मिति २०८३।०४।०८ गते ०५:०० बजे देखि २०८३।०४।०९ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु ।
२०८३-०४-०९
- A
- A-
- A+
कर्तव्य ज्यान,
रौतहट, गुजरा न.पा.५ हरिहरपुर
टोल बस्ने चन्देशवर साह कालवारको श्रीमती अं.वर्ष ४५ की रेनु देवी जयसवाललाई
जि.बारा करैयामाई गा.पा.८ ईटहर बेलाही टोल घर भई हाल गुजरा न.पा.५ हरिहरपुर टोल
बस्ने अं.वर्ष ३५ को उपेन्द्र साह कलवारले धारिलो हतियार (खुकुरी) प्रहार गर्दा
रेनु देवी जयसवालको घटनास्थलमा मृत्यु भएको, खुकुरी प्रहार गर्ने उपेन्द्र
साह कलवारलाई स्थानीयहरुले कुटपिट गरी घाईते भई उपचारको लागि चन्द्रपुर अस्पताल
चन्द्रनिगाहपुर लगेकोमा ऐ.१२:१० बजे थप उपचारको लागि प्र.क.को जिम्मा लगाइ नारायणी
अस्पताल बिरगंज पर्सा लगिएको, अवस्था गम्भीर, उक्त स्थानमा प्र.चौ.हरिनगरबाट प्र.स.नि.को कमाण्डमा, इ.प्र.का.लक्ष्मिनिया बिजयपुरबाट प्र.नि.को कमाण्डमा र सशस्त्र प्रहरी बल
नेपाल जंगलसैयाबाट स.प्र.ना.नि.को कमाण्डमा टोली खटी गई मुचुल्का कार्य पश्चात शव
पो.मा.को लागि सरकारी अस्पताल चपुर पठाएको, मृतकको श्रीमान
कामको सिलसिलामा काठमाण्डौमा रहेको भन्ने बुझिएको, धारिलो
हतियार (खुकुरी) इ.प्र.का.लक्ष्मिनिया बिजयपुरमा ल्याई राखिएको, ।
फुटकर ज्यान,
मोरङ, सुनबर्षी न.पा. ०९
डाइनिया मुस्लिम टोल बस्ने जफारुल मियाको छोरी अं.वर्ष ४ की कायानत खातुन
(बालिका)घर देखि अं.२००मिटर पूर्व घन्सीबारी भित्र (घांसको झाडी) मृत अबस्थामा
फेला परेको भनि स्थानिय मार्फत खबर प्राप्त हुनासाथ प्र.चौ. डाइनियाबाट
प्र.व.ना.नि.को कमाण्डमा टोली खटि गइ घटनास्थल सुरक्षित राखिएको, थप
अनुसन्धान तथा कानुनी प्रक्रियाको लागि इ.प्र.का. रंगेलीबाट प्र.नि. को कमाण्डमा SOCO
सहितको टोली खटि गएको, ऐ.२१:४० बजे थप
अनुसन्धानको लागि जि.प्र.का. मोरङबाट प्र.उ. को कमाण्डमा टोली खटि गई कानुनी
प्रक्रिया पुरा गरी ऐ. २३:२५ बजे पो.मा.को लागी बि.पि. कोइराला स्वास्थ्य
प्रतिष्ठान घोपा, धरान तर्फ पठाइएको ।
(नक्कली रिवल्भर) सहित मानिस नियन्त्रण,
रुपन्देही, सिद्धार्थनगर न.पा. १३
घर भई हाल ऐ.ओमसतिया गा.पा. ४ बालापुर स्थित सरस्वती धवलको घरमा कोठा भाडा लिई
बस्दै आएका वर्ष ४९ को राकेश प्रताप राणाले भैरहवा स्थित बजारमा “म
जि.प्र.का.रुपन्देहीको घुमुवा हुँ” भनि पेस्तोल देखाई बजारमा
रु १०,०००।- (दश हजार) पैसा माग गर्दै गरेको भन्ने खबर
प्राप्त हुनासाथ जि.प्र.का रुपन्देहीबाट प्र.नि. को कमाण्डमा टोली खटी गई निजलाई
ऐ. न.पा.१३ शान्तिनगरमा फेला पारी नियन्त्रणमा लिई निजको शरिर तथा निज बस्ने कोठा खानतलासी गर्दा
निजले कोठामा लुकाई छिपाई राखेको नक्कली रिभल्वर थान १ (एक), सवारी चालक अनुमतिपत्र थान १(एक), लागु औषध
(गाँजा)जस्तो देखिने पदार्थ तौल गर्दा प्लास्टिक सहित ५०० ग्राम, VIVO कम्पनीको Android मोबाईल थान १ (एक) र नेपाली नो ट
रु २,६००।- (दुई हजार सय) फेला पारी बरामद गरी जि.प्र.का
रुपन्देहीमा राखि अनुसन्धान भइरहेको, ।
नगद सहित मानिस नियन्त्रण,
सर्लाही, मलंगवा न.पा.०९ स्थित
कृष्णामती मा.बि.अगाडी भित्री सडक खण्डमा बिशेष सुचनाको आधारमा जि.प्र.का.
सर्लाहीबाट प्र.नि.को कमाण्डमा खटीएको टोलीले शंकास्पद रकम लिई भारतबाट नेपाल तर्फ
आउदै गरेको ऐ. न.पा.४ बस्ने बर्ष अं.३६ को बिकाउ महतोको साथबाट नगद रु.५,००,०००।- (पाचँ लाख) फेला पारी मोटसाईकल थान-१, मोबाईल
थान-१ सहित नियन्तणमा लिई सम्मानित जिल्ला अदालत सर्लाहीबाट दिन ५ म्याद थप गरी
हुण्डी कारोबार कसुरमा थप अनुसन्धान भईरहेको, ।
ला.औ.,
धनकुटा, सागुँरीगढी गा.पा. २
मान्दवा टोल स्थितमा इ.प्र.का. भेडेटारबाट प्र.ना.नि. को कमाण्डमा खटिएको गस्ती
टोलिले चेकजाँच गर्ने क्रममा को २ ह १२५ नं.को अटोमा लोड गरिएको ठुलो ४ बोरा र १
बोरामा आधा प्याक गरेको जम्मा-५ वटा बोरा सहितको शुद्व तौल ७१ किलो ३५ ग्राम ला.औ.
गाँजा फेला पारी अटो चालक ऐ.गैरिगाउ बस्ने वर्ष अं.३१ को शिखर लिम्बु र निज संग
संलग्न प्र १-०४-००१ प ४७९१ नं.को मो.सा.चालक ऐ.गा.पा.- ३ मादेन टोल बस्ने वर्ष ३२
को मदन याखालाई गाँजा सहित टेम्पो, मो.सा. र दुवै चालकहरुलाई
नियन्त्रणमा लिइ आवश्यक अनुसन्धानको लागि जि.प्र.का. धनकुटा पठाइएको, ।
मोरङ, गोप्य सूचनाको आधारमा CRV भट्टाचोक
मोरङ र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरबाट प्र.ना.नि.को कमाण्डमा खटिएको
संयुक्त प्रहरी टोलीले विराटनगर म.न.पा.४ लालीगुराँस टोल स्थित पैदलयात्री
जि.सुनसरी दुहवी न.पा.१२ बस्ने वर्ष २१ को धन कुमार यादवलाई शंका लागेर चेकजाँच
गर्दा प्लास्टिकको पोकामा प्लास्टिक सहित ११० ग्राम र प्लास्टिक बाहेक १०४ ग्राम
खैरो हिरोइन जस्तो देखिने पदार्थ १ थान मोबाइल र मानिस समेत नियन्त्रणमा लिई
जि.प्र.का. मोरङमा राखि थप अनुसन्धान कार्य भइरहेको, ।