प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मिति २०८३।०४।०७ गते ०५:०० बजे देखि २०८३।०४।०८ गते ०५:०० सम्मका मुख्य आराधिक घटनाहरु ।

२०८३-०४-०८

  • A
  • A-
  • A+
Share

कर्तव्य ज्यान,

रुपन्देही, तिलोत्तमा न.पा१० मैनिहवा बस्ने वर्ष २१ को सरोज चौधरी आफ्नै घरको सिंढीबाट तल खस्दा जमिनमा रहेको चक्कुले ढाडमा काटी घाइते भई क्रिमसन हस्पिटल मणिग्राममा उपचार भईरहेको अवस्था गम्भिर रहेको भनि सोही अस्पतालमा कार्यरत प्र.क.ले जानकारी गराए पश्चात उक्त स्थानमा प्र.चौ. महुवारिबाट प्र.स.नि.को कमाण्डमा टोलि खटि गई बुझ्दा निजको बुबा वर्ष अं. ४५ को सहसराम चौधरीले घरायसी विवादका कारण झै-झगडा हुँदा चक्कु प्रहार गरेको भन्ने खुलेको हुँदा निज सहसराम चौधरीलाई नियन्त्रणमा लिई इ.प्र.का. बुटवल पठाईएको, घाइतेको थप उपचारको लागि ऐ. ०९:०० बजे मेडिकल कलेज भैरहवा रिफर भई उपचारको क्रममा ऐ. १६:४० बजे मृत्यु भएको, शव सोही अस्पतालमा रहेकोमा ऐ. १९:३३ बजे शव पो.मा. को लागि भिम अस्पताल भैरहवा पठाईएको, कानूनी प्रक्रिया ऐ. ०८ गते हुने ।

 

ज.ज.क./उद्योग/बाल यौन दुर्व्यवहार,

बर्दिया, बाँसगढी न.पा.९ थुमनी बस्ने वर्ष १५ की बालिकालाई ऐ.न.पा.९ पाहाडीपुर बस्ने अं.वर्ष २६ को सन्दिप परियारले यौन दुर्व्यवहार गरेको भनि ऐ.०७ गते अं.०९:३० बजे प्र.चौ.लक्ष्मणामा जानकारी गराउनासाथ प्र.चौ लक्ष्मणाबाट प्र.स.नि.को कमाण्डमा टोलि खटि गई सन्दिप परियारलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।

 

कैलाली, कैलारी गा.पा. ९ कोइली गाँउ  स्थित ऐ. बस्ने वर्ष ५१ को लैटन चौधरीले घर नजिकै रहेको प्रतिक्षालयमा लगि ऐ. बस्ने वर्ष ९ की बालिकालाई ज.ज.क.गर्ने प्रयास गरेको भनि ऐ.०७ गते १२:२५ बजे निजको आमाले जि.प्र.का.कैलालीमा जाहेरी दिनासाथ इ.प्र.का.हसुलियाबाट प्र.व.ना.नि. को कमाण्डमा टोलि खटि गई पीडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।

 

इलाम, देउमाइ न.पा. ५ सिंहलप्पा बस्ने अं. वर्ष ९ की बालिकालाई ऐ. बस्ने नातामा दाई पर्ने अं. वर्ष ३१ को पुरूषले पीडितकै घरमा ज.ज.क. गरेको भनि पीडितको बुवाले ऐ. ०७ गते १८:०० बजे इ.प्र.का. मंगलबारेमा लिखित जाहेरी दिनासाथ प्र.स.नि. को कमाण्डमा टोलि खटि गई पीडकको खोजतलास गर्ने क्रममा निजकै घर वतनबाट फेला पारी नियन्त्रणमा लिई इ.प्र.का. मंगलबारेमा ल्याई थप अनुसन्धान भईरहेको ।

 

इलाम, माङसेबुङ गा.पा.-२ पावा बस्ने अं. वर्ष ४४ की महिलालाई गाउँबाट घर फर्कने क्रममा निजकै जेठाजु नाता पर्ने ऐ. बस्ने अं. वर्ष ४६ को पुरूषले पीडितको घर नजिकै गोरेटो बाटोमा ज.ज.क. उद्योग गरेको भनि ऐ. ०७ गते १६:३० बजे पीडित आफैले इ.प्र.का. मंगलबारेमा लिखित जाहेरी दिनासाथ प्र.चौ. इभाङबाट प्र.स.नि.को कमाण्डमा टोलि खटि गई पीडकलाई निजकै घर वतनबाट फेला पारी नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।

 

हुम्ला, मिति २०८३।०४।०६ गते अ. १८:०० बजेको समयमा जि. हुम्ला सर्केगार्ड गा.पा. ४ डाडाँसाय बस्ने अं.वर्ष ९ की बालिकालाई ऐ.ऐ.२ रिपगाउँ बस्ने अ. वर्ष २८ को मेख कार्कीले मा.प.से. गरी पीडितको आफ्नै होटलमा आई ललाई फकाई गरी ज.ज.क. उद्योग गरेको भनि पीडितको बुबाले प्र.चौ. सर्केदेउमा जानकारी गराउनासाथ उक्त स्थानमा जि.प्र.का. हुम्लाबाट प्र.नि.को कमाण्डमा टोलि खटि गई निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।

 

ठगी,

मकवानपुर, हेटौंडा उ.म.न.पा.-१० TCN रोड स्थितमा रहेको बास्तोला होटलमा विगत ६ महिनादेखि केही भारतीय नागरिकहरु बसोबास गर्दै अनलाईनको माध्यमबाट ठगि गर्ने गरेको भनि प्राप्त सूचनाको आधारमा जि.प्र.का.मकवानपुर र व.प्र.का. सानोपोखराबाट प्र.नि. को कमाण्डमा खटि गएको टोलिले ऐ. ०४।०७ गते बिहान ०९:०० बजे उक्त होटलको ३०२ नं. को कोठाबाट देश भारत बिहार राज्य पटना बस्ने वर्ष २७ का ईन्द्रजित सरकार लगायत ३ जना भारतीय नागरिकहरु र बास्तोला होटल संचालक जि. मकवानपुर हेटौंडा उ.म.न.पा.-१० TCN रोड घर भई होटल संचालक वर्ष ३७ को दिपक बास्तोला समेतलाई नियन्त्रणमा लिई जि.प्र.का. मकवानपुरमा ल्याई निजहरुले प्रयोग गर्ने विद्युतीय डिभाईसहरु समेतको प्रारम्भिक अनुसन्धान तथा सोधपुछ गर्दा नियन्त्रणमा लिईएका भारतीय नागरिक ईन्द्रजित सरकारले आफुहरुले विभिन्न भारतीय नागरिकहरुलाई प्रलोभन देखाई बैंक खाताको Access लिने र उक्त खातामा ठगिको रकम कारोबार गरे बापतको कमिशन लिने गरेको भनि स्वीकार गरेकोले निजहरुले प्रयोग गर्ने डिभाईसहरुमा नेपाल सरकारले प्रतिबन्ध गरेका Binance app द्धारा क्रिप्टो करेन्सी ( USDT) लगायतको Apps हरु मार्फत शंकास्पद कारोवारहरु भएको, विभिन्न व्यवसायी तथा व्यक्तिहरुको Phone pay QR समेत भेटिएकोले निजहरु उपर थप अनुसन्धान भईरहेको, बरामदी सामानहरु:- HP ब्राण्डका ल्यापटप १ थान, Samsung A23 5G, Vivo T4x5G गरी २ थान मोबाईल र कागजपत्र १ सेट, Appo F29 मोडेलको मोबाईल १ थान, IPhone 17 pro, Redmi note 9 pro र Samsung tab १ थान गरी ३ थान मोबाईल, कागजपत्रको १ सेट, IPhone X १ थान समेत नियन्त्रमा लिएको ।

 

हातहतियार बरामद,

पाँचथर, कुम्मायक गा.पा.२ गौरी गाँउ स्थितमा भरूवा बन्दुक २ राउण्ड पड्किएको जस्तो आवाज सुनी त्यस  तर्फ प्र.चौ.माङ्जाबुङबाट प्र.स.नि.को कमाण्डमा टोलि खटि गई बुझ्दा ऐ.बस्ने अं.वर्ष ४० को चोक कुमार शेर्माले  भरूवा बन्दुक १ थान बोकी आउँदै गरेको अवस्थामा निजलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा  भरूवा बन्दुक १ थान र ऐ.को छर्रा गोली ४ थान  फेला पारी भरूवा बन्दुक सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।

 

गोली सहित मानिस नियन्त्रणमा,

काठमाडौं, का.म.न.पा.-१ नक्साल ज्यापुटोल घर भई हाल गोकर्णेश्वर न.पा.-५ जोरपाटी टेलिकम नजिक राजेश खड्कीको ३ तले घरको भुई तलामा डेरा गरी बस्ने वर्ष ४३ को बिकाश महर्जनलाई प्र.चौ. जोरपाटीबाट प्र.स.नि.को कमाण्डमा खटि गएको टोलिले ग्यास सिलिण्डर चोरी गर्ने भन्ने शंकाको आधारमा निजको कोठा चेकजाँच गर्दा निजको कोठाबाट  SLR को ६ राउण्ड गोलि फेलापारी बरामद गरी निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको।

 

सुन बरामद,

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन (Arrival) भन्सार क्षेत्र स्थित यात्रुहरुको नियमित सुरक्षा जाँच (X-ray Machine Screening) गर्ने क्रममा कतार दोहा हुँदै कतार एयरवेज बाट काठमाडौं आएका जि. गोरखा गोरखा न.पा.-१३ हाल सातदोबाटो बस्ने वर्ष ३१ को श्रीकृष्ण नेपाली (राहदानी नं.११५०८११०) ले घाँटीमा २० ग्रामको सुन जस्तो देखिने पहेलो धातुको सिक्री थान-१ र ३.५ ग्रामको सुनजस्तो देखिने पहेलो धातुको तिलहरी लुकाई छिपाई राखेको थान-१, जि. क़ञ्चनपुर भिमदत्त न.पा.-६ सुखसाल बस्ने वर्ष ४५ उद्धव चन्द (राहदानी नं. PA४६३५६२३) ले घाँटीमा २० ग्रामको सुनजस्तो देखिने पहेलो धातुको सिक्री थान-१ र ३.५ ग्रामको सुनजस्तो देखिने पहेलो धातुको तिलहरी लुकाई छिपाई राखेको थान-१ र जि. सर्लाही बागमती न.पा.-९ शंकरपुर बस्ने ४१ को राम विनय राय यादव (राहदानी नं. PA२२७५९३६) ले घाँटीमा २० ग्रामको सुनजस्तो देखिने पहेलो धातुको सिक्री थान-१ र ३.५ ग्रामको सुनजस्तो देखिने पहेलो धातुको तिलहरी लुकाई छिपाई राखेको थान-१ फेला परेकोले तीनै जना मानिसहरुलाई सोधपुछ गर्दा प्रारम्भमा वास्तविक विवरण नदिई शंकास्पद तथा विरोधाभासपूर्ण जवाफ दिएकोले थप बुझ्दै जाँदा निजले उक्त सुनजस्तो देखिने धातुका गर-गहनाहरु आफ्नै नभई अन्य व्यक्तिको आग्रहमा नेपाल ल्याई दिएबापत ज्याला (पारिश्रमिक) लिने उद्देश्यले बोकी ल्याएको भन्ने खुल्न आएको हुँदा सुनजस्तो देखिने धातुका गरगहना सहित भन्सार कार्यालय बन्द भएकोले निजलाई  दिन १ सुरक्षित साथ राख्न प्र. वृत्त गौशाल पठाईएको ।

 

ला.औ.,

सिरहा, लहान न.पा.-३  हस्पिटल चौक स्थितमा ला.औ. को कारोबार भईरहेको भन्ने विशेष सूचनाको अधारमा ला.औ. ब्युरो कोटेश्वरबाट र इ.प्र.का. लहानबाट प्र.नि.को कमाण्डमा खटि गएको संयुक्त टोलिले जि.प्र.का. सिरहासँग समन्वय गरी २ वटा मो.सा.मा  शंकास्पद अवस्थामा आएका ६ जना व्यक्तिहरुलाई रोकी चेकजाँच गर्ने क्रममा निज मानिसहरू भागी प्रतिकार गर्न खोज्दा ला.औ. ब्युरो कोटेश्वरबाट प्र.नि.को कमाण्डमा खटि गएको टोलीले  BERETTA  पेस्तोलबाट ७ राउण्ड गोली प्रहार गरी ६ जना मानिसहरु  र २ वटा मो.सा. (स. १ प ८०५ र स. ३ प ८१८५) लाई नियन्त्रणमा लिएको, नियन्त्रण लिएको मध्ये जि. सप्तरी रुपनी गा.पा.-१ रुपनी बजार बस्ने अं. वर्ष ४२ को मो. नसिरको बाँया खुट्टाको घुडा मुनी गोलि लागेको, अवस्था सामान्य,  निजको साथबाट १२३ ग्राम ला.औ. ब्राउन सुगर फेला परेको र देश भारत बिहार राज्य जिल्ला मधुबनी थाना लदनिया जिगिया बस्ने अं. वर्ष २४ को विद्यान्नद यादवको दाहिने खुट्टाको घुँडा मुनिमा गोली लागेको, अवस्था सामान्य निजको साथबाट १२० ग्राम ला.औ. ब्राउन सुगर (जम्मा प्लाष्टिक वाहेक एकमुष्ट २४० ग्राम रहेको) फेला परेकोले दुबै जनालाई १/१ राउण्ड गोली लागी घाईते भएको, उपचारको लागि प्रादेशिक अस्पताल लहान तर्फ पठाईएको, अन्य ४ जनालाई नियन्त्रणमा लिई लिई थप अनुसन्धान भईरहेको ।

 

दार्चुला, मालिकार्जुन गा.पा.-८ धामिगडा स्थित जि.प्र.का. दार्चुलाबाट प्र.स.नि.को कमाण्डमा खटि गएको टोलिले ऐ. मालिकार्जुन गा.पा.-८ धामिगडा बस्ने अं. वर्ष ६० को गगन सिंह बोहराले संचालन गरेको भगवती खुद्रा पसलमा चेकजाँच गर्दा पसलको गल्लामा कपडाको सानो सेतो रङको थैलीभित्र र आफु सुत्ने कोठाको र्‍याकमा लुकाई छिपाई राखेको अवस्थामा ला.औ. (चरेश जस्तो देखिने कालो पदार्थ) शुद्व तौल १३० ग्राम  र गाँजा प्लाष्टिक सहित १५१ ग्राम फेला पारी रितपूर्वक बरामद गरी निजलाई पक्राउ गरी थप लिई थप अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार
मिति २०८३।०५।१५ गते ०५:०० बजे देखि २०८३।०५।१६ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१६

ज.ज.क./बाल यौन दुर्व्यवहार,सिन्धुली, कमलामाई न.पा.४ गणपती होटल पछाडि रहेको झोलुङ्गे पुलमुनि ग्वाङ् खोलामा वर्ष १० की बालिका र निजको साथी वर्ष ९ की बालिका समेत नुहाईरहेको अवस्थामा ऐ.दुधौली न.पा.३ बस्ने वर्ष २३ को भक्त बहादुर कार्कीले आफ्नो कपडा खोली खोला भित्रै पानीमा वर्ष १० की बालिकालाई जबरजस्ती करणी गरेकोमा निज बालिका रोई कराई गरेको अवस्थामा सोही ठाउँमा माछा मार्ने मानिसहरुले देखी निजलाई नियन्त्रणमा लिई प्र.चौ.ढुङ्ग्रेबासमा टे.फो.मार्फत जानकारी गराउनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज भक्त बहादुर कार्कीलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई ऐ.०५/१५ गते दिन ५ म्याद थप गरी अनुसन्धान कार्य भईरहेको,। संखुवासभा, भोटखोला गा.पा.०४ घर भई हाल जि.संखुवासभा मकालु गा.पा.०५ बस्ने अ.वर्ष ४३ को किरण तामाङले वर्ष २७ की महिलालाई ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.नुम संखुवासभाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई  पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको । उदयपुर, न.पा.वडा न.६ शिखरटोल बस्ने वर्ष १५ की  बालिकालाई जिल्ला उदयपुर बेलका न.पा. वडा न.०६ कात्तिके बस्ने वर्ष २१ को लाक्पा तामाङले ज.ज.क गरेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. रामपुरठोक्सिला  उदयपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको,बालिकाको अवस्था सामान्य रहेको । धरिलो हारहतियार प्रहार,बाँके, बैजनाथ गा.पा.८, गुरदयालपुर बस्ने वर्ष ४० की ठगनी थरुनीले निजको श्रीमान वर्ष ४३ को जंग बहादुर थारुलाई घरायसी विवाद हुँदा धारिलो हतियार (बन्चरो) ले टाउकोमा प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.रनियापुरबाट प्र.ह.को कमाण्डमा टोली खटी गई निज घाईतेलाई उपचारको लागी संजिवनी कलेज अफ मेडिकल साईन्सेज प्रा.लि. नेपालगंज, बाँकेमा पठाईएको, अवस्था गम्भीर, निज ठगनी थारू र निजले प्रयोग गरेको हतियार नियन्त्रणमा लिई इ.प्र.का.घनौलीमा पठाईएको,। मुस्ताङ, घरपझोङ गा.पा. वडा नं. २ मार्फा स्थितमा ऐ.बस्ने बर्ष अं. २८ को रोशन मगरले ऐ.ऐ. बस्ने बर्ष अं. २८ को राजेन्द्र परियारलाई धारिलो हतियार खुकुरीले टाउकोमा प्रहार गरी गम्भिर घाईते भएको छ भन्ने जानकारी प्राप्त हुनासाथ जि.प्र.का. मुस्ताङ बाट प्र.नि. ईश्वर महतको ( ९८५६०९१००६ ) कमाण्डमा ७ जनाको टोलि खटिई गई घाईतेलाई मार्फा स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात थप उपचारको लागि प्रदेश अस्पताल जोमसोम मुस्ताङ पठाईएको, धारिलो हतियार खुकुरी प्रहार गर्नुको कारण नखुलेको,दुवै जनाले मा.प.से. गरेको,उपचारमा घाईतेको आफन्त संलग्न, धारिलो हतियार खुकुरी प्रहार गर्ने व्यक्ति,खुकुरी जि.प्र.का. मुस्ताङको नियन्त्रणमा रहेको । ऐ.०३:४३ बजेको समयमा घाईते थप उपचारको लागि पोखरा रिफर भएको, उपचारमा श्रीमती निरमाया परियार (९७६३२७०१५४) संलग्न । हाम फाली बेपत्ता,सोलुखुम्बु, महाकुलुङ गा.पा.-५ चाचालुङ बस्ने सुमित कुलुङकी श्रीमती वर्ष अ.१८ की सम्झना नाछिरीङ राई श्रीमान-श्रीमतीबीच घरायासी विवाद भई श्रीमती ऐ. सोताङ गापा-४, नाम्लुङ माईती घर गएकोले श्रीमान पनि सँगै जाँदै गर्दा ऐ. महाकुलुङ गा.पा.५ र सोताङ गा.पा.४ को सिमाना स्थित गुदुङ खोलाको पुलबाट निज श्रीमती सम्झना नाछिरीङ राईले खोलामा हाम फाली बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. सोताङबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, । लागु औषध,उदयपुर, कटारी न.पा.६ बाँकेटार शान्तिवन स्थित वनभित्र ला.औ. गाँजा ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा इ.प्र.का. कटारीबाट प्र.नि.को कमाण्डमा २० जनाको टोली खटी गई उक्त वनभित्र खो.त.गर्दा बा १६ च ५२६९ नं.को बोलेरो गाडी र गाडी नजिकै जंगलमा विभिन्न स्थानमा लुकाई छिपाई राखेको ला.औ. गाँजा ५२ बोरा शुद्ध तौल ११२२ के.जि. ६७ ग्राम गाँजा र सोही स्थानमा ऐ. ताप्ली गा.पा. १ डाँडागाउँ बस्ने वर्ष ५५ को राम बहादुर मगर सहित ३ जनालाई फेला पारी ला.औ., गाडी सहित  तीनै जनालाई इ.प्र.का. कटारी ल्याई अनुसन्धान भइरहेको, ।  न.प.पश्चिम, नवलपरासी (ब.सु.प.) रामग्राम न.पा.०१ निलोगेट स्थितमा ला.औ.कारोबार भईरहेको भन्ने खबर प्राप्त हुनासाथ ला.औ.नियन्त्रण ब्युरो शाखा कार्यलय भैरहवा रुपन्देहीबाट प्र.ना.नि.को कमाण्डमा २ जना र जि.प्र.का.नवलपरासी (व.सु.प) बाट प्र.ना.नि.को कमाण्डमा ५ जनाको टोली खटी गई परासी देखि सुनवल तर्फ जादै गरेको भारतिय UP 56 AH 6189 न.को मो.सा.लाई रोक्न खोज्दा उक्त मो.सा.नरोकी भाग्ने क्रममा मो.सा.छाडी मो.सा.चालक देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज सेखली बस्ने वर्ष अं. ३३ को गिरिजेस श्रीवास्तव र सोही मो.सा. पछाडी सावर देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज निचलौल बस्ने वर्ष अं. २७ को दिपक भन्ने मिधलेस श्रीवास्तव भाग्दै गर्दा ब्यारेट पेस्तोलबाट ४ राउण्ड हवाई फाएर गरी निजहरुलाई रितपुर्वक नियन्त्रणमा लिई चेकजाँच गर्दा  ब्राउन सुगर जस्तो देखीने खैरो गिलो पदार्थ प्लाष्टिक रहितको तौल १५८ ग्राम नियन्त्रणमा लिई जि.प्र.का. नवलपरासीमा ल्याई राखिएको,चोटपटक कसैलाई केही नभएको ।

मिति २०८३।०५।१४ गते ०५:०० बजे देखि २०८३।०५।१५ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१५

ज.ज.क./बाल यौन दुर्व्यवहार,दाङ, मिति २०८२।११।०४ गते बिहान अं. ०४:०० बजेको समयमा जि. दाङ, राजपुर गा.पा.७ मनोहरा स्थित भैसाहीदेखि भौवानाका जाने बाटोमा पर्ने पुर्णबहादुर रोकाले घर बनाएको पुरानो स्थान नजिकैको जंगलमा ऐ. राजपुर गा.पा.७, भौवानाका बस्ने वर्ष ३७ की महिलालाई ऐ. राजपुर गा.पा.७ भित्री सिक्टा बस्ने वर्ष ३२ को जनक कुमालले ज.ज.क. गरेको भनि आज मिति २०८३।०५।१४ गते १७:३० बजे निज पीडितले आफैं इ.प्र.का. गढवामा लिखित जाहेरी दरखास्त दिएपश्चात् प्र.नि.को कमाण्डमा प्रहरी टोलि खटि गई पिडक जनक कुमाललाई ऐ. गढवा गा.पा.६ गढवा बजारमा हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई आ.अ.कार्य भईरहेको, पीडितको अवस्था सामान्य रहेको र निज पीडित गर्भवती रहेको, पीडित पीडक दुवैको मेडिकल परीक्षण हुन बाँकी रहेको । सिन्धुपाल्चोक, लिसंखुपाखर गा.पा.७ धामीटोल बस्ने वर्ष ३६ को पुरुषले कान्छी श्रीमतीको छोरी वर्ष १७ की बालिकालाई बाल यौन दुर्व्यवहार गर्ने प्रयास गरेको भनि ऐ.१९:०० बजे खबर प्राप्त पश्चात प्र.चौ.ठुलोपाखरबाट प्र.स.नि.को कमाण्डमा टोलि खटि गई पिडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । सुन बरामद,काठमाण्डौं , हिमालयन एयरलाईन्सको उडान द्धारा कतारको हुदै काठमाडौं आएका जिल्ला सर्लाही मलंगवा न.पा.३ बस्ने मोहम्मद जसिम फकिरले  सुनजस्तो देखिने पहेलो धातुको जस्तो देखिने सिक्री थान १ (अं.२५ ग्राम) ल्याएकोमा निजलाई संका लागी सोधपुछ गर्दा निजले भरियाको रुपमा उक्त सुन ल्याएको भनि मुखसावित वताएकोले निजलाई आवश्यक  अनुसन्धानको लागी नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएको कारण दिन एक सुरक्षित साथ राख्नका लागि प्रहरी वृत्त गौशला पठाएको । काठमाण्डौं, का.म.न.पा.९ एयरपोर्ट स्थित हिमालयन एयरलाईन्सको उडान द्धारा कतार हुदै काठमाण्डौ आएका यात्रुहरुलाई प्रयोग गरी नेपालमा सुन ओसारपसार गरी कारोबार गर्ने सिरहा जिल्ला सिरहा न.पा.७ घर भई बस्ने वर्ष ३४ को सन्तोष कुमार यादवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन तर्फको पार्किङ क्षेत्रमा बाह्‍य मुलुकबाट आगमन भएका यात्रुहरुले भन्सार छली गरी ल्याएको सुन जस्तो देखिने पहेँलो धातुको सिक्रि थान १ अं.तौल २५ ग्राम रिसिभ(संकलन) गरी अवैध रूपमा लैजान लागेको अवस्थामा नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएकोले ऐ.१९:३० बजे प्रहरी वृत्त गौशला पठाएको । कैदी मृत्यु,चितवन, चितवन कारागार ल्याएको कर्तव्य ज्यान केसको कैदि वन्दि क्यान्सर विरामी जि.पर्वत फलेवास गा.पा.२ वतन भएको वर्ष ४२ को बिनोद विक्रम कुवर मिति २०८३/०३/२२ गते देखि बि.पि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भई रहेकोमा ऐ.१४ गते उपचारको क्रममा मृत्यु भएको,शव सोहि अस्पतालमा रहेको,आफन्तहरु सगै रहेको । हतकडी सहित मानिस फरार,झापा, बिर्तामोड न.पा.८ स्थित देउनिया नजिकबाट चोरीमा संलग्न ऐ.भद्रपुर न.पा.१० बस्ने बर्ष २४ को सन्देश हस्दालाई अ.प्र.चौ.गरामनीबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलिले नियन्त्रण लिने क्रममा हतकडी सहित फरार भएको हुँदा इ.प्र.का.अनारमनीबाट प्र.ना.उ.को कमाण्डमा, जि.प्र.का.झापाबाट प्र.ना.उ.को कमाण्डमा र मातहत समेतबाट प्रहरी परिचालित गरी चेकिङ सहितको डिउटी निकाली खोजतलास भईरहेको । अस्पतालबाट बच्चा चोरी भएको,पर्सा, जि. सर्लाही  रामनगर गा.पा.३ बहुअर्वा बस्ने रन्जय दासको श्रीमती अं.वर्ष २७ की  रिन्कु देवीले  मिति २०८३/०५/१३ गते अं.२३:०० बजे जि.पर्सा विरगंज म.न.पा.०४ स्थित नारायणी अस्पतालमा शल्यक्रियाबाट नवजात शिशु (छोरा) जन्मिएकोमा ऐ.०५।१४ गते अं.१५:०० बजे अपरिचित अं.वर्ष ३५ की महिलाले बच्चा खेलाउछु भनि शिशुको हजुरआमासँग मागी बच्चा लिई गएकोमा हालसम्म सम्पर्कमा नआएकोले चोरी भएको भनि ऐ.१६:४५ बजे ऐ. अस्पतालमा खटिएको प्र.क.लाई जानकारी गराउनासाथ व.प्र.का.बिर्ताबाट  प्र.नि.को कमाण्डमा टोलि खटि गई बुझ्ने तथा खोजतलास कार्य भईरहेको । लागु औषध,कञ्चनपुर, भि.न.पा.११ होल्डिङ्ग सेन्टर (७ नं.पिल्लर) स्थित इ.प्र.का.गड्डाचौकीबाट प्र.ब.ना.नि.को कमान्डमा खटिएको प्रहरी टोलिले भारतबाट नेपाल आँउदै गरेको से. ६ प १५४९ नं.को मो.सा.चालक जि. कैलाली गोदावारी न.पा.०४ बस्ने अं.वर्ष २६ को प्रभाष मल्ल र सोही मो.सा.मा पछाडी सवार जि. डोटी जोरायल गा.पा.०१ बस्ने अं.बर्ष २६ को बिक्रम पातलीलाई शंका लागी चेकजाँच गर्दा शुद्ध तौल ६.५७ ग्राम खैरो हिरोइन जस्तो देखिने लागुऔषध सहित बरामद गरी आवश्यक कार्बाहीको लागि जि.प्र.का. पठाईएकोमा,  ऐ. १९:३०बजे सोधपुछको क्रममा निज वर्ष २७ को प्रभास मल्ल कम्प्युटर कोड नं.६३६४२ को स.प्र.बल नेपाल नं.३५ गण हे.क्वा. शैलेश्वरी झलारी कञ्चनपुर दरबन्दी भई नं.५२ गुल्म हे.क्वा. डडेल्धुरामा कार्यरत स.प्र.ज. रहेको भन्ने बुझिएको ।  पर्सा, वीरगञ्ज म.न.पा.१६ माईधिया पोखरी अगाडि सडक-खण्डमा बसपार्क तर्फ पैदल आउँदै गरेको देश भारत विहार राज्य जिल्ला पूर्णिया थाना सदर ग्राम हाजिरगञ्ज वडा नं.४५ बस्ने वर्ष १९ को कृष्णा कुजुँर लगायत ३ जना  व्यक्तिहरू माथि शंका लागि जि.प्र.का.बाट खटिएको प्र.नि.को विशेष टोलिले रोकी चेकजाँच गर्दा निजहरूको साथबाट ला.औ.ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ १०० ग्राम फेला पारी बरामद गरी ला.औ. सहित ३ जनालाई  नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।