मिति २०८३।०३।१४ गते ०५:०० बजे देखि २०८३।०३।१५ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८३-०३-१५
- A
- A-
- A+
कर्तव्य ज्यान,
बाँके, कोहलपुर न.पा ४ गोहवा
स्थित ऐ.बस्ने वर्ष अं.२० को बिनोद चौधरीले आफ्नै सहोदर दाइ ऐ.बस्ने वर्ष अं.२५ को
मनोज चौधरीलाइ कुटपिट गरी नहरमा फालेर फरार रहेको भनी स्थानीयले ऐ.१९:३० बजे
जानकारी गराए पश्चात प्रहरी बिट मदनचोकबाट प्र.स.नि.को कमाण्डमा र इ.प्र.का कोहलपुरबाट
प्र.नि.को कमाण्डमा SOCO
सहित टोली खटी गइ हेर्दा निज मनोज चौधरीको मृत शव घटनास्थलमा रहेको,
अनुसन्धान कार्य भइरहेको, फरार ब्यक्तिको
खो.त.भइरहेको, ।
चोरी/लुटपाट/ठगी,
दाङ, राप्ती गा.पा.५
सिसहनिया कालापानी बस्ने वर्ष ५५ की बिष्णु कुमारी पुन रावतको घरमा चोरी भएको भनी
ऐ.०८:०० बजे खबर प्राप्त हुनासाथ इ.प्र.का. सिसहनियाबाट प्र.व.ना.नि.र
इ.प्र.का.भालुबाङबाट प्र.नि.को कमाण्डमा अनुसन्धान सहितको टोली खटी गई बुझ्दा
बिष्णु कुमारी पुन रावत ऐ,कमलरोड स्थित भाई चन्द्र बहादुर पुनको घरमा गई बसेको र घरमा कही नभएको
अवस्थामा दुई तले पक्की घरको अगाडि ढोकामा लगाएको ताल्चा फोडी सुनचाँदी राख्ने लकर,
दराज खोली सुनको र चाँदीको विभिन्न किसिमका गरगहनाहरु (सुन र हिराको
३७ किसिमका र चाँदीको ६ किसिमका गरगहना) जम्मा अं.६५ तोला ४ आना बराबरको सुनको
गरगहना, हिराको टप (सुन आधा तोला र नवरत्न हिरा भएको) र
चाँदी जम्मा १ के.जि.५२ तोला बराबरको गरगहना साथै नगद रु. २ लाख ५० हजार चोरी भएको,
चोरी गर्ने मानिसहरुको पहिचान नखुलेको अनुसन्धान कार्य भईरहेको,
अन्य घरका सदस्यहरु कामको शिलशिलामा अमेरिका, अष्ट्रेलिया
बस्ने, ।
मानव कंकाल
फेला,
चितवन, भरतपुर म.न.पा.२८
गोलाघाट स्थितमा नारायणी नदीको बिच भागको भङ्गालोमा शव फेला परेको भन्ने खबर
प्राप्त हुनासाथ इ.प्र.का.दिब्यनगरबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई डुङ्गा
मार्फत घटनास्थलमा पुगि हेर्दा मानिसको जस्तो देखिने कङ्काल रहेको, ।
रुपन्देही, तिलोत्तमा न.पा.६
पश्चम पहुनी स्थित तिनाउ खोलाको छेउमा रहेको सिसौको रुखमा हरायो रङको चुनिको पा.सो
लगाइ झुन्डिएको कंकाल फेला परेको भनि स्थानियले खबर गराउनासाथ अ.प्र.पोष्ट
गोरकट्टाबाट प्र.स.नि.को कमाण्डमा, इ.प्र.का.मंगलापुरबाट
प्र.नि.को कमाण्डमा र इ.प्र.का.बुटवलबाट प्र.स.नि.को कमाण्डमा SOCO को टोली खटी गएको, कंकालको परिचय नखुलेको, ।
ला.औ.,
मकवानपुर, ला.औ.नियन्त्रण
ब्युरो काठमाण्डौबाट प्र.नि., ला.औ.नियन्त्रण ब्युरो शाखा कार्यालय
सिरहा, व.प्र.का.सानोपोखराबाट प्र.नि.को कमाण्डमा खटिएको
संयुक्त प्रहरी टोलीले ऐ. हेटौडा उ.म.न.पा.४ सितलमहल चोक स्थितमा पैदल
हिँडिरहेको ऐ. कैलाश गा.पा.४ बस्ने अं.वर्ष ५४ को राजकुमार लामाले ला.औ.अफिमको डिल गरी ऐ. हेटौडा उ.म.न.पा.१५
शिखरपानी बस्ने अं.वर्ष ४० को राजकुमार तितुङले ला.औ.अफिम ४ केजि १८० ग्राम
(प्लाष्टिक सहित तौल गर्दा ) बोकि ल्याएको अवस्थामा दुबै जनालाई ऐ.स्थित सार्वजनिक बाटोबाट नियन्त्रणमा लिई थप
अनुसन्धानको लागि जि.प्र.का.मकवानपुर पठाईएको ।