मिति २०८३।०४।०५ गते ०५:०० बजे देखि २०८३।०४।०६ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु ।
२०८३-०४-०६
- A
- A-
- A+
ज.ज.क./उद्योग/बाल यौन दुर्व्यवहार,
पर्वत, मिति २०८३।०३।३० गते
अं.१५:३० बजे ऐ.मोदी गा.पा. ८ चित्रे बस्ने वर्ष अं. २१ को समिर परियारले ऐ.कुश्मा
न.पा.-३ बस्ने वर्ष १५ की बालिकालाई ललाई फकाई ऐ.कुश्मा न.पा. ५ बन्जि साईड स्थित
रहेको होटल साईनोको कोठामा लगि ज.ज.क. गरेको भनि ऐ.०४।०५ गते अं. १७:३० बजे पीडित पक्षमार्फत खबर प्राप्त
हुनासाथ जि.प्र.का. पर्वतबाट प्र.नि. को
कमाण्डमा टोलि खटि गई अभियुक्तको खोजि कार्य भईरहेको हालसम्म फेला नपरेको ।
प्युठान, मिति २०८३।०४।०१ गते
अं.२२:०० बजे जि.प्युठान गौमुखि गा.पा.५ खुङ मेहलखाल बस्ने वर्ष ६५ को पुरुष
व्यक्तिले आफ्नै छोरीको छोरी नातिनी वर्ष ११ की बालिकालाई ज.ज.क. गरेको भनि मिति
२०८३।०४।०५ गते अं.१६:०० बजे जि.प्र.का.मा जाहेरी दर्खास्त दिए पश्चात इ.प्र.का.
पुजालीबासेबाट प्र.स.नि.को कमाण्डमा टोलि खटि गई निजलाई नियन्त्रणमा लिई थप
अनुसन्धान भईरहेको ।
रुपन्देही, तिलोत्तमा न.पा. ११
भु.पू.सैनिक टोल बस्ने वर्ष ३७ को कृष्ण रानाले देवदह न.पा. ९ भलुहिचर्च नजिक
बाटोमा ऐ.न.पा. १० बस्ने वर्ष १३ की बालिकालाई ज.ज.क. उद्योग गरेको भन्ने खबर
प्राप्त हुनासाथ अ.प्र.चौ. भलुहिबाट प्र.ना.नि. को कमाण्डमा टोलि खटिगई पीडक कृष्ण
राना लाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।
रिभल्बर पेस्तोल र गोली फेला,
मकवानपुर, बागमति गा.पा.९ बेतिनि अगौटे स्थित घरमा पेस्तोल लुकाई छिपाई
राखेको भन्ने विशेष सूचनाको आधारमा इ.प्र.का. फापरबारीबाट प्र.नि.को कमाण्डमा टोलि
खट गई ऐ. अगौटे बस्ने जिवन तुम्सिङ मगरको छोरा रेशम तुम्सिङ मगरको घरमा चेकजाँच गर्दा लुकाई छिपाई राखेको
अवस्थामा HARRINGTON
& RICHARDSON ARMS COMPNY WORCESTER. MASS. U.S.A. PAT. OCT. 4:8ZAPR2:95APR7/96. लेखिएको १ थान सेतो रिभल्बर र ६ राउण्ड
गोली (अन्य हतियारको जस्तो देखिएको) समेत बरामद गरी इ.प्र.का. फापरबारीमा ल्याई
राखिएको , तत्काल
उक्त घरमा कोही पनि नबस्ने भएकोले को-कस्ले कहिले राखेको हो भन्ने सम्बन्धमा थप
अनुसन्धान भईरहेको ।
शंकास्पद मृत्यु,
काठमाडौं, जि.रामेछाप स्थायी घर
भई हाल तार्केश्वर न.पा.-५ बस्ने वर्ष २९ को राजु तामाङ सहित १३ जना साथीहरू घुम्न
आएकोमा दक्षिणकाली न.पा.-५ डल्लुस्थित दक्षिणकाली भिलेज एण्ड रिसोर्ट स्वीमिङपुलमा
निज राजु तामाङ डुबि अचेत अवस्थामा साथीहरूले फेला पारी उद्धार गरी तत्काल उपचारको
लागी बयोधा अस्पताल बल्खु लगिएकोमा उपचारको क्रममा ऐ. ०१:२१ बजे डा.ले मृत घोषणा
गरेको, घुम्न आएका साथीहरू र रिसोर्टको
कर्मचारी गरी १२ जनालाई (५ महिला ७ पुरुष)
आवश्यक सोधपुछको लागि नियन्त्रणमा लिएको , उक्त स्थानमा
इ.प्र.का. फर्पिङबाट प्र.नि.को कमाण्डमा टोलि खटि गएको ।
जली मृत्यु (फुटकर ज्यान),
काठमाडौं, कीर्तिपुर न.पा.१
साङमाङ चोक मार्ग स्थित सार्वजनिक स्थानमा बा ५ च ३०३८ नं.को कारभित्र अचानक
आगलागी भई अं.वर्ष ३५ को जस्तो देखिने पुरुष व्यक्ति जली मृत अवस्थामा फेला परेको, उक्त
स्थानमा प्रहरी वृत्त कीर्तिपुरबाट प्र.ना.उ.को कमाण्डमा टोली खटी गई कानूनी
प्रकृया पुरा गरी ऐ.१३:३५ बजे पो.मा.को लागि त्रि.वि.शिक्षण अस्पताल महाराजगञ्ज
पठाएको, मृतक कीर्तिपुर न.पा.१ बस्ने वर्ष ७१ को सुरेश
चन्द्र श्रेष्ठ हो भनि मृतकको छोरा सुमित चन्द्र श्रेष्ठ बाट सनाखत भएको, कार मृतकको नाममा रहेको ।
ला.औ.,
मोरङ, बिराटनगर म.न.पा.१८
झटियाही बुधनगर स्थित कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर प्रादेशिक अनुसन्धान
समूह (PIT)
बाट प्र.ना.नि.को टोलिले ऐ. बिराटनगर म.न.पा. १८ झटियाही बुधनगर
बस्ने अं. वर्ष ५९ को लाल किशोर यादवको कोठामा खानतलासी गर्दा निजको साथबाट कटुवा
पेस्तो १ थान, गाजाँ ८.४८ ग्राम, ला.औ.
खैरो हिरोईन जस्तो देखिने पदार्थ शुद्व तौल ३ ग्राम ०७ मिलिग्रामसहित फेला पारी
बरामद गरी निजलाई नियन्त्रणमा लिई
इ.प्र.का. रानीमा ल्याई थप अनुसन्धान भईरहेको ।
पर्सा, जगरनाथपुर गा.पा.४
सुहपुर स्थित हुलाकी सडक खण्डमा इ.प्र.का. पटेर्वासुगौलीबाट प्र.नि.को कमाण्डमा
खटिएको टोलीले चितवनबाट भारतको सुगौली तर्फ जाँदै गरको BR06BH5496 नं.को कारलाई रोकी चेकजाँच गर्ने क्रममा पछाडि सिट मुनि सेतो
प्लाष्टिकमा प्याक गरी लुकाई छिपाई राखिएको अवस्थामा ला.औ.गाँजा १९.५ के.जि. सहित
कार चालक देश भारत बिहार सितागढी जिल्ला ग्राम पंचायत तालका डुम्रा वडा नं.३३
बस्ने वर्ष ३४ को रहमद अंसारीलाई नियन्त्रणमा लिई इ.प्र.का.पटेर्वासुगौलीमा ल्याई
थप अनुसन्धान भईरहेको ।
महोत्तरी, बर्दिवास न.पा.३
गौरीडाँडा स्थित अस्थायी ट्राफिक प्रहरी पोष्ट अगाडि बि.पि.राजमार्गमा इ.प्र.का.
बर्दिवासबाट प्र.स.नि. को कमाण्डमा खटिएको टोलिले बिशेष सूचनाको आधारमा चेकजाँच
गर्दा जनकपुरबाट काठमाण्डौ तर्फ जादै गरेको बागमती प्रदेश ०१-००७ ख ८२१ नं.को
हायसमा सवार देश भारत बिहार राज्य जिल्ला मधुबनी ग्राम पंचायत मधवापुर-५ बस्ने
वर्ष २४ को राजा कुमार मण्डलको साथबाट अवैध लागु औषध खैरो हिरोईन जस्तो देखिने
अर्ध ठोस पदार्थ प्लाष्टिक बाहेक शुद्ध तौल २६ ग्राम ९९० मिलिग्राम फेला पारी
निजलाई नियन्त्रणमा लिई इ.प्र.का. बर्दिबासमा ल्याई थप अनुसन्धान भईरहेको ।