मिति २०८३।०४।०६ गते ०५:०० बजे देखि २०८३।०४।०७ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु ।
२०८३-०४-०७
- A
- A-
- A+
कर्तव्य ज्यान,
तेह्रथुम, आठराई गा.पा.६ सिमखर्क
बस्ने गजेन्द्र लिम्बुको श्रीमती अं.वर्ष ५१ की रुपा लिम्बुलाई ऐ. बस्ने अं.वर्ष
३८ को कृष्ण बहादुर लिम्बुले घाँटीमा खुकुरी प्रहार गरेको भन्ने खबर प्राप्त
हुनासाथ प्र.चौ.चुहानडाँडाबाट प्र.स.नि.र इ.प्र.का.आठराईबाट प्र.नि.को कमाण्डमा
टोली खटी गई बुझ्दा निज रुपा लिम्बुको घट्नास्थलमा नै मृत्यु भएको, शवको
कानूनी प्रकृया पुरा गरी पो.मा.को लागि संग्रान्ती आठराई अस्पताल पठाईएको, खुकुरी प्रहार गर्ने व्यक्ति फरार रहेकोमा खो.त.को क्रममा ऐ.२३:३० बजे
प्र.चौ.जोरपोखरी पाँचथरबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलीले निज कृष्ण
बहादुर लिम्बुलाई ऐ.५ सुम्लिबुङ स्थित ऐ.बस्ने कासिनाथ सुहाङ (ससुरा बुवा) को घरमा
लुकिछिपी बसेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई स्वास्थ्य परिक्षण गरी
जि.प्र.का.पाँचथरमा राखीएको,।
महोत्तरी, सोनमा गा.पा.६ तरहारी
टोल बस्ने अं.वर्ष ६० को जुगलकिशोर रायलाई निजकै आफ्नै भाई ऐ.बस्ने अं.वर्ष ५० को
गोखुल रायले खेतमा पानी लगाउने विषयलाइ लिएर कुटपिट गर्दा टाउकोमा चोट लागेको
भन्ने खबर प्राप्त हुन साथ प्र.चौ.मगरथानाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई
घाइते जुगलकिशोर रायलाई उपचारको लागि सरकारी अस्पताल गौशाला पठाई उपचार भइरहेको
उपचारको क्रममा ऐ.०७ गते ००:४६ बजे डाक्टर द्वारा मृत्यु घोषणा गरेको, शव
सोही अस्पतालमा रहेको, इ.प्र.का.गौशालाबाट प्र.नि.को.
कमाण्डमा टोली खटी गई लाश जाँच मुचुल्का तथा थप अनुसन्धान कार्य भइरहेको, कुटपिट गर्ने गोखुल राय फरार, खो.त.कार्य भइरहेको,
।
ज.ज.क./उद्योग/बाल यौन दुर्व्यवहार,
चितवन, कालिका न.पा.१० शेरवाङ
स्थित ऐ.बस्ने अं.वर्ष १३ की बालिकालाई ऐ. बस्ने अं.वर्ष २२ को सुशील राना मगरले
ऐ.०४/०५ गते अं.०८:०० बजे ज.ज.क. गरेको भनी ऐ.६ गते अं.०९:०० बजे प्र.चौ.जुटपानीमा
जानकारी गराउनासाथ प्र.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई
आ.अ.भइरहेको,
।
मोरङ, मिति २०८१।०८।१५ गते
साङकेतिक वतन (०९-MM-च) बस्ने वर्ष ३५ को पुरुष व्यक्तिले आफ्नै छोरी वर्ष १५ की बालिकालाई डर
त्रास देखाई आफ्नै घरको सुत्ने कोठामा ज.ज.क. गरेको भनी पीडितको आफन्तले मिति
२०८३।०४।०६ गते बिहान १०:०० बजे इ.प्र.का.उर्लाबारीमा जाहेरी दिनासाथ प्र.स.नि.को
कमाण्डमा टोली खटी गई पीडकलाई पक्राउ गरी इ.प्र.का.उर्लाबारीमा ल्याई आवश्यक
अनुसन्धान भईरहेको, ।
झापा, कन्काई न.पा.५ सुर्योदय टोल बस्ने वर्ष ४५ को
पुरुष व्यक्तिले झट्केलो छोरी वर्ष १३ की बालिकालाई जबरजस्ती करणी गरेको भनी ऐ.६
गते १६:३० बजे इ.प्र.का.अनारमनीमा जाहेरी दिएकोमा प्र.व.ना.नि.को कमाण्डमा टोली
खटी गई पीडकलाई नियन्त्रणमा लिई इ.प्र.का.अनारमनीमा ल्याई पीडित समेतलाई यौनजन्य
स्वास्थ्य परिक्षणको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाई स्वास्थ्य परिक्षण
पश्चात पीडितलाई आफन्तको जिम्मा लगाएको, अवस्था सामान्य, ।
धारिलो हतियार प्रहार गरी मृत्यु/ झुण्डी मृत्यु,
झापा, दमक न.पा.१ सिरपाली चोक
बस्ने वर्ष ४२ को धन बहादुर दर्जी र निजकै श्रीमती वर्ष ४२ की बिजय कुमारी दर्जी
एक आपसमा बादबिवाद गरी झै-झगडा हुँदा धन बहादुर दर्जीले श्रीमतीलाई खुकुरी प्रहार
गरी श्रीमान सोही घरको अर्को कोठाको सिलिङ पंखामा सलको पासो लगाई झुण्डी रहेको
अवस्थामा फेला परेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.दमकबाट प्र.नि.को
कमाण्डमा टोली खटी गई दुबै घाईतेलाई उपचारको लागि दमक अस्पताल दमक पठाएकोमा ऐ.१५;३० बजे
दुबै जनालाई दमक अस्पताल दमक पुर्याई डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको
हुँदा सम्पूर्ण कानूनी प्रकृया पुरा गरी पो.मा.को लागी सोही अस्पतालमा राखिएको,
।
ला.औ.,
सिरहा, लहान न.पा.३ नया बस्ती
टोल स्थितमा ला.औ.बोकी गाडीमा ल्याउदै गरेको भनी बिशेष सुचनाको आधारमा
इ.प्र.का.लहानबाट प्र.नि.को कमाण्डमा र लागु औषध नियन्त्रण ब्युरो शाखा सिरहाबाट
प्र.स.नि.को कमाण्डमा संयुक्त टोली खटी गई बुझ्दा ऐ.लहान न.पा.३ नयाँ बस्ती टोल
बस्ने श्याम कुमारी साहको घर अगाडी कम्पाउण्डमा पार्किङ गरी राखेको बा.२१.च ५८६६
नं. को योद्धा पिकअप गाडी चेकजाँच गर्दा ६५२ के.जि.ला.औ. गाँजा जस्तो
देखिने पदार्थ फेला पारी उक्त ला.औ.गाँजा जस्तो देखिने पदार्थ र गाडी सहित ऐ.लहान
न.पा.३ नया बस्ती टोल बस्ने अं.वर्ष ३८ की श्याम कुमारी साह समेत ३ जना
मानिसहरुलाई नियन्त्रणमा लिई इ.प्र.का.लहानमा राखी थप अनुसन्धान कार्य भईरहेको,।
मोरङ, विशेष सुचनाको आधारमा
इ.प्र.का.रंगेली र लागु औषध व्युरो विराटनगरबाट खटिएको संयुक्त टोलीले रंगेली
न.पा.७ बसपार्क स्थित हुलाकी सडक छेउमा रोकी राखेका BR38AH7193नं.को मो.सा.मा सवार देश भारत, राज्य विहार, जिल्ला अररिया, थाना सिक्टी, बौकाहा
मझरा बस्ने वर्ष २८ को मोहमद मुन्ना र ऐ.स्थित रोकी राखेको BR38AQ8243 भारतीय नम्बर प्लेट भएको मो.सा.मा सवार ऐ.बस्ने वर्ष २५ को मोहमद मकुललाई
नियन्त्रणमा लिई चेकजाँच गर्दा मोहमद मकुलको साथबाट प्लाष्टिक बाहेक १०१.००
ग्राम लागु पदार्थ खैरो हेरोईन जस्तो देखिने लिसाइलो पदार्थ बरामद गरी दुबै
जनालाई दुबै मो.सा.सहित नियन्त्रणमा लिई इ.प्र.का.रंगेलीमा ल्याई थप अनुसन्धानको
कार्य भईरहेको, उक्त स्थान इ.प्र.का.रंगेलीबाट अं.२
कि.मि.पश्चिम पर्ने ।