुर गा.पा.७ मनोहरा स्थित भैसाहीदेखि भौवानाका जाने बाटोमा पर्ने पुर्णबहादुर रोकाले घर बनाएको पुरानो स्थान नजिकैको जंगलमा ऐ. राजपुर गा.पा.७, भौवानाका बस्ने वर्ष ३७ की महिलालाई ऐ. राजपुर गा.पा.७ भित्री सिक्टा बस्ने वर्ष ३२ को जनक कुमालले ज.ज.क. गरेको भनि आज मिति २०८३।०५।१४ गते १७:३० बजे निज पीडितले आफैं इ.प्र.का. गढवामा लिखित जाहेरी दरखास्त दिएपश्चात् प्र.नि.को कमाण्डमा प्रहरी टोलि खटि गई पिडक जनक कुमाललाई ऐ. गढवा गा.पा.६ गढवा बजारमा हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई आ.अ.कार्य भईरहेको, पीडितको अवस्था सामान्य रहेको र निज पीडित गर्भवती रहेको, पीडित पीडक दुवैको मेडिकल परीक्षण हुन बाँकी रहेको । सिन्धुपाल्चोक, लिसंखुपाखर गा.पा.७ धामीटोल बस्ने वर्ष ३६ को पुरुषले कान्छी श्रीमतीको छोरी वर्ष १७ की बालिकालाई बाल यौन दुर्व्यवहार गर्ने प्रयास गरेको भनि ऐ.१९:०० बजे खबर प्राप्त पश्चात प्र.चौ.ठुलोपाखरबाट प्र.स.नि.को कमाण्डमा टोलि खटि गई पिडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । सुन बरामद,काठमाण्डौं , हिमालयन एयरलाईन्सको उडान द्धारा कतारको हुदै काठमाडौं आएका जिल्ला सर्लाही मलंगवा न.पा.३ बस्ने मोहम्मद जसिम फकिरले  सुनजस्तो देखिने पहेलो धातुको जस्तो देखिने सिक्री थान १ (अं.२५ ग्राम) ल्याएकोमा निजलाई संका लागी सोधपुछ गर्दा निजले भरियाको रुपमा उक्त सुन ल्याएको भनि मुखसावित वताएकोले निजलाई आवश्यक  अनुसन्धानको लागी नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएको कारण दिन एक सुरक्षित साथ राख्नका लागि प्रहरी वृत्त गौशला पठाएको । काठमाण्डौं, का.म.न.पा.९ एयरपोर्ट स्थित हिमालयन एयरलाईन्सको उडान द्धारा कतार हुदै काठमाण्डौ आएका यात्रुहरुलाई प्रयोग गरी नेपालमा सुन ओसारपसार गरी कारोबार गर्ने सिरहा जिल्ला सिरहा न.पा.७ घर भई बस्ने वर्ष ३४ को सन्तोष कुमार यादवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन तर्फको पार्किङ क्षेत्रमा बाह्‍य मुलुकबाट आगमन भएका यात्रुहरुले भन्सार छली गरी ल्याएको सुन जस्तो देखिने पहेँलो धातुको सिक्रि थान १ अं.तौल २५ ग्राम रिसिभ(संकलन) गरी अवैध रूपमा लैजान लागेको अवस्थामा नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएकोले ऐ.१९:३० बजे प्रहरी वृत्त गौशला पठाएको । कैदी मृत्यु,चितवन, चितवन कारागार ल्याएको कर्तव्य ज्यान केसको कैदि वन्दि क्यान्सर विरामी जि.पर्वत फलेवास गा.पा.२ वतन भएको वर्ष ४२ को बिनोद विक्रम कुवर मिति २०८३/०३/२२ गते देखि बि.पि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भई रहेकोमा ऐ.१४ गते उपचारको क्रममा मृत्यु भएको,शव सोहि अस्पतालमा रहेको,आफन्तहरु सगै रहेको । हतकडी सहित मानिस फरार,झापा, बिर्तामोड न.पा.८ स्थित देउनिया नजिकबाट चोरीमा संलग्न ऐ.भद्रपुर न.पा.१० बस्ने बर्ष २४ को सन्देश हस्दालाई अ.प्र.चौ.गरामनीबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलिले नियन्त्रण लिने क्रममा हतकडी सहित फरार भएको हुँदा इ.प्र.का.अनारमनीबाट प्र.ना.उ.को कमाण्डमा, जि.प्र.का.झापाबाट प्र.ना.उ.को कमाण्डमा र मातहत समेतबाट प्रहरी परिचालित गरी चेकिङ सहितको डिउटी निकाली खोजतलास भईरहेको । अस्पतालबाट बच्चा चोरी भएको,पर्सा, जि. सर्लाही  रामनगर गा.पा.३ बहुअर्वा बस्ने रन्जय दासको श्रीमती अं.वर्ष २७ की  रिन्कु देवीले  मिति २०८३/०५/१३ गते अं.२३:०० बजे जि.पर्सा विरगंज म.न.पा.०४ स्थित नारायणी अस्पतालमा शल्यक्रियाबाट नवजात शिशु (छोरा) जन्मिएकोमा ऐ.०५।१४ गते अं.१५:०० बजे अपरिचित अं.वर्ष ३५ की महिलाले बच्चा खेलाउछु भनि शिशुको हजुरआमासँग मागी बच्चा लिई गएकोमा हालसम्म सम्पर्कमा नआएकोले चोरी भएको भनि ऐ.१६:४५ बजे ऐ. अस्पतालमा खटिएको प्र.क.लाई जानकारी गराउनासाथ व.प्र.का.बिर्ताबाट  प्र.नि.को कमाण्डमा टोलि खटि गई बुझ्ने तथा खोजतलास कार्य भईरहेको । लागु औषध,कञ्चनपुर, भि.न.पा.११ होल्डिङ्ग सेन्टर (७ नं.पिल्लर) स्थित इ.प्र.का.गड्डाचौकीबाट प्र.ब.ना.नि.को कमान्डमा खटिएको प्रहरी टोलिले भारतबाट नेपाल आँउदै गरेको से. ६ प १५४९ नं.को मो.सा.चालक जि. कैलाली गोदावारी न.पा.०४ बस्ने अं.वर्ष २६ को प्रभाष मल्ल र सोही मो.सा.मा पछाडी सवार जि. डोटी जोरायल गा.पा.०१ बस्ने अं.बर्ष २६ को बिक्रम पातलीलाई शंका लागी चेकजाँच गर्दा शुद्ध तौल ६.५७ ग्राम खैरो हिरोइन जस्तो देखिने लागुऔषध सहित बरामद गरी आवश्यक कार्बाहीको लागि जि.प्र.का. पठाईएकोमा,  ऐ. १९:३०बजे सोधपुछको क्रममा निज वर्ष २७ को प्रभास मल्ल कम्प्युटर कोड नं.६३६४२ को स.प्र.बल नेपाल नं.३५ गण हे.क्वा. शैलेश्वरी झलारी कञ्चनपुर दरबन्दी भई नं.५२ गुल्म हे.क्वा. डडेल्धुरामा कार्यरत स.प्र.ज. रहेको भन्ने बुझिएको ।  पर्सा, वीरगञ्ज म.न.पा.१६ माईधिया पोखरी अगाडि सडक-खण्डमा बसपार्क तर्फ पैदल आउँदै गरेको देश भारत विहार राज्य जिल्ला पूर्णिया थाना सदर ग्राम हाजिरगञ्ज वडा नं.४५ बस्ने वर्ष १९ को कृष्णा कुजुँर लगायत ३ जना  व्यक्तिहरू माथि शंका लागि जि.प्र.का.बाट खटिएको प्र.नि.को विशेष टोलिले रोकी चेकजाँच गर्दा निजहरूको साथबाट ला.औ.ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ १०० ग्राम फेला पारी बरामद गरी ला.औ. सहित ३ जनालाई  नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।