मिति २०८३।०३।१२ गते ०५:०० बजे देखि २०८३।०३।१३ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८३-०३-१३
- A
- A-
- A+
कर्तव्य ज्यान,
भक्तपुर, सुर्यविनायक न.पा.९
भातेढिकुर चोक स्थितमा जि.उदयपुर कटारी न.पा.५ घर भई हाल ऐ.भातेढिकुर बस्ने वर्ष
४० की मेघिया चौधरीलाई निजकै छोरा वर्ष २४ को किरण चौधरीले कुटपिट गर्दा घाइते भई
उपचारको लागि सुर्यविनायक नगर अस्पताल लगेकोमा सामान्य उपचार पश्चात थप उपचारको
लागि ऐ. २०:४५ बजे विर अस्पताल काठमाण्डौ लगिएको, अवस्था बोल्न नसक्ने
गम्भीर रहेकोमा ऐ.२३:०० बजे पाटन अस्पताल लगि डाक्टरद्वारा मृत्यु घोषणा गरेको,
शव सोही अस्पतालमा रहेको, उपचारमा घाइतेको
श्रीमान नसिबलाल चौधरी संलग्न रहेको, कुटपिट गर्ने छोरा किरण
चौधरीलाई प्र.ब.ना.नि.को टोलीले नियन्त्रणमा लिई वृत्त जगातीमा ल्याइ राखिएको,
।
ज.ज.क./बाल यौन दुर्व्यवहार,
झापा,भद्रपुर न.पा.५ स्थित
मानिस नबस्ने घरमा ऐ.भद्रपुर न.पा.५ बस्ने बर्ष १९ को अभिशेक महतोले ऐ. बस्ने वर्ष
१७ की बालिकालाई र ऐ.ऐ. बस्ने वर्ष २१ को शिवा राईले ऐ. वस्ने वर्ष १४ की
बालिकालाई सोही स्थानमा ज.ज.क. गरेको भनि पिडितको आफन्तले ऐ. १२ गते ०८:३० बजे
जि.प्र.का. झापामा आई लिखित जाहेरी दिन साथ व.प्र.का. भद्रपुरबाट प्र.नि. को कमाण्डमा
टोली खटिगई दुबै पिडकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको, ।
पाल्पा, तिनाउ गा.पा.३
झुम्सा-मरेक सडकखण्डमा ऐ.३ झुम्सा बस्ने वर्ष २६ को भविश्चर पाण्डे (लु.२ ख ३६०३
नं.को टिप्पर चालक) ले जि.पाल्पा तिनाउ गा.पा.३ बस्ने वर्ष १३ की बालिकालाई
ऐ.०३।११ गते अं.१५:०० बजे सोही टिप्पर भित्र लगि जवरजस्ती करणी उद्योग गरेको भनि
ऐ.१२ गते अं.१५:०० बजे पीडितको सानीआमाले लिखित जाहेरी दिएकोले जि.प्र.का.बाट
प्र.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको, पीडितको
अवस्था सामान्य रहेको, आफन्तको जिम्मा लगाईएको, ।
न.प.पश्चिम, बर्दघाट न.पा.१२
सपैया बस्ने अं.वर्ष ५९ की महिलालाई ऐ.बस्ने वर्ष ५१ को राम बहादुर सुनारले
पीडितको श्रीमानलाई मादक पदार्थ (रक्सी) किन्नको लागि पठाई पीडितलाई ज.ज.क.गरि
भागी फरार रहेको भनि ऐ.०३।१२ गते अं.२०:०० बजे इ.प्र.का.बर्दघाटमा निवेदन पेश
गर्नासाथ इ.प्र.का.बर्दघाटबाट प्र.नि.को कमाण्डमा टोली खटि गई निज राम बहादुर
सुनारलाई खो.त.गरि ऐ.२१:२० बजे निजको घर गाउँबाट नियन्त्रणमा लिईएको पीडित र
पिडकको स्वास्थ्य परिक्षणको लागी पृथ्वीचन्द्र अस्पताल परासीमा पठाईएको, ।
मुगु, रारा न.पा.१०
घट्टेलेख घर भई मुगुम कार्मारोङ गा.पा.५ पुलुमा काम गर्ने अं.वर्ष १७ को बालकले
ऐ.वडा नं.१२ शोभा बस्ने (सुस्त मनोस्थिती भएकी) वर्ष १८ की बालिकालाई ३ महिना
अगाडि गाउँमै शारिरिक सम्बन्ध राखेको र मिति २०८३।०३।११ गते बच्चा झरेको भनि निजको
दाईले प्र.चौ.पुलुमा जानकारी गराए पश्चात जि.प्र.का.मुगुबाट खटि गएको प्र.नि.को
कमाण्डमा टोलीले मुगम कार्मारोङ ७ छाईलाबाट पक्राउ गरी मेडिकल गरी
जि.प्र.का.मुगुको हिरासत कक्षमा राखिएको, बिरामी बालिकाको जि.अस्पताम
मुगुमा उपचार भईरहेको, बच्चा आफै झरेको भन्ने बुझिएको,
महिलाको अवस्था सामान्य रहेको, ।
हराएको बालक मृत फेला,
कैलाली, धनगढी
उ.म.न.पा.१७ धुर्जन्ना बस्ने मिन राज चौधरीको छोरा वर्ष १० को चनोज चौधरी वर्ण
गहुँ गोरो,
उचाई ४ फिट, रातो भेष्ट, कालो कट्टु लगाएको बालक घरबाट एक्कासी हराएको भनि ऐ.११ गते ०७:५० बजे
निजको बुवाले प्र.चौ. कनरीमा टे.फो. मार्फत जानकारी गराउनासाथ खो.त.को लागी
प्र.स.नि., ऐ.१२ गते १५:०० बजे हराई बेपत्ता भएको बालकको
जि.प्र.का. कैलालीबाट प्र.ब.ना.नि.र इ.प्र.का.चौमालाबाट प्र.ना.नि. सहितको संयक्त
टोली र बालकका आफन्तहरूले खो.त.गर्दै जाँदा जि.कैलाली धनगढी उ.म.न.पा.१७ धुर्जन्ना
स्थित कालिका सामुदायिक वनमा मृत अवस्थामा फेला परेको, थप
अनुसन्धानको लागि जि.प्र.का.कैलालीबाट ऐ.१६:०० बजे प्र.नि.को कमाण्डमा SOCO
सहितको टोली खटि गई शवको कानुनी प्रक्रिया पुरा गरी शव पो.मा.को
लागि सेति प्रादेशिक अस्पताल धनगढी पठाई शव गृहमा राखिएको, सोधपुछको
लागि जि.कैलाली धनगढी उ.म.न.पा.१७ बस्ने वर्ष ४५ को दिलखुस चौधरी, ऐ.बस्ने निजकै छोरा वर्ष १४ को सुन्दर चौधरी, ऐ.बस्ने
वर्ष ३८ को बिष्णु चौधरी र ऐ.गौरीगंगा न.पा.६ बस्ने वर्ष ६० को दिल बहादुर कठायत
गरी चारै जना व्यक्तिहरूलाई नियन्त्रणमा लिई जि.प्र.का.कैलाली पठाईएको, ।
ला.औ.,
सुनसरी, धरान उ.म.न.पा.२०
च्यानडाँडा सिरान सामुदायिक वनको जंगलभित्र कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर PIT बाट
प्र.स.ह.को कमाण्डमा र अ.प्र.पोष्ट जोरसखुवा धरानबाट प्र.ह.को कमाण्डमा खटी गएको
संयुक्त टोलीले बेवारिसे अवस्थामा कालो प्याष्टिकमा प्याक गरिएको ४ वटा पोका नाप
तौल गर्दा १२० के.जी. ला.औ.गाँजा फेला पारी इ.प्र.का.धरानमा ल्याई राखिएको,
थप अनुसन्धान कार्य भईरहेको,।
मकवानपुर,ला.औ.नियन्त्रण
ब्युरो काठमाण्डौबाट प्र.नि., ला.औ.नियन्त्रण ब्युरो शाखा कार्यालय
सिरहा, व.प्र.का.सानोपोखराबाट प्र.नि.को कमाण्डमा खटिएको
संयुक्त प्रहरी टोलीले ऐ. हेटौडा उ.म.न.पा.४ सितलमहल चोक स्थितमा पैदल
हिँडिरहेको ऐ. कैलाश गा.पा.४ बस्ने अं.वर्ष ५४ को राजकुमार लामाले ला.औ.अफिमको डिल गरी ऐ. हेटौडा उ.म.न.पा.१५
शिखरपानी बस्ने अं.वर्ष ४० को राजकुमार तितुङले ला.औ.अफिम ४ केजि १८० ग्राम
(प्लाष्टिक सहित तौल गर्दा ) बोकि ल्याएको अवस्थामा दुबै जनालाई ऐ.स्थित सार्वजनिक बाटोबाट नियन्त्रणमा लिई थप
अनुसन्धानको लागि जि.प्र.का.मकवानपुर पठाईएको ।