मिति २०८३।०३।०१ गते ०५:०० बजे देखि २०८३।०३।०२ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८३-०३-०२
- A
- A-
- A+
ज.ज.क./बाल यौन दुर्व्यवहार,
कैलाली, मिति २०८३।०२।३१
गतेको २३:३५ बजे गोदावरी न.पा.८ जोनहापुर स्थित ऐ.बस्ने वर्ष २७ को पुरूष
व्यक्तिले मादक पदार्थ सेवन गरी श्रीमतीलाई कुटपिट गरि भगाई आफ्नै छोरी वर्ष ७ की
बालिकालाई कोठामा सुताउन लगेकोमा ज.ज.क.गर्न प्रयास गरिरहेको अवस्थामा निजको आमाले
थाहा पाई आफन्तहरूलाई खबर गरे पश्चात बालिकाको उद्धार गरेको भनी ऐ.०३।०१ गते ०३:००
बजे इ.प्र.का.मालाखेतीमा खबर गरे इ.प्र.का. मालाखेतीबाट प्र.स.नि.को कमाण्डमा टोली
खटी गई निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।
कञ्चनपुर, मिति २०८३।०२।२४ गते
अं.२०:०० बजे पुनर्वास न.पा.६ टाउन स्थित पुनर्वास नगरपालिकाद्धारा निर्माण
भईरहेको कोल्डस्टोर भवनको हलको कोठा भित्र ऐ.पुनर्वास न.पा.५ ग गाँउ बस्ने वर्ष ५९
को सुका डौडेले ऐ.बस्ने वर्ष १३ की बालिकालाई जबरजस्ती करणी गरेको भनि ऐ.०३।०१ गते
अं.१४:०० बजे इ.प्र.का. त्रिभुवनबस्तीमा निजको आमाले जाहेरी दिनासाथ
इ.प्र.का.त्रिभुवनबस्तीबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई ऐ.१५:०० बजे निज सुका
डौडेलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।
पाँचथर, मिति २०८३/०२/३१ गते
अं. १९:३० बजे,
तुम्बेवा गा.पा.-५ घर भई मिक्लाजुङ गा.पा.-४ रवि बजारस्थित अर्जुन
राईको घरमा डेरा गरी बस्ने वर्ष अं. १७ की बालिकालाई कोठामा एक्लै भएको अवस्थामा
ऐ. मिक्लाजुङ गा.पा.-४ हिकुन्मबा बस्ने देउ कुमार राईको छोरा वर्ष अं. २० को सरोज
राईले अचानक कोठाभित्र प्रवेश गरी मुख थुनेर संवेदनशील अङ्गहरूमा छुई यौन
दुर्व्यवहार गरेको भनि ऐ. ०३/०१ गते ०७:३० बजे इ.प्र.का. रविमा खबर प्राप्त
हुनासाथ उक्त स्थानमा प्र.ना.नि.को कमान्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई
थप अनुसन्धान भईरहेको ।
झापा, मिति २०८३/०२/०१ गते
१४:३० बजे विर्तामोड न.पा. १ स्थित रहेको अतिथी रेष्ट्रोमा रहेको कोठा नं.१०९ मा
वर्ष १७ की बालिकालाई ऐ. न.पा. ०३ विर्तावजार बस्ने वर्ष २९ को प्रवृन्ड राउतले
ज.ज.क गरेको भनि मिति २०८३।०३।०१ गते २२:३० बजे इ.प्र.का. अनारमनीमा पीडितको
आमाले लिखित जाहेरी दिएकोमा इ.प्र.का.
अनारमनीबाट प्र.स.नि. को कमाण्डमा टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई थप
अनुसन्धान भईरहेको ।
सिरहा कर्जन्हा न.पा. ४
बस्ने वर्ष २२ की महिलालाई (अबिवाहित मानसिक तथा शारीरिक अबस्था ठिक नभएकी) ऐ.ऐ.
बस्ने श्रीलाल सदाको छोरा अं. वर्ष ३५ को दिलिप सदाले ललाई फकाई गरी निजको घर देखि
अं.५०० मि. पूर्वमा रहेको ऐ.ऐ. बस्ने स्पम माझीको फुस घरमा लगी ज.ज.क. गरेको भन्ने
ऐ.०१:३० बजे खवर प्राप्त हुनसाथ इ.प्र.का. बन्दीपुरबाट प्र.ना.नि. को कमाण्डमा
टोली खटी गई निज दिलिप कुमार सदालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको
भरुवा बन्दुक सहित मानिस नियन्त्ण,
धादिङ, निलकण्ठ न.पा-११ गोला
भन्ज्याङ स्थित बिरूडा सामुदायिक वन र ऐ.स्थितको कुसुण्डे डाँडामा अवैध हातहतियार
बोकेका व्यक्तिहरू छन भन्ने गोप्य सूचनाको आधारमा जि.प्र.का.धादिङबाट प्र.नि. को
कमाण्डमा टोली खटि गई ऐ.ऐ. बस्ने वर्ष अं. ३३ को श्याम बहादुर शाक्यको साथबाट
भरूवा बन्दुक नाल १ र ऐ.न.पा.-९ बस्ने वर्ष ३२ को सन्त बहादुर गुरुङको साथबाट
भरूवा बन्दुक नाल-१ गरी जम्मा नाल-२ भरूवा बन्दुक फेला पारी बन्दुक सहित दुबै
जनालाई नियन्त्रणमा लिई जि.प्र.का. धादिङमा ल्याई थप अनुसन्धान भईरहेको ।
ला.औ.,
झापा, भद्रपुर न.पा.-४
डाँगीबारीस्थित भारतबाट नेपालतर्फ आउँदै गरेको मे ४ प ५७०१ नं.को मोटरसाइकललाई
व.प्र.का. भद्रपुरबाट प्र.स.ह. को कमाण्डमा खटिएको टोलीले चेकजाँच गर्दा, मो.सा.
चालक दमक न.पा.-३ बस्ने वर्ष अं. २७ को विकास भुजेलले दाहिने हातमा बोकी भुइँमा
फालेको प्लास्टिकको पोकाबाट शुद्व तौल ६ ग्राम ०९० मिलिग्राम लागूऔषध ब्राउन सुगर
फेला परेको हुँदा पछाडि सवार भद्रपुर न.पा.-७ बस्ने वर्ष अं. ३० की सरिता राजवंशी
सहित दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।
सुनसरी, धरान उप-म.न.पा.-१७
त्रिवेणी चोक स्थितमा गोप्य सूचनाको आधारमा
इ.प्र.का. धरानबाट खटिएको टोलीले ऐ.ऐ. धरान-१७ बस्ने अं. वर्ष ३५ को प्रकाश
राईको घर खानतलासी गर्दा घर पछाडी रहेको शौचालय भित्र २ वटा प्लाष्टिकको पोका
भित्र लुकाई छिपाई राखेको प्रतिबन्धित लागु औषध गाँजा शुद्व तौल ६४ के.जि. फेला
पारी बरामद गरी इ.प्र.का. धरानमा ल्याई थप अनुसन्धान भईरहेको । प्रकाश राईको
खोजतलास कार्य भईरहेको ।