प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मिति २०८३।०३।१६ गते ०५:०० बजे देखि २०८३।०३।१७ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।

२०८३-०३-१७

  • A
  • A-
  • A+
Share

ज.ज.क./बाल यौन दुर्व्यवहार,

मोरङ, मिति २०८२ साल चैत्र महिनाको (एकिन गते नखुलेको) दोश्रो हप्ताको राती  अं.२१:३० बजेको समयमा जि.मोरङ मिक्लाजुंग गा.पा. ६ बस्ने वर्ष २७ को खगेन्द्र कार्कीले ऐ. बस्ने वर्ष १३ की नाबालिकालाई ललाइ फकाई बोलाई ऐ. मिक्लाजुंग गा.पा.६ खामेझोडा स्थित मकैबारीमा ज.ज.क.गरेको भनि ऐ.०३।१६ गते १३:०० बजे इ.प्र.का.उर्लाबारीमा पीडित बालिकाको आफन्तले ज.ज.क. सम्बन्धि जाहेरी दिनसाथ इ.प्र.का.मधुमल्लाबाट प्र.ना.नि.को टोली खटी गई ज.ज.क.गर्ने  खगेन्द्र कार्कीलाई नियन्त्रणमा लिई इ.प्र.का.उर्लाबारीमा ल्याई आ.अ.भईरहेको,।

कपिलवस्तु, कपिलवस्तु न.पा. ११ रेहरा बस्ने बर्ष १९ की परिवर्तित नाम ५१ (१०७) पिपरालाई ऐ.ऐ. स्थित गोबिन्द पासीको खेतमा दिसा गर्न गएको अवस्थामा ऐ. ११ रेहरा बस्ने बर्ष अं. १९ को ईरफान शेष र ऐ.ऐ. बस्ने बर्ष अं.१९ को राकेश सुनारले मुख हातले छोपि बोल्न कराउन नदिई पालैपालो जवरजस्ती करणी गरेको र ऐ.ऐ.बस्ने बर्ष १९ को अकारामुदिन फकिर र ऐ.ऐ. बस्ने बर्ष १७ को ५१ (१११) पिपराले मोवाईलमा भिडियो बनाई कोहि कसैलाई भने बताएमा तलाई मारिदिन्छौ भनि धम्काउनुको साथै २ दिन पछि पुन: मलाई भेट गर्न आउनु यदि नआएमा भिडियो सामाजिक संजालमा समेत राखिदिन्छौ भनि डर धम्की त्रास दिई घटनास्थलबाट भागि फरार भएकाले निजहरुलाई पक्राउ गरी कानुन बमोजिम हदै सम्मको कारबाही गरी पाउ भनि पिडित ५१ (१०७) ले इ.प्र.का. पिपरा कपिलवस्तुमा आई आज मिति २०८३।०३।१६ गते १७:०० बजे जानकारी गराउनसाथ इ.प्र.का. पिपरा कपिलवस्तुबाट तत्काल प्र.नि.को कमाण्डमा ७ जनाको टोलि खटि गई निजहरु ४ जना मध्ये ३ जनालाई नियन्त्रणमा लिई इ.प्र.का. पिपरा कपिलवस्तुमा ल्याई राखिएको, राकेश सुनार फरार रहेको र निज ५१ (१११) पिपराले निजको मोबाईलमा कैद गरेको जबरजस्ती करणीको भिडियो समेत बरामद गरी नियन्त्रणमा लिईएको, ऐ. १९:५५ बजे पीडित र पीडकलाई स्वास्थ्य परिक्षणको लागी जिल्ला अस्पताल तौलिहवा कपिलवस्तु पठाएको,।

 

दाङ, घोराही उ.म.न.पा.४ भखारे बस्ने वर्ष अं.३५ को  बामदेव बि.क.ले ऐ.बस्ने वर्ष अं.१५ कि बालिकालाई (आमा कान्छि छोरी बिरामी भई अस्पताल गएको अवस्थामा) ललाई फकाई ऐ.स्थित रहेको भखारे डाँडाको सोतामा लगि ज.ज.क. गरेको भनि पिडितको आमा मार्फत ऐ.१५ गते १६:०० जाहेरी प्राप्त भएकोले तत्काल जि.प्र.का.दाङबाट प्र.नि. को कमाण्डमा टोली खटि गई प्रतिवादी बामदेव बि.क.लाई नियन्त्रणमा लिएको पिडितको स्वास्थ्य परिक्षण पश्‍चात निजको आमा जिम्मा लगाईएको अवस्था सामान्य रहेको पिडकलाई ऐ. १६ गते सम्मानित दाङबाट ऐ.१५ गते देखि लागु हुने गरी दिन ५ को म्याद थप भई अनुसन्धान भईरहेको ।

 

कास्की, पोखरा म.न.पा. ७ सिमलचौर स्थित श्री जनप्रीय मा.वि.मा अध्ययनरत ऐ.ऐ. रत्नचोक डेरा गरी बस्ने वर्ष अं.१४ कि बालिकालाई जिल्ला पर्वत कुश्मा म.न.पा. १४ आर्थर स्थाई वतन भई हाल ऐ. पोखरा न.पा. २२ पिपल डाली डेरा गरी बस्ने वर्ष १८ को संघर्ष क्षेत्रीले यौन दुर्व्यवहार गरेको भनि निज बालिकाको अभिभावकले ऐ.१६ गते जि.प्र.का. कास्कीमा लिखीत निबेदन दिएको हुदा जि.प्र.का. कास्कीबाट प्र.व.ना.नि. को कमाण्डमा टोली खटी गई निजलाई श्री जनप्रीय मा.वि.को गेट अगाडी सडकबाट नियन्त्रणमा लिई थप अनुसन्धानको लागी जि.प्र.का. कास्की ल्याई राखेको, ।

 

धादिङ, मिति २०८३/०३/०६ गते अं.१४:२० बजे थाक्रे गा.पा. १ पिपलछाप बस्ने बर्ष अं.१४ को बालकले आफ्नै घरको भान्छा कोठामा ऐ. बस्ने वर्ष अं.८ की बालिकालई सुरुवाल खोली संवेदनशिल अंग समाउने जस्ता कार्य गरी बाल यौन दुरुपयोग गरेको भनि ऐ.१६ गते ऐ.१९:०० बजे इ.प्र.का. गजुरीमा जाहेरी दिएको हुँदा अ.प्र.पोष्ट सिम्लेबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज बालकलाई नियन्त्रणमा लिई इ.प्र.का.गजुरी पठाईएको, ।

 

झै-झगडा तथा कुटपिट,

उदयपुर, त्रियुगा न.पा. ०३ चाप बस्ने नबराज कार्कीको आँगनमा ऐ.ऐ. बस्ने वर्ष ३२ को सागर भन्ने कृष्ण कुमार कार्की, ऐ.ऐ. बस्ने वर्ष ३३ को पेशल कार्की र जि.धनुषा गणेशमान चारनाथ न.पा. ५ बस्ने  वर्ष २८ को विष्णु बहादुर खत्री तिनै जनाले मा.प.से. गरी बाद विबाद हुँदा सागर भन्ने कृष्ण कुमार कार्कीले धारिलो हतियार खुकुरी प्रहार गर्दा पेशल कार्कीको टाउको, शसिरको विभिन्नमा भागमा चोट लागी घाइते भएकोले उपचारको लागी जिल्ला अस्पताल उदयपुर पठाएकोमा ऐ.१७ गते ०२:२० बजे थप उपचारको लागि नोवेल अस्पताल विराटनगर रिफर गरेको,अवस्था बोल्न सक्ने मध्यम, घटना स्थलमा जि.प्र.का. उदयपुरबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई धारिलो हतियार खुकुरी सहित खुकुरी प्रहार गर्ने सागर भन्ने कृष्ण कुमार कार्की र विष्णु बहादुर खत्रीलाई नियन्त्रणमा लिई जि.प्र.का. उदयपुरमा ल्याई थप अनुसन्धान भईरहेको, उक्त घटनामा नबराज कार्कीको श्रीमती सरिता कार्की झगडा छुट्याउने क्रममा सामान्य घाइते भएको,।

 

मकवानपुर, हेटौडा उ.म.न.पा.१० रुद्रपथ स्थित महेन्द्र राजमार्गको छेउमा धारिलो हतियार प्रयोग गरी मानिस घाईते भएको भन्ने खबर प्राप्त हुना साथ व.प्र.का. हेटौडाबाट प्र.नि. को कमाण्डमा टोली खटि गई घाईते जि. नुवाकोट सुर्यगढी गा.पा.-०१ घर भई हाल जि.मकवानपुर हेटौडा उ.म.न.पा. १० रुद्रपथ बस्ने बर्ष अं.३२ को रोहित तामाङ (साथमा रहेको पत्र अनुसार खुलेको)लाई तत्काल उद्वार गरी उपचारको लागि हेटौडा अस्पताल पठाएकोमा थप उपचारको लागि CMC चितवन पठाएको, बाँया कोखामा गहिरो चोट (धारिलो हतियारबाट भएको जस्तो देखिने) अबस्था गम्भिर रहेको, थप अनुसन्धानको लागि जि.प्र.का. मकवानपुरबाट प्र.उ. कमाण्डमा टोली खटिगएको, सो.पु.को लागि जि.मकवानपुर हेटौडा उ.म.न.पा.५ सानोपोखरा बस्ने वर्ष अं.३३ को सविन नेपालीलाई निजको घरबाट संयुक्त टोलीले नियन्त्रणमा लिई जि.प्र.का. मकवानपुरमा ल्याई राखिएको, ।

 

रुपन्देही, बुटवल उप-म.न.पा. ११ कालिकानगर कन्सेप्ट कलब नजिकै ऐ. बुद्धनगर बस्ने वर्ष १८ को  गिरिचन राना मगर र ऐ.कालिकानगर बस्ने वर्ष २३ को सुन्दर बगालेलाई अपरिचित ब्याक्तिले अचानक आई धारिलो हतियार चक्कुले प्रहार गर्दा घाईते भई दुबै जनालाई उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल लगेकोमा सामान्य उपचार पश्‍चात थप उपचारको लागि ऐ.०४:१५ बजे गिरिचन राना मगरलाई भैरहवा मेडिकल कलेज रिफर गरेकोमा सुन्दर बगाले पनि संगै सोही मेडिकल कलेज गएको गिरिचन रानाको अवस्था गम्भिर र सुन्दर बगालेको अवस्था सामान्य रहेको, चक्कु प्रहार गर्ने ब्याक्तिको खो.त. कार्य भई रहेको, घट्ना स्थल बाट चक्कु बरामद भएको, चक्कु हान्नुको कारण नखुलेको उक्त स्थानमा व.प्र.का. बुटवलबाट प्र.स.नि. को  कमाण्डमा र इ.प्र.का. बुटवलबाट प्र.नि. को कमाण्डमा टोली खटि गएको ।

 

ला.औ.,

सप्तरी, बोदेबर्साइन न.पा.२ गौरा स्थित बिष्णपुर-बोदेर्साइन सडकखण्डमा इ.प्र.का.कडरबोनाबाट प्र.नि.को कमाण्डमा खटिएको टोलीले चेकजाँच गर्ने क्रममा दक्षिण बोदेबर्साइनबाट उत्तर बिष्णपुर चोकतर्फ आँउदै गरेको मधेश प्रदेश ०१-००५ प २८८३ नं.को मो.सा.लाई रोकी मो.सा.चालक जि.सप्तरी खड्क न.पा.५ खोजपुर बस्ने अं.वर्ष ६२ को अमिन चौधरीको शरीर तथा मो.सा.चेकजाँच गर्दा मो.सा.को टुलबक्स भित्र कालो प्लाष्टिकले बेरी पोका बनाई सेतो प्याकेटमा लुकाई छिपाई राखेको अवस्थामा लागू औषध खैरो हेरोइन जस्तो देखिने सानो र ठुलो गरी दुई प्याकेट गिलो पदार्थ फेला पारी नियन्त्रणमा लिई तत्काल डिजिटल तराजुमा तौल गर्दा ठुलो प्याकेटको प्लाष्टिक सहित १०३.७५ ग्राम र सानो प्लाष्टिकमा प्लाष्टिक सहित १.४८ ग्राम  ला.औ. सहित मो.सा.र मो.सा.चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको,।

 

पर्सा, बिन्दावासिनी गा पा वडा न ४ अमरपट्टी नजिक खेतमा अमरपट्टी BOP बाट स.प्र.नि. कमल राउतको कमाण्डमा ५ जना, पर्सौनी भट्टा BOP बाट स. प्र नि उतर वाइवाको कमाण्डमा १० जना, र प्र चौ अमरपट्टि पर्सा बाट प्र स नि अवधेश कुमार पाण्डेयको कमान्डमा २ जनाको गरि १७ जनाको संयुक्त गस्ती टोलीले नेपाल बाट भारत तर्फ बोरमा हाली पैदल हिड्दै लग्दै गरेको अबस्थामा ५/५ kg को रातो प्लास्टिकमा प्याकिङ गरेको २ पोका गरि अं. १० के.जी. ला. औ गाजा सहित जिल्ला पर्सा बहुदरमाइ न पा वडा न ८ बस्ने महेश सहनी को छोरा बर्ष ५८ को मनोहर सहनिलाइ नियन्त्रणमा लिइ प्र.चौ.अमरपट्टी पर्सामा ल्याई राखिएको,।

 

रुकुम पूर्व, सिस्ने गा.पा.६ खोपिचार स्थित मध्ये पहाडी लोक मार्गमा अ.प्र.पो. खोपिचारबाट प्र.स.नि. को कमाण्डमा खटिएको चेकिङ टोलीले रुकुम पश्चिमबाट रुकुमकोट तर्फ आउदै गरेको लु.प्र.०१-०११ प १४७१ नं.को मो.सा.मा सवार ऐ.भुमे गा.पा.२ बस्ने वर्ष अं. ४० को बिरोध  बुढा र जि.रोल्पा थवाङ गा.पा. २ बस्ने वर्ष अं. ३१ कि जानपुरा झाक्री मगरलाई शंका लागि चेकजाँच गर्दा निजहरूको साथमा शुद्व तौल ४ के.जि. अफिम जस्तो देखिने पदार्थ फेला पारी मो.सा.सहित निजहरूलाई नियन्त्रणमा लिई जि.प्र.का. रुकुम पूर्व ल्याई थप अनुसन्धान भईरहेको,।

सम्बन्धित समाचार
मिति २०८३।०५।१५ गते ०५:०० बजे देखि २०८३।०५।१६ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१६

ज.ज.क./बाल यौन दुर्व्यवहार,सिन्धुली, कमलामाई न.पा.४ गणपती होटल पछाडि रहेको झोलुङ्गे पुलमुनि ग्वाङ् खोलामा वर्ष १० की बालिका र निजको साथी वर्ष ९ की बालिका समेत नुहाईरहेको अवस्थामा ऐ.दुधौली न.पा.३ बस्ने वर्ष २३ को भक्त बहादुर कार्कीले आफ्नो कपडा खोली खोला भित्रै पानीमा वर्ष १० की बालिकालाई जबरजस्ती करणी गरेकोमा निज बालिका रोई कराई गरेको अवस्थामा सोही ठाउँमा माछा मार्ने मानिसहरुले देखी निजलाई नियन्त्रणमा लिई प्र.चौ.ढुङ्ग्रेबासमा टे.फो.मार्फत जानकारी गराउनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज भक्त बहादुर कार्कीलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई ऐ.०५/१५ गते दिन ५ म्याद थप गरी अनुसन्धान कार्य भईरहेको,। संखुवासभा, भोटखोला गा.पा.०४ घर भई हाल जि.संखुवासभा मकालु गा.पा.०५ बस्ने अ.वर्ष ४३ को किरण तामाङले वर्ष २७ की महिलालाई ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.नुम संखुवासभाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई  पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको । उदयपुर, न.पा.वडा न.६ शिखरटोल बस्ने वर्ष १५ की  बालिकालाई जिल्ला उदयपुर बेलका न.पा. वडा न.०६ कात्तिके बस्ने वर्ष २१ को लाक्पा तामाङले ज.ज.क गरेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. रामपुरठोक्सिला  उदयपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको,बालिकाको अवस्था सामान्य रहेको । धरिलो हारहतियार प्रहार,बाँके, बैजनाथ गा.पा.८, गुरदयालपुर बस्ने वर्ष ४० की ठगनी थरुनीले निजको श्रीमान वर्ष ४३ को जंग बहादुर थारुलाई घरायसी विवाद हुँदा धारिलो हतियार (बन्चरो) ले टाउकोमा प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.रनियापुरबाट प्र.ह.को कमाण्डमा टोली खटी गई निज घाईतेलाई उपचारको लागी संजिवनी कलेज अफ मेडिकल साईन्सेज प्रा.लि. नेपालगंज, बाँकेमा पठाईएको, अवस्था गम्भीर, निज ठगनी थारू र निजले प्रयोग गरेको हतियार नियन्त्रणमा लिई इ.प्र.का.घनौलीमा पठाईएको,। मुस्ताङ, घरपझोङ गा.पा. वडा नं. २ मार्फा स्थितमा ऐ.बस्ने बर्ष अं. २८ को रोशन मगरले ऐ.ऐ. बस्ने बर्ष अं. २८ को राजेन्द्र परियारलाई धारिलो हतियार खुकुरीले टाउकोमा प्रहार गरी गम्भिर घाईते भएको छ भन्ने जानकारी प्राप्त हुनासाथ जि.प्र.का. मुस्ताङ बाट प्र.नि. ईश्वर महतको ( ९८५६०९१००६ ) कमाण्डमा ७ जनाको टोलि खटिई गई घाईतेलाई मार्फा स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात थप उपचारको लागि प्रदेश अस्पताल जोमसोम मुस्ताङ पठाईएको, धारिलो हतियार खुकुरी प्रहार गर्नुको कारण नखुलेको,दुवै जनाले मा.प.से. गरेको,उपचारमा घाईतेको आफन्त संलग्न, धारिलो हतियार खुकुरी प्रहार गर्ने व्यक्ति,खुकुरी जि.प्र.का. मुस्ताङको नियन्त्रणमा रहेको । ऐ.०३:४३ बजेको समयमा घाईते थप उपचारको लागि पोखरा रिफर भएको, उपचारमा श्रीमती निरमाया परियार (९७६३२७०१५४) संलग्न । हाम फाली बेपत्ता,सोलुखुम्बु, महाकुलुङ गा.पा.-५ चाचालुङ बस्ने सुमित कुलुङकी श्रीमती वर्ष अ.१८ की सम्झना नाछिरीङ राई श्रीमान-श्रीमतीबीच घरायासी विवाद भई श्रीमती ऐ. सोताङ गापा-४, नाम्लुङ माईती घर गएकोले श्रीमान पनि सँगै जाँदै गर्दा ऐ. महाकुलुङ गा.पा.५ र सोताङ गा.पा.४ को सिमाना स्थित गुदुङ खोलाको पुलबाट निज श्रीमती सम्झना नाछिरीङ राईले खोलामा हाम फाली बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. सोताङबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, । लागु औषध,उदयपुर, कटारी न.पा.६ बाँकेटार शान्तिवन स्थित वनभित्र ला.औ. गाँजा ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा इ.प्र.का. कटारीबाट प्र.नि.को कमाण्डमा २० जनाको टोली खटी गई उक्त वनभित्र खो.त.गर्दा बा १६ च ५२६९ नं.को बोलेरो गाडी र गाडी नजिकै जंगलमा विभिन्न स्थानमा लुकाई छिपाई राखेको ला.औ. गाँजा ५२ बोरा शुद्ध तौल ११२२ के.जि. ६७ ग्राम गाँजा र सोही स्थानमा ऐ. ताप्ली गा.पा. १ डाँडागाउँ बस्ने वर्ष ५५ को राम बहादुर मगर सहित ३ जनालाई फेला पारी ला.औ., गाडी सहित  तीनै जनालाई इ.प्र.का. कटारी ल्याई अनुसन्धान भइरहेको, ।  न.प.पश्चिम, नवलपरासी (ब.सु.प.) रामग्राम न.पा.०१ निलोगेट स्थितमा ला.औ.कारोबार भईरहेको भन्ने खबर प्राप्त हुनासाथ ला.औ.नियन्त्रण ब्युरो शाखा कार्यलय भैरहवा रुपन्देहीबाट प्र.ना.नि.को कमाण्डमा २ जना र जि.प्र.का.नवलपरासी (व.सु.प) बाट प्र.ना.नि.को कमाण्डमा ५ जनाको टोली खटी गई परासी देखि सुनवल तर्फ जादै गरेको भारतिय UP 56 AH 6189 न.को मो.सा.लाई रोक्न खोज्दा उक्त मो.सा.नरोकी भाग्ने क्रममा मो.सा.छाडी मो.सा.चालक देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज सेखली बस्ने वर्ष अं. ३३ को गिरिजेस श्रीवास्तव र सोही मो.सा. पछाडी सावर देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज निचलौल बस्ने वर्ष अं. २७ को दिपक भन्ने मिधलेस श्रीवास्तव भाग्दै गर्दा ब्यारेट पेस्तोलबाट ४ राउण्ड हवाई फाएर गरी निजहरुलाई रितपुर्वक नियन्त्रणमा लिई चेकजाँच गर्दा  ब्राउन सुगर जस्तो देखीने खैरो गिलो पदार्थ प्लाष्टिक रहितको तौल १५८ ग्राम नियन्त्रणमा लिई जि.प्र.का. नवलपरासीमा ल्याई राखिएको,चोटपटक कसैलाई केही नभएको ।

मिति २०८३।०५।१४ गते ०५:०० बजे देखि २०८३।०५।१५ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१५

ज.ज.क./बाल यौन दुर्व्यवहार,दाङ, मिति २०८२।११।०४ गते बिहान अं. ०४:०० बजेको समयमा जि. दाङ, राजपुर गा.पा.७ मनोहरा स्थित भैसाहीदेखि भौवानाका जाने बाटोमा पर्ने पुर्णबहादुर रोकाले घर बनाएको पुरानो स्थान नजिकैको जंगलमा ऐ. राजपुर गा.पा.७, भौवानाका बस्ने वर्ष ३७ की महिलालाई ऐ. राजपुर गा.पा.७ भित्री सिक्टा बस्ने वर्ष ३२ को जनक कुमालले ज.ज.क. गरेको भनि आज मिति २०८३।०५।१४ गते १७:३० बजे निज पीडितले आफैं इ.प्र.का. गढवामा लिखित जाहेरी दरखास्त दिएपश्चात् प्र.नि.को कमाण्डमा प्रहरी टोलि खटि गई पिडक जनक कुमाललाई ऐ. गढवा गा.पा.६ गढवा बजारमा हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई आ.अ.कार्य भईरहेको, पीडितको अवस्था सामान्य रहेको र निज पीडित गर्भवती रहेको, पीडित पीडक दुवैको मेडिकल परीक्षण हुन बाँकी रहेको । सिन्धुपाल्चोक, लिसंखुपाखर गा.पा.७ धामीटोल बस्ने वर्ष ३६ को पुरुषले कान्छी श्रीमतीको छोरी वर्ष १७ की बालिकालाई बाल यौन दुर्व्यवहार गर्ने प्रयास गरेको भनि ऐ.१९:०० बजे खबर प्राप्त पश्चात प्र.चौ.ठुलोपाखरबाट प्र.स.नि.को कमाण्डमा टोलि खटि गई पिडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । सुन बरामद,काठमाण्डौं , हिमालयन एयरलाईन्सको उडान द्धारा कतारको हुदै काठमाडौं आएका जिल्ला सर्लाही मलंगवा न.पा.३ बस्ने मोहम्मद जसिम फकिरले  सुनजस्तो देखिने पहेलो धातुको जस्तो देखिने सिक्री थान १ (अं.२५ ग्राम) ल्याएकोमा निजलाई संका लागी सोधपुछ गर्दा निजले भरियाको रुपमा उक्त सुन ल्याएको भनि मुखसावित वताएकोले निजलाई आवश्यक  अनुसन्धानको लागी नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएको कारण दिन एक सुरक्षित साथ राख्नका लागि प्रहरी वृत्त गौशला पठाएको । काठमाण्डौं, का.म.न.पा.९ एयरपोर्ट स्थित हिमालयन एयरलाईन्सको उडान द्धारा कतार हुदै काठमाण्डौ आएका यात्रुहरुलाई प्रयोग गरी नेपालमा सुन ओसारपसार गरी कारोबार गर्ने सिरहा जिल्ला सिरहा न.पा.७ घर भई बस्ने वर्ष ३४ को सन्तोष कुमार यादवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन तर्फको पार्किङ क्षेत्रमा बाह्‍य मुलुकबाट आगमन भएका यात्रुहरुले भन्सार छली गरी ल्याएको सुन जस्तो देखिने पहेँलो धातुको सिक्रि थान १ अं.तौल २५ ग्राम रिसिभ(संकलन) गरी अवैध रूपमा लैजान लागेको अवस्थामा नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएकोले ऐ.१९:३० बजे प्रहरी वृत्त गौशला पठाएको । कैदी मृत्यु,चितवन, चितवन कारागार ल्याएको कर्तव्य ज्यान केसको कैदि वन्दि क्यान्सर विरामी जि.पर्वत फलेवास गा.पा.२ वतन भएको वर्ष ४२ को बिनोद विक्रम कुवर मिति २०८३/०३/२२ गते देखि बि.पि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भई रहेकोमा ऐ.१४ गते उपचारको क्रममा मृत्यु भएको,शव सोहि अस्पतालमा रहेको,आफन्तहरु सगै रहेको । हतकडी सहित मानिस फरार,झापा, बिर्तामोड न.पा.८ स्थित देउनिया नजिकबाट चोरीमा संलग्न ऐ.भद्रपुर न.पा.१० बस्ने बर्ष २४ को सन्देश हस्दालाई अ.प्र.चौ.गरामनीबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलिले नियन्त्रण लिने क्रममा हतकडी सहित फरार भएको हुँदा इ.प्र.का.अनारमनीबाट प्र.ना.उ.को कमाण्डमा, जि.प्र.का.झापाबाट प्र.ना.उ.को कमाण्डमा र मातहत समेतबाट प्रहरी परिचालित गरी चेकिङ सहितको डिउटी निकाली खोजतलास भईरहेको । अस्पतालबाट बच्चा चोरी भएको,पर्सा, जि. सर्लाही  रामनगर गा.पा.३ बहुअर्वा बस्ने रन्जय दासको श्रीमती अं.वर्ष २७ की  रिन्कु देवीले  मिति २०८३/०५/१३ गते अं.२३:०० बजे जि.पर्सा विरगंज म.न.पा.०४ स्थित नारायणी अस्पतालमा शल्यक्रियाबाट नवजात शिशु (छोरा) जन्मिएकोमा ऐ.०५।१४ गते अं.१५:०० बजे अपरिचित अं.वर्ष ३५ की महिलाले बच्चा खेलाउछु भनि शिशुको हजुरआमासँग मागी बच्चा लिई गएकोमा हालसम्म सम्पर्कमा नआएकोले चोरी भएको भनि ऐ.१६:४५ बजे ऐ. अस्पतालमा खटिएको प्र.क.लाई जानकारी गराउनासाथ व.प्र.का.बिर्ताबाट  प्र.नि.को कमाण्डमा टोलि खटि गई बुझ्ने तथा खोजतलास कार्य भईरहेको । लागु औषध,कञ्चनपुर, भि.न.पा.११ होल्डिङ्ग सेन्टर (७ नं.पिल्लर) स्थित इ.प्र.का.गड्डाचौकीबाट प्र.ब.ना.नि.को कमान्डमा खटिएको प्रहरी टोलिले भारतबाट नेपाल आँउदै गरेको से. ६ प १५४९ नं.को मो.सा.चालक जि. कैलाली गोदावारी न.पा.०४ बस्ने अं.वर्ष २६ को प्रभाष मल्ल र सोही मो.सा.मा पछाडी सवार जि. डोटी जोरायल गा.पा.०१ बस्ने अं.बर्ष २६ को बिक्रम पातलीलाई शंका लागी चेकजाँच गर्दा शुद्ध तौल ६.५७ ग्राम खैरो हिरोइन जस्तो देखिने लागुऔषध सहित बरामद गरी आवश्यक कार्बाहीको लागि जि.प्र.का. पठाईएकोमा,  ऐ. १९:३०बजे सोधपुछको क्रममा निज वर्ष २७ को प्रभास मल्ल कम्प्युटर कोड नं.६३६४२ को स.प्र.बल नेपाल नं.३५ गण हे.क्वा. शैलेश्वरी झलारी कञ्चनपुर दरबन्दी भई नं.५२ गुल्म हे.क्वा. डडेल्धुरामा कार्यरत स.प्र.ज. रहेको भन्ने बुझिएको ।  पर्सा, वीरगञ्ज म.न.पा.१६ माईधिया पोखरी अगाडि सडक-खण्डमा बसपार्क तर्फ पैदल आउँदै गरेको देश भारत विहार राज्य जिल्ला पूर्णिया थाना सदर ग्राम हाजिरगञ्ज वडा नं.४५ बस्ने वर्ष १९ को कृष्णा कुजुँर लगायत ३ जना  व्यक्तिहरू माथि शंका लागि जि.प्र.का.बाट खटिएको प्र.नि.को विशेष टोलिले रोकी चेकजाँच गर्दा निजहरूको साथबाट ला.औ.ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ १०० ग्राम फेला पारी बरामद गरी ला.औ. सहित ३ जनालाई  नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।