मिति २०८३।०३।२४ गते ०५:०० बजे देखि २०८३।०३।२५ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु ।
२०८३-०३-२५
- A
- A-
- A+
कर्तव्य ज्यान,
ललितपुर, ललितपुर म.न.पा.-१७
ग्वार्को स्थित जि. चितवन घर भई हाल वतन नखुलेको अं. वर्ष २३ को अशोक सुवेदीलाई
३/४ जनाको अपरिचित व्यक्तिले कुटपिट गरी घाईते हुँदा उपचारको लागि स्थानीय
ट्याक्सी चालक मंगलदास तितुङले ऐ. २०:०० बजे क्रिष्ट अस्पताल ल्याई उपचार
भईरहेकोमा मिति ऐ. २५ गते ०३:२२ बजे उपचारको क्रममा मृत्यु भएको, शव
सोही अस्पतालमा रहेको भनी अस्पतालबाट खबर प्राप्त भएको, आफन्त
सम्पर्कमा नआएको,।
ज.ज.क./बाल यौन दुर्व्यवहार,
मकवानपुर, हेटौंडा उ.म.न.पा.-१८
फुर्केचौर स्थित गणतान्त्रिक चोक नजिक बस्ने अं. वर्ष १७ को करण वि.क. (बालक) र ऐ.
बस्ने अं. वर्ष ८ को जेनस चौलागाईं (बालक) लाई माछा मार्न जाने क्रममा ऐ. स्थित
घरदेखी अं. १ कि.मि. उत्तर तर्फ रहेको जङ्गलमा निज करण वि.क.ले जेनस चौलागाईंलाई
मलद्धारमा करणी गरेको,
हाल घर वतन एरियामा रहेको जेनस पक्षका आफन्तले करण वि.क.लाई कुटपिट
गरी अचेत बनाएको भन्ने खबर ऐ. १८ नं. वडाका वडा अध्यक्ष मार्फत खबर प्राप्त
हुनासाथ प्र.चौ. ठूलोदमारबाट प्र.स.नि.को कमाण्डमा टोली खटि गई अचेत रहेको घाइते,
पीडित बालकलाई (स्वास्थ्य अवस्था सामान्य रहेको) उपचारका लागि
हेटौंडा अस्पताल पठाईएको, उपचारमा घाइतेको दाजु साजन वि.क.
संलग्न रहेको, ।
धादिङ, गजुरी गाउँपालिका वडा
नं. १ उज्यालो गाँउ बस्ने राजु परियारको छोरा बर्ष अं.२२ को सुमित परियारले
ऐ.ऐ.बस्ने जाहेरवाला परिवर्तित नाम जिल्ला २४ गजुरी (७८) ०८२/०८३ को छोरी
परिवर्तित नाम पिडित बर्ष १३ कि जिल्ला २४ गजुरी (८०) ०८२/८३ लाई निज पिडितकै घरमा
पिडितलाई करणी गर्ने मनसायले बालयौन दुरुपयोग गरेको भनि आज मिति २०८३।०३।२४ गते
अं.१८:०० बजे इलाका प्रहरी कार्यालय गजुरीमा जाहेरी दरखास्त सहित उपस्थित भएकोले
निज प्रतिवादी लाई इलाका प्रहरी कार्यालय गजुरीबाट प्र.स.नि.दिनेश मण्डल
(८४१३८९७७०) को कमाण्डमा प्रहरी टोली खटि गई खोजतलास गर्ने क्रममा निज लाई जिल्ला
धादिङ गजुरी गाउँपालिका वडा नं. १ उज्यालो गाँउमा फेला पारी इ.प्र.का.गजुरीमा
ल्याईएको ।
झै-झगडा तथा कुटपिट,
बर्दिया, गेरुवा गा.पा.-२
मिलपुर बस्ने अं. वर्ष ४२ को मिने रावल र ऐ. १ थापापुर बस्ने अं. वर्ष २२ को पंकज
थारु ऐ. २ झिलमिल चौराह स्थितमा रहेको राम बहादुर चौधरीको कर्णाली किराना तथा
मदिरा पसलमा बसि खाईरहेको अवस्थामा ऐ. २ सिंगाही बस्ने अं. वर्ष २६ को शिरिष खत्री
उक्त पसलमा आई एक्कासी बियरको बोतलले पंकज थारू र मिने रावललाई प्रहार गर्दा मिने
रावलको टाउकोमा र पंकज थारुको घाँटीमा चोट लागि नेपालगंज तर्फ लगिएको भनि ऐ.२२:००
बजे इ.प्र.का.पाताभारमा जानकारी गराउनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटि गएको, कुटपिट
गर्ने व्यक्ति फरार रहेको, खो.त.भईरहेको, दुबै घाईतेको अवस्था गम्भीर रहेको, ।
गोली प्रहार,
सर्लाही, लालबन्दी न.पा.७
स्थित गोल्डेन आईडल स्कुल नजिक गोली प्रहार भएको भनि खबर ऐ. २१:३० बजे जि.प्र.का.
सर्लाही कन्ट्रोलबाट जानकारी प्राप्त हुनासाथ इ.प्र.का. लालबन्दीबाट प्र.नि.को
कमाण्डमा टोली खटी गई बुझ्दा डुमडुमे मन्दिरको बाटो हुँदै आफ्नो घर तर्फ मो.सा.मा
जाँदै गरेको ऐ. ९ बस्तिपुर बस्ने अं. वर्ष ३१ को डोर प्रसाद सापकोटा र मो.सा.
पछाडी सवार निजको भाई अं.वर्ष २९ को भुवन सापकोटाको मो.सा.लाई नं. नखुलेको एउटै मो.सा.मा
तीन जना सवार भई तीनै जनाले माक्स लगाएको र एक जनाले हेल्मेट पनि लागाएको अज्ञात
समूहले निजहरुलाई ओभरटेक गरी मो.सा. रोकी लुटपाट गर्न खोज्दा डोर प्रसाद सापकोटा र
भुवन सापकोटा समेतले आक्रमणकारीलाई ढुंगा प्रहार गर्दा निजहरुले २ राउण्ड गोली
प्रहार गरी मो.सा. सहित गोल्डेन आईडल स्कुलबाट गल्लीको बाटो हुँदै पुनर्बास तर्फ
भागि फरार रहेको भन्ने बुझिएको, मानवीय क्षेति नभएको, निजहरुको
खो.त.कार्य भईरहेको ।
ला.औ.,
मोरङ, विराटनगर म.न.पा. १८
भेडीयारी स्थित अ.प्र.पोष्ट भेडीयारीबाट प्र.स.नि.को कमाण्डमा खटिएको टोलीले
विराटनगरबाट भेडीयारी तर्फ २ जना सवार भई जाँदै गरेको BR50AL
3687 नं. को मो.सा. छाडी भाग्ने क्रममा, मो.सा.मा
पछाडि सवार देश भारत, जिल्ला सुपौल, गनौरा
पञ्चायत ०५, गनौरा थाना बस्ने वर्ष ४१ को शिवधर यादवलाई
नियन्त्रणमा लिई निजले बोकेको झोला चेकजाँच गर्दा झोलामा लुकाई छिपाई राखेको
प्रतिबन्धित ला.औ. गाँजा ६ किलो १३० ग्राम फेला पारी बरामद गरी निज शिवधर
यादव र उक्त नं. को मो.सा.लाई नियन्त्रणमा लिई इ.प्र.का. रानीमा ल्याई थप
अनुसन्धान कार्य भइरहेको, मो.सा. चालक विराटनगर म.न.पा. १८
बस्ने मन्जित कुमार यादव नजिकै रहेको पोखरीमा पसेको भनी स्थानीयबाट जानकारी
प्राप्त भएको हुँदा नेपाल प्रहरी, सशस्त्र प्रहरी र
स्थानीयको सहयोगमा खोजी तथा उद्धार कार्य भइरहेको, साथै
निजको आफन्त उक्त स्थानमा आई विवाद गरिरहेकोले इ.प्र.का. रानीबाट प्र.नि.को
कमाण्डमा २५ जनाको टोली र स.प्र.बल नेपाल बिओपी जहदा भुटाहाबाट स.प्र.नि.को
कमाण्डमा ७ जनाको टोली गई निजको खोजी तथा सम्झाई बुझाई गर्ने कार्य भइरहेको,
ऐ. १४:१० बजे जि.प्र.का.बाट प्र.ना.उ., व.प्र.का.
विराटनगरबाट प्र.ना.उ.को टोली र स.प्र.बल नेपाल बिओपी नोचा, बिओपी
तारेगामा, बिओपी मधुमल्लाबाट स.प्र.स.नि.को कमाण्डमा DM
(गोताखोर) ७ जनाको टोली आई उक्त पोखरीमा खोजी तथा उद्धार गर्ने
कार्य भइरहेको, ।
काठमाण्डौ, मिति २०८३।०३।२४ गते
अ.२१:३० बजे जि. सिन्धुली मोरङ गा.पा. ६ स्थायी घर भई का.म.न.पा. ३२ नरेफाट
फार्मेसी नजिक डेरा गरी बस्ने वर्ष ५० कि कोमल माया पाख्रिन बस्ने डेरामा शंका
लागी प्रभाग कोटेश्वरबाट प्र.नि. अर्जुन कुमार अधिकारीको कमाण्डमा खटिएको टोलीले
कानुनी रित पुर्याई चेकजाँच गर्दा निजले लुकाई छिपाई राखेको २२ किलो गाँजा र नगद
रु. ८,५०० फेला पारी निजलाई समेत नियन्त्रणमा लिई प्रहरी प्रभाग कोटेश्वरमा
राखिएको,