मिति २०८३।०४।०२ गते ०५:०० बजे देखि २०८३।०४।०३ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु ।
२०८३-०४-०३
- A
- A-
- A+
कर्तव्य ज्यान,
संखुवासभा, चैनपुर न.पा.०७ घर भई
हाल मादी न.पा.०४ डाँडागाउँ बस्ने अ. वर्ष ५६ को अमर बहादुर सार्कीले आफ्नै
श्रीमती अ. वर्ष ४३ की फुलमाया मुदेललाई घरायसी विवादको कारण आफ्नै घरमा रहेको
धारिलो हतियार (खुकुरी) प्रहार गरी मारेको भनी निज श्रीमान् अमर बहादुर सार्की
प्रचौ मङ्गलबारे मादी संखुवासभामा आफै आएको हुदा घटनास्थल तर्फ तत्काल प्रचौ
मङ्गलबारे मादी संखुवासभाबाट प्र.नि. मिन प्रसाद दाहालको कमाण्डमा ४ जनाको टोली
खटाई घटनास्थल सुरक्षित राखिएको, लास घटनास्थलमै रहेको साथै घटनाको वास्तविक
कुरा बुझी निज अमर बहादुर सार्कीलाई धारिलो हतियार (खुकुरी) सहित नियन्त्रणमा लिई
प्रचौ मङ्गलबारे मादी संखुवासभामा राखिएको, आवश्यक अनुसन्धान
तथा कानुनी प्रक्रियाको लागि इ.प्र.का. चैनपुर संखुवासभाबाट प्र.नि. पर्शुराम राईको
कमाण्डमा SOCO सहितको टोली खटिएको ।
ज.ज.क./बाल यौन दुर्व्यवहार,
दाङ, मिति२०८३।०३।२६ गते
अं.०४:०० बजे बबई गा.पा.४ सुन्दरखाल स्थित आफ्नै घर कोठा भित्र ऐ.बस्ने वर्ष ३५ को
पुरुषले निजको सहोदर बुहारी ऐ. बस्ने वर्ष २१ की महिलालाई ज.ज.क.गरेको भनी पीडितले
मिति २०८३।०४।०२ गते ०९:०० बजे इ.प्र.का.तुलसीपुरमा आई लिखित जाहेरी दरखास्त
दिनासाथ प्र.चौ.पुरन्धाराबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई
नियन्त्रणमा लिई इ.प्र.का.तुलसीपुरमा राखिएको, पीडितको स्वास्थ्य परीक्षण गरी
तुलसीपुर ६ गोलौरा स्थित सेफ हाउसमा राखिएको, स्वास्थ्य
अवस्था सामान्य रहेको, ।
बाँके, बैजनाथ गा.पा.०३ बस्ने
वर्ष अं. ४५ की महिलालाई पसलबाट घर तर्फ फर्कने क्रममा ऐ.बस्ने वर्ष अं.२५ को
लक्ष्मण थारुले पीडितको घर देखि अं.३० मिटर पूर्व खेतमा ज.ज.क.गरी फरार रहेको
भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.बनकटवाबाट प्र.ना.नि. को कमान्डमा र
इ.प्र.का.कोहलपुरबाट प्र.ना.नि. को कमाण्डमा टोली
खटी गई निज लक्ष्मण थारुलाई निजकै घरबाट नियन्त्रणमा लिई इ.प्र.का.कोहलपुर
बाँकेमा ल्याई राखिएको,
निज महिलालाई स्वास्थ्य चेक जाँचका लागी मेडिकल कलेज कोहलपुर पठाई
स्वास्थ्य परिक्षण पश्चात इ.प्र.का. कोहलपुरको महिला सेलमा राखिएको, महिलाको अवस्था सामान्य रहेको, ।
बर्दिया, मिति २०८३।०३।३२ गते
२२:०० बजे जि. बाँसगढी न.पा. ५ थारु गाउँस्थित नहरको ढिक तल एकान्त ठाउँमा ऐ. ५
शान्तिनगर बस्ने वर्ष ३० को प्रविन थापाले ऐ. बस्ने वर्ष अं. १५ की बालिका (सङ्केत
नं. ६६ शान्तिपुर) लाई बाल यौन दुर्व्यवहार गरेको भनी पीडित पक्षले मिति
२०८३।०४।०२ गते १५:०० बजे इ.प्र.का. मोतीपुरमा आई जाहेरी दरखास्त दिनासाथ
इ.प्र.का. मोतीपुर बर्दियाबाट प्र.ब.ना.नि.को कमाण्डमा ५ जनाको टोली खटी गई पीडकलाई
नियन्त्रणमा लिई इ.प्र.का.मोतिपुर बर्दियामा राखिएको, ।
कैलाली, भजनी न.पा.७ हिक्मतपुर
बस्ने वर्ष ३२ की महिलालाई ऐ.बस्ने वर्ष २८ को सुनिल डगौराले सापटी लिएको पैसा
फिर्ता दिन आएको भनी ढोका खोल्न लगाई पीडितको कोठामा प्रवेश गरी धाकधम्की दिई
ज.ज.क.गरेको भनी ऐ.०४।०२ गते १२:०० बजे इ.प्र.का.भजनीमा जाहेरी दरखास्त प्राप्त
भएको हुँदा इ.प्र.का.पृथ्वीपुरबाट प्र.व.ह.को कमाण्डमा टोली खटी गई पीडकलाई
नियन्तणमा लिई इ.प्र.का.भजनीमा राखी आ.अ.भइरहेको, पीडितको अवस्था सामान्य
रहेको, ।
चितवन, माडी न.पा.१ बोटे टोल
बस्ने वर्ष अं.१३ की बालिकालाई टिकटक मार्फत चिनजान भएको हाल नामथर वतन नखुलेको वर्ष अं.१७ को पुरुष
व्यक्तीले घर नजिकबाट मो.सा.मा राखि ऐ.स्थित मरथ खोला नजिक लगि ज.ज.क. गरी घर
नजिकै छोडी फरार रहेको भनि ऐ.२३:३० बजे परिवार मार्फत खबर प्राप्त हुनासाथ
प्र.चौ.बरुवाबाट प्र.स.नि. को कमाण्डमा र इ.प्र.का. माडीबाट प्र.स.नि. को कमाण्डमा
टोली खटि गई निज बालिकाको उद्धार गरी बघौडा अस्पताल ल्याई उपचार भइरहेकोमा थप
उपचारको लागी ऐ.०१:३५ बजे भरतपुर सरकारी अस्पताल रिफर भएको, अवस्था
मध्यम रहेको, उपचारमा निजको आफन्त संलग्न रहेको, ज.ज.क.गर्ने व्यक्ती मो.सा.मा फरार रहेको, खो.त.कार्य
भई रहेको, ।
धारिलो हतियार प्रहार,
धनुषा, जनकपुर उ.म.न.पा.२२
बसपिटी बस्ने सुरेश रायको छोरी अं.वर्ष ९ की लक्ष्मी कुमारी राय ऐ.१३:०० बजेबाट
घरमा फेला नपरेकोले निजको बुवाले खो.त.गर्दै जाँदा भाई अवधेश रायको छोरा वर्ष २०
को आकाश रायको घरमा टाउको र घाँटीमा धारिलो हतियारले काटिएको अवस्थामा बेहोस फेला
पारी उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर लगिएकोमा सामान्य उपचार पश्चात थप
उपचारको लागि धरान घोपा रिफर गरिएको, अवस्था
गम्भीर, आकाश राय हाल फरार रहेकोले खो.त.भइरहेको, ऐ.१९:३० बजे उक्त घटनास्थलबाट संकाष्पद धारिलो हतियार (घास काटने ग्रासि)
फेला परेको र आकाश रायको आमा अं. बर्ष ४२ कि संगिता राय र आकाश रायको भाई बुहारी
अं. वर्ष १९ कि राधिका रायलाई अनुसन्धानको लागि नियन्त्रणमा लिई जि.प्र.का.धनुषामा
पठाइएको, उक्त स्थानमा प्र.चौ.जिरोमाईलबाट प्र.व.ना.नि.को
कमाण्डमा ५ जना र जि.प्र.का.बाट प्र.ना.उ.को कमाण्डमा ९ जनाको टोली खटी गएको, ।
ला.औ.,
सर्लाही, कौडेना गा.पा.१ सुकचैना
स्थित ला.औ. बेचबिखन तथा भण्डारण गरिरहेको
भन्ने गप्य सुचनाको आधारमा जि.प्र.का.बाट प्र.उ.को कमाण्डमा १२५ जनाको टोली खटी गई
खानतलासी गर्दा लुकाई छिपाई २१ वटा बोरामा प्याक गरी राखेको अवस्थामा ४१९.९३ किलो
ला.औ. गाँजा,
४ वटा डिजिटल नाप तौल मेसिन, सानो तराजु सहित
ऐ.बस्ने वर्ष २५ को राहुल राउत र ऐ.बस्ने वर्ष ४६ को महादेव राउतलाई नियन्त्रणमा
लिई जि.प्र.का.मा ल्याई राखी थप अनुसन्धान भइरहेको ।
जाजरकोट, बारेकोट गा.पा.०९ सक्ला
र ऐ. ६ काउली बजारमा प्र.चौ. सक्लाबाट प्र.स.नि. को कमाण्डमा ६ जना र
जि.प्र.का.जाजरकोटबाट सादा पोशसाकमा खटिएको
संयुक्त प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा जि.रोल्पा माडी गा.पा.१ घर
भई हाल जिल्ला दाङ घोराही उप-म.न.पा. १३ बस्ने वर्ष ४० की गौरी भन्ने मन कुमारी
घर्तीको साथबाट ला.औ.अफिम जस्तो देखिने ४ वटा डल्ला शुद्ध तौल ४ किलोग्राम, मोबाईल
थान १ र नगद रु. ७,०००।- र जिल्ला दाङ घोराही उप-म.न.पा. १८
बस्ने वर्ष ४५ की माया घर्तीको साथबाट स्मार्ट मोबाईल थान १ र नगद रु.३,०००।- फेला पारी ला.औ. मोबाईल र
नगद समेत रितपुर्वक बरामद गरी निजहरु दुबै जनालाई जि.प्र.का. जाजरकोट ल्याई
अनुसन्धान भईरहेको, ।