मिति २०८३।०३।२६ गते ०५:०० बजे देखि २०८३।०३।२७ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु ।
२०८३-०३-२७
- A
- A-
- A+
कर्तव्य ज्यान,
रुपन्देही, कपिलवस्तु शिवराज न.पा.
वडा नं. ६ घर भई हाल रुपन्देही बुटवल उपमहानगरपीका वडा नं ११ देवीनगर माँझगाउँ
बस्ने दिपक कोरी (९८६७१०२२९) को छोरा बर्ष १४ को श्रीराम कोरीलाई मिति एकिन नभएको
६/७ दिन पहिले जिल्ला अर्घाखाँची सन्धिखर्क न.पा. ७ घर भई जिल्ला रुपन्देही बुटवल
उपमहानगरपीका वडा नं ११ देवीनगर माँझगाउँ बस्ने अ. बर्ष १८/१९ को सागर परियार नाम
गरेको मानिसले कुटपिट गरेकोमा निज घाईते लाई मिति २०८३।०३।२६ गते ०५:०० बजे उपचारको
लागि लुम्बिनि प्रादेशिक अस्पताल बुटवलमा घाइतेको बुवाले ल्याएकोमा ऐ. ०५:१९ बजे
डा. ले मृत्यु घोषणा गरेको,
मृतकको पेट र छातीमा निलडामको चोट रहेको प्र.नि. ईश्वरदेव गिरीको
कमाण्डमा ५ जनाको टोली खटि गएको, अन्य अनुसन्धान कार्य
भैरहेको,थप अपडेटः- मिति २०८३।०३।२६ गते ०८;४५ बजेको समयमा निजको घर जिल्ला अर्घाखाँची सन्धिखर्क न.पा. ७
डिहीडाँडाबाट यस का. को समन्वयमा तालुक जि.प्र.का. अर्घाखाँचीको टोलीले
नियन्त्रणमा लिएको ।
ज.ज.क./बाल यौन दुर्व्यवहार,
काठमाण्डौं, जि.चितवन राप्ती न.पा.३
घर भई हाल का.म.न.पा.२७ ज्याठा बस्ने वर्ष १२ की बालिकालाई काका नाता पर्ने वर्ष
३४ को पुरुष व्यक्तिले ऐ.ज्याठा स्थित बालिकाको कोठामा मिति २०८० साल फागुन
महिनादेखि पटक पटक जबरजस्ती करणी गरेको भन्ने जाहेरी दरखास्त मिति २०८३।०।३।२४ गते
२०:०० बजे जिल्ला प्रहरी परिसर महिला वालवलिका तथा जेष्ठ नागरीक सेवा केन्द्र
भद्रकालीमा प्राप्त भएकोमा प्रतिवादी फरार रहेको हुँदा खो.त.तथा अनुसन्धान कार्य
जारी रहेको ।
कपिलवस्तु, जि. प्यूठान प्यूठान
न.पा.९ घर भई हाल जि. कपिलवस्तु शिवराज न.पा. ५ हाटबजार नजिक होटल व्यवसाय गरी
बस्ने वर्ष २९ को सुरेन्द्र खड्काले जि. दाङ घोराही उ.म.न.पा.११ घर भई हाल
जि.कपिलवस्तु शिवराज न.पा.४ चनईडाँडामा होटल गरी बस्ने वर्ष ३८ की महिलालाई
ऐ.०३।२५ गते अं.१८:०० बजे आफ्नै होटलमा ज.ज.क.गरेको भनि ऐ.०३।२६ गते १०:४५ बजे
व.प्र.का.चन्द्रौटामा पीडितले जाहेरी दरखास्त दिए पश्चात प्र.स.नि.को कमाण्डमा
टोली खटी गई पीडक सुरेन्द्र खड्कालाई नियन्त्रणमा लिई व.प्र.का.चन्द्रौटामा ल्याई
प्रारम्भिक स्वास्थ्य परिक्षण गराउँदा पीडक र पीडित दुबैले मा.प.से.गरेको, पीडितको
अवस्था सामान्य, अनुसन्धान कार्य भईरहेको, पीडक र पीडित दुवै जनालाई विस्तृत यौनजन्य स्वास्थ्य परिक्षणको लागि
जिल्ला अस्पताल तौलिहवा कपिलवस्तु पठाएको,।
मकवानपुर, बागमती गा.पा.८
शान्तीपुर बस्ने अं.वर्ष ३० की महिलाले सोही स्थान बस्ने अं.वर्ष ३१ को उमेश
लोप्चन मेरो घरको कोठामा ऐ.०३।२५ गते २०:३० बजेको समयमा आई ज.ज.क.उद्योग गरेको भनि
आवश्यक कारबाही गरी पाँउ भनी इ.प्र.का.फापरबारीमा आई निवेदन दिएकोले
प्र.व.ना.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई ऐ.८ शान्तिपुर स्थित सार्वजनिक
बाटोमा हिँडिरहेको अवस्थामा नियन्त्रणमा लिई पीडित महिला सहित
जि.प्र.का.मकवानपुरमा लगि बुझाएको, महिलाको स्वास्थ्य अवस्था
सामान्य रहेको,।
कञ्चनपुर, बेदकोट न.पा.४ बैतडा
स्थित वर्ष १६ को बालकले आफ्नै घर कोठा भित्र ऐ.बस्ने वर्ष १५ की बालिकालाई जबरजस्ती करणी गरेको भनी ऐ.२२:००
सूचना प्राप्त हुनासाथ जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा टोली खटी गई बालकलाई
नियन्त्रणमा लिई सोही राती पीडित र पीडकको स्वास्थ्य परीक्षण समेतको कार्य सम्पन्न
गरी कञ्चनपुर जिल्ला अदालतबाट ५ (पाँच) दिन म्याद थप अनुमति लिई निगरानी कक्षमा
राखी थप अनुसन्धान कार्य भईरहेको ।
आत्मदाह मृत्यु,
काठमाण्डौं, का.म.न.पा.-११
त्रिपरेश्वर स्थित राहदानी विभागको ३ नं. गेटमा पार्किङ गरी राखिएको बा.प्र.०२-०६४
प ३२५० नं. पल्सर मो.सा.मा काठमाण्डौ म.न.पा.बाट खटिएको नगर प्रहरी टोलीले ह्विल
लक लगाएको भनी जि.मुगु सोरू गा.पा.१ घर भई हाल जि. भक्तपुर बस्ने वर्ष २५ को गणेश
नेपालीले उक्त आफ्नै मो.सा.बाट पेट्रोल निकाली आफ्नै शरीरमा आगो लगाई अशक्त भई
उपचारको लागि वीर अस्पताल लगेर I.C.U. मा भर्ना गरी उपचार भईरहेकोमा ऐ. ०३।२६
गते ११:१९ बजे उपचारको क्रममा निजको मृत्यु भएको, शव सोही
अस्पतालमा रहेको, मो.सा. महानगर प्रहरीले बगिखाना लगी राखेको
।
आत्मदाह प्रयास,
सर्लाही, गोडैता न.पा.१० बस्ने
उपेन्द्र मण्डलको छोरा अं.वर्ष ३४ को विवेक मण्डलले घरायसी समस्याको कारण (निजको
बुवाको भनाई अनुसार घाईतेको मानसिक अवस्था ठीक नभएको)आफ्नै शरीरमा पेट्रोल खन्याई
आगो लगाई घाईते भई उपचारको लागि प्रादेशिक अस्पताल मलंगवा पठाएको, अवस्था
गम्भीर रहेको भनी सोही अस्पतालमा खटिएको प्र.क.ले प्र.चौ.गोडैता जानकारी गराउनासाथ
प्र.व.ना.नि.को कमाण्डमा टोली खटी गई गएको, घाईतेको
प्रादेशिक अस्पताल मलंगवा पठाएकोमा सामान्य उपचार उपश्चात थप उपचारको लागि ऐ.१९:००
बजे नेपाली सेनाको हे.क.द्वारा किर्तिपुर वर्न अस्पताल काठमाण्डौ पठाएको, शरीरको विभिन्न भाग गरी अं.९०% जलेको, ।
गोली फायर, हा.ह.र ला.औ. सहित मानिस
नियन्त्रण,
रुपन्देही, मायादेवी गा.पा.६
गुरवानिया स्थितमा ला.औ.कारोवार हुन लागेको भनी सुचना प्राप्त भए पश्चात
ला.औ.नियन्त्रण ब्यूरो कोटेश्चर काठमाण्डौ, जि.प्र.का.रुपन्देही, ला.औ.नियन्त्रण व्यूरो शाखा कार्यालय भैरहवा र ई.प्र.का.बेथरीबाट खटिएको
संयुक्त टोलीले उक्त स्थानमा आकस्मिक चेक प्वाईन्ट खड़ गरी मर्चवार तर्फबाट
गुरवानिया तर्फ आउदै गरेको Up 36Z3158
नं. को भारतीय मो.सा.रोकी चेकजाँच गर्न खोज्दा प्रहरी टोलीलाई देखि मोटरसाईकल
पछाडी सवार व्यक्तिले पेस्तोल फायर गर्न खोज्दा मो.सा.अनियन्त्रित भई पेस्तोल
भुइमा खस्न गई निजहरु भागेकोमा नियन्त्रणमा लिन प्रहरीले ७ राउण्ड हवाई फायर
गरेकोमा मो.सा.पछाडी सवार भारत उत्तर प्रदेश, जिल्ला अमिठी,
थाना भलेसुल्तान, ग्राम कोटवा बस्ने वर्ष ४७
को इकबाल खानको बायाँ खुट्टामा १ राउण्ड गोली लागी निजलाई नियन्त्रणमा लिई उपचारको
लागि भिम अस्पताल भैरहवा पठाएकोमा ऐ.२१:१५ बजे उपचार पश्चात डिस्चार्ज भएको,
अवस्था सामान्य रहेको, मो.सा.चालक भारत देश,
जिल्ला सिद्दार्थनगर, थाना सोहरतगढ़ ,सिद्धार्थनगर वस्ने वर्ष ३४ को रामदयाल शर्मा र ला.औ.मगाउने जि.कपिलबस्तु,
कपिलबस्तु न.पा.११ रेरा बस्ने वर्ष २४ को सराजुद्धिन मुसलमान
समेतलाई नियन्त्रणमा लिएको, प्रहरी माथी प्रहार गर्न प्रयोग
गरेको Petro beratta auto pistol एक थान, लोड अवस्थामा घटनास्थलमा फेला पारी अनलोड गरी चेक गर्दा २ राउण्ड गोली र
नजिकै १ राउण्ड गोलीको खोका समेत फेला परेको, इकबाल खान र
रामदयाल शर्माले सराजुद्दिन मुसलमानको लागि लिएर आएको ब्राउनसुगर जस्तो देखिने
गिलो पदार्थ २०० ग्राम, मो.सा.थान १, पेस्तोल
थान १, ऐ.को म्याग्जिन थान १ र ऐ.मा लाग्ने गोली राउण्ड २ र
खाली गोलीको खोका १, समेत बरामद गरी आवश्यक अनुसन्धान तथा
कारवाहीको लागि जि.प्र.का.रुपन्देहीमा राखिएको ।