मिति २०८३।०३।०५ गते ०५:०० बजे देखि २०८३।०३।०६ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८३-०३-०६
- A
- A-
- A+
ज.ज.क./बाल यौन दुर्व्यवहार,
मोरङ, मिति २०८३।०३।०३ गते
अं.२३:०० बजे मिक्लाजुङ गा.पा.७ यात्री टोल स्थित आफ्नै घर कोठामा वर्ष १४ की
बालिकालाई ऐ.बस्ने वर्ष ३२ को गायत्री प्रसाद निरौलाले निज बालिकाको घर कोठामा गई
एक्लै भएको मौका पारी शरीरको संवेदनशिल अंगमा समाई जबरजस्ती करणी गर्न खोजेको भनी ऐ.५
गते १३:०० बजे इ.प्र.का. उर्लाबारीमा
जाहेरी दिनासाथ इ.प्र.का. मधुमल्लाबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई पीडक
गायत्री प्रसाद निरौलालाई नियन्त्रणमा लिई इ.प्र.का. उर्लाबारीमा ल्याई थप
अनुसन्धान भइरहेको ।
दाङ, मिति २०८३।०३।०४ गते
अं.२०:०० बजे लमही न.पा.५ रातोडाँडा स्थित शान्तिनगर गा.पा.३ भलटोला बस्ने वर्ष २६
को प्रकाश काफ्लेले आफ्नै डेरा कोठामा वर्ष १४ की बालिकालाई ललाई फकाई ईच्छा
बिपरीत बोल्न कराउन नदिई जबरजस्ती करणी गरे पश्चात निज बालिकालाई पीडकले साथमा लिई
गई राजपुर गा.पा.५ सालभाउरी टोलमा छाडी भागी फरार भएको भनी ऐ.५ गते १५:३० बजे
जाहेरी दिए पश्चात व.प्र.का. लमहीबाट प्र.नि.को कमाण्डमा टोली खटी गई ज.ज.क. गर्ने
व्यक्तिलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।
बाँके, मिति २०८३।०३।०४ गते
अं.१२:३० बजे कोहलपुर न.पा.१५ अक्कलघरुवा स्थित स्वास्थ चौकी नजिक रहेको आँप
बगैचामा जि.बाँके कोहलपुर न.पा.९ झन्डहवा बस्ने अं.वर्ष १५ की बालिकालाई ऐ.१५
चौधरिया गाउँ बस्ने अं.वर्ष ३० को शिवा थारुले आफु अविवाहित रहेको भनि विभिन्न
प्रलोभनमा पारी मेरो ईच्छा विपरित ज.ज.क.गरेको भनि मिति २०८३।०३।०५ गते अं.१७:००
बजे इ.प्र.का.कोहलपुरमा आई जानकारी गराई निजको आमाको रोहवरमा निज पीडितले जाहेरी
दिएकोले इ.प्र.का.कोहलपुरबाट प्र.ना.नि.को कमाण्डमा टोली खटि गई निज पीडकलाई निजकै
घर वतनबाट नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।
ला.औ.,
सप्तरी, इ.प्र.का.कडरबोना
बाट प्र.स.नि..को कमाण्डमा खटिएको टोलीले विशेष
सूचनाको आधारमा जि.सप्तरी बोदेबर्साईन न.पा.९ स्वर्णपट्टी स्थित नेपाल भारतको
सिमाना दशगजा क्षेत्रमा भारतबाट नेपाल तर्फ आउँदै गरेको स.७ प ८५२३ नं. को
मो.सा.लाई शंका लागि रोकी चेकजाँच गर्दा मो.सा. चालक ऐ.शम्भुनाथ न.पा.८ पोखरिया
बस्ने अं.वर्ष ३८ को त्रिलोकी चौधरी र सोही मो.सा. पछाडी बस्ने ऐ. ७ भङ्हा टोल
बस्ने अं.वर्ष ३२ को सन्तलाल दासको साथबाट स्टिलको दुई वटा बट्टामा राखेको ओसिलो
(भिजेको ) ३१.९१ ग्राम खैरो रंगको ब्राउन
सुगर ला.औ. जस्तो देखिने पदार्थ फेला पारी निजहरुलाई मो.सा.सहित नियन्त्रणमा लिई
थप अनुसन्धान भईरहेको ।
उदयपुर, कटारी न.पा.०६ बैनाज
पुल स्थित भित्री सडक खण्डमा प्र.चौ. रिस्कुबाट खटिएको प्र.स.नि.को कमाण्डमा खटि
गएको चेकिङ टोलीले उदयपुरढीबाट कटारी तर्फ आउँदै गरेको तत्काल नं.नखुलेको
मो.सा.लाई चेकजाँचको लागि रोक्न खोज्दा उक्त मो.सा. नरोकी भाग्ने क्रममा मो.सा.
को पछाडी सवार जि.उदयपुर उदयपुरगढी
गा.पा.०६ बाउनटार घर भई हाल ऐ.कटारी न.पा.०४ सिम्ले डेरागरी बस्ने अं.वर्ष ३० को
नर बहादुर पुलामी मगर उक्त मो.सा.को पछाडीबाट झरी लडी निजको साथमा रहेको एक बोरा
ला.औ.अं.२० के.जी.गाँजा सहित निजलाई
नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको, उक्त मो.सा.र चालक फरार
रहेकोले खो.त. कार्य भईरहेको ।