प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मिति २०८३।०२।३१ गते ०५:०० बजे देखि २०८३।०३।०१ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।

२०८३-०३-०१

  • A
  • A-
  • A+
Share

ज.ज.क./बाल यौन दुर्व्यवहार,

झापा, कन्काई न.पा.५ तुलसीबारी स्थित ऐ.बस्ने अं.वर्ष ४५ की महिलालाई ऐ.कन्काई न.पा.५ तुलसीबारी बस्ने वर्ष ५४ को मित्र बहादुर थापाले ज.ज.क.उद्योग गर्दै गरेको अवस्थामा चिच्याउदा छिमेकी ऐ.बस्ने अं.वर्ष ४० को प्रेम घतानीले थाहा पाई कोठा भित्र प्रवेश गर्दा निजलाई समेत फलामको रडले प्रहार गर्दा दाहिने खुट्टामा चोट लागी उपचारको लागि कन्काई नगर अस्पताल सुरुङगा पठाएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.सुरुङगाबाट प्र.ब.ना.नि.को कमाण्डमा टोली खटी गई पिडक मित्र थापालाई नियन्त्रणमा लिई इ.प्र.का.अनारमनिमा राखिएको, पीडित महिलाको अवस्था सामान्य रहेको,।

 

मकवानपुर, बकैया गा.पा.१२ कोलखोप स्थित यौन दुर्व्यवहार भएको भन्ने जानकारी प्राप्त हुनासाथ इ.प्र.का.ठिंगन मकवानपुरमाबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई बुझ्दा फाष्ट्ट्रायकका कामदारहरुलाई सोही स्थानमा महिला र पुरुष बस्ने अस्थाई टहारा छुट्टा छुट्टै भएको स्थानमा पुरुष कामदार जि.रुपन्देही सिद्धार्थनगर न.पा.१२ जनकपथ बस्ने वर्ष अं.३१ को युबराज देबकोटाले महिला बस्ने टहरामा पिडित एक्लै भएको अवस्थामा गई जि.मकवानपुर बकैया गा.पा.१२ चप्की बस्ने वर्ष अं.२५ की एक्कासी महिलाको संवेदनसिल अंगमा समाती यौन दुर्व्यवहार गर्दा महिला कराए पछि अन्य कामदारहरुले थाहा पाई पिडकलाइ नियन्त्रणमा लिई प्रहरी लाई खबर गरेको, पिडक पुरुषलाइ नियन्त्रणमा लिई महिलालाई समेत जि.प्र.का.मकवानपुरमा ल्याई आ.अ.भइरहेको, महिलाको स्वास्थ्य अवस्था सामान्य रहेको,।

 

धादिङ, त्रिपुरासुन्दरी गा.पा.२ वंशगाउँ स्थित ऐ.बस्ने  वर्ष २८ की महिलालाई ऐ.बस्ने वर्ष ४३ को श्रीकृष्ण श्रेष्ठले जबरजस्ती करणी गरेको भनी पीडितले ऐ.३१ गते अं.१०:०० बजे जि.प्र.का.मा जाहेरी दिए पश्चात प्र.नि.को कमाण्डमा टोली खटी गई निज प्रतिवादिलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई मुद्धा दर्ता गरी थप अनुसन्धान भईरहेको ।

 

रुपन्देही, सिद्धार्थनगर न.पा.१२ शान्तीनगर जनकपथ स्थित बाटोमा रोकी राखेको लु २ ख २७९० नं.को बसमा सोही गाडीको चालक ऐ.ओमसोतिया गा.पा.४ बस्ने वर्ष २८ को प्रबिन भण्डारीले वर्ष १७ की बालिकालाई बस भित्र लगी जबरजस्ती करणी प्रयास गरेको भनी पीडितले ऐ.३१ गते अं.१६:०० बजे जि.प्र.का.मा जानकारी गराउन साथ जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा टोली खटी गएको,बस नियन्त्रणमा रहेको,चालक प्रबिन भण्डारी फरार खो.त.कार्य जारी,अनुसन्धान हुँदै ।

 

बाँके, खजुरा गा.पा.५ दलैपुर बस्ने रेखा सुनारकी छोरी वर्ष अं.१४ की बालिका सुनार घर नजिकैको खेतमा गाईगोरु चराउन गएको अवस्थामा ऐ.वडा नं.२ बस्ने बर्मा अहिरको छोरा वर्ष अं.२० को सुभाष यादवले निज बालिकालाई ज.ज.क.गर्न खोजेको भनी इ.प्र.का.धनौलीमा जानकारी प्राप्त हुनासाथ इ.प्र.का.धनौलीबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गएको, निज सुभाष यादव फरार रहेको, खो.त.भइरहेको, ।

 

बिदेशी नागरिक मृत्यु,

काठमाण्डौ, काठमाण्डौ महानगरपालिका -२६ ठमेल स्थित अशोक गल्लिमा ऐ. घर हुने संजिव कुमार श्रेष्ठको सात तल्ले घरमा जिल्ला गोरखा भिम्सेन न.पा. ४ घर भई लोलाङ बस्ने वर्ष ४७ को धन कुमार भट्टले संचालन गरेको Hotel Family Home Pvt. Ltd. को दोस्रो तलाको ६०६ नं. को कोठामा चिन घर हुने वर्ष ४५ को Lin ye दराजमा निलो रङको डोरीले पासो लगाई झुण्डिरहेको भन्ने खबर प्राप्त हुनासाथ तत्काल प्रनाउ चक्र बहादुर शाहको कमाण्डमा प्रहरी टोली खटिई जाँदा झुण्डिएको अवस्थामा भेट्टिएको, मृत्त लाशको घट्नास्थल तथा लाशजाँच प्रकृति मुचुल्का लगाएतका कार्य गर्न बाँकी रहेको,अन्य अपराध अनुसन्धान कार्य जारी । चिनिया दुताबासमा समेत जानकारि गराईएको ।

 

काठमाण्डौ, काठमाण्डौ म.न.पा. २६ ठमेल स्थित ज्याँठा चोक नजिकै ऐ.घर हुने दामोदर लोहनिको पाँच तले घरमा जि.डडेलधुरा अमरगढी न.पा.४ घर भई हाल ठमेल बस्ने वर्ष २७ को उत्सव सिंह थापाले संचालन गरेको HOTEL PAYA को तेस्रो तलाको ३०१ नं.को कोठामा २०८३/०२/१९ गते देखि बस्दै आएका स्विडेन नागरिक वर्ष ३१ को PER JOHAN OSCAR PLANTING ( PASSPORT NO. AA7717197) मृत अवस्थामा फेला परेको भन्ने खबर प्राप्त हुनासाथ    वृत लैनचौरबाट प्र.ना.उ.को कमाण्डमा टोली खटी जाँदा उल्लेखित पुरुष व्यक्ति बस्त्र बिहिन अवस्थामा मृत भेटिएको, मृत शवको घट्नास्थल तथा लाशजाँच प्रकृति मुचुल्का लगायतका कार्य भईरहेको, थप अनुसन्धान भइरहेको, SWEDIES CONCILATE मा समेत जानकारी गराईएको, घट्नास्थल बृत्त लैनचौरबाट अं.१ कि.मि.दक्षिण पर्ने ।

 

चोरी/लुटपाट/ ठगी,

सुनसरी, बराहक्षेत्र न.पा.७ (32RD) स्थित ऐ. बस्ने वर्ष ५५ की कल्पना कटुवालको भुई तले पक्की घरमा अचानक बत्ति गएको मौकाछोपी के-कुन ब्यक्तिहरु घर भित्र पसी निजको महिलाको मुख थुनेर अर्धबेहोस बनाई निजले कानमा लगाएको सुनको ठुलो खाले रिङ 'आधातोला, कानमा लगाएको सानो खालले रिङ  एक आना र घाँटीमा लगाएको सुनको दुई आना गरी अं.म.रु.२,२६,६००।-बराबरको गहनाहरू लुटपाट गरी फरार भएको भन्ने खबर ऐ.३१ गते १४:५५ बजे प्राप्त हुनासाथ अ.प्र.चौ.बाङ्गेबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई लुटपाट गर्ने मानिसहरुको खो.त.कार्य भईरहेको।

 

ला.औ.,

सुनसरी, बराहक्षेत्र न.पा.३ नडाहा चोक स्थित मदन भण्डारी लोकमार्गमा चतराबाट नडाहा तर्फ आउदै गरेको BR31P6651नम्बरको भारतिय स्कारपियो गाडी दुर्घटना भएको भन्ने जानकारी अ.प्र.चौ.नडाहा प्राप्त हुनासाथ अ.प्र.चौ.नडाहाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई घटना स्थलमा हेर्दा उक्त BR31P6651 नम्बरको भारतीय स्कारपियो ऐ.ऐ.बस्ने खुम बहादुर कार्कीको चिया पसल गर्ने टहरोमा गई जोतिएको अवस्थामा रहेको, सवारी चालक उक्त स्थानबाट तत्काल फरार रहेको, उक्त गाडीको भित्र पछाडी पट्टी लुकाई छिपाई राखिएको ४ बटा प्लष्टिकको बोरामा तौल गर्न बाँकी अं.२०० के.जि.लागु औषध गाजाँ फेला परेकोले उक्त सवारी साधन र लागु औषध गाजाँ आवश्यक अनुसन्धानको लागि इ.प्र.का.महेन्द्रनगरमा राखिएको, ।

सम्बन्धित समाचार
मिति २०८३।०५।१५ गते ०५:०० बजे देखि २०८३।०५।१६ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१६

ज.ज.क./बाल यौन दुर्व्यवहार,सिन्धुली, कमलामाई न.पा.४ गणपती होटल पछाडि रहेको झोलुङ्गे पुलमुनि ग्वाङ् खोलामा वर्ष १० की बालिका र निजको साथी वर्ष ९ की बालिका समेत नुहाईरहेको अवस्थामा ऐ.दुधौली न.पा.३ बस्ने वर्ष २३ को भक्त बहादुर कार्कीले आफ्नो कपडा खोली खोला भित्रै पानीमा वर्ष १० की बालिकालाई जबरजस्ती करणी गरेकोमा निज बालिका रोई कराई गरेको अवस्थामा सोही ठाउँमा माछा मार्ने मानिसहरुले देखी निजलाई नियन्त्रणमा लिई प्र.चौ.ढुङ्ग्रेबासमा टे.फो.मार्फत जानकारी गराउनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज भक्त बहादुर कार्कीलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई ऐ.०५/१५ गते दिन ५ म्याद थप गरी अनुसन्धान कार्य भईरहेको,। संखुवासभा, भोटखोला गा.पा.०४ घर भई हाल जि.संखुवासभा मकालु गा.पा.०५ बस्ने अ.वर्ष ४३ को किरण तामाङले वर्ष २७ की महिलालाई ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.नुम संखुवासभाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई  पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको । उदयपुर, न.पा.वडा न.६ शिखरटोल बस्ने वर्ष १५ की  बालिकालाई जिल्ला उदयपुर बेलका न.पा. वडा न.०६ कात्तिके बस्ने वर्ष २१ को लाक्पा तामाङले ज.ज.क गरेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. रामपुरठोक्सिला  उदयपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको,बालिकाको अवस्था सामान्य रहेको । धरिलो हारहतियार प्रहार,बाँके, बैजनाथ गा.पा.८, गुरदयालपुर बस्ने वर्ष ४० की ठगनी थरुनीले निजको श्रीमान वर्ष ४३ को जंग बहादुर थारुलाई घरायसी विवाद हुँदा धारिलो हतियार (बन्चरो) ले टाउकोमा प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.रनियापुरबाट प्र.ह.को कमाण्डमा टोली खटी गई निज घाईतेलाई उपचारको लागी संजिवनी कलेज अफ मेडिकल साईन्सेज प्रा.लि. नेपालगंज, बाँकेमा पठाईएको, अवस्था गम्भीर, निज ठगनी थारू र निजले प्रयोग गरेको हतियार नियन्त्रणमा लिई इ.प्र.का.घनौलीमा पठाईएको,। मुस्ताङ, घरपझोङ गा.पा. वडा नं. २ मार्फा स्थितमा ऐ.बस्ने बर्ष अं. २८ को रोशन मगरले ऐ.ऐ. बस्ने बर्ष अं. २८ को राजेन्द्र परियारलाई धारिलो हतियार खुकुरीले टाउकोमा प्रहार गरी गम्भिर घाईते भएको छ भन्ने जानकारी प्राप्त हुनासाथ जि.प्र.का. मुस्ताङ बाट प्र.नि. ईश्वर महतको ( ९८५६०९१००६ ) कमाण्डमा ७ जनाको टोलि खटिई गई घाईतेलाई मार्फा स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात थप उपचारको लागि प्रदेश अस्पताल जोमसोम मुस्ताङ पठाईएको, धारिलो हतियार खुकुरी प्रहार गर्नुको कारण नखुलेको,दुवै जनाले मा.प.से. गरेको,उपचारमा घाईतेको आफन्त संलग्न, धारिलो हतियार खुकुरी प्रहार गर्ने व्यक्ति,खुकुरी जि.प्र.का. मुस्ताङको नियन्त्रणमा रहेको । ऐ.०३:४३ बजेको समयमा घाईते थप उपचारको लागि पोखरा रिफर भएको, उपचारमा श्रीमती निरमाया परियार (९७६३२७०१५४) संलग्न । हाम फाली बेपत्ता,सोलुखुम्बु, महाकुलुङ गा.पा.-५ चाचालुङ बस्ने सुमित कुलुङकी श्रीमती वर्ष अ.१८ की सम्झना नाछिरीङ राई श्रीमान-श्रीमतीबीच घरायासी विवाद भई श्रीमती ऐ. सोताङ गापा-४, नाम्लुङ माईती घर गएकोले श्रीमान पनि सँगै जाँदै गर्दा ऐ. महाकुलुङ गा.पा.५ र सोताङ गा.पा.४ को सिमाना स्थित गुदुङ खोलाको पुलबाट निज श्रीमती सम्झना नाछिरीङ राईले खोलामा हाम फाली बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. सोताङबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, । लागु औषध,उदयपुर, कटारी न.पा.६ बाँकेटार शान्तिवन स्थित वनभित्र ला.औ. गाँजा ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा इ.प्र.का. कटारीबाट प्र.नि.को कमाण्डमा २० जनाको टोली खटी गई उक्त वनभित्र खो.त.गर्दा बा १६ च ५२६९ नं.को बोलेरो गाडी र गाडी नजिकै जंगलमा विभिन्न स्थानमा लुकाई छिपाई राखेको ला.औ. गाँजा ५२ बोरा शुद्ध तौल ११२२ के.जि. ६७ ग्राम गाँजा र सोही स्थानमा ऐ. ताप्ली गा.पा. १ डाँडागाउँ बस्ने वर्ष ५५ को राम बहादुर मगर सहित ३ जनालाई फेला पारी ला.औ., गाडी सहित  तीनै जनालाई इ.प्र.का. कटारी ल्याई अनुसन्धान भइरहेको, ।  न.प.पश्चिम, नवलपरासी (ब.सु.प.) रामग्राम न.पा.०१ निलोगेट स्थितमा ला.औ.कारोबार भईरहेको भन्ने खबर प्राप्त हुनासाथ ला.औ.नियन्त्रण ब्युरो शाखा कार्यलय भैरहवा रुपन्देहीबाट प्र.ना.नि.को कमाण्डमा २ जना र जि.प्र.का.नवलपरासी (व.सु.प) बाट प्र.ना.नि.को कमाण्डमा ५ जनाको टोली खटी गई परासी देखि सुनवल तर्फ जादै गरेको भारतिय UP 56 AH 6189 न.को मो.सा.लाई रोक्न खोज्दा उक्त मो.सा.नरोकी भाग्ने क्रममा मो.सा.छाडी मो.सा.चालक देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज सेखली बस्ने वर्ष अं. ३३ को गिरिजेस श्रीवास्तव र सोही मो.सा. पछाडी सावर देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज निचलौल बस्ने वर्ष अं. २७ को दिपक भन्ने मिधलेस श्रीवास्तव भाग्दै गर्दा ब्यारेट पेस्तोलबाट ४ राउण्ड हवाई फाएर गरी निजहरुलाई रितपुर्वक नियन्त्रणमा लिई चेकजाँच गर्दा  ब्राउन सुगर जस्तो देखीने खैरो गिलो पदार्थ प्लाष्टिक रहितको तौल १५८ ग्राम नियन्त्रणमा लिई जि.प्र.का. नवलपरासीमा ल्याई राखिएको,चोटपटक कसैलाई केही नभएको ।

मिति २०८३।०५।१४ गते ०५:०० बजे देखि २०८३।०५।१५ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१५

ज.ज.क./बाल यौन दुर्व्यवहार,दाङ, मिति २०८२।११।०४ गते बिहान अं. ०४:०० बजेको समयमा जि. दाङ, राजपुर गा.पा.७ मनोहरा स्थित भैसाहीदेखि भौवानाका जाने बाटोमा पर्ने पुर्णबहादुर रोकाले घर बनाएको पुरानो स्थान नजिकैको जंगलमा ऐ. राजपुर गा.पा.७, भौवानाका बस्ने वर्ष ३७ की महिलालाई ऐ. राजपुर गा.पा.७ भित्री सिक्टा बस्ने वर्ष ३२ को जनक कुमालले ज.ज.क. गरेको भनि आज मिति २०८३।०५।१४ गते १७:३० बजे निज पीडितले आफैं इ.प्र.का. गढवामा लिखित जाहेरी दरखास्त दिएपश्चात् प्र.नि.को कमाण्डमा प्रहरी टोलि खटि गई पिडक जनक कुमाललाई ऐ. गढवा गा.पा.६ गढवा बजारमा हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई आ.अ.कार्य भईरहेको, पीडितको अवस्था सामान्य रहेको र निज पीडित गर्भवती रहेको, पीडित पीडक दुवैको मेडिकल परीक्षण हुन बाँकी रहेको । सिन्धुपाल्चोक, लिसंखुपाखर गा.पा.७ धामीटोल बस्ने वर्ष ३६ को पुरुषले कान्छी श्रीमतीको छोरी वर्ष १७ की बालिकालाई बाल यौन दुर्व्यवहार गर्ने प्रयास गरेको भनि ऐ.१९:०० बजे खबर प्राप्त पश्चात प्र.चौ.ठुलोपाखरबाट प्र.स.नि.को कमाण्डमा टोलि खटि गई पिडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । सुन बरामद,काठमाण्डौं , हिमालयन एयरलाईन्सको उडान द्धारा कतारको हुदै काठमाडौं आएका जिल्ला सर्लाही मलंगवा न.पा.३ बस्ने मोहम्मद जसिम फकिरले  सुनजस्तो देखिने पहेलो धातुको जस्तो देखिने सिक्री थान १ (अं.२५ ग्राम) ल्याएकोमा निजलाई संका लागी सोधपुछ गर्दा निजले भरियाको रुपमा उक्त सुन ल्याएको भनि मुखसावित वताएकोले निजलाई आवश्यक  अनुसन्धानको लागी नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएको कारण दिन एक सुरक्षित साथ राख्नका लागि प्रहरी वृत्त गौशला पठाएको । काठमाण्डौं, का.म.न.पा.९ एयरपोर्ट स्थित हिमालयन एयरलाईन्सको उडान द्धारा कतार हुदै काठमाण्डौ आएका यात्रुहरुलाई प्रयोग गरी नेपालमा सुन ओसारपसार गरी कारोबार गर्ने सिरहा जिल्ला सिरहा न.पा.७ घर भई बस्ने वर्ष ३४ को सन्तोष कुमार यादवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन तर्फको पार्किङ क्षेत्रमा बाह्‍य मुलुकबाट आगमन भएका यात्रुहरुले भन्सार छली गरी ल्याएको सुन जस्तो देखिने पहेँलो धातुको सिक्रि थान १ अं.तौल २५ ग्राम रिसिभ(संकलन) गरी अवैध रूपमा लैजान लागेको अवस्थामा नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएकोले ऐ.१९:३० बजे प्रहरी वृत्त गौशला पठाएको । कैदी मृत्यु,चितवन, चितवन कारागार ल्याएको कर्तव्य ज्यान केसको कैदि वन्दि क्यान्सर विरामी जि.पर्वत फलेवास गा.पा.२ वतन भएको वर्ष ४२ को बिनोद विक्रम कुवर मिति २०८३/०३/२२ गते देखि बि.पि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भई रहेकोमा ऐ.१४ गते उपचारको क्रममा मृत्यु भएको,शव सोहि अस्पतालमा रहेको,आफन्तहरु सगै रहेको । हतकडी सहित मानिस फरार,झापा, बिर्तामोड न.पा.८ स्थित देउनिया नजिकबाट चोरीमा संलग्न ऐ.भद्रपुर न.पा.१० बस्ने बर्ष २४ को सन्देश हस्दालाई अ.प्र.चौ.गरामनीबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलिले नियन्त्रण लिने क्रममा हतकडी सहित फरार भएको हुँदा इ.प्र.का.अनारमनीबाट प्र.ना.उ.को कमाण्डमा, जि.प्र.का.झापाबाट प्र.ना.उ.को कमाण्डमा र मातहत समेतबाट प्रहरी परिचालित गरी चेकिङ सहितको डिउटी निकाली खोजतलास भईरहेको । अस्पतालबाट बच्चा चोरी भएको,पर्सा, जि. सर्लाही  रामनगर गा.पा.३ बहुअर्वा बस्ने रन्जय दासको श्रीमती अं.वर्ष २७ की  रिन्कु देवीले  मिति २०८३/०५/१३ गते अं.२३:०० बजे जि.पर्सा विरगंज म.न.पा.०४ स्थित नारायणी अस्पतालमा शल्यक्रियाबाट नवजात शिशु (छोरा) जन्मिएकोमा ऐ.०५।१४ गते अं.१५:०० बजे अपरिचित अं.वर्ष ३५ की महिलाले बच्चा खेलाउछु भनि शिशुको हजुरआमासँग मागी बच्चा लिई गएकोमा हालसम्म सम्पर्कमा नआएकोले चोरी भएको भनि ऐ.१६:४५ बजे ऐ. अस्पतालमा खटिएको प्र.क.लाई जानकारी गराउनासाथ व.प्र.का.बिर्ताबाट  प्र.नि.को कमाण्डमा टोलि खटि गई बुझ्ने तथा खोजतलास कार्य भईरहेको । लागु औषध,कञ्चनपुर, भि.न.पा.११ होल्डिङ्ग सेन्टर (७ नं.पिल्लर) स्थित इ.प्र.का.गड्डाचौकीबाट प्र.ब.ना.नि.को कमान्डमा खटिएको प्रहरी टोलिले भारतबाट नेपाल आँउदै गरेको से. ६ प १५४९ नं.को मो.सा.चालक जि. कैलाली गोदावारी न.पा.०४ बस्ने अं.वर्ष २६ को प्रभाष मल्ल र सोही मो.सा.मा पछाडी सवार जि. डोटी जोरायल गा.पा.०१ बस्ने अं.बर्ष २६ को बिक्रम पातलीलाई शंका लागी चेकजाँच गर्दा शुद्ध तौल ६.५७ ग्राम खैरो हिरोइन जस्तो देखिने लागुऔषध सहित बरामद गरी आवश्यक कार्बाहीको लागि जि.प्र.का. पठाईएकोमा,  ऐ. १९:३०बजे सोधपुछको क्रममा निज वर्ष २७ को प्रभास मल्ल कम्प्युटर कोड नं.६३६४२ को स.प्र.बल नेपाल नं.३५ गण हे.क्वा. शैलेश्वरी झलारी कञ्चनपुर दरबन्दी भई नं.५२ गुल्म हे.क्वा. डडेल्धुरामा कार्यरत स.प्र.ज. रहेको भन्ने बुझिएको ।  पर्सा, वीरगञ्ज म.न.पा.१६ माईधिया पोखरी अगाडि सडक-खण्डमा बसपार्क तर्फ पैदल आउँदै गरेको देश भारत विहार राज्य जिल्ला पूर्णिया थाना सदर ग्राम हाजिरगञ्ज वडा नं.४५ बस्ने वर्ष १९ को कृष्णा कुजुँर लगायत ३ जना  व्यक्तिहरू माथि शंका लागि जि.प्र.का.बाट खटिएको प्र.नि.को विशेष टोलिले रोकी चेकजाँच गर्दा निजहरूको साथबाट ला.औ.ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ १०० ग्राम फेला पारी बरामद गरी ला.औ. सहित ३ जनालाई  नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।