प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मिति २०८३।०४।०३ गते ०५:०० बजे देखि २०८३।०४।०४ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु ।

२०८३-०४-०४

  • A
  • A-
  • A+
Share

कर्तव्य ज्यान

काठमाण्डौं, म.न.पा.२६ गोंगबु मित्रनगर स्थित शेर बहादुर खत्रीको ६ तले पक्की घर भाडामा लिई जि. चितवन भरतपुर म.न.पा.२६ स्थायी घर हुने वर्ष ३५ की राधा थापाले संचालन गरेको होटल माउन्टेन एल्सिभाको चौथो तलाको ४०४ नम्बर कोठामा रहेको काठको बक्स पलङभित्र एकिन नामथर, वतन नखुलेकी अं.वर्ष ३२ की जस्तो देखिने महिला मृत अवस्थामा रहेको भन्ने जानकारी प्राप्त हुनासाथ प्रहरी प्रभाग गोंगबुबाट प्र.नि.र तालुक काठमाडौं उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालय टेकु, जिल्ला प्रहरी परिसर भद्रकालीबाट सादा पोसाक सहितको टोली र प्रहरी वृत्त महाराजगंजबाट SOCO सहितको टोली खटिई गई कानूनी प्रकृया पुरा गरी शव पो.मा.को लागि त्रि.वि.शिक्षण अस्पताल महाराजगञ्ज पठाएको , होटल संचालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।

 

ज.ज.क./बाल यौन दुर्व्यवहार,

म्याग्दी, धौलागिरी गा.पा.७ सिबाङ बस्ने वर्ष १४ की बालिकालाई ऐ.मालिका गा.पा.५ देविस्थान पन्थुक बस्ने वर्ष २२ को बिकल बि.क.ले ऐ.०४।०२ गते अं.१५:३० बजे ऐ.गा.पा. ७ ताकम स्थितमा रहेको कोट चौरमा लिएर गई ज.ज.क.गरेको भनि ऐ.०४।०३ गते १५:०० बजे जि.प्र.का.म्याग्दीमा जाहेरी प्राप्त हुनासाथ प्र.चौ.मुनाताकमबाट प्र.स.नि.को कमाण्डमा टोलि खटि गई निज बिकल बि.क.लाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।

 

बारबर्दिया, न.पा.१ जमुनिया बस्ने वर्ष २१ की महिलालाई आफ्नै घर कोठामा सुतिरहेको अवस्थामा ऐ.०४।०१ गते अं.२३:०० बजे ऐ. बस्ने अं.वर्ष २३ को संदिप थारु भनि चिनिने राम कुमार थारुले सुतिरहेको कोठाको ढोका खोलि भित्र पसी ज.ज.क.उद्योग गरेको भनि ऐ.०४।०३ गते अं.१०:०० बजे इ.प्र.का.बनियाभारमा ज.ज.क. उद्योग सम्बन्धि जाहेरी दिए पश्चात उक्त जाहेरी दर्खास्त दर्ता गरी सम्मानित जिल्ला अदालतबाट प्रकाउ अनुमती लिई  इ.प्र.का.बनियाभारबाट प्र.ना.नि.को कमाण्डमा प्रहरी टोलि खटिई गई  पीडकलाई ऐ.१७:०० बजे नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।

 

कैदी मृत्यु,

काठमाण्डौं, नेपाल प्रहरी अनाश्रीत गुल्म जगन्नाथदेवल, काठमाण्डौं म.न.पा.-११ जगन्नाथदेवल स्थित भद्र बन्दी सुधार गृहमा जि. कास्की पोखरा म.न.पा.-०१ स्थायी वतन भएका वर्ष ४० को ला.औ. मुद्दामा थुनामा रहेका प्रतिवादी आनन्द शाही मुटु सम्बन्धी बिरामी भई मिति २०८३।०२।२५ गते शहिद गंगालाल अस्पतालमा भर्ना भई उपचार गराई रहेकोमा उपचारकै क्रममा निज कैदीको मिति २०८३।०४।०३ गते ०९:१८ बजे मृत्यु भएको, साथमा मृतकको भाइ रहेको, कानूनी प्रकृयाको लागि प्रहरी वृत्त महाराजगञ्जबाट प्र.नि.को कमाण्डमा टोलि खटि  गई शव पो.मा.को लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाईएको ।

 

जङ्गली च्याउ खाई बिरामी,

पाल्पा, रामपुर न.पा.-५ बेझाडखेत बस्ने एकै घरका ९ जना च्याउ खाएर बिरामी भई रामपुर अस्पताल पाल्पामा उपचार भईरहेको भनि सोही अस्पतालमा खटिएको प्र.क.मार्फत जानकारी प्राप्त हुनासाथ इ.प्र.का.रामपुरबाट प्र.ना.नि.को कमाण्डमा टोलि खटि गई बुझ्दा बिरामी मध्ये अं.वर्ष ३० को खेम बि.क.(व.प्र.का.वालिङ स्याङ्जा दरबन्दी भई हाल प्रहरी वृत्त बौद्धमा कार्यरत रही हाल घ.बि.आएको) र वर्ष २८ को बिकास बि.क. (प्रहरी वृत्त कीर्तिपुर दरबन्दी भई हाल प्रहरी परिसर काठमाण्डौंमा  कार्यरत रही हाल घ.बि.आएको प्र.ज.) रहेको भन्ने बुझिएको, अवस्था सवैको सामान्य रहेको ।

 

झै-झगडाको क्रममा मनिस मृत्यु,

भक्तपुर, सुर्यविनायक न.पा.७ घ्याम्पेडाँडा स्थित रहेको ऐ.घ्याम्पेडाँडा बस्ने पदम तामाङको साढे दुई तले पक्की घरमा ऐ.घ्याम्पेडाँडा बस्ने दिनेश बमले संचालन गरेको थ्री इडियट्स होटल एण्ड रेष्टुरेन्टमा जन्मदिन मनाउन बसेका साथी-साथी बिच एक-आपसमा सामान्य विवादको क्रममा झै-झगडा हुँदा हो-हल्ला भयो भनि स्थानीयले सम्झाइ बुझाई गर्ने क्रममा विवाद भई झगडा हुँदा जन्मदिन मनाउन साथी आएको जि.बर्दिया घर भई हाल जि.भक्तपुर सल्लाघारी बस्ने अं.वर्ष २६ को राज कार्की भाग्ने क्रममा सोही होटलको २ तले बार्दलीबाट भुइँमा खस्दा गम्भिर घाइते भई उपचारको लागि मध्यपुर अस्पताल ठिमी लगेकोमा उपचारको क्रममा ऐ.०३:१५ बजे चिकित्सक द्वारा मृत घोषणा गरेको, शव सोही अस्पतालमा रहेको, उक्त झै-झगडामा स्थानीय ऐ.सुर्यविनायक न.पा.७ घ्याम्पेडाँडा बस्ने वर्ष २८ को राजन तामाङ समेत ४ जना मानिसहरु समेत घाइते भई उपचारको लागि भक्तपुर अस्पताल दुधपाटी पठाई उपचार भइरहेको, ४ जनाको नै अवस्था गम्भिर रहेको, उक्त स्थानमा प्रहरी वृत्त जगातीबाट प्र.ना.उ.को कमाण्डमा टोलि खटि गएको, उक्त घटनामा संलग्न २७ जना पुरुष र ३ जना महिला समेत गरी ३० जना मानिसहरुलाई अनुसन्धानको लागि नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।

 

शंकास्पद मृत्यु,

भक्तपुर, न.पा.१ स्थित रहेको लुम्बिनी गेष्टहाउसको तेस्रो तलाको ५ नं.कोठामा बस्ने हाल नामथर, वतन नखुलेको अं.वर्ष २० की महिला गेष्टहाउस पछाडी लडिरहेको अवस्थामा फेला परेको भन्ने खबर प्राप्त हुनासाथ प्रभाग दुधपाटीबाट प्र.स.नि.को कमाण्डमा र परिसर भक्तपुरबाट प्र.नि.को कमाण्डमा टोलि खटि गई उपचारको लागि भक्तपुर अस्पताल दुधपाटी पठाएकोमा उपचारको क्रममा ऐ.०३:५० बजे डा.द्धारा मृत्यु घोषणा गरेको, शव सोही अस्पतालमा रहेको, निजको टाउको र नाकबाट रगत बगेको, मृतकसँग सँगै बस्ने जि.पर्सा ठोरी घर भई हाल जि.भक्तपुर सुर्यविनायक बस्ने वर्ष २१ को हिमाल तामाङ समेत ४ जना (२ जना महिला, २ जना पुरुष) मानिसहरुलाई अनुसन्धानको लागि नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।

 

ला.औ./ गोली प्रहार,

काठमाण्डौं, महानगरपालिका वडा नं.१२ टेकु फोहोरमैला गेट नजिक बिषेश सूचनाको आधारमा लागु औषध व्युरोबाट खटिएको प्रहरी टोलिले देश भारत रुपडिया घर हुने वर्ष २६ को राज सोनी, जि.बाँके नेपालगन्ज परकेपुर १७ घर भई बस्ने वर्ष १९ को निखिल सोनी र जिल्ला सुर्खेत पन्चपुरी गा.पा. ५ घर भई बस्ने वर्ष १७ की सोफिया मगरले लागु औषध बोकी हिडेको अवस्थामा फेला पारी निजहरूलाई नियन्त्रण लिन खोज्दा प्रहरी माथि नै हातपात गरेको हुँदा आत्मरक्षक लागि ५ राउण्ड हवाई फायर र २ राउण्ड राज सोनीको घुँडामा गोली प्रहार गरी निजहरुले बोकी राखेको झोला भित्र रहेको Tapentadol नाम गरेको २४,७०० ट्याव्लेट लागु औषध सहित नियन्त्रणमा लिई निखिल सोनी र सोफिया मगरलाई लागु औषध नियन्त्रण व्युरो कोटेश्वर लगिएको, राज सोनीलाई उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर महावौद्द लगेर उपचार भईरहेको, बायाँ घुडा मुनी र दाँया खुट्टाको घुडा माथी गोली लागेको, अवस्था मध्यम ।

 

काठमाण्डौँ, च.न.पा.१४ नैकाप पिपलबोट स्थित सडक खण्डमा १ जना पुरुष ब्यक्तिले ला.औ खरिद बिक्री गर्ने गरेको भनि शसस्त्र प्रहरी बल नेपाल (ईन्टेलिजेन्स) ब्युरोको टोलीबाट सूचना प्राप्त पश्चात वृत्त थानकोटबाट प्र.नि.को कमाण्डमा १० जना प्रहरी टोलि खटि गई ऐ.किर्तिपुर न.पा.९ पागादोबाटो घर हुने वर्ष ३९ को अनिल देउलाले आफ्नो बा ७० प ७८०० नं.को स्कुटरमा हरियो कलरको जेब्रा झोला भित्र लुकाई राखेको अवस्थामा १४,९२० क्याप्सुल ट्रामाडोल फेला परेको ,  निज अनिल देउलाले कोठा डेरा गरी बस्ने का.जि.च.न.पा.१४ स्थित  गायत्री सेढाईको घर कोठामा रहेको निजको कोठा खानतलासी गर्दा कोठा भित्र बाट थप ३,७६७ ।- क्यापसुल ट्रामाडोल , गाजाको धुलो जस्तो देखिने पदार्थ १५ ग्राम र डाईजापाम सेट ३८५ गरी जम्मा ११५५ एम्पल ला.औ समेत फेला पारी उल्लेखित दशी रितपुर्बक बरामद गरी निज देउलालाई प्रहरी वृत्त थानकोटको नियन्त्रणमा लिई  थप अनुसन्धान भईरहेको ।

 

बाँके, नेपालगंज उ.म.न.पा.११ स्थित भित्री सडक खण्डमा बि.पि.चोकबाट त्रिभुवन चोक तर्फ जाँदै गरको चालक जि.दाङ लमहि न.पा.५ बस्ने वर्ष ३५ मधु सुधन पुलामिले चलाएको बा १७ च १४२२ नं.को कारलाई शंकास्पद रुपले चलाएको देखि प्रदेश प्रहरी कार्यालय तुलसिपुर दाङबाट प्र.नि.को कमाण्डमा खटिएको प्रहरी टोलिले रोकि चेकजाँच गर्दा निज चालक मधु सुधन पुलामीको साथबाट ४८ ग्राम ७० मिलिग्राम औषध ब्राउन सुगर फेला पारी उक्त ला.औ. र गाडी सहित निज र सोही गाडीमा सवार ऐ.बस्ने वर्ष २८ को निश्चल के.सि.सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार
मिति २०८३।०५।१५ गते ०५:०० बजे देखि २०८३।०५।१६ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१६

ज.ज.क./बाल यौन दुर्व्यवहार,सिन्धुली, कमलामाई न.पा.४ गणपती होटल पछाडि रहेको झोलुङ्गे पुलमुनि ग्वाङ् खोलामा वर्ष १० की बालिका र निजको साथी वर्ष ९ की बालिका समेत नुहाईरहेको अवस्थामा ऐ.दुधौली न.पा.३ बस्ने वर्ष २३ को भक्त बहादुर कार्कीले आफ्नो कपडा खोली खोला भित्रै पानीमा वर्ष १० की बालिकालाई जबरजस्ती करणी गरेकोमा निज बालिका रोई कराई गरेको अवस्थामा सोही ठाउँमा माछा मार्ने मानिसहरुले देखी निजलाई नियन्त्रणमा लिई प्र.चौ.ढुङ्ग्रेबासमा टे.फो.मार्फत जानकारी गराउनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज भक्त बहादुर कार्कीलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई ऐ.०५/१५ गते दिन ५ म्याद थप गरी अनुसन्धान कार्य भईरहेको,। संखुवासभा, भोटखोला गा.पा.०४ घर भई हाल जि.संखुवासभा मकालु गा.पा.०५ बस्ने अ.वर्ष ४३ को किरण तामाङले वर्ष २७ की महिलालाई ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.नुम संखुवासभाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई  पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको । उदयपुर, न.पा.वडा न.६ शिखरटोल बस्ने वर्ष १५ की  बालिकालाई जिल्ला उदयपुर बेलका न.पा. वडा न.०६ कात्तिके बस्ने वर्ष २१ को लाक्पा तामाङले ज.ज.क गरेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. रामपुरठोक्सिला  उदयपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको,बालिकाको अवस्था सामान्य रहेको । धरिलो हारहतियार प्रहार,बाँके, बैजनाथ गा.पा.८, गुरदयालपुर बस्ने वर्ष ४० की ठगनी थरुनीले निजको श्रीमान वर्ष ४३ को जंग बहादुर थारुलाई घरायसी विवाद हुँदा धारिलो हतियार (बन्चरो) ले टाउकोमा प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.रनियापुरबाट प्र.ह.को कमाण्डमा टोली खटी गई निज घाईतेलाई उपचारको लागी संजिवनी कलेज अफ मेडिकल साईन्सेज प्रा.लि. नेपालगंज, बाँकेमा पठाईएको, अवस्था गम्भीर, निज ठगनी थारू र निजले प्रयोग गरेको हतियार नियन्त्रणमा लिई इ.प्र.का.घनौलीमा पठाईएको,। मुस्ताङ, घरपझोङ गा.पा. वडा नं. २ मार्फा स्थितमा ऐ.बस्ने बर्ष अं. २८ को रोशन मगरले ऐ.ऐ. बस्ने बर्ष अं. २८ को राजेन्द्र परियारलाई धारिलो हतियार खुकुरीले टाउकोमा प्रहार गरी गम्भिर घाईते भएको छ भन्ने जानकारी प्राप्त हुनासाथ जि.प्र.का. मुस्ताङ बाट प्र.नि. ईश्वर महतको ( ९८५६०९१००६ ) कमाण्डमा ७ जनाको टोलि खटिई गई घाईतेलाई मार्फा स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात थप उपचारको लागि प्रदेश अस्पताल जोमसोम मुस्ताङ पठाईएको, धारिलो हतियार खुकुरी प्रहार गर्नुको कारण नखुलेको,दुवै जनाले मा.प.से. गरेको,उपचारमा घाईतेको आफन्त संलग्न, धारिलो हतियार खुकुरी प्रहार गर्ने व्यक्ति,खुकुरी जि.प्र.का. मुस्ताङको नियन्त्रणमा रहेको । ऐ.०३:४३ बजेको समयमा घाईते थप उपचारको लागि पोखरा रिफर भएको, उपचारमा श्रीमती निरमाया परियार (९७६३२७०१५४) संलग्न । हाम फाली बेपत्ता,सोलुखुम्बु, महाकुलुङ गा.पा.-५ चाचालुङ बस्ने सुमित कुलुङकी श्रीमती वर्ष अ.१८ की सम्झना नाछिरीङ राई श्रीमान-श्रीमतीबीच घरायासी विवाद भई श्रीमती ऐ. सोताङ गापा-४, नाम्लुङ माईती घर गएकोले श्रीमान पनि सँगै जाँदै गर्दा ऐ. महाकुलुङ गा.पा.५ र सोताङ गा.पा.४ को सिमाना स्थित गुदुङ खोलाको पुलबाट निज श्रीमती सम्झना नाछिरीङ राईले खोलामा हाम फाली बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. सोताङबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, । लागु औषध,उदयपुर, कटारी न.पा.६ बाँकेटार शान्तिवन स्थित वनभित्र ला.औ. गाँजा ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा इ.प्र.का. कटारीबाट प्र.नि.को कमाण्डमा २० जनाको टोली खटी गई उक्त वनभित्र खो.त.गर्दा बा १६ च ५२६९ नं.को बोलेरो गाडी र गाडी नजिकै जंगलमा विभिन्न स्थानमा लुकाई छिपाई राखेको ला.औ. गाँजा ५२ बोरा शुद्ध तौल ११२२ के.जि. ६७ ग्राम गाँजा र सोही स्थानमा ऐ. ताप्ली गा.पा. १ डाँडागाउँ बस्ने वर्ष ५५ को राम बहादुर मगर सहित ३ जनालाई फेला पारी ला.औ., गाडी सहित  तीनै जनालाई इ.प्र.का. कटारी ल्याई अनुसन्धान भइरहेको, ।  न.प.पश्चिम, नवलपरासी (ब.सु.प.) रामग्राम न.पा.०१ निलोगेट स्थितमा ला.औ.कारोबार भईरहेको भन्ने खबर प्राप्त हुनासाथ ला.औ.नियन्त्रण ब्युरो शाखा कार्यलय भैरहवा रुपन्देहीबाट प्र.ना.नि.को कमाण्डमा २ जना र जि.प्र.का.नवलपरासी (व.सु.प) बाट प्र.ना.नि.को कमाण्डमा ५ जनाको टोली खटी गई परासी देखि सुनवल तर्फ जादै गरेको भारतिय UP 56 AH 6189 न.को मो.सा.लाई रोक्न खोज्दा उक्त मो.सा.नरोकी भाग्ने क्रममा मो.सा.छाडी मो.सा.चालक देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज सेखली बस्ने वर्ष अं. ३३ को गिरिजेस श्रीवास्तव र सोही मो.सा. पछाडी सावर देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज निचलौल बस्ने वर्ष अं. २७ को दिपक भन्ने मिधलेस श्रीवास्तव भाग्दै गर्दा ब्यारेट पेस्तोलबाट ४ राउण्ड हवाई फाएर गरी निजहरुलाई रितपुर्वक नियन्त्रणमा लिई चेकजाँच गर्दा  ब्राउन सुगर जस्तो देखीने खैरो गिलो पदार्थ प्लाष्टिक रहितको तौल १५८ ग्राम नियन्त्रणमा लिई जि.प्र.का. नवलपरासीमा ल्याई राखिएको,चोटपटक कसैलाई केही नभएको ।

मिति २०८३।०५।१४ गते ०५:०० बजे देखि २०८३।०५।१५ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१५

ज.ज.क./बाल यौन दुर्व्यवहार,दाङ, मिति २०८२।११।०४ गते बिहान अं. ०४:०० बजेको समयमा जि. दाङ, राजपुर गा.पा.७ मनोहरा स्थित भैसाहीदेखि भौवानाका जाने बाटोमा पर्ने पुर्णबहादुर रोकाले घर बनाएको पुरानो स्थान नजिकैको जंगलमा ऐ. राजपुर गा.पा.७, भौवानाका बस्ने वर्ष ३७ की महिलालाई ऐ. राजपुर गा.पा.७ भित्री सिक्टा बस्ने वर्ष ३२ को जनक कुमालले ज.ज.क. गरेको भनि आज मिति २०८३।०५।१४ गते १७:३० बजे निज पीडितले आफैं इ.प्र.का. गढवामा लिखित जाहेरी दरखास्त दिएपश्चात् प्र.नि.को कमाण्डमा प्रहरी टोलि खटि गई पिडक जनक कुमाललाई ऐ. गढवा गा.पा.६ गढवा बजारमा हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई आ.अ.कार्य भईरहेको, पीडितको अवस्था सामान्य रहेको र निज पीडित गर्भवती रहेको, पीडित पीडक दुवैको मेडिकल परीक्षण हुन बाँकी रहेको । सिन्धुपाल्चोक, लिसंखुपाखर गा.पा.७ धामीटोल बस्ने वर्ष ३६ को पुरुषले कान्छी श्रीमतीको छोरी वर्ष १७ की बालिकालाई बाल यौन दुर्व्यवहार गर्ने प्रयास गरेको भनि ऐ.१९:०० बजे खबर प्राप्त पश्चात प्र.चौ.ठुलोपाखरबाट प्र.स.नि.को कमाण्डमा टोलि खटि गई पिडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । सुन बरामद,काठमाण्डौं , हिमालयन एयरलाईन्सको उडान द्धारा कतारको हुदै काठमाडौं आएका जिल्ला सर्लाही मलंगवा न.पा.३ बस्ने मोहम्मद जसिम फकिरले  सुनजस्तो देखिने पहेलो धातुको जस्तो देखिने सिक्री थान १ (अं.२५ ग्राम) ल्याएकोमा निजलाई संका लागी सोधपुछ गर्दा निजले भरियाको रुपमा उक्त सुन ल्याएको भनि मुखसावित वताएकोले निजलाई आवश्यक  अनुसन्धानको लागी नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएको कारण दिन एक सुरक्षित साथ राख्नका लागि प्रहरी वृत्त गौशला पठाएको । काठमाण्डौं, का.म.न.पा.९ एयरपोर्ट स्थित हिमालयन एयरलाईन्सको उडान द्धारा कतार हुदै काठमाण्डौ आएका यात्रुहरुलाई प्रयोग गरी नेपालमा सुन ओसारपसार गरी कारोबार गर्ने सिरहा जिल्ला सिरहा न.पा.७ घर भई बस्ने वर्ष ३४ को सन्तोष कुमार यादवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन तर्फको पार्किङ क्षेत्रमा बाह्‍य मुलुकबाट आगमन भएका यात्रुहरुले भन्सार छली गरी ल्याएको सुन जस्तो देखिने पहेँलो धातुको सिक्रि थान १ अं.तौल २५ ग्राम रिसिभ(संकलन) गरी अवैध रूपमा लैजान लागेको अवस्थामा नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएकोले ऐ.१९:३० बजे प्रहरी वृत्त गौशला पठाएको । कैदी मृत्यु,चितवन, चितवन कारागार ल्याएको कर्तव्य ज्यान केसको कैदि वन्दि क्यान्सर विरामी जि.पर्वत फलेवास गा.पा.२ वतन भएको वर्ष ४२ को बिनोद विक्रम कुवर मिति २०८३/०३/२२ गते देखि बि.पि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भई रहेकोमा ऐ.१४ गते उपचारको क्रममा मृत्यु भएको,शव सोहि अस्पतालमा रहेको,आफन्तहरु सगै रहेको । हतकडी सहित मानिस फरार,झापा, बिर्तामोड न.पा.८ स्थित देउनिया नजिकबाट चोरीमा संलग्न ऐ.भद्रपुर न.पा.१० बस्ने बर्ष २४ को सन्देश हस्दालाई अ.प्र.चौ.गरामनीबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलिले नियन्त्रण लिने क्रममा हतकडी सहित फरार भएको हुँदा इ.प्र.का.अनारमनीबाट प्र.ना.उ.को कमाण्डमा, जि.प्र.का.झापाबाट प्र.ना.उ.को कमाण्डमा र मातहत समेतबाट प्रहरी परिचालित गरी चेकिङ सहितको डिउटी निकाली खोजतलास भईरहेको । अस्पतालबाट बच्चा चोरी भएको,पर्सा, जि. सर्लाही  रामनगर गा.पा.३ बहुअर्वा बस्ने रन्जय दासको श्रीमती अं.वर्ष २७ की  रिन्कु देवीले  मिति २०८३/०५/१३ गते अं.२३:०० बजे जि.पर्सा विरगंज म.न.पा.०४ स्थित नारायणी अस्पतालमा शल्यक्रियाबाट नवजात शिशु (छोरा) जन्मिएकोमा ऐ.०५।१४ गते अं.१५:०० बजे अपरिचित अं.वर्ष ३५ की महिलाले बच्चा खेलाउछु भनि शिशुको हजुरआमासँग मागी बच्चा लिई गएकोमा हालसम्म सम्पर्कमा नआएकोले चोरी भएको भनि ऐ.१६:४५ बजे ऐ. अस्पतालमा खटिएको प्र.क.लाई जानकारी गराउनासाथ व.प्र.का.बिर्ताबाट  प्र.नि.को कमाण्डमा टोलि खटि गई बुझ्ने तथा खोजतलास कार्य भईरहेको । लागु औषध,कञ्चनपुर, भि.न.पा.११ होल्डिङ्ग सेन्टर (७ नं.पिल्लर) स्थित इ.प्र.का.गड्डाचौकीबाट प्र.ब.ना.नि.को कमान्डमा खटिएको प्रहरी टोलिले भारतबाट नेपाल आँउदै गरेको से. ६ प १५४९ नं.को मो.सा.चालक जि. कैलाली गोदावारी न.पा.०४ बस्ने अं.वर्ष २६ को प्रभाष मल्ल र सोही मो.सा.मा पछाडी सवार जि. डोटी जोरायल गा.पा.०१ बस्ने अं.बर्ष २६ को बिक्रम पातलीलाई शंका लागी चेकजाँच गर्दा शुद्ध तौल ६.५७ ग्राम खैरो हिरोइन जस्तो देखिने लागुऔषध सहित बरामद गरी आवश्यक कार्बाहीको लागि जि.प्र.का. पठाईएकोमा,  ऐ. १९:३०बजे सोधपुछको क्रममा निज वर्ष २७ को प्रभास मल्ल कम्प्युटर कोड नं.६३६४२ को स.प्र.बल नेपाल नं.३५ गण हे.क्वा. शैलेश्वरी झलारी कञ्चनपुर दरबन्दी भई नं.५२ गुल्म हे.क्वा. डडेल्धुरामा कार्यरत स.प्र.ज. रहेको भन्ने बुझिएको ।  पर्सा, वीरगञ्ज म.न.पा.१६ माईधिया पोखरी अगाडि सडक-खण्डमा बसपार्क तर्फ पैदल आउँदै गरेको देश भारत विहार राज्य जिल्ला पूर्णिया थाना सदर ग्राम हाजिरगञ्ज वडा नं.४५ बस्ने वर्ष १९ को कृष्णा कुजुँर लगायत ३ जना  व्यक्तिहरू माथि शंका लागि जि.प्र.का.बाट खटिएको प्र.नि.को विशेष टोलिले रोकी चेकजाँच गर्दा निजहरूको साथबाट ला.औ.ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ १०० ग्राम फेला पारी बरामद गरी ला.औ. सहित ३ जनालाई  नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।