मिति २०८३।०३।०३ गते ०५:०० बजे देखि २०८३।०३।०४ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८३-०३-०४
- A
- A-
- A+
ज.ज.क./प्रयास/बाल यौन दुर्व्यवहार,
रोल्पा, मिति २०८३।०२।२१ गते
थवाङ गा.पा.४ थर्पु बस्ने वर्ष ५५ को धन प्रसाद पुनले ऐ.५ तेराङगे बस्ने वर्ष १५
की बालिकालाई आफ्नै घरमा र मिति २०८३।०२।३१ गते वर्ष ११ की बालिकालाई घरमा गई
ज.ज.क.गरेको भनी निज पीडितहरूले मिति २०८३।०३।०२ गते ०८:०० बजे इ.प्र.का.उवामा
जानकारी प्राप्त हुनासाथ इ.प्र.का.उवाबाट प्र.ह.र इ.प्र.का.सुलिचौरबाट प्र.नि. को
कमाण्डमा टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई पीडितलाई स्वास्थ्य परिक्षणको लागी
ऐ.३ गते ०३:१५ बजे रोल्पा अस्पताल रेउघामा ल्याई निज बालिकाहरुलाई सेफ हाउस रेउघा
रोल्पामा राखिएको,अवस्था सामान्य रहेको, पीडकलाई इ.प्र.का.सुलिचौरको
हिरासत कक्षमा राखी थप अनुसन्धान भईरहेको ।
दाङ, तुलसीपुर उ.म.न.पा.११
बेलटाकुरा स्थित आफ्नै घरकोठाभित्र वर्ष ११
की बालिकालई सुतिरहेको अवस्थामा ऐ. तुलसीपुर उ.म.न.पा.१३ बस्ने अं.वर्ष २२ को
चुडामणी डाँगी कोठाभित्र प्रवेश गरी ज.ज.क.गरेको भनि इ.प्र.का.तुलसीपुरमा ऐ.१२:३०
बजे लिखित जाहेरी दिए पश्चात प्र.व.ना.नि.को कमाण्डमा टोली खटि गई चुडामणीलाई
नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।
मानव तस्करी,
काठमाण्डौ, जि.सिन्धुली दुधौली न.पा.११ घर भई हाल भक्तपुर सुर्यबिनायक
न.पा.२ बाल्कोट बस्ने वर्ष ३४ की बेद कुमारी सुनुवारलाई फ्रि भिसा र टिकेटमा
रोजगारको लागि बिदेश पठाईदिन्छु भनि मिति २०८२ श्रावण २ गते काठमाण्डौ एयरपोर्ट
जाँदा हवाई उडान गराउन नमिल्ने भनि फर्केर होटेलमा नै बस्नु तपाईलाई भारतबाट हवाई
उडानको लागी मिलाई दिन्छु भनि ऐ.३ गते नाईट गाडीमा भारतमा जानु पर्छ भनि अपरिचित
ब्यक्तिले निजलाई करिब ७/८ घण्टा राखी सुनौली भारत जाने गाडीमा चढ्न लगाई पठाएको र
नवलपरासी पुगेपछी अपरिचित व्यक्तिले भाडा समेत नतिराई भारतको आन्द्रबिहार
पुगिसकेपछी अटो चालकले मेरो फोटो देखाउदै अटोमा चढन लगाई भारतको एक होटेलमा राखि
बाहिर ननिस्कनु पुलिसले समात्छ भनि डर देखाई बिभिन्न बहाना बनाई मानवबेचबिखन गर्ने
उदेश्यका साथ बैदेशिक रोजगार कुबेत पठाईदिन्छु भनि भारतमा राखेको , निजलाई नेपाल फर्कन समेत पैसा
नभएको हुँदा गोबिन्द कार्की दाजुसँग पैसा सापटी मागेर मिति २०८२ भाद्र १५ /१६ गते
नेपालको लहानसम्म आएको भन्ने जाहेरी मिति २०८३।०३।०२ गते ०८:३० बजे जिल्ला प्रहरी
परिसर महिला वालवलिका तथा जेष्ठ नागरीक सेवा केन्द्र भद्रकालीमा प्राप्त हुनासाथ
उक्त घटनामा संलग्न ४ जना प्रतिवादीहरू मध्ये मुख्य प्रतिवादी केदार खड्कालाई मिति
२०८३।०३।२० गते पक्राउ गरी अभद्र ब्यवहार मुद्धा दर्ता भई अनुसन्धान भईरहेको ।
ला.औ.,
सुनसरी, कोशी गा.पा. १ लौकही
भन्सार गेटमा इ.प्र.का. लौकहीका प्र.ब.ना.नि. को कमाण्डमा खटिएको टोलीले ऐ. १६:२०
बजे भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १-०२-०४७ प २०३४ नं.को स्कुटर चेकजाँच
गर्दा चालक जि. सुनसरी इटहरी उ.म.न.पा. ०४ बस्ने वर्ष ४३ को बिशे चौधरीले
पलास्टिकमा पोको पारी मलमूत्रको भागमा लुकाई ल्याएको शुद्व तौल ७.५२ ग्राम
ब्राउनसुगर फेला परेको, पछाडी सवार ऐ.ऐ. बस्ने वर्ष
अं.४३ को भुप नारायण चौधरी र मो.सा.सहित नियन्त्रणमा लिएको, ऐ.१७:३०
बजे सोही स्थानमा भारतबाट आउँदै गरेको को ३० प ४५०९ नं.को मो.सा.लाई चेकजाँच गर्दा
पछाडि सवार ऐ. धरान उप-म.न.पा. ११ बस्ने वर्ष ३१ को सन्देश लिम्बुले मल्द्वारमा
प्लास्टिकको पोको बनाई लुकाई ल्याएको शुद्व तौल १२.६५ ग्राम ब्राउनसुगर फेला परेको
, चालक जि. सुनसरी धरान उ.म.न.पा. १६ बस्ने वर्ष ३० को एलिन
जंग राणा र मो.सा. सहित नियन्त्रणमा लिई
थप अनुसन्धान भईरहेको । ( जम्मा १९ ग्राम ११७ मिलिग्राम ला.औ. र २ वटा
मो.सा. सहित चार जनालाई नियन्त्रणमा )
पर्सा, छिपहरमाई गा.पा. १
मिर्जापुर स्थित प्र.चौ मिर्जापुरबाट प्र.ब.ह.को कमाण्डमा खटिएको गस्ति टोलीले
गस्ति गर्ने क्रममा पानी नभएको नहरको खाल्डोको झाडीमा लुकाई छिपाई बेवासिसे
अवस्थामा राखेको लागु औषध गाँजा २५ वटा पोका प्लास्टिक सहित ३७० के.जि. फेला पारेको
भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.पोखरियाबाट प्र.नि.को कमाण्डमा टोली खटि गई
नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।
काठमाण्डौं, म.न.पा. १७
ढल्कुस्थित सागर पुजारीको ५ तले कच्ची घरको भाडामा बस्ने सुरज प्रताप पुजारीले
लागु औषध खरिद-बिक्री गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी वृत्त जनसेवाबाट
प्र.ना.नि. को कमाण्डमा सादा पोसाक सहितको टोली तथा PCCB बाट
खटिएको संयुक्त टोलीले उक्त कोठा रीतपूर्वक खानतलासी गर्दा ऐ. काठमाण्डौ म.न.पा.
१७ ढल्कु बस्ने वर्ष ३३ को सुरज प्रताप पुजारी सहित ६ जनालाई गाँजा ७२६ ग्राम,
चरेश ६८४ ग्राम, ११ पत्तामा कुल ११० ट्याब्लेट
NITRAZEPAM सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।