मिति २०८३।०३।१५ गते ०५:०० बजे देखि २०८३।०३।१६ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८३-०३-१६
- A
- A-
- A+
ज.ज.क.,
उद्योग, बाल यौन दुर्व्यवहार,
ओखलढुङ्गा, मोलुङ गा.पा.०८
रागादिप बस्ने अं.वर्ष ३६ को पुरूष (फुपाजु) ले आफ्नै घरको कोठामा ऐ.बस्ने अं.वर्ष
१४ की बालिकालाई ज.ज.क.गरेको भनि ऐ.१८:००बजे जि.प्र.का.ओखलढुङ्गामा लिखित जाहेरी
प्राप्त हुनासाथ इ.प्र.का.बरुणेश्वरबाट प्र.नि.को कमाण्डमा टोलि खटि गई निज
प्रतिवादीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।
सल्यान, जि. सुर्खेत सिम्ता
गा.पा.६ बस्ने वर्ष ४२ को पुरुष व्यक्तिले
आफ्नै सहोदर भाइको छोरी वर्ष ९ की बालिकालाई
जि.सल्यान वनगाड कुपिण्डे न.पा.३ काँडा स्थित निजको मामाघरमा कोही नभएको
अवस्थामा ज.ज.क.उद्योग गरी फरार भएको भनी ऐ.१५ गते १७:३० बजे जि.प्र.का.मा जाहेरी दरखास्त दिएकोले इ.प्र.का.देवस्थलबाट प्र.स.नि.को
कमाण्डमा टोलि खटि गई पीडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।
मोरङ, केराबारी गा.पा.३
तल्लो हचुवा स्थितमा जि.मोरङ उर्लाबारी न.पा.४ बिजुली अफिस टोल बस्ने अं.वर्ष ७ की
बालिकालाई जि.मोरङ केराबारी गा.पा.३ तल्लो हचुवा बस्ने अं.वर्ष ५५ को बुद्धी
बहादुर बिश्वकर्माले बालिकाकै घर कोठामा ज.ज.क. गरेको भनि मिति २०८३/०३/१५ गते
१७:५० बजे इ.प्र.का. बेलबारीमा पीडित बालिकाको आफन्तले जाहेरी दिनासाथ
प्र.ना.नि.को कमाण्डमा टोलि खटि गई निज पीडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान
भईरहेको ।
सोलुखुम्बु, मिति २०८३।०१।२८ गते
अं. २१:०० बजे वर्ष १३ की बालिकालाई जि.सोलुखुम्बु माप्यदुधकोशी गा.पा.५ घर भई
ऐ.सोलु दुधकुण्ड न.पा.७ नाजिङ स्थितमा डेरा गरी बस्ने अं.वर्ष ३७ को ग्याल्जेन
शेर्पाले निज पीडितलाई आफ्नै डेराकोठामा बोलाई ललाई फकाई ज.ज.क.गरेको भनि मिति
२०८३।०३।१५ गते १६:३० बजे पीडित बालिकाको आमाले जि.प्र.का.सोलुखुम्बु आई लिखित
जाहेरी दरखास्त दिएकोले पीडितको जाहेरी अनुसार जि.प्र.का. सोलुखुम्बुबाट
प्र.ना.नि. को कमाण्डमा टोलि खटि गई निज पीडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान
भईरहेको ।
ला.औ.,
सिरहा, धनगढिमाई न.पा.०३
कुर्वा टोल स्थितमा ला.औ. गाँजा लुकाई छिपाई राखेको छ भन्ने खबर इ.प्र.का.धनगढीमा
जानकारी प्राप्त हुनासाथ प्र.ना.नि.को कमाण्डमा टोलि खटि गई ऐ.बस्ने अं.वर्ष ६५ को
जोगिन्द्र साहको घर कानून बमोजिम खानतलासी
तथा चेकजाँच गर्दा निजले आफ्नै बारीमा बोरामा लुकाई छिपाई राखेको बोरा बाहेक तौल
गर्दा १४ किलो ला.औ.गाँजा फेला पारी निजलाई
नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।
मोरङ, पथरीशनिश्चरे न.पा.६
पिप्ले स्थितमा ला.औ.कारोबार भईरहेको भन्ने गोप्य सूचनाको आधारमा अ.प्र.पोष्ट
हसन्दहबाट प्र.स.नि.को कमाण्डमा खटि गएको टोलिले ऐ.बस्ने वर्ष ३८ को प्रदिप
मण्डललाई बाटो छेउको झाडीमा बसिरहेको अवस्थामा फेला पारी चेकजाँच गर्दा निजको
साथबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५१० मिलिग्राम फेला पारी
नियन्त्रणमा लिई इ.प्र.का.पथरीमा ल्याई थप अनुसन्धान भईरहेको ।