मिति २०८३।०३।०६ गते ०५:०० बजे देखि २०८३।०३।०७ गते ०५:०० सम्मको आपराधिक घटनाहरु ।
२०८३-०३-०७
- A
- A-
- A+
ज.ज.क./बाल यौन दुर्व्यवहार,
झापा, अर्जुनधारा न.पा.११
सेवारो टोल रोड नं.४ बस्ने १५ महिनाकी बालिकालाई आफ्नै जेठाजुको छोरा वर्ष १४ को
बालकले ज.ज.क.गरेको भनी पिडितको आमाले ऐ.१८:०० बजे इ.प्र.का.अनारमनीमा जाहेरी दिए
पश्चात इ.प्र.का.अनारमनीबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा
लिइ इ.प्र.का.अनारमनीमा राखिएको, पीडितको अवस्था सामान्य।
सोलुखुम्बु, थुलुङ दुधकोशी गा.पा.
वडा नं. २ काँगेल घर भई हाल ऐ. माप्यदुधकोशी गा.पा.१ बुम्बरी टोल स्थित आङकाजी
शेर्पाको घरमा बाख्रा चराउने काम गर्दै आएका वर्ष अं.२२ को मदन राईले ऐ.बस्ने वर्ष
२९ की महिला (जन्मजात अपाङगता भएकी) लाई आफ्नै बारीमा हिडडुल गरिरहेको अवस्थामा
ज.ज.क.गरी पीडितको अं. ६ महिनाको गर्भ समेत रहेको भनी पीडितको आमाले मिति २०८३।०३।०६
गते जाहेरी दरखास्त दिएकोमा प्र.चौ.खरिखोलाबाट प्रहरी टोली खटी गई निज
प्रतिवादीलाई नियन्त्रणमा लिई आ.अ.भइरहेको,
धादिङ, रुविभ्याली गा.पा. ०१
तिप्लिङ बस्ने वर्ष अं. २० को अबिनाश तामाङ सहित ६ जना (तीन बालक/तीन बालिका) घुमफिर गर्न भनि काठमाण्डौं तार्केश्वरबाट
धादिङ जिल्लाको रुविभ्याली गएकोमा ऐ.०३।०२ गते साँझ निजहरु ऐ. रुविभ्याली गा.पा.
०१ तिप्लिङ स्थित सुवास गुरुरङको (मानिस
नबस्ने) घरमा बास बस्ने क्रममा निज अबिनाश तामाङले मादक पदार्थ ल्याई निज
बालिकाहरु संगै बसी सेवन गरी ऐ.३ गते ००:०० बजे र ऐ.०३:०० बजे २ जना बालिकाहरुलाई
ज.ज.क. गरेको भनि ऐ.०३।०६ गते १५:०० बजे पिडितको अभिभावक मार्फत जि.प्र.का.धादिङमा
जाहेरी प्राप्त हुनासाथ प्र.चौ.सेर्तुङबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गएको, पिडक
अबिनाश तामाङ फरार रहेको खो.त. भईरहेको
कर्तव्य ज्यान,
सर्लाही, बसबरीया गा.पा.१
मानपुर टोल बस्ने बर्ष ५०।५२ को होस नारायण यादब लाई आफ्नै घरमा सुतिरहेको
अवस्थामा नं.नखुलेको मो.सा.मा आएका २ जना अपरीचीत ब्याक्तिहरुले धारीलो हतियारले
घाँटिमा प्रहार गरी फरार भएको भन्ने इ.प्र.का.मानपुरमा जानकारी प्राप्त हुनासाथ
इ.प्र.का.मानपुरबाट प्र.ह.को कमाण्डमा, इ.प्र.का बरहथवाबाट
प्र.ना.उ.को कमाण्डमा र जि.प्र.का.सर्लाहीबाट प्र.उ.को कमाण्डमा टोली खटी गई टोली
खटी गई घाईतेलाई उपचारको लागि नगर अस्पताल बरथवा पठाएकोमा ऐ.०३:०० बजे उपचारको
क्रममा डाक्टरले मृत घोषणा गरेको, शव सोही अस्पतालमा रहेको,
धारीलो हतियार प्रहार गर्नेर ब्याक्तिहरु फरार, खो.त.भइरहेको, ।
गोली प्रहार,
काठमाण्डौ, काठमाण्डौ म.न.पा.३२
बालकुमारी पुल मुनि कोटेश्वर लागू औषध नियन्त्रण ब्युरोको टोलीले जिल्ला पर्सा
पटेवा सुगौली गा.पा. ४ स्थायी घर भएको वर्ष ३९ को किशोरी प्रसाद ओझैया लागू औषत
(ब्राउन सुगर) सहित भाग्न खोज्दा ब्युरोको टोलीले दाहिने खुट्टाको पिडौलामा टाईप C चाईनिज
पेस्तोलबाट गोली हानी (२ राउण्ड हवाई १ राउण्ड घुडामुनी) नियन्त्रणमा लिई घाइतेलाई
तत्काल उपचारको लागि वीर अस्पतालमा लगि उपचार भइरहेको, घाईतेको
अवस्था बोल्न सक्ने दाहिने खुट्टाको पिडौलामा चोट, उक्त
स्थानमा प्रभाग कोटेश्वरबाट प्र.नि.को कमाण्डमा ७ जना टोली खटी गएको ।
शिशु मृत्त फेला,
सुर्खेत, वीरेन्द्रनगर न.पा.६
घण्टाघर स्थित ऐ.बस्ने बस्ने किशोर के.सि.को घरको पछाडी कम्पाउण्ड भित्रको देवालको
छेउमा अं.९/१० महिनाको जस्तो देखिने नवजात शिशु (बालक) सडिगलेको अवस्थामा फेला
परेको भन्ने खबर प्राप्त हुनासाथ जि.प्र.का.सुर्खेतबाट प्र.नि.को कमाण्डमा टोली
खटी गई कानुनी प्रकृया पुरा गरी ऐ. १०:०० बजे शव पो.मा. को लागि कर्णाली प्रदेश
अस्पताल कालागाउँ सुर्खेतको पठाइ शव गृहमा राखिएको, ।
लागू औषध,
सुनसरी, इटहरी उ.म.न.पा.१७
पकलि बस्ने वर्ष अं.७० की सरातुन खातुन र निजकि बुहारी बर्ष २० कि सेविका सरदारले
लागु औषध ब्राउन सुगर कारोवार गरी बिक्री बितरण गर्दै गरेको भन्ने गोप्य सुचनाको
आधारमा इ.प्र.का.पकलीबाट प्र.व.ना.नि.को कमाण्डमा टोली खटि खटी गई शंकाष्पद अवस्थामा
निजहरु दुबै जनालाई घर अगाडी आँगनमा एकै साथ फेला पारी निजहरु दुबै जनाको शरीर
खानतलासी निजहरुको साथबाट २१ ग्राम ५०० मिलिग्राम ला.औ.ब्राउन सुगर जस्तो देखिने
पदार्थ फेला पारी बरामद गरी निजहरु दुबै जनालाई नियन्त्रणमा लिई इ.प्र.का.पकलीमा
राखी अनुसन्धान भईरहेको,
।