मिति २०८३।०३।०९ गते ०५:०० बजे देखि २०८३।०३।१० गते ०५:०० सम्मको आपराधिक घटनाहरु ।
२०८३-०३-१०
- A
- A-
- A+
ज.ज.क./बाल यौन दुर्व्यवहार,
काठमाण्डौ, म.न.पा.३२ तिनकुने
स्थित पिक्सेल क्लबमा काम गर्ने जि.ललितपुर गोदावरी न.पा.३ लुभु बस्ने वर्ष १६ की
बालिकालाई ऐ.क्लबमा काम गर्ने जि.कैलाली घोडाघोडी न.पा.१० घर भई हाल काठमाण्डौ
म.न.पा.३२ कोटेश्वर बस्ने वर्ष २२ को गणेश विश्वकर्माले मिति २०८२।०४।०३ गते
अं.००:०० बजे ऐ.क्लबको स्टोर कोठामा लगी ज.ज.क.गरेको भन्ने जाहेरी दरखास्त जिल्ला
प्रहरी परिसर महिला बालबालिका तथा जेष्ठ नागरीक सेवा केन्द्र भद्रकाली काठमाडौंमा
मिति २०८३।०३।०९ गते १४:३० बजे प्राप्त भएकोले सादा पोशाकमा प्रहरी टोलि खटि गई
प्रतिवादीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।
मकवानपुर, भिमफेदी गा.पा.६
धोर्सिङ बस्ने अं.वर्ष ७१ को पुरूष ब्यक्तिले आफ्नै नातिनी अं.वर्ष १४ की
बालिकालाई आफ्नै घरमा पटक पटक यौन दुर्व्यब्यहार गर्ने गरेको, अन्तिम
पटक मिति २०८३।०३।०७ गते गरेको भनि उक्त बालिकाले आफु पढ्ने श्री सरस्वति आधारभुत
विद्यालयको शिक्षिकालाई बताई शिक्षिका मार्फत श्री चन्डेश्वरी महिला सेभ हाउस
भिमफेदीमा जानकारी गराई सेफ हाउस मार्फत ऐ.०९ गते अं.१४:०० बजे इ.प्र.का.भिमफेदीमा
जानकारी प्राप्त हुनासाथ प्र.नि.को कमाण्डमा टोली खटि गई पीडकलाई नियन्त्रणमा लिई
थप अनुसन्धान भईरहेको ।
दाङ, राप्ती गा.पा.१
पुलचोक बस्ने परिवर्तित नाम भालुवाङ ६० (क) (२०८२।०८३) की छोरी बर्ष अ.९ की
परिवर्तित नाम ५६ भालुवाङ ६०(२०८२।०८३) लाई
जिल्ला दाङ राप्ती गाउँपालिका वडा नं.१ पुलचोक बस्ने बर्ष ५३ को माधव सिंह के.सी ले वाल यौन
दुर्व्यवहार गरेकोले निजलाई पक्राउ गरी कानून बमोजिम सजाय गरी मनासिव क्षेतिपुर्ती
समेत दिलाई भराई पाउँ भनि यो ऐ,१८:०० बजे परिवर्तित नाम भालुवाङ ६० (क)
(२०८२।०८३) ले जाहेरी दरखास्त लेखि पेश गरेकोमा यस इ.प्र.का.भालुबाङ दाङबाट
प्र.स.नि.को टोलि खटिगई पीडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।
सोलुखुम्बु, महाकुलुङ गा.पा.२
परिवर्तित वतन जिल्ला ११ बस्नेको छोरी पीडित वर्ष ५ की बालिकालाई कानूनको विवादमा
परेको बालक ऐ.ऐ.बस्ने वर्ष १२ को ले घरमा कोदोको बिऊ गोड्न भनि लिई गएको अवस्थामा
पीडित र कानूनको विवादमा परेको बालक निज बालककै घर कोठामा सँगै मोबाईलमा भिडियो
हेरिरहेको अवस्थामा निज कानूनको विवादमा परेको बालकले पीडितलाई ज.ज.क.गरेको भनि
मिति २०८३।०३।०९ गते ऐ.१२:०० बजे पीडित बालिकको बुबाले जि.प्र.का.सोलुखुम्बु आई
लिखित जाहेरी दरखास्त दिएकोले इ.प्र.का. सोताङबाट प्र.नि.को कमाण्डमा टोलि खटि गई
नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।
ईलाम, सुर्योदय न.पा.३
माझगाँउ बस्ने अं.वर्ष २६ की महिला (अविवाहित) जन्मजात नै सुस्त मनोस्थिति भएकी
बालिकालाई जि.इलाम सुर्योदय न.पा.३ माझगाँउ सिंहमाई टोल बस्ने वर्ष ६० को माईला
भन्ने बुद्ध प्रकाश राईले ऐ.३ माझगाँउ स्थित रहेको कोचे खोलाको छेउ तम्बर राईको
पाखा बारीमा ज.ज.क. गरेको भनि निजको आमाले मिति २०८३।०३।०९ गते २१:०० बजे
इ.प्र.का.पशुपतिनगरमा आई लिखित जाहेरी दिनासाथ प्र.ह.को कमाण्डमा टोलि खटि गई
पीडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।
पर्वत, फलेवास न.पा.९
ओख्रेनी बस्ने वर्ष ६८ को बल बहादुर पौडेल क्षेत्रीले वर्ष १४ की बालिकालाई ललाई
फकाई करणी गरेको भनि पीडितको आमाले २०८३।०३।०९ गते अं.१८:२० बजे प्र.चौ. भंगारामा
जानकारी गराउनासाथ प्र.नि.को कमाण्डमा टोली खटि गई निज अभियुक्तलाई नियन्त्रणमा
लिई थप अनुसन्धान भईरहेको ।
धारिलो हतियार प्रहार,
भोजपुर, टेम्केमैयुङ गा.पा.१
रिमचिम स्थित ऐ.बस्ने अं.वर्ष ३५ को नवराज राईले ऐ.बस्ने अं.वर्ष ३० को संजिव
राईलाई खुकुरी प्रहार गरेको भनि ऐ.२१:२५
बजे प्र.चौ. गुप्तेश्वरमा टे.फो.मार्फत जानकारी प्राप्त हुनासाथ प्र.स.नि.को
कमाण्डमा टोली खटि बुझ्दा निज नवराज राई र संजिव राई बिच पहिला झगडा भएको रिसिबीले
गर्दा अचानक नवराज राईले खुकुरी प्रहार गर्दा संजिव राईको वायाँ कोखामा अं.१२ ईन्च
काटिएको,
अवस्था गम्भिर रहेको, निज घाईतेको जि.अस्पताल
भोजपुरमा उपचार पश्चात सुबिधा सम्पन्न अस्पतालको लागि ऐ.१० गते ०५:०० बजे रेफर
भएको, खुकुरी प्रहार
गर्ने नवराज राई जि.प्र.का.भोजपुरको नियन्त्रणमा रहेको ।
विदेशी नागरिक पक्राउ/नियन्त्रण,
काठमाडौं,
प्रहरी
वृत्त स्वयम्भूको वडा एरियामा विभिन्न अवैध बाटो हुँदै नेपाल प्रवेश गरेका स्थायी
परिचय खुल्ने कागजात तथा पासपोर्ट नरहेका देश बंगलादेश ढाका घर भई हाल
का.म.न.पा.१५ डल्लु बस्ने वर्ष २५ को राकी भूल लगायत २५ जना बंगलादेशी
नागरिकहरूलाई प्र.वृत्त स्वयम्भूबाट प्र.ना.उ.को कमाण्डमा खटि गएको टोलिले
का.म.न.पा.१५ डल्लु र सित्तापाईलामा रहेका कपडा कारखानाबाट कपडा कारखानामा काम
गर्ने मानिसहरूलाई नियन्त्रणमा लिई प्र.वृत्त स्वयम्भुमा राखि आवश्यक अनुसन्धान
कार्य जारी रहेको ।
अवैध रकम बरामद
काठमाडौं का.म.न.पा.२२ न्युरोड स्थित मोबाईल होम नामक
ईलेक्ट्रिक पसलबाट विशेष सूचनाको आधारमा प्र.वृत्त जनसेवाबाट प्र.नि.को कमाण्डमा खटिएको
टोलिले रितपूर्वक खानतालसी गर्ने क्रममा स्रोत नखुलेको नेपाली नगद रू.१६ लाख ५०
हजार नगद सहित उक्त पसल संचालक भारत देश राजस्थान जिल्ला घर हुने वर्ष ४४ को दिलिप
अग्रवाल साथै जि.नुवाकोट ककनी घर भई का.जि.तार्केश्वर बस्ने वर्ष २२ को सबिन तामाङ
र जि.काठमाण्डौ बाफल घर भई बस्ने वर्ष ७३ को बिनोद अग्रवाललाई का.म.न.पा.२२ प्युखा
स्थित सडक खण्डबाट नगद रु.८ लाख ५० हजार अवैध हुण्डीको रकम सहित नियन्त्रणमा लिई
प्र.वृत्त जनसेवामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।
लागू औषध,
कैलाली, जि.प्र.का.कैलाली बाट
प्र.ब.ना.नि. को कमाण्डमा खटिएको टोलिले जिल्ला कैलाली कैलारी गा.पा. ७ हौसलपुर
स्थित देश भारत लखिमपुर खिरी बेलापर्शुवा बस्ने बर्ष को ४७ हरि चन्द्र कठरियालाई
शंका लागि चेकजाँच गर्दा निजको साथबाट २४ ग्राम ४०० मिलिग्राम लागु औषध ब्राउन
सुगर जस्तो देखिने धुलो पदार्थ फेला पारी बरामद गरी निजलाई नियन्त्रणमा लिई थप
अनुसन्धान भईरहेको ।
कास्की, पोखरा म.न.पा.५
मालेपाटन खेल मैदान ला.औ. सेवन तथा कारोबार भईरहेको भन्ने गोप्य सूचना प्राप्त
हुनासाथ ला.औ.नियन्त्रण ब्युरो शाखा कार्यालय पोखराबाट प्र.ना.नि. र
जि.प्र.का.कास्कीबाट प्र.ह. को संयुक्त टोलि खटि गई उक्त एरियामा रहेको सबल
फार्मेसीले प्रतिबन्धित औषधी बिक्री गर्ने जि.पाल्पा बगनाशकाली गा.पा.२ घर भई हाल
जि.कास्की पोखरा म.न.पा.७ मासबार डेरा गरी बसी सबल फार्मेस संचालन गरी बस्ने वर्ष
५२ को बिष्णु भट्टराईलाई निजको फार्मेसीबाट विभिन्न नामका २०२ ट्याब्लेट Paragablin Capsuls
IP (GABIN-75 (88 tablets), Paragablin Capsuls IP (Sagalin-75 (60 Tablets), MOLCOD-32 Tablets, Vomin-16 Tablets, Stagan-25 (6 Tablets) र जि.कास्की पोखरा म.न.पा.७ मासबार डेराबाट बिभिन्न नामका १६८० ट्याब्लेट
बरामद Paragablin Capsuls IP (GABIN-75 (300 Tablets),
Paragablin Capsuls IP Pregex-75 (100 tsblets), Paragablin
Capsuls IP Methylcobalamin capsuls-Pregex-M (100 Tablets),
Paragablin Capsuls IP Methylcobalamin capsuls-Mecon-P (180 Tablets),
Promethazin Hydrochloride tablets Stagan-25 (600 Tablets),
Amitriptyline Tablets Bp-25 Mg (400) ला.औ. र
बिष्णु भट्टराई लगायत १२ जना पुरूषहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।