प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मिति २०८३।०३।२८ गते ०५:०० बजे देखि २०८३।०३।२९ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु ।

२०८३-०३-२९

  • A
  • A-
  • A+
Share

कर्तव्य ज्यान,

रुपन्देही, कपिलवस्तु शिवराज न.पा. वडा नं. ६ घर भई हाल रुपन्देही बुटवल उपमहानगरपीका वडा नं ११ देवीनगर माँझगाउँ बस्ने दिपक कोरी (९८६७१०२२९) को छोरा बर्ष १४ को श्रीराम कोरीलाई मिति एकिन नभएको ६/७ दिन पहिले जिल्ला अर्घाखाँची सन्धिखर्क न.पा. ७ घर भई जिल्ला रुपन्देही बुटवल उपमहानगरपीका वडा नं ११ देवीनगर माँझगाउँ बस्ने अ. बर्ष १८/१९ को सागर परियार नाम गरेको मानिसले कुटपिट गरेकोमा निज घाईते लाई मिति २०८३।०३।२६ गते ०५:०० बजे उपचारको लागि लुम्बिनि प्रादेशिक अस्पताल बुटवलमा घाइतेको बुवाले ल्याएकोमा ऐ. ०५:१९ बजे डा. ले मृत्यु घोषणा गरेको, मृतकको पेट र छातीमा निलडामको चोट रहेको प्र.नि. ईश्वरदेव गिरीको कमाण्डमा ५ जनाको टोली खटि गएको, अन्य अनुसन्धान कार्य भैरहेको,थप अपडेटः- मिति २०८३।०३।२६ गते ०८;४५ बजेको समयमा निजको घर जिल्ला अर्घाखाँची सन्धिखर्क न.पा. ७ डिहीडाँडाबाट यस का. को समन्वयमा तालुक जि.प्र.का. अर्घाखाँचीको टोलीले नियन्त्रणमा लिएको ।

 

ज.ज.क./बाल यौन दुर्व्यवहार,

काठमाण्डौं, जि.चितवन राप्ती न.पा.३ घर भई हाल का.म.न.पा.२७ ज्याठा बस्ने वर्ष १२ की बालिकालाई काका नाता पर्ने वर्ष ३४ को पुरुष व्यक्तिले ऐ.ज्याठा स्थित बालिकाको कोठामा मिति २०८० साल फागुन महिनादेखि पटक पटक जबरजस्ती करणी गरेको भन्ने जाहेरी दरखास्त मिति २०८३।०।३।२४ गते २०:०० बजे जिल्ला प्रहरी परिसर महिला वालवलिका तथा जेष्ठ नागरीक सेवा केन्द्र भद्रकालीमा प्राप्त भएकोमा प्रतिवादी फरार रहेको हुँदा खो.त.तथा अनुसन्धान कार्य जारी रहेको ।

 

कपिलवस्तु, जि. प्यूठान प्यूठान न.पा.९ घर भई हाल जि. कपिलवस्तु शिवराज न.पा. ५ हाटबजार नजिक होटल व्यवसाय गरी बस्ने वर्ष २९ को सुरेन्द्र खड्काले जि. दाङ घोराही उ.म.न.पा.११ घर भई हाल जि.कपिलवस्तु शिवराज न.पा.४ चनईडाँडामा होटल गरी बस्ने वर्ष ३८ की महिलालाई ऐ.०३।२५ गते अं.१८:०० बजे आफ्नै होटलमा ज.ज.क.गरेको भनि ऐ.०३।२६ गते १०:४५ बजे व.प्र.का.चन्द्रौटामा पीडितले जाहेरी दरखास्त दिए पश्चात प्र.स.नि.को कमाण्डमा टोली खटी गई पीडक सुरेन्द्र खड्कालाई नियन्त्रणमा लिई व.प्र.का.चन्द्रौटामा ल्याई प्रारम्भिक स्वास्थ्य परिक्षण गराउँदा पीडक र पीडित दुबैले मा.प.से.गरेको, पीडितको अवस्था सामान्य, अनुसन्धान कार्य भईरहेको, पीडक र पीडित दुवै जनालाई विस्तृत यौनजन्य स्वास्थ्य परिक्षणको लागि जिल्ला अस्पताल तौलिहवा कपिलवस्तु पठाएको,।

 

मकवानपुर, बागमती गा.पा.८ शान्तीपुर बस्ने अं.वर्ष ३० की महिलाले सोही स्थान बस्ने अं.वर्ष ३१ को उमेश लोप्चन मेरो घरको कोठामा ऐ.०३।२५ गते २०:३० बजेको समयमा आई ज.ज.क.उद्योग गरेको भनि आवश्यक कारबाही गरी पाँउ भनी इ.प्र.का.फापरबारीमा आई निवेदन दिएकोले प्र.व.ना.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई ऐ.८ शान्तिपुर स्थित सार्वजनिक बाटोमा हिँडिरहेको अवस्थामा नियन्त्रणमा लिई पीडित महिला सहित जि.प्र.का.मकवानपुरमा लगि बुझाएको, महिलाको स्वास्थ्य अवस्था सामान्य रहेको,।

 

कञ्चनपुर, बेदकोट न.पा.४ बैतडा स्थित वर्ष १६ को बालकले आफ्नै घर कोठा भित्र ऐ.बस्ने वर्ष १५ की  बालिकालाई जबरजस्ती करणी गरेको भनी ऐ.२२:०० सूचना प्राप्त हुनासाथ जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा टोली खटी गई बालकलाई नियन्त्रणमा लिई सोही राती पीडित र पीडकको स्वास्थ्य परीक्षण समेतको कार्य सम्पन्न गरी कञ्चनपुर जिल्ला अदालतबाट ५ (पाँच) दिन म्याद थप अनुमति लिई निगरानी कक्षमा राखी थप अनुसन्धान कार्य भईरहेको ।

 

आत्मदाह मृत्यु,

काठमाण्डौं, का.म.न.पा.-११ त्रिपरेश्वर स्थित राहदानी विभागको ३ नं. गेटमा पार्किङ गरी राखिएको बा.प्र.०२-०६४ प ३२५० नं. पल्सर मो.सा.मा काठमाण्डौ म.न.पा.बाट खटिएको नगर प्रहरी टोलीले ह्विल लक लगाएको भनी जि.मुगु सोरू गा.पा.१ घर भई हाल जि. भक्तपुर बस्ने वर्ष २५ को गणेश नेपालीले उक्त आफ्नै मो.सा.बाट पेट्रोल निकाली आफ्नै शरीरमा आगो लगाई अशक्त भई उपचारको लागि वीर अस्पताल लगेर I.C.U. मा भर्ना गरी उपचार भईरहेकोमा ऐ. ०३।२६ गते ११:१९ बजे उपचारको क्रममा निजको मृत्यु भएको, शव सोही अस्पतालमा रहेको, मो.सा. महानगर प्रहरीले बगिखाना लगी राखेको ।

 

आत्मदाह प्रयास,

सर्लाही, गोडैता न.पा.१० बस्ने उपेन्द्र मण्डलको छोरा अं.वर्ष ३४ को विवेक मण्डलले घरायसी समस्याको कारण (निजको बुवाको भनाई अनुसार घाईतेको मानसिक अवस्था ठीक नभएको)आफ्नै शरीरमा पेट्रोल खन्याई आगो लगाई घाईते भई उपचारको लागि प्रादेशिक अस्पताल मलंगवा पठाएको, अवस्था गम्भीर रहेको भनी सोही अस्पतालमा खटिएको प्र.क.ले प्र.चौ.गोडैता जानकारी गराउनासाथ प्र.व.ना.नि.को कमाण्डमा टोली खटी गई गएको, घाईतेको प्रादेशिक अस्पताल मलंगवा पठाएकोमा सामान्य उपचार उपश्चात थप उपचारको लागि ऐ.१९:०० बजे नेपाली सेनाको हे.क.द्वारा किर्तिपुर वर्न अस्पताल काठमाण्डौ पठाएको, शरीरको विभिन्न भाग गरी अं.९०% जलेको, ।

 

गोली फायर, हा.ह.र ला.औ. सहित मानिस नियन्त्रण,

रुपन्देही, मायादेवी गा.पा.६ गुरवानिया स्थितमा ला.औ.कारोवार हुन लागेको भनी सुचना प्राप्त भए पश्चात ला.औ.नियन्त्रण ब्यूरो कोटेश्चर काठमाण्डौ, जि.प्र.का.रुपन्देही, ला.औ.नियन्त्रण व्यूरो शाखा कार्यालय भैरहवा र ई.प्र.का.बेथरीबाट खटिएको संयुक्त टोलीले उक्त स्थानमा आकस्मिक चेक प्वाईन्ट खड़ गरी मर्चवार तर्फबाट गुरवानिया तर्फ आउदै गरेको Up 36Z3158 नं. को भारतीय मो.सा.रोकी चेकजाँच गर्न खोज्दा प्रहरी टोलीलाई देखि मोटरसाईकल पछाडी सवार व्यक्तिले पेस्तोल फायर गर्न खोज्दा मो.सा.अनियन्त्रित भई पेस्तोल भुइमा खस्न गई निजहरु भागेकोमा नियन्त्रणमा लिन प्रहरीले ७ राउण्ड हवाई फायर गरेकोमा मो.सा.पछाडी सवार भारत उत्तर प्रदेश, जिल्ला अमिठी, थाना भलेसुल्तान, ग्राम कोटवा बस्ने वर्ष ४७ को इकबाल खानको बायाँ खुट्टामा १ राउण्ड गोली लागी निजलाई नियन्त्रणमा लिई उपचारको लागि भिम अस्पताल भैरहवा पठाएकोमा ऐ.२१:१५ बजे उपचार पश्चात डिस्चार्ज भएको, अवस्था सामान्य रहेको, मो.सा.चालक भारत देश, जिल्ला सिद्दार्थनगर, थाना सोहरतगढ़ ,सिद्धार्थनगर वस्ने वर्ष ३४ को रामदयाल शर्मा र ला.औ.मगाउने जि.कपिलबस्तु, कपिलबस्तु न.पा.११ रेरा बस्ने वर्ष २४ को सराजुद्धिन मुसलमान समेतलाई नियन्त्रणमा लिएको, प्रहरी माथी प्रहार गर्न प्रयोग गरेको Petro beratta auto pistol एक थान, लोड अवस्थामा घटनास्थलमा फेला पारी अनलोड गरी चेक गर्दा २ राउण्ड गोली र नजिकै १ राउण्ड गोलीको खोका समेत फेला परेको, इकबाल खान र रामदयाल शर्माले सराजुद्दिन मुसलमानको लागि लिएर आएको ब्राउनसुगर जस्तो देखिने गिलो पदार्थ २०० ग्राम, मो.सा.थान १, पेस्तोल थान १, ऐ.को म्याग्जिन थान १ र ऐ.मा लाग्ने गोली राउण्ड २ र खाली गोलीको खोका १, समेत बरामद गरी आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जि.प्र.का.रुपन्देहीमा राखिएको ।

सम्बन्धित समाचार
मिति २०८३।०५।१५ गते ०५:०० बजे देखि २०८३।०५।१६ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१६

ज.ज.क./बाल यौन दुर्व्यवहार,सिन्धुली, कमलामाई न.पा.४ गणपती होटल पछाडि रहेको झोलुङ्गे पुलमुनि ग्वाङ् खोलामा वर्ष १० की बालिका र निजको साथी वर्ष ९ की बालिका समेत नुहाईरहेको अवस्थामा ऐ.दुधौली न.पा.३ बस्ने वर्ष २३ को भक्त बहादुर कार्कीले आफ्नो कपडा खोली खोला भित्रै पानीमा वर्ष १० की बालिकालाई जबरजस्ती करणी गरेकोमा निज बालिका रोई कराई गरेको अवस्थामा सोही ठाउँमा माछा मार्ने मानिसहरुले देखी निजलाई नियन्त्रणमा लिई प्र.चौ.ढुङ्ग्रेबासमा टे.फो.मार्फत जानकारी गराउनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज भक्त बहादुर कार्कीलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई ऐ.०५/१५ गते दिन ५ म्याद थप गरी अनुसन्धान कार्य भईरहेको,। संखुवासभा, भोटखोला गा.पा.०४ घर भई हाल जि.संखुवासभा मकालु गा.पा.०५ बस्ने अ.वर्ष ४३ को किरण तामाङले वर्ष २७ की महिलालाई ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.नुम संखुवासभाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई  पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको । उदयपुर, न.पा.वडा न.६ शिखरटोल बस्ने वर्ष १५ की  बालिकालाई जिल्ला उदयपुर बेलका न.पा. वडा न.०६ कात्तिके बस्ने वर्ष २१ को लाक्पा तामाङले ज.ज.क गरेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. रामपुरठोक्सिला  उदयपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको,बालिकाको अवस्था सामान्य रहेको । धरिलो हारहतियार प्रहार,बाँके, बैजनाथ गा.पा.८, गुरदयालपुर बस्ने वर्ष ४० की ठगनी थरुनीले निजको श्रीमान वर्ष ४३ को जंग बहादुर थारुलाई घरायसी विवाद हुँदा धारिलो हतियार (बन्चरो) ले टाउकोमा प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.रनियापुरबाट प्र.ह.को कमाण्डमा टोली खटी गई निज घाईतेलाई उपचारको लागी संजिवनी कलेज अफ मेडिकल साईन्सेज प्रा.लि. नेपालगंज, बाँकेमा पठाईएको, अवस्था गम्भीर, निज ठगनी थारू र निजले प्रयोग गरेको हतियार नियन्त्रणमा लिई इ.प्र.का.घनौलीमा पठाईएको,। मुस्ताङ, घरपझोङ गा.पा. वडा नं. २ मार्फा स्थितमा ऐ.बस्ने बर्ष अं. २८ को रोशन मगरले ऐ.ऐ. बस्ने बर्ष अं. २८ को राजेन्द्र परियारलाई धारिलो हतियार खुकुरीले टाउकोमा प्रहार गरी गम्भिर घाईते भएको छ भन्ने जानकारी प्राप्त हुनासाथ जि.प्र.का. मुस्ताङ बाट प्र.नि. ईश्वर महतको ( ९८५६०९१००६ ) कमाण्डमा ७ जनाको टोलि खटिई गई घाईतेलाई मार्फा स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात थप उपचारको लागि प्रदेश अस्पताल जोमसोम मुस्ताङ पठाईएको, धारिलो हतियार खुकुरी प्रहार गर्नुको कारण नखुलेको,दुवै जनाले मा.प.से. गरेको,उपचारमा घाईतेको आफन्त संलग्न, धारिलो हतियार खुकुरी प्रहार गर्ने व्यक्ति,खुकुरी जि.प्र.का. मुस्ताङको नियन्त्रणमा रहेको । ऐ.०३:४३ बजेको समयमा घाईते थप उपचारको लागि पोखरा रिफर भएको, उपचारमा श्रीमती निरमाया परियार (९७६३२७०१५४) संलग्न । हाम फाली बेपत्ता,सोलुखुम्बु, महाकुलुङ गा.पा.-५ चाचालुङ बस्ने सुमित कुलुङकी श्रीमती वर्ष अ.१८ की सम्झना नाछिरीङ राई श्रीमान-श्रीमतीबीच घरायासी विवाद भई श्रीमती ऐ. सोताङ गापा-४, नाम्लुङ माईती घर गएकोले श्रीमान पनि सँगै जाँदै गर्दा ऐ. महाकुलुङ गा.पा.५ र सोताङ गा.पा.४ को सिमाना स्थित गुदुङ खोलाको पुलबाट निज श्रीमती सम्झना नाछिरीङ राईले खोलामा हाम फाली बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. सोताङबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, । लागु औषध,उदयपुर, कटारी न.पा.६ बाँकेटार शान्तिवन स्थित वनभित्र ला.औ. गाँजा ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा इ.प्र.का. कटारीबाट प्र.नि.को कमाण्डमा २० जनाको टोली खटी गई उक्त वनभित्र खो.त.गर्दा बा १६ च ५२६९ नं.को बोलेरो गाडी र गाडी नजिकै जंगलमा विभिन्न स्थानमा लुकाई छिपाई राखेको ला.औ. गाँजा ५२ बोरा शुद्ध तौल ११२२ के.जि. ६७ ग्राम गाँजा र सोही स्थानमा ऐ. ताप्ली गा.पा. १ डाँडागाउँ बस्ने वर्ष ५५ को राम बहादुर मगर सहित ३ जनालाई फेला पारी ला.औ., गाडी सहित  तीनै जनालाई इ.प्र.का. कटारी ल्याई अनुसन्धान भइरहेको, ।  न.प.पश्चिम, नवलपरासी (ब.सु.प.) रामग्राम न.पा.०१ निलोगेट स्थितमा ला.औ.कारोबार भईरहेको भन्ने खबर प्राप्त हुनासाथ ला.औ.नियन्त्रण ब्युरो शाखा कार्यलय भैरहवा रुपन्देहीबाट प्र.ना.नि.को कमाण्डमा २ जना र जि.प्र.का.नवलपरासी (व.सु.प) बाट प्र.ना.नि.को कमाण्डमा ५ जनाको टोली खटी गई परासी देखि सुनवल तर्फ जादै गरेको भारतिय UP 56 AH 6189 न.को मो.सा.लाई रोक्न खोज्दा उक्त मो.सा.नरोकी भाग्ने क्रममा मो.सा.छाडी मो.सा.चालक देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज सेखली बस्ने वर्ष अं. ३३ को गिरिजेस श्रीवास्तव र सोही मो.सा. पछाडी सावर देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज निचलौल बस्ने वर्ष अं. २७ को दिपक भन्ने मिधलेस श्रीवास्तव भाग्दै गर्दा ब्यारेट पेस्तोलबाट ४ राउण्ड हवाई फाएर गरी निजहरुलाई रितपुर्वक नियन्त्रणमा लिई चेकजाँच गर्दा  ब्राउन सुगर जस्तो देखीने खैरो गिलो पदार्थ प्लाष्टिक रहितको तौल १५८ ग्राम नियन्त्रणमा लिई जि.प्र.का. नवलपरासीमा ल्याई राखिएको,चोटपटक कसैलाई केही नभएको ।

मिति २०८३।०५।१४ गते ०५:०० बजे देखि २०८३।०५।१५ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१५

ज.ज.क./बाल यौन दुर्व्यवहार,दाङ, मिति २०८२।११।०४ गते बिहान अं. ०४:०० बजेको समयमा जि. दाङ, राजपुर गा.पा.७ मनोहरा स्थित भैसाहीदेखि भौवानाका जाने बाटोमा पर्ने पुर्णबहादुर रोकाले घर बनाएको पुरानो स्थान नजिकैको जंगलमा ऐ. राजपुर गा.पा.७, भौवानाका बस्ने वर्ष ३७ की महिलालाई ऐ. राजपुर गा.पा.७ भित्री सिक्टा बस्ने वर्ष ३२ को जनक कुमालले ज.ज.क. गरेको भनि आज मिति २०८३।०५।१४ गते १७:३० बजे निज पीडितले आफैं इ.प्र.का. गढवामा लिखित जाहेरी दरखास्त दिएपश्चात् प्र.नि.को कमाण्डमा प्रहरी टोलि खटि गई पिडक जनक कुमाललाई ऐ. गढवा गा.पा.६ गढवा बजारमा हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई आ.अ.कार्य भईरहेको, पीडितको अवस्था सामान्य रहेको र निज पीडित गर्भवती रहेको, पीडित पीडक दुवैको मेडिकल परीक्षण हुन बाँकी रहेको । सिन्धुपाल्चोक, लिसंखुपाखर गा.पा.७ धामीटोल बस्ने वर्ष ३६ को पुरुषले कान्छी श्रीमतीको छोरी वर्ष १७ की बालिकालाई बाल यौन दुर्व्यवहार गर्ने प्रयास गरेको भनि ऐ.१९:०० बजे खबर प्राप्त पश्चात प्र.चौ.ठुलोपाखरबाट प्र.स.नि.को कमाण्डमा टोलि खटि गई पिडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । सुन बरामद,काठमाण्डौं , हिमालयन एयरलाईन्सको उडान द्धारा कतारको हुदै काठमाडौं आएका जिल्ला सर्लाही मलंगवा न.पा.३ बस्ने मोहम्मद जसिम फकिरले  सुनजस्तो देखिने पहेलो धातुको जस्तो देखिने सिक्री थान १ (अं.२५ ग्राम) ल्याएकोमा निजलाई संका लागी सोधपुछ गर्दा निजले भरियाको रुपमा उक्त सुन ल्याएको भनि मुखसावित वताएकोले निजलाई आवश्यक  अनुसन्धानको लागी नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएको कारण दिन एक सुरक्षित साथ राख्नका लागि प्रहरी वृत्त गौशला पठाएको । काठमाण्डौं, का.म.न.पा.९ एयरपोर्ट स्थित हिमालयन एयरलाईन्सको उडान द्धारा कतार हुदै काठमाण्डौ आएका यात्रुहरुलाई प्रयोग गरी नेपालमा सुन ओसारपसार गरी कारोबार गर्ने सिरहा जिल्ला सिरहा न.पा.७ घर भई बस्ने वर्ष ३४ को सन्तोष कुमार यादवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन तर्फको पार्किङ क्षेत्रमा बाह्‍य मुलुकबाट आगमन भएका यात्रुहरुले भन्सार छली गरी ल्याएको सुन जस्तो देखिने पहेँलो धातुको सिक्रि थान १ अं.तौल २५ ग्राम रिसिभ(संकलन) गरी अवैध रूपमा लैजान लागेको अवस्थामा नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएकोले ऐ.१९:३० बजे प्रहरी वृत्त गौशला पठाएको । कैदी मृत्यु,चितवन, चितवन कारागार ल्याएको कर्तव्य ज्यान केसको कैदि वन्दि क्यान्सर विरामी जि.पर्वत फलेवास गा.पा.२ वतन भएको वर्ष ४२ को बिनोद विक्रम कुवर मिति २०८३/०३/२२ गते देखि बि.पि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भई रहेकोमा ऐ.१४ गते उपचारको क्रममा मृत्यु भएको,शव सोहि अस्पतालमा रहेको,आफन्तहरु सगै रहेको । हतकडी सहित मानिस फरार,झापा, बिर्तामोड न.पा.८ स्थित देउनिया नजिकबाट चोरीमा संलग्न ऐ.भद्रपुर न.पा.१० बस्ने बर्ष २४ को सन्देश हस्दालाई अ.प्र.चौ.गरामनीबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलिले नियन्त्रण लिने क्रममा हतकडी सहित फरार भएको हुँदा इ.प्र.का.अनारमनीबाट प्र.ना.उ.को कमाण्डमा, जि.प्र.का.झापाबाट प्र.ना.उ.को कमाण्डमा र मातहत समेतबाट प्रहरी परिचालित गरी चेकिङ सहितको डिउटी निकाली खोजतलास भईरहेको । अस्पतालबाट बच्चा चोरी भएको,पर्सा, जि. सर्लाही  रामनगर गा.पा.३ बहुअर्वा बस्ने रन्जय दासको श्रीमती अं.वर्ष २७ की  रिन्कु देवीले  मिति २०८३/०५/१३ गते अं.२३:०० बजे जि.पर्सा विरगंज म.न.पा.०४ स्थित नारायणी अस्पतालमा शल्यक्रियाबाट नवजात शिशु (छोरा) जन्मिएकोमा ऐ.०५।१४ गते अं.१५:०० बजे अपरिचित अं.वर्ष ३५ की महिलाले बच्चा खेलाउछु भनि शिशुको हजुरआमासँग मागी बच्चा लिई गएकोमा हालसम्म सम्पर्कमा नआएकोले चोरी भएको भनि ऐ.१६:४५ बजे ऐ. अस्पतालमा खटिएको प्र.क.लाई जानकारी गराउनासाथ व.प्र.का.बिर्ताबाट  प्र.नि.को कमाण्डमा टोलि खटि गई बुझ्ने तथा खोजतलास कार्य भईरहेको । लागु औषध,कञ्चनपुर, भि.न.पा.११ होल्डिङ्ग सेन्टर (७ नं.पिल्लर) स्थित इ.प्र.का.गड्डाचौकीबाट प्र.ब.ना.नि.को कमान्डमा खटिएको प्रहरी टोलिले भारतबाट नेपाल आँउदै गरेको से. ६ प १५४९ नं.को मो.सा.चालक जि. कैलाली गोदावारी न.पा.०४ बस्ने अं.वर्ष २६ को प्रभाष मल्ल र सोही मो.सा.मा पछाडी सवार जि. डोटी जोरायल गा.पा.०१ बस्ने अं.बर्ष २६ को बिक्रम पातलीलाई शंका लागी चेकजाँच गर्दा शुद्ध तौल ६.५७ ग्राम खैरो हिरोइन जस्तो देखिने लागुऔषध सहित बरामद गरी आवश्यक कार्बाहीको लागि जि.प्र.का. पठाईएकोमा,  ऐ. १९:३०बजे सोधपुछको क्रममा निज वर्ष २७ को प्रभास मल्ल कम्प्युटर कोड नं.६३६४२ को स.प्र.बल नेपाल नं.३५ गण हे.क्वा. शैलेश्वरी झलारी कञ्चनपुर दरबन्दी भई नं.५२ गुल्म हे.क्वा. डडेल्धुरामा कार्यरत स.प्र.ज. रहेको भन्ने बुझिएको ।  पर्सा, वीरगञ्ज म.न.पा.१६ माईधिया पोखरी अगाडि सडक-खण्डमा बसपार्क तर्फ पैदल आउँदै गरेको देश भारत विहार राज्य जिल्ला पूर्णिया थाना सदर ग्राम हाजिरगञ्ज वडा नं.४५ बस्ने वर्ष १९ को कृष्णा कुजुँर लगायत ३ जना  व्यक्तिहरू माथि शंका लागि जि.प्र.का.बाट खटिएको प्र.नि.को विशेष टोलिले रोकी चेकजाँच गर्दा निजहरूको साथबाट ला.औ.ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ १०० ग्राम फेला पारी बरामद गरी ला.औ. सहित ३ जनालाई  नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।