प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मिति २०८३।०३।२० गते ०५:०० बजे देखि २०८३।०३।२१ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु ।

२०८३-०३-२१

  • A
  • A-
  • A+
Share

कर्तव्य ज्यान,

सुर्खेत, मिति २०८३।०३।१८ गते १३:३० बजे वीरेन्द्रनगर न.पा.१० बुदबुदेमा ऐ.बस्ने वर्ष ४५ को भागीराम सुनारले ऐ.वडा नं.११ बस्ने वर्ष ४८ को धन बहादुर रावतलाई सामान्य बादबिवाद भई कुटपिट गर्दा निज धन बहादुर रावतको टाउकोमा चोट लागी घाईते भई उपचारको लागि ऐ.१९ गते १६:१० बजे कर्णाली प्रदेश अस्पताल कालागउँ सुर्खेतमा ल्याई सामान्य उपचार पश्चात थप उपचारको लागि मेडिकल कलेज कोहलपुर बाँकेमा पुगी उपचार भईरहेकोमा ऐ. २० गते १४:३७ बजे घाईते धन बहादुर रावतको उपचारको क्रममा मृत्यु भएको, शव सोही अस्पतालमा रहेको, कुटपिट गर्ने ब्यक्ति फरार खो.त. कार्य भईरहेको, ।

 

बझाङ, मिति २०८३।०३।१९ गते अं.११:३० बजे जि.बझाङ दुर्गाथली गा.पा.३ रकेल स्थित श्री भगवती आ.वि.का कार्यालय सहयोगी राममती धामीको छोरा वर्ष अं.२५ को सन्तोष धामीले ऐ.विद्यालयका शिक्षक अं.वर्ष ५० को मदन धामीलाई सामान्य विवाद हुँदा कुटपिट गरी घाईते बनाएको र छुटाउन गएका सन्तोष धामीको बुवा अं.वर्ष ५८ को गगन धामीलाई पनि टाउकोमा चोट लागी दुवै पक्ष जि.अस्पताल बझाङ लगि उपचार भईरहेकोमा ऐ.१९:२५ बजे घाईते मदन धामी उपचार पश्चात डिस्चार्ज भएको र घाईते गगन धामी थप उपचारको लागि ऐ.२० गते ०९:३० बजे सेती प्रादेशिक अस्पताल धनगढी पुर्‍याई उपचार भईरहेकोमा ऐ.१०:१५ बजे डाक्टरले चेकजाँच गरी मृत घोषणा गरेको, शव सोही अस्पतालको शव गृहमा रहेको, कुटपिटमा संलग्न शंकास्पद दुर्गाथली गा.पा.३ बस्ने वर्ष २८ को सिंह राज धामी नियन्त्रणमा लिई जि.प्र.का.बझाङको हिरासतमा राखि सोधपुछ कार्य भईरहेको, घटनास्थलमा इ.प्र.का. दुर्गाथलीबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गएको, ।

 

रुपन्देही, बुटवल उ.म.न.पा.३ गोलपार्क स्थित रहेको खुडकिलो घर ला.औ. तथा पुनस्थापन केन्द्र बुटवलमा जि.कपिलवस्तु शिवराज न.पा.७, खरोनी, कपिलवस्तु बस्ने बर्ष २८ की जुना कुवर के.सी.सुधार केन्द्रमा रहेकोमा निज जुना कुवर बिरामी भइ लुम्बिनी प्रदेशिक अस्पताल बुटवलमा मिति २०८३।०३।०३ गते १९ :३० बजे निजको आफन्तले ल्याइ उपचार भएको र निज कुटपिटबाट बिरामी भएको भन्ने निजको  परिवारले जि.प्र.का.रुपन्देहीमा ज्यान मार्ने उद्योग सम्बन्धी जाहेरी दर्ता समेत गरी पीडकहरु जि.रुपन्देही बुटवल उ.म.न.पा.४ अमर पथ बस्ने वर्ष ४४ मुना पुन, ऐ.१४ तामनगर बस्ने वर्ष २५ की तिर्सना कुवर, ऐ.११ नहरपुर बस्ने बर्ष २० की आस्था सुनार र नाबालिका ऐ.१२ बस्ने वर्ष १७ की रेनु पुनलाई  थप अनुसन्धाको लागि इ.प्र.का.बुटवलमा ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दा चलिरहेको र निज जुना कुवर ऐ.अस्पतालबाट मिति २०८३।०३।१८ गते अं.१७:३० बजे निजको परिवारले घर लगेकोमा ऐ.१९ गते अं.२१:०५ बजे  निज जुना कुवरको मृत्यु भएको भन्ने जानकारी हुनासाथ इ.प्र.का.सुनदरी डाडाबाट प्र.नि.को कमाण्डमा SOCO सहितको टोली खटि गई कानुनी प्रक्रिया पुरा गरी पो.मा.को लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको, ।

 

धादिङ, गंगाजमुना गा.पा.४ यार्सा बस्ने वर्ष ३५ को सुजन सुनारले आफ्नै बुबा वर्ष ६० को धननारायण सुनारलाई  फलामको रड प्रहार गर्दा घाईते भई उपचारको लागि ग्रामिण अस्पताल फुलखर्क पठाएकोमा ऐ.१८:२४ बजे उपचारको क्रममा डाक्टरद्धारा मृत घोषणा गरेको, उक्त स्थानमा इ.प्र.का.फुलखर्कबाट प्र.स.नि. को कमाण्डमा टोलि खटी गई फलामको रड प्रहार गर्ने ब्यक्ति वर्ष ३५ को सुजन सुनारलाई नियन्त्रणमा लिई इ.प्र.का.फुलखर्कमा ल्याई थप अनुसन्धान कार्य भईरहेको,निजको मानसिक अवस्था ठीक नभएको भन्ने बुझिएको, ।

 

ज.ज.क./बाल यौन दुर्व्यवहार,

म्याग्दी, धौलागिरी गा.पा.७ धारापानी  बस्ने वर्ष १३ की बालिकालाई ऐ.बस्ने वर्ष ६८ को ईन्द्र बहादुर परीयारले निज बालिकाको घरको कोठामा बालिकालाई मोबाईल दिई ललाई फकाई ज.ज.क. गरेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ मुना ताकमबाट प्र.स.नि.र इ.प्र.का.दरबाङबाट प्र.नि.को कमाण्डमा टोली खटी गई ईन्द्र बहादुर परीयारलाई  नियन्त्रणमा लिई आ.अ.भईरहेको,।

 

सोलुखुम्बु, थुलुङ दुधकोशी गा.पा.५ जुबु घर भई हाल ऐ.खुम्बु पासाङल्हामु गा.पा.३ घाट बस्ने वर्ष ५५ को पुरुषले मिति २०८३।०३।१८ गते अं.१४:०० बजे आफ्नै छोरी वर्ष १७ की नाबालिकालाई आफ्नै घरमा ज.ज.क.गरेको भनी पीडितको आमाले मिति २०८३।०३।२० गते १८:१० बजे जि.प्र.का.सोलुखुम्बुमा जाहेरी दरखास्त दिए पश्चात प्र.चौ.नाचिपाङबाट प्र.ब.ह.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई जि.प्र.का.सोलुखुम्बुको हिरासतमा राखिएको, पिडित नाबालिकालाई विस्तृत स्वास्थ्य परिक्षण गरी निजको आमालाइ जिम्मा बुझाई पठाएको, अवस्था सामान्य रहेको, ।

 

झापा, मिति २०८३।०३।१९ गते अं.१९:०० बजे हल्दिबारी गा.पा.१ गोलधाप स्थित ऐ.बस्ने वर्ष ५१ को सोमनाथ सिवाकोटीले ऐ.स्थित माईती बस्दै आएकी वर्ष २५ की महिलालाई निज पिडककको आफ्नै घरको कोठामा ल्याई थुनेर ज.ज.क.करणी गरेको भनी पीडितको बहिनीले मिति २०८३।०३।२० गते १६:०० बजे जि.प्र.का.झापामा निवेदन दिनासाथ प्र.चौ.गोलधापबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज पीडकलाई नियन्त्रणमा लिई जि.प्र.का.झापामा ल्याई थप अनुसन्धान भईरहेको, ।

 

झापा, भद्रपुर न.पा.६ स्थितमा रहेको मोर्डन टि. स्टेट प्रा.लि.को भित्र ऐ.बस्ने वर्ष ३० को मोहन राजवंशीले ऐ.बस्ने वर्ष २० की महिलालाई ज.ज.क.उ.गरेको भनी ऐ.१५:०० बजे पिडित आफै जि.प्र.का.झापामा जाहरी दिनासाथ व.प्र.का.भद्रपुरबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई जि.प्र.का.झापामा ल्याई थप अनुसन्धान भईरहेको,

जाजरकोट २०८३।०३।२०१६:३०     नलगाड न.पा.१२ तल्लुबगर बस्ने अं.वर्ष ६० को डम्बर बहादुर बस्नेतले ऐ.ऐ.बस्ने वर्ष ४० को कग बहादुर बस्नेतको छोरी वर्ष ८ की बालिकालाई चाउचाउ र नगद रु ११००।- रुपैया समेत दिई ललाई फकाई गरी ऐ.स्थित आफ्नै घरमा लगेर ज.ज.क.गर्ने प्रयास गरेको भनी मिति २०८३।०३।२० गते १९:१५ बजे टे.फो.मार्फत जानकारी प्राप्त हुनासाथ ई.प्र.का.रग्दाबाट प्र.स.नि.को कमाण्डमा र ई.प्र.का.रग्दाबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, पिडक फरार रहेको, खो.त.भइरहेको, ।

 

कपिलवस्तु, कृष्णनगर न.पा.१२ हरिगवा बस्ने ऐ.भगवानपुर बस्ने वर्ष अं.२३ को सत्य प्रकाश चौधरीले मिति २०८३।०३।१८ गते अं.१३:०० बजे ऐ.बस्ने वर्ष १३ की बालिकालाई ज.ज.क.गरेको गरेको भनी मिति २०८३।०३।२० गते १६:०० बजे पिडीतको बुवाले इ.प्र.का.कृष्णनगरमा जाहेरी दिए पश्चात इ.प्र.का.कृष्णनगरबाट प्र.नि.को कमाण्डमा टोली खटीगई पिडक सत्य प्रकाश चौधरीलाई नियन्त्रणमा लिई निज पीडित बालिका सहित दुवै जनालाई स्वास्थ्य परीक्षणको लागि जिल्ला अस्पताल तौलिहवा कपिलवस्तु पठाई दुबै जनाको यौनजन्य स्वास्थ्य परिक्षण गरी पीडकलाई इ.प्र.का.कृष्णनगरको हिरासतमा राखिएको र पीडित बालिकालाई निजको बुबाको जिम्मा लगाइ पठाएको, ।

 

ला.औ.,

चितवन, इच्छाकामना गा.पा.५ मुग्लिङ बजार स्थित काठमाण्डौबाट कपिलबस्तु तर्फ जादै गरेको (चालक जिल्ला रुपन्देही बुटवल उ.म.न.पा. २ बस्ने वर्ष अं.३५ को मान ब. थापाले चलाएको) लु.२ख.६८२१ नं. को यात्रु बसमा गोप्य सुचनाको आधारमा प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा ऐ.बसमा सवार यात्रु जि.नुवाकोट तार्केश्वर न.पा. ७ बस्ने वर्ष अं.२४ की सानुकान्छी बि.क.को साथमा रहेको झोलामा अं.७ के.जि.ला.औ.गाँजा जस्तो देखिने पदार्थ फेला पारी उक्त ला.औ.सहित निजलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको, बसको कागजपत्र नियन्त्रणमा राखी गन्तब्य तर्फ छाडिएको, ।

सम्बन्धित समाचार
मिति २०८३।०५।१५ गते ०५:०० बजे देखि २०८३।०५।१६ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१६

ज.ज.क./बाल यौन दुर्व्यवहार,सिन्धुली, कमलामाई न.पा.४ गणपती होटल पछाडि रहेको झोलुङ्गे पुलमुनि ग्वाङ् खोलामा वर्ष १० की बालिका र निजको साथी वर्ष ९ की बालिका समेत नुहाईरहेको अवस्थामा ऐ.दुधौली न.पा.३ बस्ने वर्ष २३ को भक्त बहादुर कार्कीले आफ्नो कपडा खोली खोला भित्रै पानीमा वर्ष १० की बालिकालाई जबरजस्ती करणी गरेकोमा निज बालिका रोई कराई गरेको अवस्थामा सोही ठाउँमा माछा मार्ने मानिसहरुले देखी निजलाई नियन्त्रणमा लिई प्र.चौ.ढुङ्ग्रेबासमा टे.फो.मार्फत जानकारी गराउनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज भक्त बहादुर कार्कीलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई ऐ.०५/१५ गते दिन ५ म्याद थप गरी अनुसन्धान कार्य भईरहेको,। संखुवासभा, भोटखोला गा.पा.०४ घर भई हाल जि.संखुवासभा मकालु गा.पा.०५ बस्ने अ.वर्ष ४३ को किरण तामाङले वर्ष २७ की महिलालाई ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.नुम संखुवासभाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई  पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको । उदयपुर, न.पा.वडा न.६ शिखरटोल बस्ने वर्ष १५ की  बालिकालाई जिल्ला उदयपुर बेलका न.पा. वडा न.०६ कात्तिके बस्ने वर्ष २१ को लाक्पा तामाङले ज.ज.क गरेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. रामपुरठोक्सिला  उदयपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको,बालिकाको अवस्था सामान्य रहेको । धरिलो हारहतियार प्रहार,बाँके, बैजनाथ गा.पा.८, गुरदयालपुर बस्ने वर्ष ४० की ठगनी थरुनीले निजको श्रीमान वर्ष ४३ को जंग बहादुर थारुलाई घरायसी विवाद हुँदा धारिलो हतियार (बन्चरो) ले टाउकोमा प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.रनियापुरबाट प्र.ह.को कमाण्डमा टोली खटी गई निज घाईतेलाई उपचारको लागी संजिवनी कलेज अफ मेडिकल साईन्सेज प्रा.लि. नेपालगंज, बाँकेमा पठाईएको, अवस्था गम्भीर, निज ठगनी थारू र निजले प्रयोग गरेको हतियार नियन्त्रणमा लिई इ.प्र.का.घनौलीमा पठाईएको,। मुस्ताङ, घरपझोङ गा.पा. वडा नं. २ मार्फा स्थितमा ऐ.बस्ने बर्ष अं. २८ को रोशन मगरले ऐ.ऐ. बस्ने बर्ष अं. २८ को राजेन्द्र परियारलाई धारिलो हतियार खुकुरीले टाउकोमा प्रहार गरी गम्भिर घाईते भएको छ भन्ने जानकारी प्राप्त हुनासाथ जि.प्र.का. मुस्ताङ बाट प्र.नि. ईश्वर महतको ( ९८५६०९१००६ ) कमाण्डमा ७ जनाको टोलि खटिई गई घाईतेलाई मार्फा स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात थप उपचारको लागि प्रदेश अस्पताल जोमसोम मुस्ताङ पठाईएको, धारिलो हतियार खुकुरी प्रहार गर्नुको कारण नखुलेको,दुवै जनाले मा.प.से. गरेको,उपचारमा घाईतेको आफन्त संलग्न, धारिलो हतियार खुकुरी प्रहार गर्ने व्यक्ति,खुकुरी जि.प्र.का. मुस्ताङको नियन्त्रणमा रहेको । ऐ.०३:४३ बजेको समयमा घाईते थप उपचारको लागि पोखरा रिफर भएको, उपचारमा श्रीमती निरमाया परियार (९७६३२७०१५४) संलग्न । हाम फाली बेपत्ता,सोलुखुम्बु, महाकुलुङ गा.पा.-५ चाचालुङ बस्ने सुमित कुलुङकी श्रीमती वर्ष अ.१८ की सम्झना नाछिरीङ राई श्रीमान-श्रीमतीबीच घरायासी विवाद भई श्रीमती ऐ. सोताङ गापा-४, नाम्लुङ माईती घर गएकोले श्रीमान पनि सँगै जाँदै गर्दा ऐ. महाकुलुङ गा.पा.५ र सोताङ गा.पा.४ को सिमाना स्थित गुदुङ खोलाको पुलबाट निज श्रीमती सम्झना नाछिरीङ राईले खोलामा हाम फाली बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. सोताङबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, । लागु औषध,उदयपुर, कटारी न.पा.६ बाँकेटार शान्तिवन स्थित वनभित्र ला.औ. गाँजा ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा इ.प्र.का. कटारीबाट प्र.नि.को कमाण्डमा २० जनाको टोली खटी गई उक्त वनभित्र खो.त.गर्दा बा १६ च ५२६९ नं.को बोलेरो गाडी र गाडी नजिकै जंगलमा विभिन्न स्थानमा लुकाई छिपाई राखेको ला.औ. गाँजा ५२ बोरा शुद्ध तौल ११२२ के.जि. ६७ ग्राम गाँजा र सोही स्थानमा ऐ. ताप्ली गा.पा. १ डाँडागाउँ बस्ने वर्ष ५५ को राम बहादुर मगर सहित ३ जनालाई फेला पारी ला.औ., गाडी सहित  तीनै जनालाई इ.प्र.का. कटारी ल्याई अनुसन्धान भइरहेको, ।  न.प.पश्चिम, नवलपरासी (ब.सु.प.) रामग्राम न.पा.०१ निलोगेट स्थितमा ला.औ.कारोबार भईरहेको भन्ने खबर प्राप्त हुनासाथ ला.औ.नियन्त्रण ब्युरो शाखा कार्यलय भैरहवा रुपन्देहीबाट प्र.ना.नि.को कमाण्डमा २ जना र जि.प्र.का.नवलपरासी (व.सु.प) बाट प्र.ना.नि.को कमाण्डमा ५ जनाको टोली खटी गई परासी देखि सुनवल तर्फ जादै गरेको भारतिय UP 56 AH 6189 न.को मो.सा.लाई रोक्न खोज्दा उक्त मो.सा.नरोकी भाग्ने क्रममा मो.सा.छाडी मो.सा.चालक देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज सेखली बस्ने वर्ष अं. ३३ को गिरिजेस श्रीवास्तव र सोही मो.सा. पछाडी सावर देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज निचलौल बस्ने वर्ष अं. २७ को दिपक भन्ने मिधलेस श्रीवास्तव भाग्दै गर्दा ब्यारेट पेस्तोलबाट ४ राउण्ड हवाई फाएर गरी निजहरुलाई रितपुर्वक नियन्त्रणमा लिई चेकजाँच गर्दा  ब्राउन सुगर जस्तो देखीने खैरो गिलो पदार्थ प्लाष्टिक रहितको तौल १५८ ग्राम नियन्त्रणमा लिई जि.प्र.का. नवलपरासीमा ल्याई राखिएको,चोटपटक कसैलाई केही नभएको ।

मिति २०८३।०५।१४ गते ०५:०० बजे देखि २०८३।०५।१५ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१५

ज.ज.क./बाल यौन दुर्व्यवहार,दाङ, मिति २०८२।११।०४ गते बिहान अं. ०४:०० बजेको समयमा जि. दाङ, राजपुर गा.पा.७ मनोहरा स्थित भैसाहीदेखि भौवानाका जाने बाटोमा पर्ने पुर्णबहादुर रोकाले घर बनाएको पुरानो स्थान नजिकैको जंगलमा ऐ. राजपुर गा.पा.७, भौवानाका बस्ने वर्ष ३७ की महिलालाई ऐ. राजपुर गा.पा.७ भित्री सिक्टा बस्ने वर्ष ३२ को जनक कुमालले ज.ज.क. गरेको भनि आज मिति २०८३।०५।१४ गते १७:३० बजे निज पीडितले आफैं इ.प्र.का. गढवामा लिखित जाहेरी दरखास्त दिएपश्चात् प्र.नि.को कमाण्डमा प्रहरी टोलि खटि गई पिडक जनक कुमाललाई ऐ. गढवा गा.पा.६ गढवा बजारमा हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई आ.अ.कार्य भईरहेको, पीडितको अवस्था सामान्य रहेको र निज पीडित गर्भवती रहेको, पीडित पीडक दुवैको मेडिकल परीक्षण हुन बाँकी रहेको । सिन्धुपाल्चोक, लिसंखुपाखर गा.पा.७ धामीटोल बस्ने वर्ष ३६ को पुरुषले कान्छी श्रीमतीको छोरी वर्ष १७ की बालिकालाई बाल यौन दुर्व्यवहार गर्ने प्रयास गरेको भनि ऐ.१९:०० बजे खबर प्राप्त पश्चात प्र.चौ.ठुलोपाखरबाट प्र.स.नि.को कमाण्डमा टोलि खटि गई पिडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । सुन बरामद,काठमाण्डौं , हिमालयन एयरलाईन्सको उडान द्धारा कतारको हुदै काठमाडौं आएका जिल्ला सर्लाही मलंगवा न.पा.३ बस्ने मोहम्मद जसिम फकिरले  सुनजस्तो देखिने पहेलो धातुको जस्तो देखिने सिक्री थान १ (अं.२५ ग्राम) ल्याएकोमा निजलाई संका लागी सोधपुछ गर्दा निजले भरियाको रुपमा उक्त सुन ल्याएको भनि मुखसावित वताएकोले निजलाई आवश्यक  अनुसन्धानको लागी नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएको कारण दिन एक सुरक्षित साथ राख्नका लागि प्रहरी वृत्त गौशला पठाएको । काठमाण्डौं, का.म.न.पा.९ एयरपोर्ट स्थित हिमालयन एयरलाईन्सको उडान द्धारा कतार हुदै काठमाण्डौ आएका यात्रुहरुलाई प्रयोग गरी नेपालमा सुन ओसारपसार गरी कारोबार गर्ने सिरहा जिल्ला सिरहा न.पा.७ घर भई बस्ने वर्ष ३४ को सन्तोष कुमार यादवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन तर्फको पार्किङ क्षेत्रमा बाह्‍य मुलुकबाट आगमन भएका यात्रुहरुले भन्सार छली गरी ल्याएको सुन जस्तो देखिने पहेँलो धातुको सिक्रि थान १ अं.तौल २५ ग्राम रिसिभ(संकलन) गरी अवैध रूपमा लैजान लागेको अवस्थामा नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएकोले ऐ.१९:३० बजे प्रहरी वृत्त गौशला पठाएको । कैदी मृत्यु,चितवन, चितवन कारागार ल्याएको कर्तव्य ज्यान केसको कैदि वन्दि क्यान्सर विरामी जि.पर्वत फलेवास गा.पा.२ वतन भएको वर्ष ४२ को बिनोद विक्रम कुवर मिति २०८३/०३/२२ गते देखि बि.पि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भई रहेकोमा ऐ.१४ गते उपचारको क्रममा मृत्यु भएको,शव सोहि अस्पतालमा रहेको,आफन्तहरु सगै रहेको । हतकडी सहित मानिस फरार,झापा, बिर्तामोड न.पा.८ स्थित देउनिया नजिकबाट चोरीमा संलग्न ऐ.भद्रपुर न.पा.१० बस्ने बर्ष २४ को सन्देश हस्दालाई अ.प्र.चौ.गरामनीबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलिले नियन्त्रण लिने क्रममा हतकडी सहित फरार भएको हुँदा इ.प्र.का.अनारमनीबाट प्र.ना.उ.को कमाण्डमा, जि.प्र.का.झापाबाट प्र.ना.उ.को कमाण्डमा र मातहत समेतबाट प्रहरी परिचालित गरी चेकिङ सहितको डिउटी निकाली खोजतलास भईरहेको । अस्पतालबाट बच्चा चोरी भएको,पर्सा, जि. सर्लाही  रामनगर गा.पा.३ बहुअर्वा बस्ने रन्जय दासको श्रीमती अं.वर्ष २७ की  रिन्कु देवीले  मिति २०८३/०५/१३ गते अं.२३:०० बजे जि.पर्सा विरगंज म.न.पा.०४ स्थित नारायणी अस्पतालमा शल्यक्रियाबाट नवजात शिशु (छोरा) जन्मिएकोमा ऐ.०५।१४ गते अं.१५:०० बजे अपरिचित अं.वर्ष ३५ की महिलाले बच्चा खेलाउछु भनि शिशुको हजुरआमासँग मागी बच्चा लिई गएकोमा हालसम्म सम्पर्कमा नआएकोले चोरी भएको भनि ऐ.१६:४५ बजे ऐ. अस्पतालमा खटिएको प्र.क.लाई जानकारी गराउनासाथ व.प्र.का.बिर्ताबाट  प्र.नि.को कमाण्डमा टोलि खटि गई बुझ्ने तथा खोजतलास कार्य भईरहेको । लागु औषध,कञ्चनपुर, भि.न.पा.११ होल्डिङ्ग सेन्टर (७ नं.पिल्लर) स्थित इ.प्र.का.गड्डाचौकीबाट प्र.ब.ना.नि.को कमान्डमा खटिएको प्रहरी टोलिले भारतबाट नेपाल आँउदै गरेको से. ६ प १५४९ नं.को मो.सा.चालक जि. कैलाली गोदावारी न.पा.०४ बस्ने अं.वर्ष २६ को प्रभाष मल्ल र सोही मो.सा.मा पछाडी सवार जि. डोटी जोरायल गा.पा.०१ बस्ने अं.बर्ष २६ को बिक्रम पातलीलाई शंका लागी चेकजाँच गर्दा शुद्ध तौल ६.५७ ग्राम खैरो हिरोइन जस्तो देखिने लागुऔषध सहित बरामद गरी आवश्यक कार्बाहीको लागि जि.प्र.का. पठाईएकोमा,  ऐ. १९:३०बजे सोधपुछको क्रममा निज वर्ष २७ को प्रभास मल्ल कम्प्युटर कोड नं.६३६४२ को स.प्र.बल नेपाल नं.३५ गण हे.क्वा. शैलेश्वरी झलारी कञ्चनपुर दरबन्दी भई नं.५२ गुल्म हे.क्वा. डडेल्धुरामा कार्यरत स.प्र.ज. रहेको भन्ने बुझिएको ।  पर्सा, वीरगञ्ज म.न.पा.१६ माईधिया पोखरी अगाडि सडक-खण्डमा बसपार्क तर्फ पैदल आउँदै गरेको देश भारत विहार राज्य जिल्ला पूर्णिया थाना सदर ग्राम हाजिरगञ्ज वडा नं.४५ बस्ने वर्ष १९ को कृष्णा कुजुँर लगायत ३ जना  व्यक्तिहरू माथि शंका लागि जि.प्र.का.बाट खटिएको प्र.नि.को विशेष टोलिले रोकी चेकजाँच गर्दा निजहरूको साथबाट ला.औ.ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ १०० ग्राम फेला पारी बरामद गरी ला.औ. सहित ३ जनालाई  नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।