मिति २०८३।०३।१० गते ०५:०० बजे देखि २०८३।०३।११ गते ०५:०० सम्मको आपराधिक घटनाहरु ।
२०८३-०३-११
- A
- A-
- A+
कर्तव्य ज्यान,
गुल्मी, इस्मा गा.पा.५ रातामाटा बस्ने वर्ष ४१ को यम
ब.कुमालले मा.प.से.गरी आफ्नै श्रीमती वर्ष ३७ की मुना कुमाललाई दाउराको चिर्पटले
प्रहार गरी कुटपिट गर्दा शरीरको विभिन्न भागमा चोट लागी अचेत अवस्थामा रहेको भनी
ऐ.१० गते ०७:३० बजे अ.प्र.पोष्ट धनार्जेमा जानकारी गराउनासाथ प्र.ब.ह.को कमाण्डमा
टोली खटी गई उपचारको लागि जि.अस्पताल तम्घास गुल्मी पठाएकोमा ऐ.०९:५५ बजे
डाक्टरद्वारा मृत घोषणा गरेको, शव सोही अस्पतालमा रहेको, उक्त स्थानमा जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, कुटपिट गर्ने यम ब.कुमाल प्रहरीको नियन्त्रणमा ।
ज.ज.क./बाल यौन दुर्व्यवहार,
बर्दिया, राजापुर न.पा.३
सेन्द्रा बस्ने वर्ष १६ की बालिकालाई (सुस्त मनिस्थिती भएकी) घरमा एक्लै भएको
अवस्थामा ऐ.ऐ बस्ने छिमेकी वर्ष अं. ५५ को पुरुष व्यक्तिले आफ्नो घरमा लगी ज.ज.क
गरेको भनि ऐ.१० गते १८:०० बजे इ.प्र.का.राजापुरमा पिडितको आमाले जाहेरी दिएको
हुँदा इ.प्र.का राजापुरबाट प्र.ना.उ. को कमाण्डमा टोली खटि गई पिडक र पिडित दुबै
जनालाई इ.प्र.का.राजापुरमा ल्याई स्वास्थ्य परिक्षणको लागी बर्दिया अस्पताल
गुलरिया पठाईएको,
।
चोरी/लुटपाट/ठगी,
नुवाकोट, शिवपुरी गा.पा.८
थापागाँउ स्थित बडाले वनमा काठमाण्डौबाट टोखा छहरेको बाटो हुदै ग १ ज ६१९२ नं.को
भ्यानमा आएको जि.स्याङ्जा पुतली बजार न.पा.१४ बस्ने वर्ष ३२ को कुश गिरी र निजको
श्रीमती वर्ष ३० की ममता काफ्ले गिरिले कालो झोलामा रु.७,५०,०००/-(सात लाख पचास हजार मात्र) रुपैयाँ लिई डलर साट्छु भनी बडाले वनमा
आएकोमा नाम थर वतन नखुलेको अपरिचित २ जना पुरुष ब्यक्तिहरुले ठगी गरी फरार भएको
भन्ने खबर ऐ.०९:०० बजे प्राप्त हुनासाथ अ.प्र.पोष्ट छहरेबाट प्र.स.नि.को कमाण्डमा
टोली खटी गई फरार व्यक्तिहरुको खो.त.कार्य भईरहेको, पीडितसँग
सोधपुछ गर्दा पीडितलाई रु.२० को नोट २०० वटा र डलर ५० को २ वटा दिएको बुझिएको,
। नोट-परिचालन कक्षमा ऐ.१६:१५ बजे मेल मार्फत प्राप्त भएको ।
ला.औ.,
सुनसरी, बराहक्षेत्र न.पा.११
मधुवन मेजर टोल स्थित भित्री सडक खण्डमा प्र.चौ. मधुवनबाट प्र.स.नि. को कमाण्डमा
खटी गएको गस्ती टोलीले गस्ती गर्ने क्रममा ऐ.स्थित बाटोको छेउमा २ वटा हरियो
प्लाष्टिकले बरेको पोका बेवारिसे अबस्थामा फेला परेकोले उक्त पोका खोली हेर्दा
लागु औषध गाजाँ शुद्व तौल ६२ के.जि. फेला परेकोले नियन्त्रणमा लिई आवश्यक
अनुसन्धानको लागि प्र.चौ. मधुवनमा ल्याई राखिएको, ।