मिति २०८३।०३।२२ गते ०५:०० बजे देखि २०८३।०३।२३ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु ।
२०८३-०३-२३
- A
- A-
- A+
कर्तव्य ज्यान,
धनुषा, जनकनन्दिनी गा.पा.४
खजुरी बजार स्थित ऐ. बस्ने अं.वर्ष ४५ को प्रमोद साहले ऐ. बस्ने आफ्नै काका
अं.वर्ष ६५ को राम लोचन साह र निजको छोरा अं.वर्ष ३५ को राकेश साहलाई लाईनको तार
सार्ने बिषयलाई लिएर झै-झगडा हुँदा काठको चिर्पटले कुटपिट गर्दा राम लोचन साहको
टाउकोमा चोट ,
अवस्था सामान्य र निजको छोरा राकेश साहको टाउकोमा चोट, अवस्था गम्भीर रहेको, दुवै घाइतेलाई उपचारको लागि
प्रादेशिक अस्पताल जनकपुर पठाएकोमा राकेश साहलाई डाक्टरले चेकजाँच गर्दा ऐ.१८:००
बजे मृत घोषणा गरेको, शव सोही अस्पतालमा रहेको, उक्त स्थानमा इ.प्र.का.खजुरीबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको,
कुटपिट गर्ने मानिस तत्काल फरार रहेकोले खो.त.कार्य भईरहेको,
।
मोरङ, ग्रामथान गा.पा.०६
झोवाबनि स्थित कपिल खवासको श्रीमती वर्ष अं.२० की सिमा राजवंशीलाई के-कुन कारण
निजकै देवर अं. वर्ष २१ को सौचन खवासले धारीलो हतियार (खुकुरी) ले घाटीमा प्रहार
गर्दा निज महिलाको घटना स्थलमा मृत्यु भएको, ऐ.ऐ बस्ने बर्ष ४७ को शिवलाल
खवास (ठुलोबुबा) समेतको दाहिने कुममा गोहिरो चोट लागि स्थानिय मेडिकल हुदै थप
उपचारको लागि ऐ. २२:२५ बजे बिराट टिचिङ अस्पताल बिराटनगर पठाईएको, उक्त स्थानमा इ.प्र.का. हरैचाबाट प्र.ना.नि. को कमाण्डमा र इ.प्र.का.
बेलबारीबाट प्र.नि.को कमाण्डमा १५ जनाको टोली खटि गई कानुनी प्रकृया पुरा गरी ऐ.
२३:२० शव पो.मा. को लागि कोशी अस्पताल बिराटनगर पठाईएको, धारिलो
हतियार प्रहार गर्ने सौचन खवासलाई धारीलो हतियार (खुकुरी) सहित नियन्त्रणमा लिई
इ.प्र.का. बेलबारी तर्फ पठाएको, ।
ज.ज.क./बाल यौन दुर्व्यवहार,
बाँके, बैजनाथ गा.पा.२
पितमारी स्थित ऐ.बस्ने वर्ष अं.२७ की (शारिरिक रुपमा अशक्त) महिलालाई निजको सहोदर
काका ऐ. बस्ने बर्ष ५० को पुरुष ब्यक्तिले ईच्छा बिपरित निजको घर कोठामा गई
ज.ज.क.गरेको भनि ऐ.२२ गते अं.१८:३० बजे पिडितको बहिनीले इ.प्र.का.कोहलपुरमा जाहेरी
दिए पश्चात उक्त स्थानमा इ.प्र.का.कोहलपुरबाट प्र.ना.नि.को कमाण्डमा टोली खटि गई
पिडकलाई निजकै घर वतनबाट ऐ.२२:०० बजे नियन्त्रणमा लिएको, पिडितको
अवस्था सामान्य रहेको र निजको बहिनीको जिम्मा लगाई पठाईएको, अनुसन्धान
भईरहेको, ।
ला.औ.,
मकवानपुर, मनहरीगा.पा. ९ खरङगा
स्थित पर्सा राष्ट्रिय निकुन्ज कोर क्षेत्र भित्र श्री सबुज गण प्रतापपुर सुरक्षा
पोष्टको प्रमुख उप सेनानीको कमाण्डमा खटिगएको गस्ती टोलीले भारी बोकी पैदल
हिनिरहेको जि.मकवानपुर राक्सिराङ गा.पा. ३ पँलासे बस्ने वर्ष अं. ५१ को बिक्रम
स्याङ्तान र ऐ.ऐ. बस्ने वर्ष अं. ४८ को गोकर्ण मोक्तानलाई नियन्त्रणमा लिई चेकजाँच
गर्दा ला.औ.गाजाँ ११ पोका फेला पारी इ.प्र.का.मनहरी प्र.नि.को कमाण्डमा प्रहरी
टोली खटी गई,
रित पुर्वक बरामदी मुचुल्का गरी ऐ.२२;०० बजे २
जना सहित उक्त ला.औ. इ.प्र.का.मनहरी मकवानपुरमा ल्याई राखिएको ला.औ. गाजाँ तौल
गर्दा - १६५ (एक सय पैसठ्ठी) किलो ग्राम भएको, थप अनुसन्धान
भईरहेको ।