मिति २०८३।०३।१९ गते ०५:०० बजे देखि २०८३।०३।२० गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु ।
२०८३-०३-२०
- A
- A-
- A+
ज.ज.क./बाल यौन दुर्व्यवहार,
काठमाण्डौं, जि.काभ्रेपलाञ्चोक
बलथली गा.पा.६ घर भई हाल जि.ललितपुर ग्वार्को बस्ने वर्ष १४ की बालिकालाई
जि.मकवानपुर बकैया गा.पा.८ घर भई हाल Pixel Launge and Club मा काम गर्ने वर्ष २० को अंकित भन्ने बिशाले
बम्जनले मिति २०८३।०३।०३ गते ०७:०० बजे नास्ता खान जाउँ भनि का.म.न.पा.३२ कोटेश्वर
स्थित विश्राम गेष्ट हाउसमा लगि जबरजस्ती करणी गरेको भन्ने जाहेरी ऐ.१९ गते १३:००
बजे जिल्ला प्रहरी परिसर महिला बालबालिका तथा जेष्ठ नागरीक सेवा केन्द्र भद्रकाली
काठमाडौंमा पेश गरेको हुँदा परिसरबाट सादा पोशाकको टोलि खटि निज प्रतिवादीलाई
नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।
बर्दिया, गेरूवा गा.पा.२
टिकलिगढ बस्ने अं.वर्ष २१ को पुरूष व्यक्तिले आफ्नै काकाको छोरी ऐ. बस्ने वर्ष १४
की बालिकालाई निजकै भान्सा घरमा ऐ.०३।१५ गते अं.२३:०० बजे ज.ज.क.गरेको भनि ऐ.१९
गते १५:४० बजे आवश्यक कारबाही गरी पाँउ भनि जाहेरी दरखास्त दिएकोले
इ.प्र.का.पाताभारबाट प्र.ना.नि.को कमाण्डमा टोलि खटि गई बुझ्दा ज.ज.क.गर्ने
ब्यक्ति फरार रहेकोले खोजतलास भईरहेको ।
कैलाली, जि.सिराहा बिष्णुपुर
गा.पा.४ घर भई हाल जि.कैलाली धनगढी उ.म.न.पा.२ स्थित डेरा गरी बस्ने वर्ष २८
को हेमन्त कुमार ठाकुरले ऐ.धनगढी
उ.म.न.पा.३ स्थित डेरा गरी बस्ने वर्ष २५ की महिलालाई मिति २०८३।०३।१६ गते कोठामा
आई ज.ज.क.गरेको भनि मिति २०८३।०३।१८ गते जि.प्र.का.मा जाहेरी दिएकोमा प्र.ब.ह.को
कमाण्डमा टोलि खटि गई निज पीडकलाई ऐ.१९ गते १५:०० बजे नियन्त्रणमा लिई दिन ५ म्याद
थप गरी जि.प्र.का.को हिरासतमा राखी थप अनुसन्धान भईरहेको ।
धादिङ, सिद्धलेक गा.पा.४
बस्ने वर्ष २० की महिलालाई ऐ.बस्ने वर्ष ४४ को आफ्नै ठुलोबुवाले ऐ.१८ गते अं.१२:३०
बजे ज.ज.क.गरेको भनि पीडितको आमाले जि.प्र.का.मा आई ऐ.१९ गते अं.१४:०० बजे जाहेरी
दिए पश्चात जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा टोलि खटि गई निज प्रतिवादीलाई
नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।
गौबध,
संखुवासभा, मादी न.पा.६ मुढकेमा
गाईको बाछी राती चोरी लगेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.मंगलबारे मादीबाट
प्र.स.नि.को कमाण्डमा टोलि खटि गई बुझ्दा ऐ.बस्ने वर्ष ६५ की जमुना तामाङको गोठबाट
राती के-कुन समयमा ऐ.बस्ने वर्ष ४३ को सुर्य ब.तामाङ र ऐ.बस्ने वर्ष ४४ को धन
ब.तामाङले चोरी लगी गौबध गरेको भन्ने बुझिएको हुँदा निजहरू दुबै जनालाई नियन्त्रमा
लिई थप अनुसन्धान भईरहेको ।
बालिका उद्दार,
पाल्पा, रैनादेबी छहरा गा.पा.
६ आरूडाँडा बस्ने वर्ष अं.४० को हेमन्त पुन र निजको श्रीमती वर्ष अं. ४० की आशा
कुमाल पुन मा.प.से. गरी एकआपसमा झैझगडा गर्दा साथमा रहेको निजकै छोरी वर्ष अं. ३
की निक्की पुनलाई झाडीमा फालेको अवस्थामा स्थानीयहरूले फेला पारी ऐ. २०:४५ बजे
प्र.चौ.बल्डेङ्गढीमा खबर गरेकाले उक्त स्थानमा प्र.स.नि.को कमाण्डमा टोलि खटि गई
निज बालिकालाई तत्काल उद्दार गरी उपचारको लागी ऐ.ऐ. स्थित रहेको स्थानीय तिवारी
मेडीकल मेहलढापमा पठाईएको बाहिरी चोट नदेखिएको मुखबाट फिज आएको अवस्था बोल्न
नसक्ने गम्भिर रहेको,
उपचारमा हेमन्त पुन र आशा कुमाल पुन संलग्न रहेको ।
गोली प्रहार गरी ला.औ.सहित मानिस नियन्त्रणमा,
सिरहा, नवराजपुर गा.पा. ५
झाझपट्टी स्थित नेपाल भारत सिमा नाकामा भारतबाट BR 32 AR 6024 नं. को मो.सा.र अर्को नं.नखुलेको मो.सा.मा गरी ४ जना सवार भई
ला.औ खैरो हेरोइन लिई भारतबाट नेपाल तर्फ कारोबारको लागि आउदै गरेको भनि विशेष
सूचनाको आधारमा जि.प्र.का, ला.औ. नियन्तन्त्रण ब्युरो
गोलबजार सिरहा र इ.प्र.का. महेशपुर
पतारबाट प्र.नि.को कमाण्डमा खटिएको संयुक्त
टोलिले उक्त मो.सा. रोकी
चेकजाँच गर्ने क्रममा नं. नखुलेको
मो.सा.मा सवार भएको मानिसहरू मो.सा.सहित
फरार भएको र BR 32 AR 6024 नं. को मो.सा.लाई रोकी टोलीले नियन्त्रणमा लिने क्रममा
फरार भएको ब्यक्तिहरूले प्रहरी माथि कटुवा पेस्तोलबाट १ राउण्ड फायर गरेको,जवाफी कारवाही गर्ने क्रममा प्रहरीको तर्फबाट २ राउण्ड फायर गर्दा मोसामा सवार देश भारत बिहार मधुबनी जिल्ला
बिरपुर ग्राम पन्चायत ३ बस्ने वर्ष ३५ को अब्दुल कलामको बायाँ खुट्टामा गोली लागि
घाइते भई प्रहरीले नियन्त्रणमा लिन सफल
भएको, प्रहरीको निगरानीमा
प्रादेशिक अस्पताल सिरहा ल्याइ उपचार भईरहेको, अवस्था
मध्यम, निजको साथबाट कटुवा पेस्तोल थान १ , प्लाष्टिक सहित १२२. ८० ग्राम
ब्राउन सुगर जि.प्र.का.को नियन्त्रणमा ।
पर्सा, प्र.चौ.अमरपट्टीबाट
प्र.स.नि.र सशस्त्र प्रहरी बल नेपाल BOP पर्सौनीभट्टाबाट स.प्र.स.नि.को
कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलिले गस्ती गर्दै जाने क्रममा ऐ. बिन्दाबासीनी गा.पा.४ मधवल स्थित पोखरीको
डिलको काँस घारीमा प्लाष्टिकको बोराभित्र रातो प्लाष्टिकले प्याक गरेको २ पोका
ला.औ. गाँजा जस्तो देखिने बस्तु २७ किलो ५०० ग्राम बेवारिसे अवस्थामा फेला पारी
नियन्त्रमा लिई थप अनुसन्धान भईरहेको ।