मिति २०८३।०३।२३ गते ०५:०० बजे देखि २०८३।०३।२४ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु ।
२०८३-०३-२४
- A
- A-
- A+
कर्तव्य ज्यान,
रौतहट, ईशनाथ न.पा.३ औरैया
स्थित ऐ.बस्ने अं.वर्ष ८० को राम बहादुर साह, निजको छोरी ज्वाई अं.वर्ष ६०
को बुटन साह र ऐ.बस्ने अं.वर्ष ६३ को रामाऔतार साह, निजको
छोरा अं.वर्ष २६ को राम महेश्वर साह बिच जग्गाको विषयमा झै-झगडा तथा कुटपिट हुँदा
राम महेश्वर साहले बुटन साहलाई चक्कु प्रहार गर्दा निजको पछाडी पिठ्युमा काटी
घाईते भई उपचारको लागि प्रादेशिक अस्पताल गौरमा पठाएकोमा उपचारको क्रममा ऐ.२१:०५
बजे निजको मृत्यु भएको, शव सोही अस्पतालमा रहेको, राम बहादुर साहलाई टाउकोमा चोट लागी घाईते भई स्थानीय मेडिकलमा उपचार
भईरहेको, अवस्था सामान्य, घट्ना स्थलमा
जि.प्र.का.रौतहटबाट प्र.नि.को कमाण्डमा प्रहरी टोलि खटि गएको, चक्कु प्रहार तथा झै-झगडा गर्ने राम महेश्वर साह र रामाऔतार साहलाई
नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।
ज.ज.क., उद्योग, बाल यौन दुर्व्यवहार,
मुस्ताङ, मिति २०८३।०३।२१ गते
अं.२३:३० बजे थासाङ गा.पा.१ टुकुचे बस्ने वर्ष २३ की महिलालाई निजकै घर कोठामा जि.
रोल्पा थवाङ गा.पा..५ स्थायी घर भई हाल थासाङ गा.पा.१ टुकुचे स्थित ज्याला मजदुरी
काम गरी बस्ने वर्ष १९ को रास कुमार पुन मगरले जवरजस्ती करणी गरेको भनि पीडितले मिति
२०८३।०३।२३ गते १०:०० बजे प्रहरीलाई खबर गर्नासाथ जि.प्र.बाट प्र.नि.का.को
कमाण्डमा टोलि खटि गई रास कुमार पुन मगरलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको ।
हा.ह.बरामद,
सुनसरी, गढी गा.पा.१ मदेली
झण्डा चोक स्थितमा अ.प्र.चौ.चाँदबेलाबाट प्र.स.नि.को कमाण्डमा खटिएको ३ जनाको टोलि
गस्ति गर्दै जाने क्रममा पैदल यात्री जिल्ला मोरङ बिराटनगर म.न.पा.१७ रानी बस्ती
बस्ने अ.वर्ष ५१को नुर महोमद र ऐ.८ असोक चोक बस्ने वर्ष ३२ को इम्रान खानलाई शंका
लागी चेकजाँच गर्दा निज नुर महोमद खानको साथबाट चाइनिज पेस्तोल थान १ र ऐ.को गोली
राउण्ड थान ३ (लोड) फेला पारी बरामद गरी उक्त हा.ह.सहित दुबै जनालाई नियन्त्रणमा लिइ ई.प्र.का. दुहवीमा राखी थप
अनुसन्धान भईरहेको ।
नक्कली जस्तो देखिने नोट (भारु) सहित मानिस
नियन्त्रणमा,
कपिलवस्तु, शिवराज न.पा.१ शिवपुर
स्थित रहेको होटेल हाइपरमा खाजा खाई बिल तिर्दा नक्कली भारू नोट दिएको भनि खबर
प्राप्त हुनासाथ व.प्र.का. चन्द्रौटाबाट प्र.ब.ना.नि.को कमाण्डमा टोलि खटि गई देश
भारत बलरामपुर जिल्ला पचपडेवा बस्ने वर्ष २० को कार्तीक गुप्तालाई सोधपुछ तथा
चेकजाँच गर्दा निजको साथबाट नक्कली जस्तो देखिने भारतीय रूपैयाँ ५००।- पाँच सय
दरको नोट ६ थान भा.रु.३ हजार फेला पारी नोट सहित निजलाई नियन्त्रणमा लिई
व.प्र.का.चन्द्रौटामा ल्याई थप अनुसन्धान कार्य भइरहेको ।
ला.औ.,
रुपन्देही, बुटवल उ.म.न.पा.११
बुद्धनगर स्थित बुद्धनगरबाट बसपार्क तर्फ जाँदै गरेको चालक ऐ. बस्ने वर्ष ४७ को
सन्त बहादुर परियारले चलाएको ना.२ ह १२९७ नं.को ई-रिक्सामा ऐ.०३।२२ गते अं.२०:००
बजे ऐ. बुद्धनगरबाट बसपार्क सम्म जानको लागि एक जना अपरिचित पहाडी मुलको जस्तो
देखिने अं.वर्ष ३५ को पुरुष व्यक्ति र निजको साथमा अं.५ वर्षको बच्चा समेत सोही
ई-रिक्सामा चढी बसपार्क सम्म पुगेर एकै छिनमा आउँछु भनि निजको साथमा भएको दुई वटा
कार्टुन ई-रिक्सामा नै छोडि गएको र एक घण्टा सम्म कुर्दा समेत निज अपरिचित व्यक्ति
नआएपछि उक्त कार्टुन ई-रिक्सा चालकले ऐ.२२:०० बजे अ.प्र.चौ देविनगरमा बुझाएको र
ऐ.०३।२३ गते अं.१२:०० बजे सम्म पनि सामान खोजतलासको लागि नआईसकेपछि उक्त कार्टुन
खोलि हेर्दा दुईवटा कार्टुन भित्र टेपले बेरी राखेको अवस्थामा जम्मा ३६ वटा
पोकाहरूमा ३६ के.जि.लागु औषध चरेश फेला पारी नियन्त्रणमा लिई व.प्र.का.बुटवलमा
ल्याई राखिएको,
निज व्यक्तिको खोजतलास
भईरहेको ।
काभ्रे, रोशी गा.पा.९ मंगलटार
स्थित इ.प्र.का.मंगलटारको प्रहरी चेकपोष्ट अगाडि प्र.नि.को कमाण्डमा खटिएको टोलिले
सवारी साधन चेकजाँच गर्ने क्रममा बर्दिबासबाट काठमाण्डौतर्फ जाँदै गरेको बागमती
प्रदेश ०१-०३४ च ६५९४ नं.को इलेक्ट्रिक कार गाडीलाई शंकास्पद लागि चेकजाँच गर्ने
क्रममा सोही गाडीमा सवार ५ जना मध्ये जि.दोलखा भिमेश्वर न.पा.७ बस्ने वर्ष २० की
रितु जैसीको साथबाट ५६.७५ ग्राम ला.औ.ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला पारी
उक्त ला.औ.सहित निज रितु जैसी समेत उक्त गाडीमा सवार ५ जनालाई नियन्त्रणमा लिई
जि.प्र.का.काभ्रेमा राखिएको