मिति २०८३।०३।२९ गते ०५:०० बजे देखि २०८३।०३।३० गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु ।
२०८३-०३-३०
- A
- A-
- A+
ज.ज.क./बाल यौन दुर्व्यवहार,
तनहुँ, मिति २०८३।०३।१६ गते
१४:०० बजे भिमाद न.पा.६ थुम्किडाँडा बस्ने वर्ष २२ की महिलालाई निजको कान्छा ससुरा
नाता पर्ने वर्ष ३० को पुरूष व्यक्तिले घरमा कोही नभएको पीडितको आफ्नै घर कोठामा
गई ज.ज.क. गरेको भनि मिति २०८३।०३।२९ गते १६:०० बजे जाहेरी प्राप्त हुनासाथ
इ.प्र.का.भिमादबाट प्र.ना.नि.को कमाण्डमा टोलि खटि गई निज पीडकलाई नियन्त्रणमा लिई
थप अनुसन्धान भईरहेको ।
कैलाली, जि.बैतडी सिगास
गा.पा.१ बस्ने वर्ष २० को राजेश धामीले जि.दार्चुला घर भएकी वर्ष १४ की बालिकालाई
मिति २०८३।०३।२४ गते घरबाट जि.कैलाली अत्तरीया बोलाई होटलमा राखी ज.ज.क.गरेको
भनि मिति २०८३।०३।२७ गते पीडित बालिकाले
जाहेरी दरखास्त दिएकोले ऐ.२९ गते १४:०० बजे निज राजेश धामीलाई जि.प्र.का.
कैलालीबाट प्र.व.ना.नि.को कमाण्डमा खटिएको टोलिले जि.कैलाली धनगढी उ.म.न.पा.-८
क्याम्पस चोकबाट नियन्त्रणमा लिई ५ दिन म्याद थप भई इ.प्र.का. मालाखेतीको हिरासतमा
राखी थप अनुसन्धान भईरहेको ।
कैलाली, मिति २०८३।०२।०१ गते
२२;०० बजे गोदावरी न.पा.१ अत्तरिया स्थित मनकामना होटेलको ११० नम्वर कोठामा
जि.बझाङ बुँगल न.पा.१ चनौरा वस्ने वर्ष २६ को नविन धामी भन्ने नरदेव धामीले
जि.कैलाली घोडाघोडी न.पा.१० वस्ने २९ की महिलालाई जवरजस्ती करणि गरेको भनि पीडितले
मिती २०८३।०३। २९ गते २०:०० बजे इ.प्र.का.मालाखेतीमा आई जाहेरी दरखास्त दिएको,
प्रतिवादी नर देव धामी वारदात मिति देखी फरार रहेको, निजको खोजतलास भईरहेको ।
जाजरकोट, मिति २०८३।०३।२९ गते
बिहान १०:१५ बजे शिवालय गा.पा.३ तागा बस्ने वर्ष ९ की बालिकालाई ऐ.बस्ने वर्ष १५
को बालकले ललाई फकाई बाटो देखी २०० मिटर तल लगि जबरजस्ती करणी गर्ने क्रममा निज
पीडित चिच्याई कराई रूदै घर आई आफ्नो आमालाई जानकारी गराउनासाथ निजको आमाले
ऐ.११:०४ बजेको समयमा टेलिफोन मार्फत इ.प्र.का.सिमामा जानकारी गराए पश्चात
इ.प्र.का.सिमाबाट प्र.ना.नि.को कमाण्डमा प्रहरी टोलि खटि गई निज पीडकलाई पक्राउ
गरी मेडिकल गरी निज पीडीत बालिकालाई सेफ हाउस (COMC) मा र पीडकलाई प्रहरी
कार्यालय जाजरकोटको बाल निगरानी कक्षमा राखि थप अनुसन्धान भईरहेको ।
कर्तव्य ज्यान,
तनहुँ, मिति २०८१/०५/३१ गते
अं.०९:३५ बजे शुक्लागण्डकी न.पा.६ दरगाँउ बस्ने वर्ष ३२ की श्रीकला थापालाई भिमाद न.पा. २ वेक्सन घर भई हाल शुक्लागण्डकी
न.पा ६ सुर्योदय टोल बस्ने वर्ष २० को आर्यान
कुमालले पूर्व रिसिईबीका कारण दाउराले
टाउकोमा हानि घाइते भई उपचारको
लागि जि.पि कोइराला श्वास प्रश्वास उपचार केन्द्र बेलचौतारा हुँदै थप उपचारको लागि
ऐ.२०८१।०७।०२ गते फेवा केयर होम पोखरा लगि उपचार पश्वात मिति २०८३।०२।१२ गते
अं.१७:०० बजे डिस्चार्ज गरी अचेत अवस्थामानै घरमा ल्याई राखिएकोमा मिति २०८३।०३।२९
गते ०८:५० बजे अवस्था गम्भिर भई उपचारको लागि जि.पि. कोइराला राष्ट्रिय
श्वासप्रश्वास उपचार केन्द्र झरौटा ल्याई डाक्टरद्वारा चेकजाँच गर्ने क्रममा
ऐ.०८:५५ बजे मृत घोषणा गरेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. बेलचौताराबाट
प्र.नि.को कमाण्डमा SOCO
सहित टोली खटी गई लासजाँच मुचुल्का पश्चात पो.मा.को लागि प्रदेश
अस्पताल दमौली पठाएकोमा पो.मा.पश्चात मृतकको श्रीमानले बुझि लिएको, आरेन कुमाल सोही घटनामा ज्यान मार्ने उद्योग मुद्दामा पुर्पक्षको लागी
कारागार चलान भएको ।
खोटाङ, साकेला गा.पा.४ पारुङ
बस्ने वर्ष ४८ को इमान सिंह राई र आफ्नै भाई ऐ.बस्ने वर्ष ३५ को ओइ मान सिंह राइ
दुबै एक आपसमा मा.प.से. गरी घरायसि बिबादका कारण झगडा गर्ने क्रममा ओइ मान सिंह
राइ घरको बरण्डाबाट लडेर गम्भिर घाईते भई उपचारको लागि जिल्ला अस्पताल खोटाङ
पठाएकोमा उपचारको क्रममा ऐ.३० गते ०२:२५ बजे डा.ले मृत घोषणा गरेको, झगडामा
सम्लग्न रहेको इमान सिंह राई र ऐ.बस्ने वर्ष ३० को जिबन राई दुबैलाई नियन्त्रणमा
लिई जि.प्र.का.खोटाङमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।
ला.औ.,
मकवानपुर, मनहरी गा.पा. वडा नं.
०९ ज्यामिरे स्थित पूर्व-पश्चिम सडक खण्डमा इ.प्र.का.मनहरीबाट प्र.स.नि.को
कमाण्डमा खटिएको गस्ती टोलिले चितवनबाट हेटौडा तर्फ जाँदै गरेको ना २८ प ८६२३
नं.को मो.सा.लाई रोकी शंका लागी चेकजाँच गर्दा मो.सा.चालक जि.चितवन राप्ती न.पा.१३
बस्ने वर्ष अं.३१ को मनिष प्रजाले पछाडी भिर्ने कालो झोला भित्र लुकाई छिपाई
ल्याएको ला.औ.गाँजा ११ केजि ७३४ ग्राम सहित मानिस र मो.सा.नियन्त्रणमा लिई थप
अनुसन्धान भईरहेको ।
काठमाडौं, मिति २०८३।०३।२८ गते
११:०० बजे का.म.न.पा. २६ नयाँ बसपार्क स्थित बसपार्क भित्र लागु औषध कारोबार
भईरहेको भन्ने सूचनाको आधारमा प्रहरी टोलिले शंकास्पद अवस्थामा हिँड्डुल गरीरहेको
जि.पाँचथर फिदिम न.पा. १४ घर भई हाल का.जि. नयाँ बसपार्क बस्ने वर्ष ३० को रबिन
मगरलाई फेला पारी चेकजाँच गर्दा निजको साथबाट लागु औषध (खैरो हेरोईन) ब्राउन सुगर
जस्तो देखिने खैरो पदार्थ फेला पारी प्लाष्टिक बाहेक तौल ०.२५ ग्राम फेला पारी
प्रारम्भिक सोधपुछ् गर्दा निजले उक्त लागु औषध का.जि.काभ्रेस्थली स्थित रबिना
बर्देवाको कोठाबाट खरिद गरेको भनि बताएको हुँदा ऐ.२९ गते १२:३० बजे तार्केश्वर
न.पा.२ काभ्रेस्थली स्थित जि.रसुवा उत्तरगैया गा.पा.५ स्थायी घर हुने वर्ष ३२ की
रबिना बर्देवाको कोठामा गई हेर्दा लागु औषध (खैरो हेरोईन) ब्राउन सुगर जस्तो
देखिने खैरो पदार्थ प्लाष्टिक बाहेक ७.३५ ग्राम फेला पारी निजहरुलाई नियन्त्रणमा
लिई थप अनुसन्धान भईरहेको ।